PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • कैलालीमा कोरोनाको जोखिम बढेपछि प्रशासनले जारी गर्‍यो यस्तो आदेश, के गर्न पाउने के नपाउने?

    कैलालीमा कोरोनाको जोखिम बढेपछि प्रशासनले जारी गर्‍यो यस्तो आदेश, के गर्न पाउने के नपाउने?

    कैलाली : कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कैलालीमा भेला हुन, जात्रा, पर्व, भिडभाड गर्न, महोत्सव, जुलुस, मेलालगाउनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले एक विज्ञप्ति जारी गर्दै कैलाली जिल्लाभर होलीमा भिडभाडमा रोक लगाएको हो। जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट सुदूरपश्चिम आउनेमा फेरि देखिन थाल्यो कोरोना : जोखिम बढ्दो, सतर्कता शून्य

    भारतबाट सुदूरपश्चिम आउनेमा फेरि देखिन थाल्यो कोरोना : जोखिम बढ्दो, सतर्कता शून्य

    कैलाली : नेपालमा अहिले फेरि कोरोना महामारीको दोस्रो लहर उकालो गतिमा छ। जसको प्रभाव सुदूरपश्चिमका नाकाहरूमा देखिन थालेको छ। सुदूरपश्चिमको प्रमुख नाका त्रिनगर गौरिफन्टाबाट नेपाल आएकामध्ये शुक्रवार यता ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा मंगलवार एकै दिन ६ जनामा संक्रमण देखिएको छ। गौरिफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीले…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा खाना पकाउने ग्यासको सिलिण्डर लिक भएर आगलागी हुँदा ४ जना घाइते

    कैलालीमा खाना पकाउने ग्यासको सिलिण्डर लिक भएर आगलागी हुँदा ४ जना घाइते

    कैलाली : खाना पकाउने सिलिण्डरबाट ग्यास लिक भएर आगलागी हुँदा कैलालीमा ४ जना घाइते भएका छन्। कैलालीको टीकापुर नगरपालिका-१ मा स्थानीय जनक बिष्टको घरको भान्छा कोठामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा उनी सहित ४ जना घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार मंगलवार बिहान आगलागी हुँदा घर धनी बिष्टसहित २८…

    विस्तृतमा पढ्नुस्

  • देउवाले नै सरकारको नेतृत्व गर्नेमा आम सहमति : सहमहामन्त्री महत

    देउवाले नै सरकारको नेतृत्व गर्नेमा आम सहमति : सहमहामन्त्री महत

    काठमाडौं : नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले काँग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन्। प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले यस्तो बताएका हुन्। आफूहरूको मूल लक्ष्य आमनिर्वाचन भए पनि अबको अल्पकालीन अवस्थामा संसद्को अङ्क गणितको अवस्था हेरेर अगाडि बढ्ने र अनुकूल अवस्था भए काँग्रेस सरकारमा जान पनि सक्ने उनको भनाइ थियो। ‘नेपाली…

    विस्तृतमा पढ्नुस्

  • लिटल फ्लावर प्रिमियर लिगको उपाधि काठमाडौंको हिमालयन ह्वाइट हाउसलाई

    लिटल फ्लावर प्रिमियर लिगको उपाधि काठमाडौंको हिमालयन ह्वाइट हाउसलाई

    कैलाली : पाँचौ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि हिमालयन ह्वाइट हाउस काठमाडौंले जितेको छ। फाइनलमा साविक विजेता धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले पराजित गर्दै ह्वाइट हाउस च्याम्पियन बनेको हो। धनगढीस्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो। उसका लागि…

    विस्तृतमा पढ्नुस्

  • एलपीएल : उपाधिका लागि हिमालयन ह्वाइट हाउस र लिटल फ्लावर भिड्ने

    एलपीएल : उपाधिका लागि हिमालयन ह्वाइट हाउस र लिटल फ्लावर भिड्ने

    कैलाली : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगतामा हिमालयन ह्वाइट हाउस काठमाडौं र लिटल फ्लावर स्कुलबीच उपाधिको लागि भिडन्त हुने भएको छ। आज भएका सेमिफाइनलका खेलमा जित निकाल्दै दुवै टोली उपाधि नजिक पुगेका हुन्। पहिलो सेमिफाइनलमा शारदा सरस्वतीलाई ८९ रनले पराजित गर्दै ह्वाइट हाउस फाइनलमा पुगेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • भीम रावल प्रचण्डतिरै जानुपर्छ, हाम्रो नेता लेखराज हो : कर्ण थापा, ओली समूहले हटाएको ‘नेम प्लेट’ फेरि राखियो

    भीम रावल प्रचण्डतिरै जानुपर्छ, हाम्रो नेता लेखराज हो : कर्ण थापा, ओली समूहले हटाएको ‘नेम प्लेट’ फेरि राखियो

    कैलाली : तत्कालीन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावलको नेकपा एमालेमा कुनै हक नरहेको बताएका छन्। बुधवार धनगढीमा दुई समूह बिच झडप भएपछि उनले भने, ‘भीम रावलमा अलिकति नैतिकता बचेको भए उनी प्रचण्डतिरै जानुपर्छ,’ उनले भने, ‘नेकपा एमालेमा उनको कुनै हक छैन।’ उनले ओली नेतृत्वले आधिकारिता पाइसकेको भन्दै सुदूरपश्चिम संयोजक लेखराज भट्ट…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा भीम रावल भर्सेस लेखराज भट्ट, ‘नेम प्लेट’का लागि आपसमै भिडे एमाले कार्यकर्ता

    सुदूरपश्चिममा भीम रावल भर्सेस लेखराज भट्ट, ‘नेम प्लेट’का लागि आपसमै भिडे एमाले कार्यकर्ता

    कैलाली : सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएको छ। नेकपा हुँदा दुई समूहमा विभाजित नेताहरु पुरानै पार्टीमा फर्किएका छन्। तर माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु प्रधानमन्त्री केपी ओलीको साथ नछाड्ने भन्दै एमालेमै रहने मनस्थितिमा छन्। माओवादी मन्त्री नफर्किँदा एमालेका नेताहरुसँग पोजिसन बाँझिन पुगेको छ। यसको असर सुदूरपश्चिममा पनि देखिएको छ। विगतमा नेकपा हुँदा भीम रावल सुदूरपश्चिम इन्चार्ज…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम सरकारको भविष्य अन्योलमा, अविश्वासको प्रस्ताव ल्याउने मुडमा छैन एमाले

    सुदूरपश्चिम सरकारको भविष्य अन्योलमा, अविश्वासको प्रस्ताव ल्याउने मुडमा छैन एमाले

    कैलाली : सर्वोच्च अदालतको पछिल्लो फैसलापछि सुदूरपश्चिम सरकार पनि अल्पमतमा परेको छ। तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणको समयमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनाउने सहमतिमा प्रदेश सरकार गठन प्रक्रिया अघि बढेको सुदूरपश्चिममा उक्त सहमति अहिले फेरी सर्वोच्चले पूर्ववत् हैसियतमा पुर्‍याइदिएपछि सरकार अल्पमतमा परेको हो। तर, अहिलेको गठबन्धन कायमै रहेको अवस्थामा भने सरकारको भविष्य सुरक्षित देखिएको छ। तत्कालीन नेकपाको गुट विभाजन…

    विस्तृतमा पढ्नुस्

  • एलपीएल : काठमाडौंको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा, शारदा सरस्वतीको दोस्रो जित

    एलपीएल : काठमाडौंको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा, शारदा सरस्वतीको दोस्रो जित

    कैलाली : कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा काठमाडौंको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो खेलमा काठमाडौंकै नेक्सस स्कुललाई ४ विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९  दशमलव ५ ओभर सबै विकेट गुमाउँदै १ सय ४ रन बनायो। उसका लागि उत्तम थापाले ३२ रन…

    विस्तृतमा पढ्नुस्

  • एलपीएल : लिटल फ्लावर सेमिफाइनलमा, अर्जुन साउदको सतकमा शारदाको सानदार जित

    एलपीएल : लिटल फ्लावर सेमिफाइनलमा, अर्जुन साउदको सतकमा शारदाको सानदार जित

    धनगढी : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा लिटल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार भएको पहिलो खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटल फ्लावरले १० ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। लिटल फ्लावरको…

    विस्तृतमा पढ्नुस्

  • लिटल फ्लावर प्रिमियर लिग : शारदाको दोस्रो जित

    लिटल फ्लावर प्रिमियर लिग : शारदाको दोस्रो जित

    कैलाली : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा शारदा स्कुलले दोस्रो जित निकालेको छ। आइतवार भएको खेलमा विद्या भूषणलाई ४ विकेटले पराजित गर्दै शारदाले दोस्रो जित निकालेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको विद्या भुषणले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो। उसका लागि शेर मल्लले ४३ र कप्तान…

    विस्तृतमा पढ्नुस्

  • लिटल फ्लावर प्रिमियर लिग : बाल बाटिका सेमीफाइनलमा, होलिल्याण्डको दोस्रो जित

    लिटल फ्लावर प्रिमियर लिग : बाल बाटिका सेमीफाइनलमा, होलिल्याण्डको दोस्रो जित

    धनगढी : कैलालीको बौनियाको बाल बाटिका स्कुल धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ। शनिवार भएको दोस्रो खेलमा गुरुकुल एकेडेमी लम्कीलाई २५ रनले पराजित गर्दै बाल बाटिका अन्तिम चारमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो। उसका…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलामा जीप दुर्घटनाः तीन जनाको मृत्यु, चार घाइते

    दार्चुलामा जीप दुर्घटनाः तीन जनाको मृत्यु, चार घाइते

    दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडक खण्डअन्तर्गत उचाकोटमा भएको दुर्घटनामा सवारी चालक करन नाथसहित पदम पन्त र सुनादेवी पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ग १ च १६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोट बन्स्याडीमा दुर्घटना भएको हो। दुर्घटनामा जीपमा सवार…

    विस्तृतमा पढ्नुस्

  • विवाहेतर सम्बन्धले निम्त्याएको क्रुर घटना : आफैँले मार्न नसकेपछि सुपारी दिएर मार्ने योजना दोस्रो पटकमा सफल

    विवाहेतर सम्बन्धले निम्त्याएको क्रुर घटना : आफैँले मार्न नसकेपछि सुपारी दिएर मार्ने योजना दोस्रो पटकमा सफल

    कैलाली : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा बस्ने शिवचरण रानाको बिहान ४ बजे पसलबाट भैँसी दुहुन घर पुग्नु र फेरी पसलमै फर्किनु दैनिकी नै थियो। उनी गेटा आँखा अस्पताल नजिकपसल सञ्चालन गरेर त्यहीँ बस्ने र बिहान ४ बजे भैँसी दुहुन घर पुगेर फेरी पसलमै फर्किन्थे। तर, गत फागुन १५ गते भने उनी सधैँझैँ पसल फर्किन पाएनन्। टाउकोमा गहिरो…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरस्थित नेपाल-भारत सीमामा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, एक जनाको मृत्यु

    कञ्चनपुरस्थित नेपाल-भारत सीमामा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, एक जनाको मृत्यु

    कैलाली : कञ्चनपुरस्थित नेपाल-भारत सीमामा गोली चल्दा एक जनाको मृत्यु भएका छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र तस्करबीच दोहोरो भिडन्त भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ। उनको पहिचान भने खुलिसकेको छैन। मृतकको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • एलपीएल : लिटल फ्लावर र स्टेपीङ स्टोनको पहिलो जित

    एलपीएल : लिटल फ्लावर र स्टेपीङ स्टोनको पहिलो जित

    कैलाली : लिटल फ्लावर स्कुल र स्टेपीङ स्टोनले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा पहिलो जित निकालेका छन्। बिहीवार भएको पहिलो खेलमा शारदा स्कुललाई ९ विकेटले पराजित गर्दै लिटलले पहिलो जित निकालेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शारदाले दिएको ९४ रनको लक्ष्य लिटलले ९ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। लिटलको जितमा सुवाश ऐरले विस्फोटक ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • हाम्रा मागहरू सम्बोधन नभएसम्म सरकारमा सहभागी हुन्नौँ : राजेन्द्र महतो

    हाम्रा मागहरू सम्बोधन नभएसम्म सरकारमा सहभागी हुन्नौँ : राजेन्द्र महतो

    कैलाली : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरू अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। संविधान संशोधनलगायत आफ्ना मागहरू सम्बोधन नभएसम्म सरकारमा जाने विषयमा आफूहरू नरहेको उनले स्पष्ट पारेका हुन्। जसपाले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपाको आन्तरिक विवाद कायमै रहेकाले कुनै अमुक समूहसँग सहकार्य गरेर सरकारमा नजाने स्पष्ट पारे। प्रधानमन्त्रीको प्रतिगमनमात्रै नभएर संविधान जारी…

    विस्तृतमा पढ्नुस्

  • पापको घडा भरिसकेको छ, रेशमलाई नछोडे जेल भराऊ आन्दोलन हुन्छ: राजेन्द्र महतो, ‘सरकारमा सहभागी हुन्नौं’

    पापको घडा भरिसकेको छ, रेशमलाई नछोडे जेल भराऊ आन्दोलन हुन्छ: राजेन्द्र महतो, ‘सरकारमा सहभागी हुन्नौं’

    कैलाली : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरू अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। संविधान संशोधनलगायत आफ्ना मागहरू सम्बोधन नभएसम्म सरकारमा जाने विषयमा आफूहरू नरहेको उनले स्पष्ट पारेका हुन्। जनता समाजवादी पार्टीले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपाको आन्तरिक विवाद कायमै रहेकाले कुनै अमुक समूहसँग सहकार्य गरेर सरकारमा नजाने स्पष्ट पारे। प्रधानमन्त्रीको प्रतिगमनमात्रै…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित सुदूरपश्चिमका सांसद कुँवरलाई थप उपचारका लागि हेलिकप्टरमार्फत लगियो काठमाडौं

    कोरोना संक्रमित सुदूरपश्चिमका सांसद कुँवरलाई थप उपचारका लागि हेलिकप्टरमार्फत लगियो काठमाडौं

    कैलाली : सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्क बहादुर कुँवर ९गोविन्द०लाई थप उपचारका लागि काठमाडौं लगिएको छ। कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएका उनलाई सेती प्रादेशिक अस्पतालबाट थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौंको ग्राण्डी अस्पताल लगिएको हो। उनी प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका सभापति पनि हुन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell