PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • कर्णालीमा थप ४४ जनामा कोरोना पुष्टि

    कर्णालीमा थप ४४ जनामा कोरोना पुष्टि

    सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिकाका २७ जना र बराहताल गाउँपालिकाका एक जनामा गरी सुर्खेतमा २८ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, दैलेखको महाबु गाउँपालिका गुराँस गाउँपालिका, भगवतिमाई, डुंगेश्वार गाउँपालिकामा एक÷एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारी बिर्साउने तस्विरहरु : राजनीतिका लागि सल्बलाउँदा जोखिम

    कोरोना महामारी बिर्साउने तस्विरहरु : राजनीतिका लागि सल्बलाउँदा जोखिम

    सुर्खेत  : एकातिर कोरोना भाइरस (कोभिड–१९) दिनदिनै बढ्दै गएको छ भने अर्कातिर लकडाउन खुलिसकेको अवस्था छ। कोरोना भाइरस प्रतिकार्यका लागि संघ, प्रदेश र स्थानीय सरकार लागिपरेकै छन्। नियम, निर्देशिका निर्माण गरी केन्द्रदेखि स्थानीय तहसम्मको संयन्त्र परिचालन छन्। तर, कार्यान्वयन तहकै नेतृत्वकर्ताहरु कोरोना नियन्त्रणको नियम, निर्देशिकाको उल्टो बाटो हिँडिरहेका छन्। कोरोनाले आक्रान्त बनिरहेको बेला कर्णालीमा राजनीतिक दल सल्बलाएका छन्। कोरोना महामारीकैबीच पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • सक्रिय संक्रमित शुन्यमा झरेको डोल्पा र हुम्लामा पनि कोरोना पुष्टि, कर्णालीमा थपिए ११४ संक्रमित

    सक्रिय संक्रमित शुन्यमा झरेको डोल्पा र हुम्लामा पनि कोरोना पुष्टि, कर्णालीमा थपिए ११४ संक्रमित

    सुर्खेत : कर्णाली प्रदेशमा एकै दिन एक सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिवार थप एक सय १४ जनामा संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या तीन हजार २४ पुगेको हो। नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगरका ४५ जना, लेकबेसी नगरपालिकाका तीन, भेरीगंगा नगरपालिकाका आठ, पञ्चपुरी नगरपालिकाका दुई, चौकुने गाउँपालिका एक, गुर्भाकोट…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री रोजगार कार्यक्रमको नाममा १५ दिनमै सकियो ७० करोड : न गुणस्तरीय काम, न त दीर्घकालिन रोजगारी

    मुख्यमन्त्री रोजगार कार्यक्रमको नाममा १५ दिनमै सकियो ७० करोड : न गुणस्तरीय काम, न त दीर्घकालिन रोजगारी

    सुर्खेत : प्रधानमन्त्री रोजगार कार्यक्रमको नक्कल गर्दै प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम उपलब्धिविहीन बनेको छ। बजेट सक्ने बाहेक अरु केही उपलब्धी देखिएको छैन। कार्यक्रमअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पहिलो चरणमा झण्डै ४८ करोड २६ लाख रुपैयाँ र दोस्रो चरणमा २९ करोड ९९ लाख बढी रकम स्थानीय गाउँ तथा नगरपालिकामा पठाएको थियो। प्रदेश सरकारले बजेट कार्यान्वयन बढी देखाउनकै लागि असार…

    विस्तृतमा पढ्नुस्

  • अकालमै कर्णालीका आमाहरुको जान्छ ज्यान : मन्त्री र सांसदको पावर चले हेलिकोप्टर उड्छ नत्र लामो प्रक्रिया...

    अकालमै कर्णालीका आमाहरुको जान्छ ज्यान : मन्त्री र सांसदको पावर चले हेलिकोप्टर उड्छ नत्र लामो प्रक्रिया...

    सुर्खेत : भदौको दोस्रो साता दैलेखको ठाँटीकाँध गाउँपालिका–१ की पार्वती शाहीले सोही ठाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा छोरीलाई जन्म दिइन्। सुत्केरी भएकी उनलाई  उच्च रक्तश्राव हुँदा जिल्लामा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल रिफर गरियो। प्रदेश अस्पताल सुर्खेतमा ल्याउने तयारी भए पनि सहजै एम्बुलेन्स फेला परेन। एम्बुलेन्स नपाएपछि अन्य सवारी साधनमा राखेर सुर्खेततिर हिँडाइयो। तर, सुर्खेत पुग्न नपाई उनको ज्यान गयो। यो कर्णालीको…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा शुरु भयो कृषि ऋणमा सात प्रतिशत ब्याज अनुदान कार्यक्रम

    कर्णालीमा शुरु भयो कृषि ऋणमा सात प्रतिशत ब्याज अनुदान कार्यक्रम

    सुर्खेत : कर्णाली प्रदेश सरकारले वास्तविक किसान र व्यवसायीका लागि ऋणमा ब्याज अनुदान सहुलियत कार्यक्रम शुरु गरेको छ। भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ‘कृषि ऋणमा ब्याज अनुदान सहुलियत कार्यक्रम’ को सुरुवात गरेको हो। सरकारी अनुदानमा बेतिथि बढेको भन्दै प्रदेश सरकारले अब अनुदान कार्यक्रमलाई कटौती गर्दै जाने र ब्याजमा अनुदान दिन लागेको छ। प्रदेश सरकारले सरकारी तथा निजी बैंकहरुको सहकार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव, 'नाका खोल्न चीनले दिएन अनुमति'

    कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव, 'नाका खोल्न चीनले दिएन अनुमति'

    सुर्खेत : कर्णाली प्रदेशका हिमाली जिल्लाका नागरिकले वर्षेनी खाद्य संकट बेहोर्दै आएका छन्। यस वर्ष पनि लामो समय लकडाउन हुदाँ र उत्तरी चीन नाका बन्द हुँदा सहज ढुवानी हुन नसकेपछि कर्णालीका तीन हिमाली जिल्लामा खाद्य अभाव देखिएको हो। प्रदेशको हिमाली तीन जिल्ला डोल्पा, हुम्ला र मुगुस्थित खाद्यान्न मौज्दात हुने खाद्य डिपोहरु रित्तिएपछि खाद्यान्न अभाव हुन लागेको हो। मुगुमा आपतकालिन अवस्थाका…

    विस्तृतमा पढ्नुस्

  • औद्योगिक क्षेत्रको जग्गा न छ खाली, न त आउँछ प्रयोगमा : वास्तविक उद्योगीले पाएनन्

    औद्योगिक क्षेत्रको जग्गा न छ खाली, न त आउँछ प्रयोगमा : वास्तविक उद्योगीले पाएनन्

    सुर्खेत: २०३८ सालमा स्थापना भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रको ९० रोपनी जग्गामध्ये झण्डै ६८ रोपनी जग्गामा उद्योग सञ्चालन गर्न लिजमा दिइएको छ। औद्योगिक व्यवस्थापन कार्यालयमा दर्ता भएका २७ मध्ये २१ उद्योगमात्र सञ्चालनमा छन्। चार उद्योग बन्द छन्। एउटा निर्माणाधीन अवस्थामै जीर्ण भइसकेको छ। जुन सञ्चालनमा आउने छाँट छैन। कार्यालयबाटै जग्गा लिजमा लिएर निर्माण गर्न लागिएको कोल्ड स्टोर पनि सुस्त छ। कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • कारागारका दश जनासहित पछिल्लो २४ घण्टामा कर्णालीमा ९५ जनामा कोरोना पुष्टि

    कारागारका दश जनासहित पछिल्लो २४ घण्टामा कर्णालीमा ९५ जनामा कोरोना पुष्टि

    सुर्खेत : कर्णाली प्रदेशमा बुधवार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधवार थप ९५ जनामा संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या दुई हजार पाँच सय ५१ पुगेको छ। नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगरका ६, बराहताल गाउँपालिकाका र लेकबेसी नगरपालिकाका चार/चार जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकार प्रमुख सचिवविहीन, केन्द्रलाई प्रदेशको प्रश्न : कारबाही गर्नुपर्ने मान्छे पठाउन कर्णाली प्रशासनिक कारागार हो?

    कर्णाली सरकार प्रमुख सचिवविहीन, केन्द्रलाई प्रदेशको प्रश्न : कारबाही गर्नुपर्ने मान्छे पठाउन कर्णाली प्रशासनिक कारागार हो?

    सुर्खेत : कर्णाली प्रदेश सरकार प्रमुख सचिवविहीन बनेपछि निमित्तको भरमा छ भने प्रदेश मातहतका अधिकांश कार्यालय प्रमुख नहुँदा लामो समयदेखि निमित्तले काम चलाउँदै आएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव टेकनारायण पाण्डे साउनको पहिलो साता सरुवा भएपछि कर्णाली प्रदेश सरकार प्रमुख सचिवविहिन बनेको छ। प्रमुख सचिव पाण्डे सरुवा भएसँगै कर्णाली सरकार निमित्त सचिवको भरमा छ। प्रदेश सरकारले निमित्त सचिवका…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा जनता आवास कार्यक्रम सुस्त, प्राविधिकको करार सम्झौता सकिएपछि कार्यक्रम नै असफल हुने संकेत

    कर्णालीमा जनता आवास कार्यक्रम सुस्त, प्राविधिकको करार सम्झौता सकिएपछि कार्यक्रम नै असफल हुने संकेत

    सुर्खेत : आवासविहीनलाई घर दिने उद्देश्यले संघीय सरकारले शुरु गरेको जनता आवास कार्यक्रम प्रदेशमा हस्तान्तरण भएपछि सुस्ताएको छ। लोपोन्मुख, सीमान्तकृत, गरिब, दलित तथा विपन्न वर्गलाई घर बनाइदिने गरी ल्याएको जनता आवास कार्यक्रमले कर्णाली प्रदेशमा गति लिन नसकेको हो। प्रदेश सरकारमार्फत कार्यान्वयनमा गएको जनता आवास कार्यक्रम कर्णाली प्रदेशका आठ जिल्लामा कार्यान्वयन भइरहेको छ भने सल्यान र सुर्खेतमा अझै शुरु हुन सकेको…

    विस्तृतमा पढ्नुस्

  • बाहिरबाट मान्छे आउँदा कर्णालीमा बढ्दो संक्रमण: थप ५१ जनामा देखियो कोरोना

    बाहिरबाट मान्छे आउँदा कर्णालीमा बढ्दो संक्रमण: थप ५१ जनामा देखियो कोरोना

    सुर्खेत : कर्णाली प्रदेशमा सोमबार थप ५१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नयाँ पुष्टि भएकामध्ये रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १५ जना र सानीभेरी गाउँपालिकामा तीन जनामा संक्रमण देखिएको हो। चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमै जाजरकोटका १५ जनामा संक्रमण पुष्टि भएको छ। जाजरकोटका सबै संक्रमित भेरी नगरपालिकाका भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारको पूर्वाधार विकास : एक वर्षमा एक किलोमिटर सडक कालोपत्रे, ४९ किलोमिटर ग्राभेल

    प्रदेश सरकारको पूर्वाधार विकास : एक वर्षमा एक किलोमिटर सडक कालोपत्रे, ४९ किलोमिटर ग्राभेल

    सुर्खेत : कर्णाली प्रदेश सरकारको गत आर्थिक वर्ष २०७६/०७७ मा भौतिक पूर्वाधार विकास निर्माणतर्फको सडक निर्माण निकै कमजोर देखिएको छ। भौगोलिक रुपमा विकट प्रदेशमा विकास निर्माणको मेरुदण्ड मानिने सडकका लागि नयाँ ट्रयाक खोल्ने, ग्राभेल र कालोपत्रे गर्ने जस्ता निर्माण कार्य निकै सुस्त देखिएको हो। गत आर्थिक वर्षमा सरकार यति निकम्मा देखिएको छ कि एक वर्षको अवधिमा एक किलोमिटर सडक मात्रै…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा पुनः उकालो लाग्दै संक्रमणको दर, ‘इपिसेन्टर’ बन्ने खतरामा वीरेन्द्रनगर

    कर्णालीमा पुनः उकालो लाग्दै संक्रमणको दर, ‘इपिसेन्टर’ बन्ने खतरामा वीरेन्द्रनगर

    सुर्खेत : कोरोना भाइरसका सक्रिय संक्रमित सय भन्दा तल झरेको कर्णालीमा संक्रमितको संख्या फेरि उकालो लाग्न थालेको छ। पछिल्लो पाँच दिनको अवधिमा संक्रमितको संख्या बढेर डेढ सय नजिक पुगेको छ। साउन २५ गतेसम्म ७४ जना संक्रमित रहेको कर्णाली प्रदेशमा अहिले एक सय ४६ पुगेको छ। पहिलो चरणको संक्रमणको दर घट्दो क्रममा रहेपनि पछिल्लो समय पुनः बढ्दो क्रममा देखिएको छ। संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा स्थापना भएको राष्ट्र बैंक शाखाको न पूर्वाधार, न जनशक्ति, प्रमुख भन्छन् : म्यान्डेट पाएअनुसार काम गर्न सकिएन

    कर्णालीमा स्थापना भएको राष्ट्र बैंक शाखाको न पूर्वाधार, न जनशक्ति, प्रमुख भन्छन् : म्यान्डेट पाएअनुसार काम गर्न सकिएन

    सुर्खेत : कर्णाली प्रदेशका दश जिल्ला हेर्ने गरी स्थापना भएको सुर्खेतस्थित राष्ट्र बैंक शाखा आफैँ थला परेको छ। गत कात्तिक महिनामा स्थापना भएको नेपाल राष्ट्र बैंकको सुर्खेतस्थित प्रदेशस्तरीय शाखा जनशक्ति अभाव र पूर्वाधार कमीले आफैँ थला परेको हो। प्रदेशका दश जिल्लामा भइरहेका आर्थिक गतिविधिको अध्ययन गर्ने र प्रदेश सरकारको सञ्चित खाताहरु राष्ट्र बंैकबाट सञ्चालन गर्ने भनेर स्थापना भएपनि अहिलेसम्म कुनै…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा कोभिड-१९ संक्रमित नाघ्यो दुई हजार

    कर्णालीमा कोभिड-१९ संक्रमित नाघ्यो दुई हजार

    सुर्खेत : कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमण पुष्टि भएको संख्या दुई हजार नाघेको छ। सोमवार थप २४ जनामा संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या दुई हजार तीन पुगेको हो। नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका ६ जना रहेका छन् भने, सुर्खेतको वीरेन्द्रनगरका एक जनामा गरी सात जनामा संक्रमण देखिएको छ।   त्यस्तै, दैलेख…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञापछि सुनसान देखियो वीरेन्द्रनगर

    निषेधाज्ञापछि सुनसान देखियो वीरेन्द्रनगर

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि पाँच दिनका लागि निषेधाज्ञा गरिएको छ। सोमवारदेखि लागूभएको निषेधाज्ञा जारी गरिएपछि वीरेन्द्रनगर सुनसान बनेको छ। निषेधाज्ञा कार्यान्वयन गराउन स्थानीय प्रशासनले सुरक्षाकर्मीसमेत परिचालन गरेको छ। संक्रमितको दर बढ्दै र चाडपर्वमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाको वेवास्ता भई भिडभाड, भेला हुने भएकाले सोमवारदेखि भदौ पाँच गते राति १२ बजेसम्मका लागि…

    विस्तृतमा पढ्नुस्

  • अन्य प्रदेशमा कोरोना संक्रमण बढ्दा कर्णालीमा तीव्र सर्तकता, प्रदेश छिर्दा अनिवार्य पीसीआर रिपोर्ट चाहिने

    अन्य प्रदेशमा कोरोना संक्रमण बढ्दा कर्णालीमा तीव्र सर्तकता, प्रदेश छिर्दा अनिवार्य पीसीआर रिपोर्ट चाहिने

    सुर्खेत : देशका अन्य प्रदेश र जिल्लाहरुमा लक्षणसहितको संक्रमित फेलापरेसँगै कर्णाली प्रदेश सरकारले थप सतर्कता अपनाउन थालेको छ। प्रदेशले पछिल्लो समय पहिलो चरणको संक्रमणको केस र बिरामीहरु घट्दै गएको अवस्थामा दोस्रो चरणको भाइरस रोकथाम तथा नियन्त्रणका लागि थप योजनासहित तयारी थालेको हो। अन्य जिल्लाहरुमा संक्रमित र मृतकको दर बढ्दै गएपछि प्रदेशमा दोस्रो चरणको भाइरस भित्रिए कर्णालीमा भयावय अवस्था हुने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा ७० प्रतिशत बढी कारोबार भारुमा, बैंकले सटही नगर्दा व्यवसायी र सर्वसाधारणलाई सास्ती

    कर्णालीमा ७० प्रतिशत बढी कारोबार भारुमा, बैंकले सटही नगर्दा व्यवसायी र सर्वसाधारणलाई सास्ती

    सुर्खेत : पछिल्लो समय कर्णाली प्रदेशमा भारतीय रुपैयाको कारोबार बढेसँगै नेपाली नोटको अभाव देखिन थालेको छ। भारतीय रुपैयाँको सटही नहुँदा सर्वसाधारण नागरिक देखि व्यापारी समेतले समस्या भोग्नु परेको छ। यसअघि रोजगारीका लागि भारत गएका कर्णालीवासीले रेमिट्यान्स पठाउने हुँदा र सीमा पारीनै सटही गरेर आउने हुँदा यस्तो समस्या हुँदैनथ्यो। तर, यसपटक भने नागरिक स्वयंले भारतीय रुपैयाँ सिधैँ लिएर गाउँ पस्दा कर्णालीमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट बच्न सावधान हुँदा अन्य रोगको संक्रमणमा पनि कमी, ‘सफाइ र खानपानमा ध्यान दिए मौसमी रोग पनि कम हुन्छ’

    कोरोनाबाट बच्न सावधान हुँदा अन्य रोगको संक्रमणमा पनि कमी, ‘सफाइ र खानपानमा ध्यान दिए मौसमी रोग पनि कम हुन्छ’

    सुर्खेत : गर्मी र वर्षातको समयसँगै विभिन्न रोगका बिरामीको चाप हुने अस्पतालहरुमा कोरोना संक्रमित बाहेक अन्य बिरामीको चाप छैन। अघिल्ला वर्षहरुमा यतिबेला भाइरल ज्वरो, रुखाखोकी, टाइफोइड, मलेरिया, झाडापखाला जस्ता रोगका बिरामीले अस्पताल भरिभराउ हुन्थे। सरकारी होस् या नीजि अस्पताल, यतिबेला सुनसान जस्तै छन्। सामान्य टाउको दुख्दा र खोकी लाग्दा नीजि मेडिकल, नर्सिङ होम र अस्पताल धाउने सर्वसाधारण नागरिक कोरोना त्रासकै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell