PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ, बझाङ सदरमुकाममा प्रदर्शन

    युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ, बझाङ सदरमुकाममा प्रदर्शन

    कैलाली : बझाङमा मंगलवार भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ परेका छन्। विद्यालय व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा छबिसपाथिभेरा गाउँपालिका-३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको थियो। प्रहरीले हत्यामा संलग्‍न भएको आरोपमा थप तीन जनालाई पक्राउ गरेको हो। छबिसपाथिभेरा गाउँपालिका-२ का वडाध्यक्ष विकास ऐडी, प्रकाश ऐडी र केदार ऐडीलाई पक्राउ गरिएको बझाङका प्रहरी प्रमुख प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय व्यवस्थापन समितिको चुनावी विवाद, एक युवकको खुँडा प्रहारबाट भयो हत्या

    विद्यालय व्यवस्थापन समितिको चुनावी विवाद, एक युवकको खुँडा प्रहारबाट भयो हत्या

    कैलाली : बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। छबिस पाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि खुँडा प्रहारबाट सिंहको ज्यान गएको हो। खुँडा प्रहार गर्ने एक जना…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमको सुविधाजनक बहुमत प्रचण्ड नेपाल पक्षले सकेन सम्हाल्नः मन्त्रीमण्डल विस्तारमा किचलो, मिलेन भागबण्डा

    सुदूरपश्चिमको सुविधाजनक बहुमत प्रचण्ड नेपाल पक्षले सकेन सम्हाल्नः मन्त्रीमण्डल विस्तारमा किचलो, मिलेन भागबण्डा

    कैलाली: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोका कारण केन्द्रसँगै प्रदेश सरकारको भविष्य पनि प्रभावित बनेको छ। निर्वाचनपछि एक भएको दल अहिले पदीय मोहले फेरि दुई कित्तामा विभाजन भएपछि त्यसको असर तल्लो तहसम्मै पुगेको छ। पदीय मोहले नेकपाभित्र सत्ताको भागबण्डा पनि चरम अवस्थामा छ। दुई धारभित्रै पनि आन्तरिक किचलो सबैतिर छताछुल्ल छ। जसको एक उदाहरण बनेको छ सुदूरपश्चिम प्रदेश सरकार। सुदूरपश्चिममा…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा माघ १७ गते प्रचण्ड-नेपाल समूहले वृहत् शक्ति प्रदर्शन गर्दै, दुई अध्यक्षले सम्बोधन गर्ने

    धनगढीमा माघ १७ गते प्रचण्ड-नेपाल समूहले वृहत् शक्ति प्रदर्शन गर्दै, दुई अध्यक्षले सम्बोधन गर्ने

    कैलाली : कैलालीको धनगढीमा माघ १७ गते नेकपाको प्रचण्ड-माधव नेपाल समूहले वृहत् शक्ति प्रदर्शन गर्ने भएको छ। सो समूहको शनिवार धनगढीमा सम्पन्न भएको प्रदेश कमिटीको बैठकबाट उक्त निर्णय गरिएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता डा भीम रावलले प्रदेश कमिटीको आयोजनामा प्रदेशस्तरीय बृहत् विरोध प्रदर्शन र जनसभा गरिने जानकारी दिए। ‘व्यापक जनसहभागितासहित हामीले केपी…

    विस्तृतमा पढ्नुस्

  • खाल्डोमा मृत भेटिएका व्यक्ति कारागारमा कार्यरत प्रहरी जवान

    खाल्डोमा मृत भेटिएका व्यक्ति कारागारमा कार्यरत प्रहरी जवान

    कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। बिहीवार बिहानै धनगढीको मनहेरामा खाल्डोमा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको छ। धनगढी उपमहानगरको मनहेरा क्षेत्रस्थित हुलाकी सडकमा निर्माणाधीन कलभर्टमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीवार बिहान कलभर्टको खाल्डोमा मोटरसाइकलसहित टाउकोमा हेलमेट भएकै अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री आइपुग्ने भएपछि धनगढीमा सुरक्षा कडा : विमानस्थलमा सेना, चोकचोकमा १७ सय बढी सशस्त्र र जनपथ

    प्रधानमन्त्री आइपुग्ने भएपछि धनगढीमा सुरक्षा कडा : विमानस्थलमा सेना, चोकचोकमा १७ सय बढी सशस्त्र र जनपथ

    कैलाली : प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। धनगढीका चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकबाट तय गरिएको सुरक्षा रणनीति अनुसार जिल्लाभर सुरक्षा कडा पारिएको छ। धनगढी विमानस्थलमा भने सेना परिचालन गरिएको छ। विभिन्न स्थानमा एक हजार सात सय बढी सुरक्षाकर्मी खटाइएको छ भने साढे २ सय जनामात्र सादा पोसाकका प्रहरी खटाइएको…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

    धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

    कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी उड्ने पूर्व निर्धारित कार्यतालिका बाक्लो हुस्सुका कारण प्रभावित भएको हो। श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्र शाहीका अनुसार पूर्व निर्धारित समयमा उडान हुन सकेको छैन। सम्भवत मौसममा सुधार आए १० बजेसम्म उडान हुने उनले बताए।   यता प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा ओलीको उपस्थितिमा सत्तारुढ नेकपाको शक्तिप्रदर्शन हुने : मोटरसाइकलमै तीन जना बोक्न उर्दी, भीम रावललाई पदबाट हटाउन सिफारिस

    धनगढीमा ओलीको उपस्थितिमा सत्तारुढ नेकपाको शक्तिप्रदर्शन हुने : मोटरसाइकलमै तीन जना बोक्न उर्दी, भीम रावललाई पदबाट हटाउन सिफारिस

    कैलाली : गत शुक्रवार पार्टीका सुदुरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले उपस्थितमा कैलालीको धनगढीमा प्रदेश कमिटीको चौथो बैठक भनेर प्रचण्ड-माधव गुटको भेला सम्पन्न भयो। उक्त भेलाको पहिलो निर्णय थियो पार्टीका प्रदेश अध्यक्ष कर्ण थापालाई पदबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस। त्यसको ५ दिनपछि पदबाट हटाउन सिफारिस गरिएका थापाले पार्टीको प्रदेश अध्यक्ष अफू भन्दै आफ्नो उपस्थिति बिना डाकिएको बैठकलाई अवैधानिकको संज्ञा दिएर फेरि…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका अर्थमन्त्री बोहरा राजीनामा बुझाएर लागे ओली समूह तर्फ

    सुदूरपश्चिमका अर्थमन्त्री बोहरा राजीनामा बुझाएर लागे ओली समूह तर्फ

    कैलाली : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। बोहराले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाएर आफू ओली समूहमा रहेको घोषणा गरेका छन्। बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’बाट निर्वाचित भएका थिए। उनी पूर्व माओवादीका तर्फबाट निर्वाचित भएका थिए। बोहरा ओली समूहमा लागेपछि सुदूरपश्चिम…

    विस्तृतमा पढ्नुस्

  • लेखराज भट्टले भने, ‘प्रदेशसभा विघटनको कदम चाल्नुपर्ने अवस्था आए पनि पछि हट्दैनौँ’

    लेखराज भट्टले भने, ‘प्रदेशसभा विघटनको कदम चाल्नुपर्ने अवस्था आए पनि पछि हट्दैनौँ’

    कैलाली : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रदेशसभा विघटनका लागि पार्टीको स्थायी कमिटी र सरकारले अध्ययन गरिरहेको भन्दै विघटन गर्नुपर्ने अवस्था आए आफूहरू पछि नहट्ने बताएका छन्। पार्टी विवादपछि काठमाडौंबाट पहिलो पटक गुटका प्रदेश स्तरीय शीर्ष नेताहरूसहित धनगढी आइपुगेका मन्त्री भट्टले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय कमिटी सदस्य समेत रहेका…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक : ओली पक्षमा ६ सांसद, प्रचण्ड-नेपाल पक्षमा ३० सांसदको हस्ताक्षर

    नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक : ओली पक्षमा ६ सांसद, प्रचण्ड-नेपाल पक्षमा ३० सांसदको हस्ताक्षर

    कैलाली : तीन वटा निर्णय पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक शनिवार सकिएको छ। बैठकले प्रधानमन्त्रीको कदमविरुद्ध विरोध र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहलाई समर्थन गर्ने गरी तीन वटा निर्णय गरेको छ। उक्त निर्णयको समर्थन र विरोधपछि सुदूरपश्चिम प्रदेश सभामा तीन जना बाहेक ३६ जना प्रदेश सभा सदस्यहरूको कित्ता क्लियर भएको छ। बैठकमा उपस्थित भएका…

    विस्तृतमा पढ्नुस्

  • नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्ण थापालाई पदबाट हटाउन प्रचण्ड-नेपाल पक्षको सिफारिस

    नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्ण थापालाई पदबाट हटाउन प्रचण्ड-नेपाल पक्षको सिफारिस

    कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले पार्टीका प्रदेश अध्यक्ष कर्ण थापालाई पदबाट हटाउन पार्टी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रवार धनगढीमा भएको प्रदेश कमिटीको चौथो बैठकले उक्त निर्णय गरेको निर्णय सार्वजनिक गर्दै शनिवार प्रदेश इन्चार्ज भीम रावलले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिए। थापाले पार्टीको एकता र हितविरुद्ध गएर अनुशासनहीन काम गरेकोले पार्टीको विधानअनुसार कारबाही…

    विस्तृतमा पढ्नुस्

  • ३० लाख गायब भएपछि सुदूरपश्चिममा थप चर्किएको गुटको झगडा, थापा र रावलबीच आरोप प्रत्यारोप

    ३० लाख  गायब भएपछि सुदूरपश्चिममा थप चर्किएको गुटको झगडा, थापा र रावलबीच आरोप प्रत्यारोप

    कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेताहरूबीच अहिले सङ्गठनात्मक तथा संस्थागतमात्रै नभएर व्यक्तिवादी आरोप प्रत्यारोप समेत केन्द्रदेखि तल्लो तहसम्म खुलस्त हुन थालेको छ। उदाहरणका लागि नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापाको यो फेसबुक स्ट्याटसलाई लिन सकिन्छ। उनी ओली निकट नेता हुन्। नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखन तयार पार्न मुख्य भूमिका खेल्ने मध्येका एक डा. भीम रावललाई पार्टी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशका ओली निकट एक्ला मन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले हटाए पदबाट

    सुदूरपश्चिम प्रदेशका ओली निकट एक्ला मन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले हटाए पदबाट

    कैलाली : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन। सुदूरपश्चिम प्रदेश सरकारमा उनीमात्रै ओली पक्षका मन्त्री हुन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई पदमुक्त गरिएको बताए। नेकपा विवाद बढेसँगै उनलाई कारवाही गरिएको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • हुँदाछँदाको घरमा आगो लगाएर मन्त्रीको खरानी घस्नेहरू गुलियो चाट्न गएका हुन् : भीम रावल

    हुँदाछँदाको घरमा आगो लगाएर मन्त्रीको खरानी घस्नेहरू गुलियो चाट्न गएका हुन् : भीम रावल

    कैलाली : नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले काम चलाउ प्रधानमन्त्रीले विधि मिचेर मन्त्रीमण्डल विस्तार गरेको भन्दै उक्त मन्त्रीमण्डलका सदस्यहरूले सत्ताको मोहले मन्त्रीको शपथ खाएको बताएका छन्। आइतवार धनगढी आइपुगेका नेता रावलले प्रधानमन्त्रीले आफ्नो अधिकार भन्दा बाहिर गएर प्रतिनिधि सभा विघटन गरेको बताएका छन्। ओलीले संसद् विघटन गरेर देश र जनताप्रति गम्भीर घात गरेको रावलको आरोप छ। ‘अहिले न…

    विस्तृतमा पढ्नुस्

  • सुपमा नेकपाको अंकगणित: ३९ जनामध्ये एक मन्त्रीसहित ५ प्रदेश सांसदमात्रै ओलीतिर, लेखराज भट्ट एक्लिए

    सुपमा नेकपाको अंकगणित: ३९ जनामध्ये एक मन्त्रीसहित ५ प्रदेश सांसदमात्रै ओलीतिर, लेखराज भट्ट एक्लिए

    कैलाली: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय राजनीतिक तरंग उछालमा पुगेपछि त्यसको जोड घटाउ तल्लो तहसम्म त पुग्ने नै भयो। दुई अध्यक्ष रहेको पार्टीमा दुवै जनाले जनमतलाई थाती राखेर भागबण्डा र आरोप प्रत्यारोप गर्न थालेपछि उनीहरूको कित्ता नै अलग भयो। त्यसको फलस्वरूप अब प्रदेशमा पनि दुवै पक्षमा जोड घटाउन सुरु भइसकेको छ। केन्द्रमा अर्का अध्यक्षसँग मिलेर जानुभन्दा संसद् विघटन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको कैलाली पार्टी कार्यालयमा ओली र प्रचण्ड-नेपाल पक्षको छुट्टाछुट्टै ताला

    नेकपाको कैलाली पार्टी कार्यालयमा ओली र प्रचण्ड-नेपाल पक्षको छुट्टाछुट्टै ताला

    कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद जिल्ला तहमा पनि चर्किन थालेको छ। नेकपाको कैलाली पार्टी कार्यालयमा दुई वटा ताला लगाइएको छ। ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल पक्षले आआफ्नै ताला पार्टी कार्यालयमा लगाएका हुन्। ओली निकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले त्यसको सुरुवात गरेको हो। पछि प्रचण्ड-नेपाल…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा नेकपाका छुट्टा-छुट्टै गुटगत भेला र प्रदर्शन, झडप हुने स्थिति 

    धनगढीमा नेकपाका छुट्टा-छुट्टै गुटगत भेला र प्रदर्शन, झडप हुने स्थिति 

    कैलाली : संसद् विघटनपछि कैलालीको धनगढीमा नेकपाका नेता/कार्यकर्ताहरू सडकमा आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'-माधव नेपाल गुटका नेता तथा कार्यकर्ताहरू छुट्टा-छुट्टै गुटगत भेला र प्रदर्शनमा उत्रिएका हुन्। ओली निकट नेता कार्यकर्ताहरू धनगढीस्थित ओम प्यालेसमा उच्च सतर्कतासहित भेला गरिरहेका छन्। उनीहरूले कैलालीको अत्तरियाबाट र्‍याली निकालेर धनगढी पुगेका थिए। त्यहाँ ओली पक्षका युवाहरूले प्रदेशस्तरीय भेलाको आयोजना गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, ७ वटा मोटरसाइकल बरामद

    कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, ७ वटा मोटरसाइकल बरामद

    कैलाली : कैलाली प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। गत मंसिर २९ गते धनगढी उप-महानगरपालिका वडा नम्बर १ स्थित मालपोत कार्यालय अगाडि पार्किङ गरी राखेका बेला चोरी भएको से ३ प ३७४ नम्बरको  मोटरसाइकलको खोजीका क्रममा उक्त गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-२ का १९ वर्षीय अर्जुन विष्ट,  सोही ठाउँका जिपि अटोपार्ट्सका सञ्चालक २२ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर घटनाको फैसलाले द्वन्द्व निम्त्यायो : थरुहट मोर्चा

    टीकापुर घटनाको फैसलाले द्वन्द्व निम्त्यायो : थरुहट मोर्चा

    कैलाली : टीकापुर घटनाका मुख्य योजनाकारसहित ९ जनालाई जन्मकैद हुने गरी उच्च अदालत दिपायलले गरेको फैसलाले द्वन्द्व निम्त्याएको थरुहट थारुवान् राष्ट्रिय मोर्चाले जनाएको छ। शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाले यस्तो जनाएको हो। मोर्चाले विगत देखि नै प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका रेशमलाल चौधरीलगायतका व्यक्तिहरूलाई रिहाइको माग गर्दै आएको छ। तर, बिहीवार उच्च अदालतले रेशमसहितका ९ जनाको हकमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell