सुर्खेत : कर्णालीमा पाँच दिन अघिमात्र कोरोना संक्रमण भएको प्रदेशमा दर्ज भयो। यसअघि केही प्रदेश कोरोना हट् स्पट बनिसकेका थिए। लकडाउन शुरु भएको ५५ दिनसम्म कोरोना संक्रमित नदेखिनु कर्णालीका लागि सुखद विषय थियो। ढुक्क थिए कर्णालीवासी। तर, अब अवस्था त्यस्तो रहेन। जेठ ५ गते राति स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत कर्णालीमा कोरोना संक्रमित देखिएको जनायो। आज, तीन जना थपिए संक्रमित। लकडाउनकैबीच भारतबाट…
सुर्खेत : कर्णाली प्रदेशमा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। शुक्रवार प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा तीन जनाको रिपोर्ट पोजेटिभ आएपछि शुक्रवार बेलुका नै स्वाबको नमुना नेपालगञ्ज पठाइएको थियो। नेपालगञ्ज गरिएको परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएपछि अव कर्णाली प्रदेशमा संक्रमितको संख्या चार पुगेको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ। संक्रमित तिनै जना भारतबाट बिहीवारमात्रै कर्णाली प्रदेश प्रवेश गरेका…
सुर्खेत : सरकारले लकडाउनकै बीच खाद्यान्न लगायत अत्यावश्यक वस्तु तथा सेवाका उद्योगधन्दाहरु खोल्ने निर्णय गरेपनि अझै सञ्चालनमा आएका छैनन्। कच्चा पदार्थ, मजदुर, ढुवानी र बजारीकरण लगायत आवतजावतमा सहज नभएकाले उद्योगहरु सञ्चालनमा आउन नसकेका हुन्। कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले सबै उद्योगधन्दाहरु बन्द हुँदा उत्पादकत्व र आर्थिक गतिविधि रोकिएपछि सरकारले ४२ प्रकारका उद्योग खोल्न दिने निर्णय…
सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको अवधिमा बन फँडानी र काठ तस्करी बढेको छ। मान्छेको चहलपहल नहुने भएपछि रुख कटान गर्न काठ तस्करहरु सक्रिय बनेका हुन्। कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर)मै मुख्य राजमार्गको छेउछाउमा दिनदाहडै रुख कटान भइरहेका छन् भने लुकीछिपी तस्करी गर्ने काम पनि उत्तिकै छ। अरु बेला भन्दा लकडाउनको समयमा रुख…
सुर्खेत : कर्णाली सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेको भन्दै बाँझो जमिन नराख्ने नीति कार्यान्वयन गर्न शुरु गरेको छ। उत्पादन बढाएर रोजगारी सिर्जना गर्न कर्णाली सरकारले खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान शुरु गरेको हो। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडि बाँझो जमिन जोतेर मकै…
सुर्खेत : कर्णाली प्रदेशमा कार्यरत सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको आरटी-पीसीआर परीक्षण शुरु गरिएको छ। केही जिल्लामा पत्रकार र स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिन थालेपछि कर्णाली प्रदेश सरकारले कर्णालीमा रहेर काम गर्ने पत्रकारसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमणको उच्च जोखिममा हुने हुँदा परीक्षण गर्न शुरु गरेको हो। पहिलो चरण अन्तर्गत बुधवार सुर्खेतमा कार्यरत पत्रकारहरुको स्वाबको नमुना संकलन गरिएको थियो। प्रदेशको प्रवेशद्वार सुर्खेतमा…
सुर्खेत : कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण र उपचारका लागि कर्णाली प्रदेश सरकारले प्रदेशका दश जिल्लाका विभिन्न स्थानमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई सडक सञ्जालको सहज पहुँच नभएको डोल्पा र हुम्लामा हेलिकप्टरबाट पठाएको हो भने अन्य जिल्लाहरुमा स्थलमार्गबाट गरी २७ स्थानमा स्वास्थ्यकर्मीको टोली…
सुर्खेत : केही दिनअघि छिमेकी प्रदेश प्रदेश ५ स्थित बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि कर्णाली तरंगित बन्यो। नेपालगञ्ज उपमहा नागरपालिकाभित्र एकै दिन १५ जना संक्रमित भेटिएपछि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेर एकाएक प्रदेशको प्रवेश सीमा नाका सिल गर्ने निर्णयमा पुग्यो। कर्णाली प्रदेशको सीधा सम्पर्क जोडिएको बाँके कोरोनाको हटस्पट बन्दा कर्णाली अछुतो नरहने पक्का ठान्दै यस्तो निर्णयमा…
सुर्खेत : डोल्पामा एक जनामा आरडीटी टेस्टको रिपोर्ट पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीको टोलीलाई हेलिकप्टरबाट डोल्पा पठाइएको छ । त्रिपुरा सुन्दरी नगरपालिका – ८ का ६२ वर्षीय एक पुरुषमा गरिएको र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि प्रदेश सरकारले आज स्वास्थ्यकर्मीको टोली डोल्पा पठाएको हो। उनमा आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएसँगै अन्य पाँच जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि आवश्यक सामग्री सहित सुर्खेतबाट एक…
सुर्खेत : चालु आर्थिक वर्षको सुरुवातमा बजेट कार्यान्वयनको गति सुस्त थियो। आर्थिक वर्षको अन्तिम समयमा सबैभन्दा बढी बजेट खर्चिने परम्परा त छ नै, त्यो पनि असारमै। तर, पछिल्लो समय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न देश लकडाउनमा गएपछि केही सीमित विकास निर्माणका काम बाहेक सबै रोकिएका छन्। मेसिनबाट गर्ने भनिएका कतिपय विकास निर्माणका काम पनि शुरु भएका छैनन्। जसले गर्दा…
सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन जारी छ। केही दिनअघिबाट लकडाउन उल्लंघन नै गरेर नेता, कार्यकर्ता र आफन्तहरु गन्तव्यस्थलमा पठाउन हानथाप गर्न थालेपछि गृह मन्त्रालयले लकडाउनको कार्यान्वयनमा कडाइ गर्न निर्देशन दियो। तर, अझैपनि नातागोता र कार्यकर्तालाई ओसार्ने काम चलिरहेको छ। शनिवार मात्रै सुर्खेत र नेपालगञ्जमा रहेका हुम्लाका नागरिकलाई हवाई मार्गबाट उद्धारका नाममा पठाइएको…
सुर्खेत : कर्णाली प्रदेशमा यसअघि संघीय सरकारले पठाएको आरटी पिसिआर मेसिनको क्षमता कम भएकाले प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयबाट र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिनबाट ठूला क्षमताको आरटी पिसिआर मेसिन ल्याए। प्रदेश सरकारले ल्याएको पिसिआर मेसिन सुर्खेतको पशुअन्वेषण प्रयोगशालामा जडान गरियो भने स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि जडान गरिसकेको छ। कोरोना भाईरस (कोभिड–१९) को परीक्षण तीव्र पार्ने गरी गएको मंगलवार ल्याइएका…
सुर्खेत : कर्णाली प्रदेश सरकारले लकडाउनकै अवधिमा अलपत्र परेका यात्रुको उद्धार गर्न प्रदेशका मन्त्रीहरुले जिल्लामा पठाउने निर्णय भयो। यसअघि जुनसुकै नागरिक जहाँ जस्तो अवस्थामा छन्, त्यही बस्न भनिएकोमा अहिले कर्णाली सरकारले नै अन्यत्रबाट समूह बनाई प्रदेशमा प्रवेश गरेका व्यक्तिलाई सिधै सम्बन्धित जिल्ला वा पालिका पुग्न दिने र अन्य प्रदेश वा जिल्लाले ल्याएर छाडेका तर आफ्नो खर्चमा गन्तव्यमा पुग्न नसक्नेलाई उचित…
सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा टेलिमेडिसिन दुर चिकित्सा सेवा सुरु गरिएको छ। दूर्गम भेगका नागरिकको विशेषज्ञ चिकित्सकमार्फत आवश्यक औषधि उपचारमा सहयोग पुर्याउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरिएको हो। कर्णालीका दश वटै स्वास्थ्य संस्थामा रहेका बिरामीलाई प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सक वा स्वास्थ्यकर्मीले उपचारका लागि आवश्यक सल्लाह र परामर्श दिने गरी टेलिमेडिसिन कक्ष स्थापना गरिएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जनाए। प्रदेश…
सुर्खेत : कारोना भाइरस (कोभिड–१९) परीक्षण गर्नका लागि थप दुई वटा पोलिमरेज चेन रियाक्सन (पिसिआर) मेसिन कर्णाली प्रदेशमा ल्याइएको छ। संघीय सरकारले पठाएको पिसिआर मेसिनको क्षमता कम भएपछि थप दुई वटा मेसिन ल्याइएको हो। यसअघि संघीय सरकारले पठाएको पिसिआर मेसिनले चाप धान्न नसकेपछि स्वाबको नमुना परीक्षण गर्न धनगढी र काठमाडौं पठाउनुपर्ने बाध्यता अब दुई वटा पिसिआर मेसिन सञ्चालन भए समाधान…
सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण किसानले उत्पादन गरेका बस्तुले बजार पाउन नसकेको गुनासोपछि प्रदेश सरकारले बजारीकरणको गृहकार्य थालेको छ। आधाभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको कर्णालीमा कृषि क्षेत्रलाई बेवास्ता गरे अझै अवस्था दयनिय हुने निश्चित हुने देखिएपछि प्रदेश सरकारले आवश्यक गतिविधिलाई अघि बढाउन लागेको हो। प्रदेश सरकारले किसानका उत्पादन बिग्रन र सड्न…
सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि पनि भारतीय नागरिक नेपालमा लुकीछिपी बसेको फेला परेपछि थप सतर्कता अपनाइएको छ। भारतबाट नेपाल आएका मुस्लिम समुदायका व्यक्तिमा कोरोना भाइरस संक्रिमत फेला परेपछि स्थानीय समुदाय लगायत सरकारले पनि निगरानी बढाएको छ। लकडाउनका बेलमा पनि लुकीछिपी नेपाल छिर्ने क्रम बढेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बस्दै आएका मुस्लिम समुदायका…
सुर्खेत : कालिकोटका कलबहादुर खड्का हिउँदको समयमा घरमा काम नहुने भएपछि दुई चार पैसा कमाउनका लागि गत मंसिर पहिलो साता गाउँबाट कामदार लिएर घरबाट निस्किएका थिए। संखुवासभामा निर्माण हुन लागेको जलविद्युत आयोजनाको काम गर्न कलबहादुरसँगै २६ जनाको टोली त्यहाँ पुगेको थियो। संखुवासभाको कामपछि उनीहरु घरै नर्फकी नवलपुरमा मजदुरीका लागि रोकिए। ‘हिउँदको समयमा घरतिर केही काम नहुने हुँदा दुई चार पैसा…
सुर्खेतः राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पहिलो चरणको सुरुङमार्ग ‘ब्रेकथ्रु’ भएको एक वर्ष पुग्यो। गत वर्ष बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहबीच स्वीच थिचेर सुरुङमार्ग ब्रेकथ्रु गरे। यो एक वर्षको अवधिमा दश प्रतिशत काम भएको छ। निर्धारित समयभन्दा एक वर्षअघिनै सुरुङमार्ग सकिएको आयोजना लकडाउन हुनुपूर्व बाँकी काम पनि धमाधम भइरहेको थियो। तर, कोरोना भाइरस (कोभिड–१९) को…
सुर्खेत : भारतबाट आएका रुकुमपश्चिमका दुई जना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)को आंशका गरिएको छ। धनगढीस्थित गरिएको पीसीआर परीक्षणमा शंकास्पद लक्षण देखिएपछि पुनः परीक्षणका लागि स्वाबको नमुना केन्द्रीय प्रयोगशालामा पठाईएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले जानकारी दिइन्। ‘भारतबाट आएका दुई जनामा शंकास्पद लक्षण देखिएको छ,’ उनले भनिन्,‘पुनः परीक्षणका लागि स्वाबको नमुना केन्द्रीय प्रयोगशाला काठमाडौंमा पठाएका छौँ।’ रुकुमपश्चिमबाट संकलन पठाईएको…