PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • सुर्खेत विमानस्थल दोस्रो पटक विस्तार हुँदै, ३० बिघा जमिन अधिग्रहण गर्न प्राधिकरणलाई स्वीकृति

    सुर्खेत विमानस्थल दोस्रो पटक विस्तार हुँदै, ३० बिघा जमिन अधिग्रहण गर्न प्राधिकरणलाई स्वीकृति

    सुर्खेत : संघीय राजधानीसँग सिधा जोडिएको प्रदेशको एक मात्रै सुर्खेत विमानस्थल साँघुरो भएकै कारण मुस्किलले ४८ सिटे जहाज बाहेक ठूला जहाज उडान र अवतरण गर्न सकिरहेका छैनन्। सोही अनुरुप प्रदेश सरकार र संघीय सरकारबीच गत असोज १५ गते विमानस्थल विस्तार र स्तरोन्नतीका लागि भएको सम्झौता अनुसार करिब तीन सय मिटर धावन मार्ग विस्तार गर्न जग्गा अधिग्रहण गर्न स्वीकृति दिइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • अवैध सालको काठसहित दुई जना पक्राउ

    अवैध सालको काठसहित दुई जना पक्राउ

    सुर्खेत : अवैध काठ ओसारपसार गर्ने दुई जनालाई काठसहित प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका-९ खेतुस्थित कर्णाली प्रदेश ०२००१ त ००९४ नम्बरको ट्याक्टर चालक सुरेश नेपाली र सोही स्थानका ओमप्रकाश भुसाल पक्राउ परेका हुन्। अवैध सालको चिरान काठ ७१ थान कडी बरामद गरेको प्रहरीले जनाएको छ। चिरान काठ ओसारपसार गरिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतका बाढीपीडित परिवारको ७ वर्षदेखि पालमुनिको बास, व्यवस्थापनमा कसैले देखाएनन् चासो

    सुर्खेतका बाढीपीडित परिवारको ७ वर्षदेखि पालमुनिको बास, व्यवस्थापनमा कसैले देखाएनन् चासो

    सुर्खेत : २०७१ साउनको अन्तिम साता आएको बाढी पहिरोले सुर्खेतका एक हजारभन्दा बढी घरपरिवारको उठीबास भयो। त्यतिबेला आपतकालिन अवस्थामा उद्धार गरेर सुर्खेतका एक हजार ४५ परिवार बाढीपीडितलाई आफ्नो थाँतथलो छोडेर जंगल र खुला आकाशमा पाल टाँगेर बसालियो। अस्थायी रुपमा त्रिपाल टाँगेर बसेको सात वर्ष पुग्यो। पीडितलाई पटक-पटक राहतका नाममा दिइने पाल दुई चार महिना नहुँदै धुजा धुजा भएर च्यातिन्छन्। त्रिपालमुनिको…

    विस्तृतमा पढ्नुस्

  • बिजुलीका पोल र रुख सडक निर्माणमा यसरी बाधक बन्दै : वन विभाग र विद्युत प्राधिकरणको आरोप, 'निर्माण जिम्मा पाएकाले समन्वय नै गरेन'

    बिजुलीका पोल र रुख सडक निर्माणमा यसरी बाधक बन्दै : वन विभाग र विद्युत प्राधिकरणको आरोप, 'निर्माण जिम्मा पाएकाले समन्वय नै गरेन'

    सुर्खेत : वीरेन्द्रनगरस्थित रत्नराजमार्ग हुदैँ मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायसम्म जोड्ने सडक अघिल्लो आर्थिक वर्षभित्रै कालोपत्र भइसक्नुपर्ने थियो। तर सडकको बिच भागमा रुखहरु भएकै कारण सडक कालोपत्रे हुन सकेको छैन। करिब ६ मिटरको चौडा सडकलाई विस्तार गरेर १० मिटरसम्म पुर्‍याउँदा सडकको बिच भागमा भएका रुखहरु कटान गर्नुपर्ने भएकाले काममा ढिलाई भएको हो। सोही सडक निर्माणका लागि चालु आर्थिक वर्षको आधा समय…

    विस्तृतमा पढ्नुस्

  • पञ्चायतले खनेको सडकको नाम फेरियो, चुनावी नारा बनाएर कोही सांसद बने कोही मन्त्री : तर ३६ सालको बाटो उस्तै

    पञ्चायतले खनेको सडकको नाम फेरियो, चुनावी नारा बनाएर कोही सांसद बने कोही मन्त्री : तर ३६ सालको बाटो उस्तै

    सुर्खेत : २०३६ सालमा ट्रयाक खुलेको धुलियाबिट–भेडावारी सडक खण्ड अहिले पनि पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ। यो सडकको स्तरोन्नति गर्ने चनुावी नारा बनाएर पटकपटक निर्वाचन जितेका नेताहरु सांसददेखि मन्त्रीसम्म बने। तर सडकको अवस्था भने सुधार हुन सकेको छैन। प्रदेशको राजधानी सुर्खेतको मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने धुलियाबिट–भेडावारी सडकको ट्र्याक खुलेको झण्डै ४१ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुन…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा सिकेको सिप स्वदेशमा लगाउँदै यी युवा, आम्दानीसँगै खोल्दैछन् रोजगारीको बाटो

    विदेशमा सिकेको सिप स्वदेशमा लगाउँदै यी युवा, आम्दानीसँगै खोल्दैछन् रोजगारीको बाटो

    सुर्खेत : लेकबेशी नगरपालिका-४ का महेन्द्रकुमार खड्काले डिग्रीसम्मको अध्ययनको क्रममा कोरियन भाषा पास गरेर उनी रोजगारीका लागि कोरिया पुगे। डिग्री सकाएका उनलाई स्वदेशमै रोजगारीको अवसर नभएको भने होइन। अस्थाई वा प्राईभेट भएपनि रोजगारी गर्न अफर आएकै थिए। तर, पनि उनलाई कोरिया जाने सपना त्याग्न सकेनन् र कोरिया हानिए। कोरियामा काम गर्दा डेढ लाखदेखि शुरु गरेको मासिक तलब पछि साढे दुई…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा सुरु भएन रोजगार कार्यक्रम, तिहारपछि पुनः विदेसिने तरखरमा युवा

    कर्णालीमा सुरु भएन रोजगार कार्यक्रम, तिहारपछि पुनः विदेसिने तरखरमा युवा

    सुर्खेत : कोरोना महामारीकै कारण रोजगारी गुमाएर भारतलगायत तेस्रो मुलुकबाट हजारौँ युवाहरु गाउँ फर्किए। त्यत्तिमात्रै हाइन स्वदेशमै समेत विभिन्न उद्योग, धन्दामा संलग्न युवा रोजगारी गुमाएर कामविहीन बने। बेरोजगार युवासहित पछिल्लो समय कोरोना महामारी कै कारण रोजगारी गुमाएकाहरुलाई लक्षित गरी कर्णाली सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमसहित बजेटमा रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राखेको छ। रोजगारी गुमाएर करिब ८०…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा व्यवसायी र कृषकका लागि ब्याज अनुदान कार्यक्रमको सुरुवात

    कर्णाली प्रदेशमा व्यवसायी र कृषकका लागि ब्याज अनुदान कार्यक्रमको सुरुवात

    सुर्खेत : कर्णाली प्रदेश सरकारले व्यवसाय र उद्यम गर्ने कृषकहरुका लागि ब्याज अनुदान कार्यक्रमको लागि प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि बैंक लिमिटेड प्रदेश कार्यालयबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। मन्त्रालयको तर्फबाट सचिव राजेन्द्र प्रसाद मिश्रले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् भने बैंकको तर्फबाट बैंकका उप-महाप्रबन्धक प्रताव सुवेदीले हस्ताक्षर गरेर ब्याजमा अनुदान कार्यक्रम शुरु भएको घोषणा मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण बढ्दै गइरहेको भन्दै तिहारमा देउसीभैलो नखेल्न सुर्खेत प्रशासनको आग्रह

    संक्रमण बढ्दै गइरहेको भन्दै तिहारमा देउसीभैलो नखेल्न सुर्खेत प्रशासनको आग्रह

    सुर्खेत : लक्षणसहितका कोरोना भाइरस संक्रमित बढ्दै गइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिहारमा देउसीभैलो लगायतका कुनै पनि भिडभाड हुने खालका कार्यहरु नगर्न आग्रह गरेको छ। प्रशासनले एक विज्ञप्ति जारी गरी तिहार लगायत स्थानीय स्तरमा मनाइने मेला, पर्वहरुमा जमघट तथा भेलाहरु समेत नगर्न नगराउन आग्रह गरेको छ। प्रशासनले बेलुका ७ बजेपछि अत्यावश्यक बाहेकका कुनैपनि पेशा व्यवसाय, लामो दुरी बाहेकका सबै…

    विस्तृतमा पढ्नुस्

  • घोडाबाट लडेर कर्णाली प्रदेशका मुख्यमन्त्री शाही घाइते, अवस्था सामान्य

    घोडाबाट लडेर कर्णाली प्रदेशका मुख्यमन्त्री शाही घाइते, अवस्था सामान्य

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्। सिमकोटस्थित लिमाटाङमा रहेको जलविद्युत आयोजनाको अनुगमन गर्न जाने क्रममा घोडामा सवार मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएका हुन्। टाउकोमा सामान्य चोट लागेका उनलाई सिता एयरको हेलिकप्टरबाट सुर्खेत ल्याइसकेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्। मुख्यमन्त्री शाहीलाई प्रदेश अस्पताल सुर्खेतमा उपचार शुरु गरिएको उनले बताइन्। ‘घोडाले लडाइदियो’, उनले भनिन्,…

    विस्तृतमा पढ्नुस्

  • सरकारी विद्यालय परिसर चिटिक्क पार्न खट्दै 'अशक्त' किरण : 'बित्नुअघि आमाले बैंकमा पैसा छोड्नुभएछ, खर्च यसैबाट'

    सरकारी विद्यालय परिसर चिटिक्क पार्न खट्दै 'अशक्त' किरण : 'बित्नुअघि आमाले बैंकमा पैसा छोड्नुभएछ, खर्च यसैबाट'

    सुर्खेत : ज्यान पोलियो लागेर लुलो छ। तर, समाजमा सबलझै सक्रिय छन् उनी। सामुदायिक विद्यालयको वातावरण कसरी सफा बनाउन सकिन्छ भन्ने अभियानमा लागेका छन् उनी। सानैमा पोलियो लागेर शारीरिक रुपमा अपांग उनी मानसिक रुपमा ‘अपांग’ देखिन्नन्। उनी अर्थात वीरेन्द्रनगर-४ भैरवस्थानका २९ वर्षे किरण सापकोटा। दोस्रो पाठशालाको रुपमा हेरिने सामुदायिक विद्यालय परिसर सामान्तय फोहोर र अव्यवस्थित हुन्छ। यस्तै विद्यालय परिसरको वातावरणले…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली 'इपिसेन्टर'ले बालुवाटारमा लागेको धक्का, 'शाहीले फायर खोले बालुवाटारले विस्फोट गराउँछ'

    कर्णाली 'इपिसेन्टर'ले बालुवाटारमा लागेको धक्का, 'शाहीले फायर खोले बालुवाटारले विस्फोट गराउँछ'

    सुर्खेत: आइतबार नै मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पछि हटेपछि केही समयका लागि आन्तरिक विवाद मत्थर भएको छ। तत्‍काल मन्त्री हेरफेरको तयारी पनि रोकिएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका मन्त्री दल रावल र नन्दसिंह बुढालाई राजीनामा नदिन निर्देशन दिएपछि मुख्यमन्त्री शाही पछि हटेका हुन्। त्यस्तै, अर्का अध्यक्ष पुष्पकमल…

    विस्तृतमा पढ्नुस्

  • ओली प्रचण्डको शक्ति संघर्षले कर्णालीमा किचलो, मन्त्रिमण्डल हेरफेरबारे एक जना मन्त्रीको जवाफ 'अहिले यसै भन्न सकिने अवस्था छैन'

    ओली प्रचण्डको शक्ति संघर्षले कर्णालीमा किचलो, मन्त्रिमण्डल हेरफेरबारे एक जना मन्त्रीको जवाफ 'अहिले यसै भन्न सकिने अवस्था छैन'

    सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै तरंगित बनेको नेकपाको राजनीतिक शक्ति संघर्ष चलिरहेकै छ। विशेषत कर्णालीको विवादमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति संघर्ष चलेको छ। केन्द्रमा दुई अध्यक्षको शक्ति संघर्षजस्तै कर्णालीमा ओली समूहका नेता यामलाल कँडेल र प्रचण्ड समूहका…

    विस्तृतमा पढ्नुस्

  • जापान छाडेका जब्बरको बंगुर फार्म, 'मान्छेले छि-छि दुरदुर गरे पनि सन्तुष्टि यसैमा छ'

    जापान छाडेका जब्बरको बंगुर फार्म, 'मान्छेले छि-छि दुरदुर गरे पनि सन्तुष्टि यसैमा छ'

    सुर्खेत : २०४७ सालमा सुर्खेतबाटै नेपाली सेनाको जागिर सुरु गरेका संखुवासभाका जब्बरबहादुर श्रेष्ठ सुर्खेतबाटै जागिरे जीवनको अन्त्य गरे। करिव १८ वर्ष जागिरे जीवन बिताएका उनले २०६४ सालमा स्वैच्छिक अवकाश लिए। पल्टनमा रहँदा अनुशासन र मेहनतप्रतिकै लगावले उनलाई रिटायर्ड हुदाँ बैंक तथा कम्पनीमा सुरक्षा गार्डको अफर आएकै थियो। त्यत्तिमात्रै होइन रिटायर्डपछि उनी जापान, अफगानस्तान, इराक, मकाउ जस्ता देशहरुमा जाने सपना देख्ने…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने कर्णाली सरकारको निर्णय

    कोरोनाको लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने कर्णाली सरकारको निर्णय

    सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशन आइतवार रातको १२ बजेदेखि अन्त्य हुने भएको छ। शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिइन्। बजेट छलफलपश्चात तीन महिनाअघिदेखि कोरोना महामारीले सभा बस्न सकेको थिएन।…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय नेतृत्वको फरक फरक निर्देशनले नेकपा कर्णालीमा दरार, छैन सुल्झिने टुंगो

    केन्द्रीय नेतृत्वको फरक फरक निर्देशनले नेकपा कर्णालीमा दरार, छैन सुल्झिने टुंगो

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलमा देखिएको विवाद अझै पार लागेको छैन। असोजको अन्तिम साता एकाएक तंरिगत बनेको नेकपाको राजनीति केन्द्रीय नेतृत्वले काठमाडौं बोलाए पनि समाधान हुन नसकेर फेरि कर्णालीमै फर्किएको हो। कर्णालीमा फर्किएसँगै केन्द्रमा नमिलेको विवाद मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आएको अविश्वासको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष निकटका सांसदले अस्वीकृत गरेका…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमत सदस्यले अस्विकृत गर्ने निर्णय

    कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमत सदस्यले अस्विकृत गर्ने निर्णय

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय भएको छ। मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावको विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकटका सांसदहरुले यस्तो निर्णय गरेका हुन्। बिहानैदेखि बसेको दलको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका ११ सांसद उपस्थित नभए पनि अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा नेताहरु सत्ताको लुछाचुडीमा, कोरोना संक्रमण दर भने ३ प्रतिशतबाट बढेर पुग्यो १३ प्रतिशत

    कर्णालीमा नेताहरु सत्ताको लुछाचुडीमा, कोरोना संक्रमण दर भने ३ प्रतिशतबाट बढेर पुग्यो १३ प्रतिशत

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलभित्रका सांसदहरुबीच भईरहेको राजनीतिक रस्साकस्सीले कोरोना संकट व्यवस्थापनप्रति सरकारको ध्यान ओझेलमा परेको छ। कर्णालीमा कोरोना संकटका बेला उचित भूमिका निर्वाह गर्न नसकेका सांसदहरु सत्ताको लुछाचुडीमा लागेपछि कोरोना रोकथाम कार्य थप प्रभावित बनेको हो। सरकार गठनका लागि नेकपाभित्र पूर्वएमालेको बहुमत संख्या भए पनि सत्ता भागबण्डाले पूर्वमाओवादीका महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री सम्हालेको कर्णालीमा सत्ता…

    विस्तृतमा पढ्नुस्

  • ओली प्रचण्डबाट पार नलागेको कर्णालीको नेकपा विवाद आज बस्ने दलको बैठकबाट लाग्ला त टुंगो?

    ओली प्रचण्डबाट पार नलागेको कर्णालीको नेकपा विवाद आज बस्ने दलको बैठकबाट लाग्ला त टुंगो?

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलभित्रको विवाद फेरि कर्णालीमै आइपुगेको छ। केन्द्रीय नेतृत्वले छिनोफानो गर्ने गरि काठमाण्डौँ पुगेको विवाद कर्णालीमा फर्किएपछि अब कर्णालीमै टुंगो लाग्ने छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, र वरिष्ठ नेता माधव नेपाल खेमामा विभाजित कर्णालीको सत्तारुढ दलभित्र सत्ता हत्याउन हानथाप हुदाँ विवाद काठमाडौं पुगेको थियो। मुख्यमन्त्री महेन्द्रबहादुर…

    विस्तृतमा पढ्नुस्

  • रेडपाण्डाको छालासहित वीरेन्द्रनगरबाट चार जना पक्राउ

    रेडपाण्डाको छालासहित वीरेन्द्रनगरबाट चार जना पक्राउ

    सुर्खेत : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन्। वीरेन्द्रनगर-६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा दैलेखको नौमुले गाउँपालिका-२ का २६ वर्षीय मनोज विक, सोही गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका वडा नम्बर ९ की ४० वर्षकी सबिता थापा रहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell