सुर्खेत : वीरेन्द्रनगर-६ की रामकुमारी खत्रीले खानेपानीको महशुल मासिक एक हजारको हाराहारीमा तिर्दै आएकी छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले चैतको दोस्रो सातादेखि लकडाउन गरेपनि उनले चैत, बैशाख र जेठ महिनाको महशुल तिरिरहिन्। तर, खानेपानी कार्यालयले भने अहिले लकडाउन अवधिसहितको भन्दै १० हजार बढी महशुल बुझाउन ताकेता गरेको छ। ‘सरकारले लकडाउन गरे पनि बैशाख, जेठ, असार महिनाको सरासर…
सुर्खेत : कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज थपिएका नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगरका ४ जना, पञ्चपुरी नगरपालिकाका ३ जना गरी सात जनामा संक्रमण देखिएको छ। यस्तै, सल्यानको कालीमाटी गाउँपालिकामा दुई जना र बनगाड कुपिन्डे नगरपालिकाका एक जनामा पनि संक्रमण देखिएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाका एक…
सुर्खेत : कर्णाली प्रदेशका ७९ स्थानीय तहले प्रदेश सरकारलाई बुझाउनुपर्ने राजश्व बुझाउन अटेरी गरेका छन्। स्थानीय तहबाट प्राप्त हुने मालपोततर्फको राजश्व बाहेक अन्य प्राकृतिक स्रोत ढुंगा, गिट्टी, बालुवाबाट संकलन गरेको राजश्व अहिलेसम्म प्रदेश सरकारलाई बुझाएका छैनन्। गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका दश जिल्लाको मालपोतबाट प्राप्त भएको सात करोड ३३ लाख १३ हजार रुपैयाँ मात्रै आएको प्रदेश लेखा नियन्त्रक कार्यालयका…
सुर्खेत : कालिकोटको रास्कोट नगरपालिका-१ मा सोमवार राति गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता छन्। नगरपालिकाको बडुवालतोला र चोक्टेबगरमा दुई घर पहिरोले बगाउँदा ८ जना बेपत्ता भएको नगरपालिकाका प्रमुख काँशिचन्द्र बरालले जानकरी दिए। उनका अनुसार वडा नम्बर १ बडुवालतोलास्थित जयबहादुर शाहीको घरका पाँच जना बेपत्तामध्ये जयबहादुरको शव भेटिएको हो। बाँकी बेपत्ता…
सुर्खेत : कर्णाली प्रदेश सरकारले विनियोजित बजेट कार्यान्वयन गर्न नसक्दा आधा भन्दा बढी बजेट फ्रिज भएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरिएकोमा १७ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ फ्रिज भएको हो। सरकारले विनियोजन गरेको कुल बजेटमा झण्डै ५२ प्रतिशत बजेट फ्रिज भएको छ। गत आर्थिक वर्षमा कुल बजेटको १६…
सुर्खेत : कर्णाली प्रदेशमा थप नयाँ ३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। बिहीवार थपिएका नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत भेरीगंगा नगरपालिका ३ जना र चौकुने गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, सल्यानको छत्रेश्वरी गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल, दैलेखमा…
सुर्खेतः असार महिनामा मात्रै जाजरकोटको बारेकोट गाउँपालिमा बाढी पहिरोबाट झण्डै तीन सय घरपरिवारको उठिबास भयो। अहिले विस्थापित विद्यालय र खुला आकाशमुनि पाल टाँगेर बसिरहेका छन्। जाजरकोटमा भर्खरै भएका विस्थापित जस्तै छन् ६ वर्षअघि बाढी पहिरोबाट विस्थापित भएका सुर्खेतका पीडित। २०७१ साल साउन अन्तिम साता आएको बाढी पहिरोबाट सुर्खेतमा ४० जनाको ज्यान गएको थियो भने एक हजार बढी घरपरिवार विस्थापित भएका थिए।…
सुर्खेत : पाँच महिनाअघि बेपत्ता भएका सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर १ का शिवराम रानाको बर्दिया राष्ट्रिय निकुञ्जमा भरुवा बन्दूकसहित मानव कंकाल फेला परेको छ। २०७६ फागुन १० गतेदेखि हराएका रानाको कंकाल गत असार ३१ गते बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर १ बर्दियास्थित निकुञ्जको पाँडेखोलामा सुर्खेत प्रहरीले फेला पारेको हो। सोही ठाउँका यामबहादुर सम्सेली र सूर्यबहादुर वलीसहित सिकार खेल्न गएका…
सुर्खेत : विद्यालयको लेनदेनको विषयमा जाजरकोट छेडागाड नगरपालिकाका मेयर लालबहादुर महतारा मुछिएका छन्। छेडागाड गाउँपालिका वडा ११ स्थित झाप्रामा रहेको बाल माविले रथलहमा रहेको गौतम हार्डवेयर बीचको लेनदेनको विवादमा मेयर महतारा मुछिएका हुन्। बक्यौता रकम नबुझाएपछि मेयर महतारासहितको टोली उक्त पसलमा पुगेर पसलका सञ्चालक दिपाराम जैसीलाई कुटपिट गरेको आरोप लागेको छ। हार्डवेयरका सञ्चालक जैसीले आफ्नो पसलमा आएर राति मेयरको टोलीले…
सुर्खेत : कर्णालीमा कोरोना संक्रमितको संख्या ओरालो लागेसँगै निको भएर डिस्चार्ज हुनेको संख्या पनि बढेको छ। जम्मा संक्रमितको संख्या एक हजार सात सय १४ रहेकोमा अहिले विभिन्न जिल्लाका अस्पताल तथा आइसोलेसन सेन्टरमा जम्मा दुई सय ३३ जना संक्रमितमात्रै आइसोलेसनमा रहेका छन्। सुर्खेतमा १२३ जना, दैलेखमा ३०, जाजरकोटमा ५, सल्यानमा २२, रुकुम पश्चिममा १२ जना आइसोलेसनमा रहेका छन्। यस्तै, जुम्लामा १६…
सुर्खेत : कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधवार थपिएका नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १४ जना, दैलेखका ३ जना, सल्यानका दुई जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, जुम्ला र अछाममा एक/एक जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, चौरजहारी रुकुमपश्चिममा गरिएको परीक्षणमा सल्यानका ३ जनामा पुष्टि भएको सामाजिक…
कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। आज थपिएका नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत १४ जना, जुम्ला, जाजरकोट र काठमाण्डौँका एक एक जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ४ जनामा पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। दैलेख अस्पतालमा…
सुर्खेत : कर्णाली प्रदेश सभाका एक सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विपक्षी दल नेपाली कांग्रेसका सांसदलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनमा संक्रमण पुष्टि भएसँगै प्रदेश सभाका सदस्य, कर्मचारीलगायत अन्य व्यक्तिहरुको ट्रेसिङको काम भइरहेको छ। प्रदेश सभाका सदस्यलाई संक्रमण पुष्टि भएपछि संसद बैठक अर्कोको सुचना नआउनेबेलासम्मका लागि स्थगित गरिएको छ।
सुर्खेत : नेकपाभित्रको आन्तरिक विवाद मिलेसँगै नेतृत्वविहीन रहेको कर्णाली प्रदेश सभाको संसदीय समितिले पूर्णता पाएको छ। कर्णाली प्रदेश सभाको २०७४ चैत २६ गतेको बैठकले गठन गरेको प्रदेश सभाको संसदीय समितिले झण्डै साढे दुई वर्षपछि नेतृत्व पाएको हो। ‘मिनी पार्लियामेन्ट भनेर चिनिने संसदीय समितिको तीन वटा अध्यक्ष पद पाएको नेकपाले पूर्व एमालेबाट दुई र पूर्व माओवादीबाट एक जनालाई नेतृत्वमा पठाउने सहमति…
सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका ४ स्थित सार्कीगाउँमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका १२ मध्ये ७ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेटिएका ७ मध्ये ४ जनाको सनाखत भएको र बाँकीको भने पहिचान खुलेको छैन। सनाखत हुनेहरुमा सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की, २० वर्षीया डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्की रहेको डिएसपी…
सुर्खेत : जाजरकोटको बारेकोटमा गाउँपालिका वडा नं. ४ का दुई घरका परिवारसहित चार जना पाहुना बगाउँदा १२ जना बेपत्ता भएका छन्। स्थानीय कलु सार्कीको घरमा बसेका चार जना परिवारसहित चार जना पाहुना हुन् भने, गोपाल सार्कीको चार जना परिवार सबै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। ‘स्थानीय र प्रहरी मिलेर उद्धारको काम…
सुर्खेत : नेतृत्वविहीन रहेको कर्णाली प्रदेश सभाको संसदीय समितिले पूर्णता पाउने भएको छ। २०७४ चैतमा गठन भएको संसदीय समितिको अध्यक्ष पदको निर्वाचन हुने भएपछि पूर्णता पाउने भएको हो। ‘मिनि पार्लियामेन्ट’ भनेर चिनिने संसदीय समितिहरु गठन भएको झण्डै साढे दुई वर्षपछि निर्वाचन हुन लागेको छ। प्रदेश सभा सचिवालयले बिहीवार विषयगत समितिको अध्यक्ष पदको निर्वाचनसम्बन्धी सूचना प्रकाशित गरी असार २८ गते दिउँसो…
सुर्खेत : प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकाको जग्गा भोगाधिकारका लागि प्रदेशलाई हस्तान्तरण नहुँदा प्रदेश सरकारको संरचना (सिंहदरवार) को काम रोकिएको छ। प्रदेशको राजधानी वीरेन्द्रनगर–७ इत्राममा निर्माण गर्नेभनिएको प्रदेश सरकारको सिंहदरवारको काम रोकिएको हो। प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारे पनि जग्गा हस्तान्तरण नहुदाँ कामअघि बढ्न नसकेको हो। सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा…
सुर्खेत : विज्ञहरुले नेपालमा कोरोना भाइरस समुदायस्तरमा नफैलिएको दाबी गरिरहे पनि पछिल्लो समय संक्रमितको सम्पर्कमा नरहेका व्यक्तिमा पनि संक्रमण पुष्टि भइरहेका छन्। ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा समेत कोरोना संक्रमण पुष्टि हुँदा समुदायस्तरमा त्रास बढेको छ। कर्णाली प्रदेशका केही स्थानमा यही अवस्था दोहोरिएको छ। यसअघि सुर्खेत र दैलेखका तीन जना बिरामी प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना हुँदा आशंकामा कोरोना परीक्षण भएको थियो।…
सुर्खेत : दैलेखमा झुण्डिएर आत्महत्या गरेका एक जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। दुल्लु नगरपालिका१० गमौडीका २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। जेठ ११ गते भारतबाट फर्किएका उनी १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी रिपोर्ट नेगेटिभ आएपछि जेठ २५ गते घर पुगेका थिए। घर गएको १६ दिन पछि असार ९ गते बेलुका झुण्डिएको अवस्थामा फेला…