PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • पेट्रोलमा डिजेल मिसाएर बेच्ने पेट्रोल पम्प सिल

    पेट्रोलमा डिजेल मिसाएर बेच्ने पेट्रोल पम्प सिल

    सुर्खेत : प्रदेशको राजधानी वीरेन्द्रनगरस्थितको शंकर आयल स्टोर्स सिल गरिएको छ। वीरेन्द्रनगरको धुलियाविटमा रहेको उक्त आयल स्टोर्सले पेट्रोलमा मिसावट गरी बिक्री गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले सिल गरेको हो। सञ्चालकले पेट्रोलमा डिजेल मिसावट गरेको इन्धन बिक्री गर्दा मोटरसाइकलको इन्जिनमै खराबी देखिएपछि प्रशासनमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा पम्पमा अनुगमनमा गएको टोलीले अर्को आदेश नभएसम्मका लागि सिल गरिएको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

    कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

    सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना संक्रमित विरामीको उपचार निःशुल्क गर्ने भएको छ। कोरोनाको लक्षण देखिएका र अस्पताल भर्ना गुनपर्ने जटिल अवस्थाका संक्रमितहरुको उपचार प्रदेश सरकारले निःशुल्क गर्ने भएको हो। सामाजिक विकास मन्त्री दल रावलका अनुसार कर्णालीका दश वटै जिल्लामा लागू गर्ने गरी तयारी भइरहेको बताए। अहिले मन्त्रालयले निःशुल्क उपचारका लागि गृहकार्य गरिरहेको उनले बताए। ‘कर्णालीको हकमा सिम्टोम्याटिक जो आउँछन्,…

    विस्तृतमा पढ्नुस्

  • कोरोना प्रभाव : वीरेन्द्रनगरका ३० प्रतिशत होटल व्यवसायी पलायन, पाँच हजार मजदुरले गुमाए रोजगारी

    कोरोना प्रभाव : वीरेन्द्रनगरका ३० प्रतिशत होटल व्यवसायी पलायन, पाँच हजार मजदुरले गुमाए रोजगारी

    सुर्खेत : कोरोना संक्रमण फैलिएसँगै नेपालमा गएको चैत ११ गतेदेखि लकडाउन भयो। कोरोनाले व्यवसाय खोल्नु त परको कुरा खोलेका व्यवसाय र उद्योगहरु समेत बन्द हुँदा युवाले पाइरहेको रोजगारी समेत गुमाउनु पर्‍यो। अहिले सम्पूर्ण पेशा व्यवसाय खुलाएपनि कर्णाली प्रदेश पुरानै अवस्थामा भने फर्किन सकेको छैन। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सम्पूर्ण होटेल, रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बद्ध सम्पूर्ण व्यवसायहरु पूर्ण रुपमा बन्द रहे।…

    विस्तृतमा पढ्नुस्

  • नेकपाभित्रको गुटको खेलोले फैलाएको राजनीतिक तरङ्ग मत्थर हुने मोडतिर

    नेकपाभित्रको गुटको खेलोले फैलाएको राजनीतिक तरङ्ग मत्थर हुने मोडतिर

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल कर्णालीको सत्तारुढ दलकै सांसदबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै तातेको कर्णालीको राजनीति मत्थर बन्ने तरखरमा छ। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र अध्यक्ष पुष्पकमल दाहालबीचको समीकरणले एकाएक तरङ्गित कर्णालीको सत्ता राजनीति हाललाई मत्थर हुने संकेत देखा परेको छ। मुख्यमन्त्रीका आकांक्षी नेता यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले अविश्वासको प्रस्ताव पेश…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको राजनीति: तीन मन्त्री र सचेतक पाएपछि नेपाल पक्ष ब्याक हुँदा कँडेललाई ब्याक फायर, यी हुन् नयाँ बन्ने मन्त्री

    कर्णालीको राजनीति: तीन मन्त्री र सचेतक पाएपछि नेपाल पक्ष ब्याक हुँदा कँडेललाई ब्याक फायर, यी हुन् नयाँ बन्ने मन्त्री

    काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्को अविश्वासको प्रस्तावबाट वरिष्ठ नेता माधवकुमार नेपाल समूह ब्याक भएको छ। तीन मन्त्रीसहित सचेतक दिने सहमतिपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूह पछि पछि मुख्यमन्त्री विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित गरी हटाउने ओली पक्षका नेता यामलाल कँडेलको योजना असफल भएको छ।  मुख्यमन्त्री  र नेपाल पक्षका नेताहरुबीच…

    विस्तृतमा पढ्नुस्

  • नेकपा संसदीय दल कर्णालीको विवाद उत्कर्षमा, आजै बस्ला त बैठक?

    नेकपा संसदीय दल कर्णालीको विवाद उत्कर्षमा, आजै बस्ला त बैठक?

    सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलभित्र विवाद चर्किँदै गएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव आएकै कारण केन्द्रसम्म समाधानको निकास खोज्ने प्रयास भइरहेको छ । नेकपाभित्र बहुमत आएसँगै मुख्यमन्त्री पद छोड्न नचाहेका नेता यामलाल कँडेल र मुख्यमन्त्री शाहीबीच शक्ति संर्घष निर्णायक मोडमा पुगेको छ। अविश्वासको प्रस्ताव आएसँगै दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीले संसदीय दलको…

    विस्तृतमा पढ्नुस्

  • आफूविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतकलाई

    आफूविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतकलाई

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका पार्टी प्रमुख सचेतकलाई पदबाट हटाएका छन्। नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक सांसद गुलावजंग शाहलाई पदमुक्त गरी मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता शाहीले सांसद सीताकुमारी नेपालीलाई नियुक्त गरेका छन्। प्रमुख सचेतक शाहको कामकारवाही सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री शाहीले सोमबार प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको जनाएका छन्। पद मुक्त गरेका प्रमुख सचेतक गुलावजंग…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री शाहीलाई हटाउने कँडेलको डेढ वर्षदेखिको कसरत, मंगलबार हुँदैछ छिनोफानो

    मुख्यमन्त्री शाहीलाई हटाउने कँडेलको डेढ वर्षदेखिको कसरत, मंगलबार हुँदैछ छिनोफानो

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दलकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेशदेखि केन्द्रसम्म तंरग ल्याएको छ। यसअघि नै मुख्यमन्त्री पदका आकांक्षी समेत रहेका यामलाल कँडेलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभाको प्रमुख सचेतक गुलावजंग शाहलाई संसदीय दलको बैठक बोलाएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै अविश्वासको प्रस्ताव पेश गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद धरापमा परेको छ। जनस्तरमा संसदीय…

    विस्तृतमा पढ्नुस्

  • गुरुयोजना विपरीत बनेको सुर्खेत विमानस्थल: ठूला जहाज उडानमा समस्या, रनवे विस्तारमा चुनौती

    गुरुयोजना विपरीत बनेको सुर्खेत विमानस्थल: ठूला जहाज उडानमा समस्या, रनवे विस्तारमा चुनौती

    कर्णाली : कर्णाली प्रदेशको सुर्खेत विमानस्थल साँघुरो हुँदै गएपछि समस्या भएको छ। प्रदेश राजधानी सुर्खेतमा रहेको विमानस्थल साँघुरो हुँदा ठूला जहाज उडानमा समस्या भएको हो। अहिले डिजाइनअनुसार विमानस्थल विस्तारका लागि जमिन पनि पुग्ने देखिँदैन। भौगोलिक रुपमा अनुकुल समेत छैन। वि सं २०२२ सालमा निर्माण भएको विमानस्थल सुरुमा एक हजार ४० मिटर लम्बाईको थियो। ६ वर्षअघि दुई सय मिटर धावनमार्ग विस्तार…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ प्रदेशसभा सदस्यको अविश्वास प्रस्ताव दर्ता

    कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ प्रदेशसभा सदस्यको अविश्वास प्रस्ताव दर्ता

    काठमाडौं : कर्णाली प्रदेशका नेकपा प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव ल्याउनुपर्ने माग गर्दै पार्टीमा निवेदन दर्ता गराएका छन्। प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने १८ सदस्यहरुले नेकपाको प्रदेश सभाको संसदीय दलका सचेतकलाई पत्र बुझाएका हुन्। संसदीय दलका मुख्य सचेतक गुलाबजंग शाहलाई बुझाइएको पत्रमा उपसभामुख पुष्पा घर्ती मगरको पनि हस्ताक्षर रहेको छ। त्यस्तै यसअघि मुख्यमन्त्रीको चर्चामा रहेका यामलाल कँडेलले पनि हस्ताक्षर गरेका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु  

    कोरोना संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु  

    सुर्खेत : कोरोना संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि भएका मृत्यु हुनेको संख्या ११ पुगेको छ। सुर्खेत वीरेन्द्रनगर–१० की ७६ वर्षीय महिलाको उपचारको क्रममा आइतवार बिहान १० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए। उपचारको क्रममा उनको मृत्यु भएको हो। दम रोग रहेको उनलाई प्रदेश अस्पतालको कोरोना विशेष…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु, दुई जना बेपत्ता

    जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु, दुई जना बेपत्ता

    सुर्खेत : जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। जाजरकोटको सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिका जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप गाउँपालिकाको औलभीरबाट करिब पाँच सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार दुर्घटनामा गाउँपालिकाको ११ नम्बर वडाका वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका कृतिबहादुर शाही, स्वास्थ्यकर्मी खेमराज शाही,…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयमा विद्यार्थी तान्न धमाधम भर्ना र पढाई : स्वास्थ्य सुरक्षाको मापदण्ड भने छैन पालना

    विद्यालयमा विद्यार्थी तान्न धमाधम भर्ना र पढाई : स्वास्थ्य सुरक्षाको मापदण्ड भने छैन पालना

    सुर्खेत : कोरोना संक्रमणको महामारी कायमै भएकाले सरकारले वैकल्पिक माध्यमबाट अध्ययन अध्यापन गराउन जोड दिइरहेको छ। विद्यालय सञ्चालन गरेर पठनपाठन गर्न भनिनसकेको अवस्था छ भने, कतिपय विद्यालयले गाउँगाउँमा समूह बनाएर पठनपाठनलाई निरन्तरता दिने प्रयासमा छन्। सरकारले जारी गरेको विद्यालय सहजीकरण निर्देशिकालाई आधार बनाएर विद्यालय खोल्ने र विद्यार्थीलाई विद्यालयमा केन्द्रित गर्नका लागि होडवाजी चलिरहेको छ। अहिले सुर्खेतको वीरेन्द्रनगरमा नाम चलेका विद्यालय…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारीपछि बढ्दै आयुर्वेदमा आकर्षण

    कोरोना महामारीपछि बढ्दै आयुर्वेदमा आकर्षण

    सुर्खेत : ६-७ महिनाअघि प्रदेश अस्पताल, सुर्खेतमा बिरामी भरिभराउ हुँदा आडैमा रहेको प्रदेश आयुर्वेद औषधालय सुनसान देखिन्थ्यो। तर, कोरोना संक्रमण फैलिएसँगै आयुर्वेद औषधालयमा कोरोना प्रतिकार्यका लागि आयुर्वेद जडिबुटीको प्रयोग गर्न आउने नागरिकको संख्या दैनिक बढ्दो छ। कोरोना भाइरस संक्रमण निको पार्ने औषधि नभएकै कारण पछिल्लो समय भाइरससँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने विश्वासले आयुर्वेदप्रति आकर्षण बढेको देखिन्छ। औषधालयमा पुगेर जडिबुटी…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत विमान स्थलको स्तरोन्नति गर्न प्रदेश र संघ सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

    सुर्खेत विमान स्थलको स्तरोन्नति गर्न प्रदेश र संघ सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

    सुर्खेत : प्रदेश सरकार गठन भएदेखि नै चर्चा पाएको सुर्खेत विमान स्थलको विस्तारको प्रक्रिया अघि बढ्ने भएको छ। विमानस्थलको विकास, विस्तार र स्तरोन्नतीका लागि संघीय सरकार र प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै विमानस्थल विस्तारको काम अघि बढ्ने भएको हो। संघ र प्रदेशको संयुक्त लगानीमा स्तरोन्नती हुने विमानस्थलको समझदारी पत्रमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीमा कोरोना भाइरसको संक्रमण पुष्टि

    कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीमा कोरोना भाइरसको संक्रमण पुष्टि

    सुर्खेत : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश प्रमुखको निजी सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल होम आइसोलेसनमा बसेका छन्। प्रदेश प्रमुखसहित कार्यालयका अन्य आठ जना कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ। कर्मचारी चार, प्रेस सल्लाहकार, सशस्त्र प्रहरी एक र नेपाल प्रहरी एक गरी आठ जनामा संक्रमण पुष्टि भएको हो।

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जनको मृत्यु

    कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जनको मृत्यु

    सुर्खेत : कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत एक अर्थोपेडिक सर्जनको मृत्यु भएको छ। करिब दुई साताअघिदेखि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत उनको बिहीवार दिउँसो ३ बजे मृत्यु भएको हो। प्रदेश अस्पताल कर्णालीका निर्देशक डा डम्बर खड्काका अनुसार ५९ वर्षीय सापकोटा मधुमेह र उच्च रक्तचापका बिरामी समेत हुन्। अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा सापकोटा ११ औँ तहका हुन्। उनीसँगै…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारको नयाँ ओएनएम : अदालतको आदेशपछि निल्नु न ओकल्नु, कार्यान्वयन गर्न सरकार नै अन्योलमा

    कर्णाली सरकारको नयाँ ओएनएम : अदालतको आदेशपछि निल्नु न ओकल्नु, कार्यान्वयन गर्न सरकार नै अन्योलमा

    सुर्खेत : कर्णाली प्रदेश सरकारले गएको वर्ष भदौ ६ गते संगठन संरचना र कर्मचारी दरबन्दी सम्बन्धी निर्णयबाट प्रदेशमा एक सय ५९ वटा कार्यालय र दुई हजार पाँच सय ५५ कर्मचारीको दरबन्दी स्वीकृत गरी कार्यान्वयन गर्‍यो। निर्णयको कार्यान्वयनले कतिपय कार्यालय गाभिए भने कतिपय कार्यालय खारेज नै हुन पुगे। त्यत्तिमात्रै होइन सरकारको सो निर्णयले संघबाट समायोजन भई आएका कर्मचारी भूमिकाविहीन समेत बने।…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले शुरु गर्‍यो लाइसेन्स वितरण सेवा

    यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले शुरु गर्‍यो लाइसेन्स वितरण सेवा

    सुर्खेत : यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण शुरु गरेको छ। बिहीवार एक कार्यक्रमका बीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सेवाग्राहीलाई लाइसेन्स दिएर सेवा शुरु गरेका हुन्। सो क्रममा मुख्यमन्त्री शाहीले लाइसेन्स छपाइ प्रक्रियाका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकारले गृहकार्य शुरु गरिसकेको बताएका छन्। संघीयताले सर्वसाधारण नागरिकलाई छिटो, छरितो सेवा प्रवाह गर्ने अधिकार प्रत्यायोजन…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको भन्दा नयाँ संक्रमितको संख्या बढ्दो, जोखिमपूर्ण बन्दै होम आइसोलेसन

    कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको भन्दा नयाँ संक्रमितको संख्या बढ्दो, जोखिमपूर्ण बन्दै होम आइसोलेसन

    सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो समय लक्षणसहितका कोरोना भाइरसका संक्रमितको संख्या बढेको छ। सरकारले यसअघि नै लक्षण र स्वास्थ्य समस्या नभएका संक्रमितलाई होम आइसोलेसनमा बस्न दिने निर्णय गरेपछि पछिल्लो समय सरकारीस्तरबाट निर्माण गरिएका आइसोलेसन भन्दा पनि होम आइसोलेसनमा बस्ने भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। लाखौँ रकम खर्च गरेर क्वारेन्टाइन र आइसोलेसनका शय्या तयार गरिएको भएपनि संक्रमितलाई होम आइसोलेसनमा बस्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell