PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • आइसोलेसनको नौलो अनुभव लिएर संक्रमणमुक्त भई घर फर्किए दाजुभाइ, ‘म ढुक्क छु कोरोना लाग्दैमा मरिँदैन’

    आइसोलेसनको नौलो अनुभव लिएर संक्रमणमुक्त भई घर फर्किए दाजुभाइ, ‘म ढुक्क छु कोरोना लाग्दैमा मरिँदैन’

    सुर्खेत : ‘सात दिनसम्म कोरोना संक्रमित भाइसँगै थिएँ तर मलाई केही पनि भएन। हल्का घरतिर बालबच्चाको याद आउँथ्यो,’ कोरोना मुक्त भएर घर फर्किँदै गरेका युवाले अनुभव सुनाए। सुर्खेत वीरेन्द्रनगर नजिकै घर भएका उनी प्रदेश अस्पतालको कोरोना उपचार केन्द्रको आइसोलेसनमा १२ दिन बसे। अहिले कोरोना जितेर घर गएका छन्। उनीसँगै रहेका दुई भाइनै कोरोनामुक्त भएर घर फर्किएका छन्। सजिलै कोरोना जितेका…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा थप एक सय जनामा संक्रमण पुष्टि

    कर्णाली प्रदेशमा थप एक सय जनामा संक्रमण पुष्टि

    काठमाडौं : कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकामा २६ र सुर्खेतमा गरिएको परीक्षणमा दुल्लुकै एक जनामा संक्रमण देखिएको छ। त्यस्तै महाबु गाउँपालिकामा ६४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिकामा तीन जना, सुर्खेतको पञ्चपुरी नगरपालिकाको एक जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली…

    विस्तृतमा पढ्नुस्

  • दैलेखमा एकैदिन ११३ जनामा संक्रमण देखिएपछि अनिश्चितकालीन कर्फ्यू जारी

    दैलेखमा एकैदिन ११३ जनामा संक्रमण देखिएपछि अनिश्चितकालीन कर्फ्यू जारी

    सुर्खेत : कोरोना भाइरसको संक्रमण बढेसँगै दैलेखमा आज साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। विहीवारमात्र दैलेखमा ११३ जनामा संक्रमण देखिएपछि जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ, भिरतेत, उत्तरमा छात्रा र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर, चुप्रा, शिरस्थान, पश्चिममा पादुकाखोला, कर्णाली राजमार्ग, उत्तरमा…

    विस्तृतमा पढ्नुस्

  • संकटमा पौने दुई करोडको गाडी किनेका कर्णालीका सभामुख भन्छन्, 'मेरो लागि किनेको होइन, प्रदेश सभाको सभामुखका लागि हो'

    संकटमा पौने दुई करोडको गाडी किनेका कर्णालीका सभामुख भन्छन्, 'मेरो लागि किनेको होइन, प्रदेश सभाको सभामुखका लागि हो'

    कर्णाली प्रदेश सभामा अहिले छैठौं अधिवेशन चलिरहेको छ। आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत भएर आगामी असार १ गते ल्याउने बजेटको तयारी भइरहेको छ। पछिल्लो समय देश कोरोना संक्रमणले आक्रान्त बनाईरहेको छ। भारतबाट भित्रिएसँगै कर्णालीका नागरिक यहाँ पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ। भारतबाट भित्रिएका नागरिकको व्यवस्थापन कमजोर भएकै बेला कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले झण्डै…

    विस्तृतमा पढ्नुस्

  • चार महिने शिशुसहित कर्णालीमा थपिए १६ नयाँ संक्रमित

    चार महिने शिशुसहित कर्णालीमा थपिए १६ नयाँ संक्रमित

    सुर्खेत : कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये सल्यानका दुई जना पुरुष, दैलेखका ७ जना पुरुष, कालिकोटमा चार महिने शिशु र एक महिला सहित ७ जनामा संक्रमण पुष्टि भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार महिने शिशुसहित १३ जना नयाँ संक्रमित पुष्टि भएका हुन्। बाँकी तीन जनाको सुर्खेतस्थित कर्णाली प्रदेशमा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा भारतबाट हुलका हुल भित्रिँदा सम्हाल्न सकेन वीरेन्द्रनगरले : हतारमै सीधै जिल्ला पठाइँदै, तिनैको स्वाब संकलन गर्न भने हेलिकप्टर चार्टर

    कर्णालीमा भारतबाट हुलका हुल भित्रिँदा सम्हाल्न सकेन वीरेन्द्रनगरले : हतारमै सीधै जिल्ला पठाइँदै, तिनैको स्वाब संकलन गर्न भने हेलिकप्टर चार्टर

    सुर्खेत : पछिल्लो समय भारतबाट कर्णालीमा भित्रिनेको लर्को लागेको छ। कर्णाली प्रदेशको सीमा नाका बबईबाट भारतदेखि आएका नागरिक हुलका हुल छिर्न थालेपछि प्रदेश सरकारले नै सीधै जिल्लामा पठाउँदैँ आएको छ। यसअघि प्रदेशको राजधानी वीरेन्द्रनगरमै क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण गरेरमात्रै पठाउने भनिए पनि पछिल्ला समय भित्रिनेलाई थेग्न नसक्ने भएपछि स्थानीय तहले व्यवस्थापन गर्ने गरी जिल्लामा पठाएको हो। तर, स्थानीय तहमासमेत…

    विस्तृतमा पढ्नुस्

  • गाई चराउन गएका तीन जना बालबालिकाको मृत्यु, 'ठुलीभेरी नदीले बगाएछ'

    गाई चराउन गएका तीन जना बालबालिकाको मृत्यु, 'ठुलीभेरी नदीले बगाएछ'

    सुर्खेत : डोल्पाको ठुलीभेरी नदीमा तीन जना बालबालिकाको मृत्यु भएको छ। ठुलीभेरी नगरपालिका - ९ मोतिपुरका १२ वर्षीया यशोदा भण्डारी, अन्दाजी १० वर्षकी विजया कठायत र ८ वर्षीया गंगा कठायतको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। गाई चराउन गएको बेला नदी तरेर पारी गई गाई फर्काउन खोज्दै गर्दा नदीले बगाएको ठुलीभेरी नगरपालिका वडा ९ का अध्यक्ष विरमलकुमार…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो २३३

    कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो २३३

    सुर्खेत : कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये सुर्खेतका १६, सल्यानका ९ जना, दैलेखका ९ र अछामका एक गरी ३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जनाएका छन्। सुर्खेतमा एक चार वर्षीय बालक र एक आठ वर्षीया बालिकामा पनि संक्रमण देखिएको छ।  भारतबाट आएका…

    विस्तृतमा पढ्नुस्

  • गाउँ गएका दुई सांसदलाई प्रदेश सभा प्रवेशमा रोक, पीसीआर परीक्षण गरेर मात्रै बैठकमा सहभागी हुन निर्देशन

    गाउँ गएका दुई सांसदलाई प्रदेश सभा प्रवेशमा रोक, पीसीआर परीक्षण गरेर मात्रै बैठकमा सहभागी हुन निर्देशन

    सुर्खेत : कर्णाली प्रदेश सभाको बैठक चलिरहेको छ। नीति तथा कार्यक्रम प्रस्तुत भएर अहिले त्यसमा छलफल भइरहेको छ। यद्यपि, दैलेखबाट प्रतिनिधित्व गर्ने सत्ता पक्षकै सांसद शुशील थपा र अमर थापालाई संसद बैठकमा छिर्न दिइएन। संसद बैठक चलेकै बेला आफूहरुलाई निर्वाचन क्षेत्र गएर आएको भन्दै संसद बैठकमा छिर्न नदिइएको सांसद शुशील थापाको भनाइ छ। ‘सभामुखज्युले फोन गरेर तपाई एक हप्ताका लागि…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु

    बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु

    सुर्खेत : बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी अगैया भन्ने ठाउँमा ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए। रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गाडी ठोक्किएको थियो। उनका अनुसार १२ जनाको मृत्यु भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

    कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

    सुर्खेत : कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको कालीकोट जिल्लामा १७ तथा बाजुरा र दैलेखमा एकएक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ५ का १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२ वर्षीय तथा वडा नम्बर ४ का २०, २२, २०…

    विस्तृतमा पढ्नुस्

  • दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट देखियो पोजेटिभ

    दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट देखियो पोजेटिभ

    सुर्खेत : शनिवार दैलेखको दुल्ल नगरपालिकास्थित क्वारेन्टाइनमा मृत्यु भएका युवाको कारोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दुल्लु नगरपालिका ११ का ३५ वर्षीय युवाको रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। उनी दश दिनअघि भारतको गुजरातबाट आएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारको नीति तथा कार्यक्रम : नारा फेरियो, लोकप्रिय कार्यक्रम भने यथावत

    कर्णाली सरकारको नीति तथा कार्यक्रम : नारा फेरियो, लोकप्रिय कार्यक्रम भने यथावत

    सुर्खेत : कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले प्रदेश सभाको बैठकमा पेश गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रमको नारा फेरिएको छ। यद्यपि, लोकप्रिय कार्यक्रम भने उस्तै छन्। आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार : यसका लागि पूर्वाधार’ भन्ने मूल नारा थियो भने,…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षे नावालकसहित ८ जनामा कोरोना संक्रमण पुष्टि, कर्णालीमा पुग्यो ४६

    एक वर्षे नावालकसहित ८ जनामा कोरोना संक्रमण पुष्टि, कर्णालीमा पुग्यो ४६

    सुर्खेत : एक नावालकसहित कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा एक वर्षे बालकमा संक्रमण देखिएको हो। अन्यको उमेर भने २६, १९, ३०, ३६, ४०, १७ र २० रहेको छ। सात जना पुरुष र २० वर्षीया युवतीमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा भारतबाट आएका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    कर्णाली प्रदेशमा भारतबाट आएका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    सुर्खेत : कर्णाली प्रदेशमा भारतबाट आएका थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये एक जना बझाङका हुन् भने अन्य सबै सुर्खेतका हुन्। जसमध्ये एक जना महिलाको पहिचान खुल्न नसकेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रवक्ता डा लक्ष्मी नारायण तिवारीले जानकारी दिए। संक्रमित हुनेहरुमा सुर्खेतका पाँच जना महिला, आठ जना पुरुष रहेका छन् भने एक जना ५५…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा सेना परिचालनको तयारी, अनुमतिका लागि केन्द्र सरकारलाई अनुरोध

    कर्णालीमा सेना परिचालनको तयारी, अनुमतिका लागि केन्द्र सरकारलाई अनुरोध

    सुर्खेत : भारतबाट फर्किरहेका नागरिकको उचित व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले सेना परिचालनको अनुमति माग गरेको छ। भारतबाट आउने नागरिकको उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा समस्या हुने भन्दै सेना परिचालनको स्वीकृति लागि संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको सरकारको प्रवक्ता विमला केसीले जानकारी दिइन्। भारतबाट आएका नागरिकमध्येमा संक्रमण देखिएको छ। जसले गर्दा पनि प्रदेशमा महामारी फैलिन सुरु गरेकाले नेपाल प्रहरी र…

    विस्तृतमा पढ्नुस्

  • गुजरातबाट ५ दिन लगाएर नेपाल छिरेका युवकको सुर्खेतमा मृत्यु

    गुजरातबाट ५ दिन लगाएर नेपाल छिरेका युवकको सुर्खेतमा मृत्यु

    सुर्खेत : भारतको गुजरातबाट हिजो बेलुका सुर्खेत आइपुगेका एक जनाको मृत्यु भएको छ। यात्राकै क्रममा रहेका सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङका युवा प्रदेश सीमा नाका बबईबाट आएका थिए। उपचारका लागि प्रदेश अस्पताल पुगेका उनको त्यहीँ मृत्यु भएको हो। बाटोमा बिरामी भएपछि उनलाई अस्पताल लगिएको थियो। उनको थ्रोट स्वाब परीक्षणका लागि प्रदेश अस्पताल पठाइएको सामाजिक मन्त्रालय, स्वास्थ्य माहाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • भेरीको भेलमा बगेको न्याय : त्यो हत्याकाण्ड जसले देशलाई नै तरङ्गित बनायो

    भेरीको भेलमा बगेको न्याय : त्यो हत्याकाण्ड जसले देशलाई नै तरङ्गित बनायो

    रुकुम पश्चिम, चौरजहारी। जेठ १० गते बेलुकी बग्दै गरेको भेरी नदीले एक किशोरको शव किनारमा ल्याएर छोड्यो र बग्यो आफ्नै गतिमा। शरीर र अनुहारभरी चोटसहित किनारमा देखिएको नवराज विकको शवले संकेत गर्‍यो – उनीसँगै बेपत्ता अन्य ६ जना पनि भेरीको गहिराई र बेगमा कतै भेटिनेछन्। साससहित भेटिन्छन् भन्ने झिनो आश र शव बनेर तैरन्छन् भन्ने त्रासबीच भेरी, रानागाउँका मानिसहरु पर्खिरहे।…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा थपिए १२ नयाँ संक्रमित : ९ वर्षको बालकदेखि ४९ वर्षसम्मलाई कोरोना

    कर्णालीमा थपिए १२ नयाँ संक्रमित : ९ वर्षको बालकदेखि ४९ वर्षसम्मलाई कोरोना

    सुर्खेत : कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाईरस संक्रमित पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा वीरेन्द्रनगरका १६, २०, ९, ३२, ३६, ४६ र २६ वर्षे पुरुष र ३२ वर्षीया एक महिला गरी आठ जनामा संक्रमण देखिएको छ। त्यसैगरी भेरीगंगा नगरपालिका वडा नं. ८ का १६ र १७ वर्षका दुई पुरुष…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा कोरोना संक्रमित पुगे ११

    कर्णालीमा कोरोना संक्रमित पुगे ११

    सुर्खेत : कर्णालीमा संक्रमितको संख्या ११ पुगेको छ। भारतबाट कर्णाली भित्रिएका पछिल्ला संक्रमित सबै दैलेखका रहेको सामाजिक मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमख लक्ष्मीनारायण तिवारीले जानकारी दिए। सुर्खेत प्रयोगशालामा आरटी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि पुष्टि गर्न नेपालगञ्ज पठाइएको थियो। यसअघि कर्णालीमा ९ जनामा कोरोना संक्रमण देखिएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell