PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • कर्णालीमा स्थानीय तहको बजेट : स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा

    कर्णालीमा स्थानीय तहको बजेट : स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा

    सुर्खेत : कर्णाली प्रदेशका स्थानीय तहले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई मजबुत बनाउन स्वास्थ्य, कृषि तथा रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७७/०८८को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले सभामा पेश गरेको निति तथा कार्याक्रममलाई कार्यान्वयन गर्न एक अर्ब ४२ करोड ९९ लाख बढी बजेट सभामा पेश गरेको छ। चालु तर्फ ९०…

    विस्तृतमा पढ्नुस्

  • पारिश्रमिक दिन नमिल्ने सर्वोच्चको फैसलापछि 'चोर बाटो'बाट जनप्रतिनिधिलाई दोब्बर रकम, यातायातदेखि पत्रपत्रिकासम्म शीर्षकमा खर्च दिने कर्णाली सरकारको प्रस्ताव

    पारिश्रमिक दिन नमिल्ने सर्वोच्चको फैसलापछि 'चोर बाटो'बाट जनप्रतिनिधिलाई दोब्बर रकम, यातायातदेखि पत्रपत्रिकासम्म शीर्षकमा खर्च दिने कर्णाली सरकारको प्रस्ताव

    सुर्खेत: कर्णाली सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गरेको छ। यसअघिको ऐन संविधानको धारा २२०(८) र २२७ विपरीत भएको भन्दै गत कार्तिक १ गते सर्वोच्च अदालतले बदर गरेको थियो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विधेयक दर्ता गरेको हो। पारिश्रमिक नलेखी सुविधा शीर्षकबाट रकम दिने प्रबन्धका लागि विधेयक ल्याइएको हो।…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    सुर्खेत : कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सुर्खेतका १३, दैलेखका ३, जुम्लाका ४, जाजरकोट, कालिकोट, दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ, उदयपुरका एक/एक जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो। सुर्खेतका संक्रमितमध्ये चौकुने गाउँपालिकाका ६ जना, पञ्चपुरी नगरपालिकाका ५ जना, गुर्भाकोट र भेरीगंगा नगरपालिकाका एक/एक जना गरी १३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुग्यो

    कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुग्यो

    सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। असार ३ गते अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको हो। विगत २ महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका ती पुरुषमा ४ गते कोरोना संक्रमण पुष्टि भएको कोरोना विशेष अस्पताल, प्रदेश अस्पतालका फोकल…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

    कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

    सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालको आकस्मिक कक्षमा ३ जना विरामीको उपचारमा सलंग्न रहेका ४२ जना स्वास्थयकर्मीमध्ये ५ जनामा संक्रमण पुष्टि भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए। संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीमध्ये ४ जना प्रयोगशालामा काम गर्ने र एक जना एक्सरे कक्षमा काम गर्ने स्वास्थ्यकर्मी हुन्। संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • संकल्प प्रस्ताव छलफलका लागि अघि नबढाएको भन्दै कांग्रेसले गर्‍यो प्रदेश सभा बैठक अवरोध

    संकल्प प्रस्ताव छलफलका लागि अघि नबढाएको भन्दै कांग्रेसले गर्‍यो प्रदेश सभा बैठक अवरोध

    सुर्खेत : कर्णाली प्रदेश सभा बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। प्रदेश सभाका पदाधिकारी, सदस्य तथा प्रदेश सरकारका पदाधिकारीहरुले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरेर कोरोना भाइरस नियन्त्रणमा प्रयोग गर्ने विषयको सार्वजनिक महत्वको संकल्प प्रस्ताव संसदमा  छलफलका लागि अघि नबढाइएको भन्दै शुक्रवार बसेको संसद बैठक कांग्रेसले अवरुद्ध गरेको हो। संसदमा कोरोना महामारी सामान्य अवस्थामा नर्फकने बेलासम्म…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश सरकारको निर्णय : रुकुम घटनाका पीडित परिवारलाई एक लाख राहत दिइने

    कर्णाली प्रदेश सरकारको निर्णय : रुकुम घटनाका पीडित परिवारलाई एक लाख राहत दिइने

    सुर्खेत : कर्णाली प्रदेश सरकारले रुकुम घटनाका ६ जना मृतकका परिवारलाई एक/एक लाख रुपैयाँ राहत दिने भएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रवक्ता बिमला केसीले जानकारी दिइन्। जेठ १० गते जाजरकोटबाट प्रेम विवाहका लागि केटीको घर पुगेका युवामाथि आक्रमण हुँदा ६ जनाको मृत्यु भएको थियो। त्यस्तै, प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिहरुले पाउने सुविधा सम्बन्धी कानुन समेत संशोधन गर्नका…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा थप १२० जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो एक हजार २२४

    कर्णालीमा थप १२० जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो एक हजार २२४

    सुर्खेत : कर्णाली प्रदेशमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णालीमा बिहीवार पुष्टि भएका संक्रमितको संख्या प्रदेशमा अहिलेसम्मकै उच्च हो। नयाँ संक्रमितमा दैलेखका ८६ छन् भने सुर्खेतका ३४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।। दैलेखको महाबु गाउँपालिकाका ७६ जना, गुराँसे गाउँपालिकाका ५ जना, चामुण्डा विन्द्रासैनीका २ जना, दुल्लु नगरपालिकाका २ जना, भैरवी गाउँपालिकाका एक…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा कोरोना : पहिलो केस देखिएको ३० औं दिनमा नाघ्यो ११ सय संक्रमित, निको भएर फर्के ४९४

    कर्णालीमा कोरोना : पहिलो केस देखिएको ३० औं दिनमा नाघ्यो ११ सय संक्रमित, निको भएर फर्के ४९४

    सुर्खेत : जेठ ५ गते कर्णाली प्रदेशमा कोरोना भाइरसको केस पहिलो पटक देखिएको थियो। केस देखिएसँगै आइसोलेसनमा राखेर उपचार प्रक्रिया सुरु गरेको कर्णालीमा ३० दिन पुग्यो। भारतबाट भित्रने बढेसँगै कर्णालीमा कोरोना संक्रमित बढ्दै छन् भने, निको भएर घर फर्किनेको संख्या पनि उत्तिकै छ। विभिन्न स्वास्थ्य संस्थामा राखिएका संक्रमितमध्ये कर्णाली प्रदेशमै पहिलोपटक जेठ २३ गते प्रदेश अस्पताल सुर्खेतबाट सात जना संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा भारतबाट आएको १२ दिनमा एक पुरुषको क्वारेन्टाइनमा मृत्यु, स्वाब संकलन

    सुर्खेतमा भारतबाट आएको १२ दिनमा एक पुरुषको क्वारेन्टाइनमा मृत्यु, स्वाब संकलन

    सुर्खेत: सुर्खेतमा भारतबाट आएका एक जनाको क्वारेन्टाइनमा मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका ७ स्थित सिरुवानी क्वारेन्टाइनमा बसिरहेका ५० वर्षीय भीमबहादुर कामीको मृत्यु भएको हो। गुर्भाकोट ८ घर भएका भीमबहादुर जेठ २१ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनमा बसेको १२ औ दिनमा उनको मृत्यु भएको गुर्भाकोट नगरपालिकाले जनाएको छ। उनको मृत्युपछि स्वास्थ्यकर्मीले स्वाब संकलन गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता रामप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड, चालु आर्थिक वर्षभन्दा ५० करोड कम

    कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड, चालु आर्थिक वर्षभन्दा ५० करोड कम

    सुर्खेत : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि जम्मा ३३ अर्ब ७४ करोडको बजेट प्रस्तुत गरेको छ। प्रदेश सरकारले महामारी नियन्त्रण, भोकमरी न्युनीकरण र रोजगारी सिर्जना केन्द्रित गरी बजेट ल्याएको हो। प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको जम्मा बजेटको पुँजीगत खर्च तर्फ ५७ प्रतिशत छ भने, चालु खर्चतर्फ ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा कोरोना परीक्षण : जनशक्ति र सामान अभावमा क्षमता अनुसार भएन काम, पीसीआर मेसिन थप्दै प्रदेश सरकार

    कर्णालीमा कोरोना परीक्षण : जनशक्ति र सामान अभावमा क्षमता अनुसार भएन काम, पीसीआर मेसिन थप्दै प्रदेश सरकार

    सुर्खेत : चैत महिनामा संघीय सरकारले कोरोना भाइरस भए/नभएको पत्ता लगाउन आरटी-पीसीआर मेसिन पठायो। मेसिनबाट दैनिक १२/१५ वटा नमुना मात्रै परीक्षण हुन थाल्यो। प्रदेशमा भारतबाट आउनेको संख्या बढ्दै गएपछि उक्त मेसिनले थेग्न सकेन। अनि, कर्णालीका विभिन्न जिल्लाबाट संकलन गरिएका स्वाब पठाउन थालियो कन्द्रीय प्रयोगशाला काठमाडौं र सुदुरपश्चिमको धनगडीमा। भारतलगायत तेस्रो मुलुकबाट भित्रिदा धनगडीको ल्याबलाई सुदूरपश्चिमकै स्वाब परीक्षण गर्न भ्याई नभ्याई…

    विस्तृतमा पढ्नुस्

  • [अपडेट] कालीकोट टिपर दुर्घटना : मृत्यु हुने दुई जनाको सनाखत, दुई जना अझै बेपत्ता

    [अपडेट] कालीकोट टिपर दुर्घटना : मृत्यु हुने दुई जनाको सनाखत, दुई जना अझै बेपत्ता

    सुर्खेत : कालीकोटको नरहरिनाथ गाउँपालिका-१ मा भएको टिपर दुर्घटनामा परी मृत्यु हुने दुई जनाको सनाखत भएको छ। दुर्घटनामा परी मृत्यु हुनेहरुमा रास्कोट नगरपालिका-२ का २१ वर्षीय सर्मिला सार्की र २१ वर्षकै थम्की सार्की रहेका छन्। बुधवार बिहान ना ८ ख ५१३३ नम्बरको टिपर दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका थिए। घाइतेमध्ये दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालय कर्णाली…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा थप ३७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ७०८

    कर्णालीमा थप ३७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ७०८

    काठमाडौं : कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ८ पुगेको छ। आज प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा भएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये २५ जना दैलेखका रहेका छन्। दैलेखका संक्रमितमध्ये अवल पराजुलका २ जना र डुंगेश्वर गाउँपालिकाका २३ जना रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • टिपर दुर्घटनामा परी भारतबाट गाउँ जाँदै गरेका दुई जनाको मृत्यु, ६ जना वेपत्ता २७ घाइते

    टिपर दुर्घटनामा परी भारतबाट गाउँ जाँदै गरेका दुई जनाको मृत्यु, ६ जना वेपत्ता २७ घाइते

    सुर्खेत : कालीकोटको नरहरिनाथ गाउँपालिका १ मा टिपर दुर्घटना भएको छ। ना ८ ख ५१३३ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। २७ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए। कालिकोटको सदरमुकामबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपरमा भारतबाट आएका ३९ जना सवार…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतका व्यवसायीले लत्याए लकडाउन, उत्रिए आन्दोलनमा

    सुर्खेतका व्यवसायीले लत्याए लकडाउन, उत्रिए आन्दोलनमा

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा लकडाउनको उल्लङ्घन गर्दै सुर्खेत उद्योग बाणिज्य संघको नेतृत्वमा व्यवसायीहरूले विरोध प्रर्दशन गरेका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको उल्लङ्घनगर्दै सुर्खेत उद्योग बाणिज्य संघले विरोध प्रदर्शन गरेको हो। सरकारले गरेको लकडाउनले झण्डै तीन महिना पसल व्यवसाय बन्द हुँदा बैंक व्याज, करलगायत तिर्न नसकिने भन्दै उनीहरू प्रर्दशनमा उत्रिएका छन्। व्यवसाय खोल्न…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट बच्न जो विदेशबाट गाउँ फर्किए : तर, घरै पुग्न नपाई क्वारेन्टाइनमै हारे भाइरससँग

    कोरोनाबाट बच्न जो विदेशबाट गाउँ फर्किए : तर, घरै पुग्न नपाई क्वारेन्टाइनमै हारे भाइरससँग

    सुर्खेत : रोजगारी लागि भारतको गुजरात पुगेका दैलेख दुल्लु नगरपालिका–११का ३५ वर्षे युवा कोरोना संक्रमणबाट बच्न घर फर्किए। जेठ ७ गतेमात्रै उनी गाउँ पुगेका थिए। आफुसँगै घरपरिवार र समाजलाई सुरक्षित राख्न नगरपालिककै विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा बसे। तर, क्वारेन्टाइनमा बसेको दश दिनपछि जेठ १७ गते बिहान बेहोस् भए उनी। क्षणभरमै चिकित्सकले उनलाई मृत घोषणा गरे। घरपरिवारसँगै हुने र…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा थप २० जनामा कोरोना संक्रमण, अधिकांश सल्यानका

    कर्णालीमा थप २० जनामा कोरोना संक्रमण, अधिकांश सल्यानका

    सुर्खेत: कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका १२ जना, कपुरकोट गाउँपालिकामा एक जना गरी सल्यानमा १३ जनासहित २० जनामा संक्रमण पुष्टि भएको हो। सुर्खेतको वीरेन्द्रनगरका ३ जना र गुर्भाकोट नगरपालिका एक, सिम्ता गाउँपालिकाका एक गरी ५ जनामा संक्रमण पुष्टि भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा थप ९८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ५८७

    कर्णालीमा थप ९८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ५८७

    सुर्खेत : कर्णाली प्रदेशमा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जनामा र सुर्खेतमा गरिएको परीक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले जानकारी दिए। जसमा दैलेखको महावु गाउँपालिकाका पाँच र १८ महिनाको बालक सहित ४३ जना छन् भने…

    विस्तृतमा पढ्नुस्

  • मृत्युपछि फेरि अर्का व्यक्तिमा कोरोना पुष्टि, मर्नेको संख्या १२ पुग्यो

    मृत्युपछि फेरि अर्का व्यक्तिमा कोरोना पुष्टि, मर्नेको संख्या १२ पुग्यो

    सुर्खेत : डोल्पामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि भएको छ। जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि थ्रोट स्वाब आरटी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनले जानकारी दिए। १२ जना साथीसँगै जेठ १८ गते गाडीमा सुर्खेतबाट डोल्पा पुगेका उनी होम क्वारेन्टाइनमा रहेका थिए। जेठ २२ गतेमात्रै उनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell