सुर्खेतः सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम बदर गरेसँगै कर्णालीको सत्तामा पनि भूकम्प गएको छ। पूर्ववतः दुई दल ब्यूतिएपछि तत्कालीन माओवादी केन्द्रले नेतृत्व गरेको सरकार संकटमा परेको हो। फैसलाले प्रदेश सरकार जोखिममा परेको छ। अन्य प्रदेशमा पनि सत्ता समीकरण हेरफेर हुनसक्ने आकलन गरिएको…
खेतीयोग्य जमिनको माग गर्दै कर्णालीका बादी समुदाय ११ दिन अघिदेखि संघर्षमा छन्। कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गेट नजिक भोक र निद्रा सहेरै धर्नामा बसिरहेका छन् उनीहरु। विभिन्न जिल्लाबाट सपरिवार झोलीझाम्टा लिएर खुला आकाशमुनी बसिरहेका छन्। आर्थिक, सामाजिक, राजनीतिकलगायतका पक्षबाट पछाडि पारिएको दलितभित्रको पनि अति पिछडिएको अल्पसंख्यक यो समुदायको परम्परागत पेशा नाचगान, वाद्यवादनका सामग्री बनाउने, जाल बुन्ने, माछा मार्ने, बालुवा…
सुर्खेत : सुर्खेत उपत्यकावासीले पानीको हाहाकार खेपिरहेकै बेला सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा किचलो शुरु भएको छ। संस्थाका पदाधिकारीबीच किचलो शुरु भएको हो। गर्मीयाम शुरु भएसँगै उपत्यकामा पानीको संकट टार्ने यो बेला पदाधिकारी भने नेतृत्व हत्याउने दाउमा लागिपरेका छन्। उपत्यकावासीको धारामा भने ४८ घण्टाको अन्तरमा एक घण्टा पानी आउँछ। पदाधिकारी भने व्यक्तिगत स्वार्थमा रुमलिएका छन्। चार वर्षे कार्यकाल सकिएपछि उपाध्यक्ष…
सुर्खेत : खेतीयोग्य जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायले आन्दोलनलाई थप चर्काउँदै लगेका छन्। नौ दिन अघिदेखि शान्तिपूर्ण धर्नामा बसिरहेका बादी समुदायको मागप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरुले आन्दोलनलाई थप चर्काउदै लगेका हुन्। कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेट अगाडि धर्नामा बसेका उनीहरु दैनिक दुई घण्टा नारा, जुलससहित सरकारको विरोधमा उत्रिएका छन्। ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सरकारले बेवास्ता गरेपछि अब…
सुर्खेत : खेतीयोग्य जमिनको माग गर्दै गएको सोमवार साँझदेखि कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खुला चौरमा धर्ना दिइरहेका बादी समुदायका बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। खुला आकाशमुनि बसेका चार सय बढी नागरिकले रातको चिसो, दिनको गर्मी, समयमा खाना पाउँदैनन् भने दिशापिसा गर्नलाई शौचालयको उचित व्यवस्था समेत छैन। ‘रातको चिसो, बिहान सित, दिउँसो गर्मी, धुलोमा बस्नु छ’, दैलेख डुङ्गेश्वरकी…
सुर्खेत : पुर्ख्यौली पेशा संकटमा परेको भन्दै व्यवस्थित बसोवास, खेतीयोग्य जमिन र रोजगारको माग गर्दै पाँच दिन अघिदेखि संघर्षरत बादी समुदायले आन्दोलनलाई थप चर्काउने भएका छन्। शुक्रवार बादी समुदाय र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच भएको छलफलबाट कुनै निष्कर्ष नआएपछि उनीहरुले आन्दोलन थप चर्काउने भएका हुन्। बादी समुदायले संघर्षमा उत्रिएका बादी समुदायको मुख्य माग सम्बोधन नहुने भएपछि थप सशक्त आन्दोलमा उत्रिने चेतावनी…
सुर्खेत : कर्णाली प्रदेशका बादी समुदाय संघर्षमा उत्रिएका छन्। पुर्ख्यौली पेशा संकटमा परेको भन्दै व्यवस्थित बसोवास र खेतीयोग्य जमिनको माग गर्दै तीन दिन अघिदेखि प्रदेश सरकारको गेट अगाडि खुला आकाशमुनि बसेर उनीहरुले धर्ना दिइरहेका छन्। दैलेखबाट झरेको यो समुदायका नागरिक व्यवस्थित बसोवाससहित खेतीयोग्य जमिनको माग गर्दै मुख्यमन्त्री कार्यालय गेट नजिक रातको चिसो, दिनको गर्मी र भोक, निन्द्रा सहेरै धर्नामा बसेका…
सुर्खेत : कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ। यसअघि प्रदेश सरकारले पीडितलाई उपचार खर्च वापत दिँदै आएको रकम दुरुपयोग भएको भन्दै अस्पतालसँग सम्झौता गरेर उपचार सेवा शुरु गरेको हो। उपचार अभावमा छटपटाईरहेका घाइते तथा अपांगहरुको निःशुल्क उपचारका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पाँच वटा अस्पतालसँग सम्झौता गरी यो…
सुर्खेत : सुर्खेतमा बर्डफ्लु देखा परेको छ। वीरेन्द्रनगर १२ मा स्थानीय कृषकले पालेका कुखुरामा यो रोग देखा परेको हो। बर्डफ्लुको आशंकामा परीक्षण गर्दा पुष्टि भएको पशुपन्छी विकास निर्देशालय कर्णाली प्रदेशले जनाएको छ। दुई जना स्थानीयले पालेको दुई सय ७९ वटा कुखुरा र एक सय दुई वटा परेवा, २२ वटा अण्डा र ३१ किलो कुखुराको दाना नष्ट गरिसकेको निर्देशालयका निर्देशक मोहन…
सुर्खेत : प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको छ। ०७४ फागुन ३ गते महेन्द्रबहादुर शाही मुख्यमन्त्री पदमा नियुक्त भएसँगै उनी कर्णाली सरकारको नेतृत्व हाँक्ने भूमिकामा छन्। पूर्वमाओवादी लडाकुका कमाण्डर रहेका शाही अहिले प्रदेश सरकारको कमाण्ड सम्हालिरहेका छन्। उनले प्रदेश हाँक्ने जिम्मेवारी पाएको तीन वर्ष पुगेको छ। जसरी उनले सशस्त्र द्वन्द्वको बेला नेतृत्व गरेका हुन्थे, त्यसरी नै अहिले कर्णाली…
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निजी सचिवालय हेरफेर गरिएको छ। मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सचिव सुमन शाहीलाई सचिवालयबाट बिदा गरेसँगै सचिवालय हेरफेर गरिएको हो। मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीका अनुसार तीनै जनाले सचिवालयबाट बिदा लिएका हुन्। मुख्यमन्त्री शाहीले बुधवारै जनसम्पर्क सल्लाहकारमा विष्णु बहादुर विकलाई नियुक्त गरेका छन् भने प्रमुख स्वकीय…
सुर्खेत : गत माघ १६ गते वीरेन्द्रनगर-४ स्थित कोठाभाडामा बस्दै आएका दुई युवाको कोठा खोजतलास गर्दा लागुऔषध भेटियो। विशेष सूचनाका आधारमा सादा पोषाकमा खटिएका प्रहरीले खोजतलास गर्दा ३ सय ६० मिलिग्राम ब्राउनसुगर, १७ वटा ट्याब्लेट नाइट्रोभेटाम र नगद १७ हजार आठ सय रुपैयाँसहित उनीहरु दुवै जनालाई सुर्खेत प्रहरीले पक्राउ गर्यो। बाँके स्थाई घर भएका युवाले लागुऔषधको कारोबार तथा बिक्री गर्ने…
सुर्खेत : निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ८० सिट क्षमताको जहाजको परीक्षण उडान गरेको छ। काठमाडौं सुर्खेत उडानको पूर्व तयारीका लागि श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर ८०० जहाजले सोमवार परीक्षण उडान गरेको हो। एक हजार दुई ५५ मिटर धावनमार्ग रहेको सुर्खेत विमानस्थलमा पहिलो पटक श्रीएयरलाइन्सले ८० सिट क्षमताको जहाज परीक्षण उडान गरेसँगै…
सुर्खेत : गएको माघ ४ गते सुर्खेतको बुलबुले तालमा घाइते अवस्थामा जरायो फेला पर्यो। स्थानीयका बालीनाली खान आएका बेला उनीहरुले ढुंगामुढा गरेर लखेटेपछि काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालको बीच भागमा फसेको सूचना पाएर डिभिजन वन कार्यालयको टोलीले जीवितै उद्धार त गर्यो, तर उपचारका क्रममा मृत्यु भयो। यसरी नै पछिल्लो समय संरक्षित वन क्षेत्र कांक्रेविहारका वन्यजन्तु मारिने, घाइते हुने…
सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल¬ नेपाल समूहले गरेको आमहड्तालको असर सुर्खेतमा पनि देखिएको छ। प्रदेशको राजधानी वीरेन्द्रनगरको जनजिवन प्रभावित बनेको छ। सवारी साधान निर्वाध रुपमा सञ्चालन हुन सकेका छैनन्। सुर्खेत भित्रिएका ट्रक र बसलाई प्रहरीले स्कटिङ गरेर वीरेन्द्रनगर प्रवेश गराएको छ भने, अत्यावश्यक बाहेक अन्य सवारी साधन चल्न सकेका छैन। आमहडताललाई सफल बनाउन दाहाल नेपाल समूहका बन्दकर्ताहरुले…
सुर्खेत : कर्णाली प्रदेशसभाले तेस्रो वार्षिकोत्सक समारोह तामझामका साथ आयोजना गर्यो। २०७४ माघ २१ गते पहिलो प्रदेशसभा बैठक बसेको प्रदेशसभा सचिवालयले उक्त वार्षिकोत्सक समारोह आयोजना गरेको थियो। विगतको वर्षमा झैं यस वर्ष सांसदहरुको उपस्थिति भएन। सांसदहरुकै वार्षिकोत्सकमा किन भएनन् त सहभागी? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित बनेपछि राजनीतिक अस्थिरता पैदा हुदाँ केन्द्रको असर तल्लो तहमा आइपुगेको हो। बहुमत सदस्य संख्या…
सुर्खेत : तत्कालिन माओवादीले २०५२ सालमा शुरु गरेको सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट पीडित बनेकाहरुले अझै न्याय पाउन सकेका छैनन्। सशस्त्र द्वन्द्वकालको दश वर्षे अवधिमा दुवै पक्षबाट भएका गम्भीर मानव अधिकार उल्लंघन एवं ज्यादतीका पीडितले अहिलेसम्म न्याय पाउन नसकेका हुन्। २०६३ मा बृहत शान्ति सम्झौता हुँदा ६ महिनाभित्र संक्रमणकालीन न्यायका संयन्त्र बनाउने र तत्कालै पीडकलाई कठघरामा उभ्याई पीडितलाई न्याय…
स्थापनाको दशकसम्म पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालय विवादरहित हुन सकेको छैन। पछिल्लो समय असन्तुष्ट विद्यार्थी, शिक्षकहरु आन्दोलित छन्। विशेषगरी इन्जिनियरीङ संकायका विद्यार्थी तीन साता अघिदेखि ‘रिटेक’ दिन पाउनुपर्ने भन्दै आन्दोलित छन्। पटक पटक माग अघि सारेर विश्वविद्यालयका उपकूलपतिले वार्ताको वातावरण नबनाएको भन्दै असन्तुष्ट विद्यार्थीहरु विश्वविद्यालयमा तालाबन्दी गर्ने र तोडफोडमा उत्रिए भने अर्कातिर निर्देशक, क्याम्पस प्रमुख र उपकूलपतिबीच सामान्य छलफल हुँदा उपकूलपतिले अभद्र…
सुर्खेत : कोरोना भाइरसविरुद्धको खोप अभियान कर्णालीको डोल्पा बाहेक ९ जिल्लामा शुरु भएको छ। प्रदेश अस्पतालस्थित कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक डा रबिन खड्कालाई पहिलो खोप दिएर यो कार्यक्रम शुरु गरिएको हो। प्रदेशका नौ जिल्लामा बुधवारबाट शुरु भएकोमा डोल्पा जिल्लामा भने अझै केही दिन लाग्ने बताइएको छ। पहिलो चरण अन्तर्गत कर्णालीमा ११ हजार पाँच सय ८० जनामा खोप लगाइने निर्देशक डा…
सुर्खेत : जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७ गोठिगाउँमा आगलागी भएको छ। मंगलवार साँझ ७ बजेदेखि शुरु भएको आगलागीका कारण करिब ३० भन्दा बढी घर जलेका छन्। आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली आगलागी भएको स्थानतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। आगलागी भएको स्थान सदरमुकामबाट करिब तीन घण्टाको पैदल दूरीमा पर्छ। घटनास्थलमा गाडी…