PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • बैतडी बस दुर्घटना : भाइटीका लगाउन हिँडेकी विमलाको पुछियो सिन्दूर

    बैतडी बस दुर्घटना : भाइटीका लगाउन हिँडेकी विमलाको पुछियो सिन्दूर

    कैलाली : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ सलेनाकी विमला कुँवर ऐरी अस्पतालको बेडबाट उठ्ने बित्तिकै श्रीमानको खोजी गर्न थालिन्। उनका डेढ वर्षका छोरा उनीसँगै छन् तर एउटै सिटमा बसेर आधा बाटोसम्म सँगै आएका श्रीमान् भने अहिले उनको वरपर छैनन्। उनले आफन्तलाई सोधिन्, र एक छिनको सन्नाटापछि आफन्तले भनिदिए, ‘अलिकति कम चोट लागेकाहरूको उतै उपचार भइरहेको छ। उहाँ उतै हुनुहुन्छ।’…

    विस्तृतमा पढ्नुस्

  • अचानक स्टार्ट बन्द भएपछि स्टेरिङ लक, पहिलो मोड कट्यो दोस्रोमा बस खस्यो

    अचानक स्टार्ट बन्द भएपछि स्टेरिङ लक, पहिलो मोड कट्यो दोस्रोमा बस खस्यो

    कैलाली : वीरेन्द्र कार्कीले तराईको कैलाली–कञ्चनपुर र पहाड बैतडी–दार्चुलासम्म बस चलाउन थालेको झण्डै दशकै पुग्न लाग्यो। एक दशकजति गाडी चालक रहेका उनले दुई महिना अघि मात्रै गाडी किने। अहिले उनी चालक र गाडी धनी दुवै हुन्। बिहीबार गाडीको स्टेरिङले काम नगरेपछि उनले एक दशकयताकै भयानक दुर्घटनाको समाना गर्नुपर्‍यो। धनगढीको मायामेट्रो अस्पतालको एक नम्बर बेडमा उपचार गराइरहेका कार्की राम्रोसँग बोल्न र आँखाखोल्न…

    विस्तृतमा पढ्नुस्

  • बैतडी दुर्घटना अपडेट: मृतक मध्ये ७ जनाको सनाखत, १० जना गम्भिर घाइतेलाई धनगढी रिफर

    बैतडी दुर्घटना अपडेट: मृतक मध्ये ७ जनाको सनाखत, १० जना गम्भिर घाइतेलाई धनगढी रिफर

    धनगढी : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा मृत्यु भएका ९ जना मध्ये ७ जनाको सनाखत भएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती दुर्घटनामा परेको थियो। सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतकमध्ये ७ जना पुरुष…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा तिहारका बेला देउसीभैलो खेल्न प्रशासनले लगायो रोक

    कैलालीमा तिहारका बेला देउसीभैलो खेल्न प्रशासनले लगायो रोक

    कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा तिहारका बेला देउसीभैलो खेल्न रोक लगाइएको छ। जिल्लाभर कोरोना संक्रमणको दर बढ्दै गएपछि कैलालीमा देउसीभैलो खेल्न रोक लगाइएको हो। चाडपर्वको समयमा हुने बढी आवातजावातले संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कैलालीले भिडभाडबिना नै चाडपर्व मनाउन आग्रह गरेको छ। तिहारमा आयोजना हुने देउसीभैलो लगायतका कार्यक्रममा समेत प्रदेशका स्थानीय प्रशासन कार्यालयहरूले रोक लगाएका हुन्।  गौरा,…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा लक्षणसहितका संक्रमित बढ्दै : उपचाररत ५१ संक्रमितमध्ये १७ जना आइसीयूमा

    सुदूरपश्चिममा लक्षणसहितका संक्रमित बढ्दै : उपचाररत ५१ संक्रमितमध्ये १७ जना आइसीयूमा

    कैलाली : कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशको ठूलो कोभिड अस्पताल तथा रेफरल अस्पताल समेत हो। प्रदेशको राजधानीमै रहेको सेती प्रादेशिक अस्पताललाई सरकारले अस्पतालको वर्गीकरण गर्दा दुई दिनका लागि भएपछि प्रदेशको ‘क’ मात्र लेभल तीनको अस्पतालमा समेत राखेको थियो। तर, अहिले यही अस्पताल लक्षणसहितको कोरोना संक्रमितले भरिभराउ भएको छ। सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको अस्थायी कोरोना अस्पतालका ५०…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट नगरपालिकाका प्रवक्ता रहेका वडाध्यक्षको मृत्यु

    कोरोना संक्रमणबाट नगरपालिकाका प्रवक्ता रहेका वडाध्यक्षको मृत्यु

    कैलाली : कैलालीमा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ। जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष नरेन्द्रबहादुर शाहको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमा शुक्रवार बिहान मृत्यु भएको हो। उनी १० दिनदेखि उक्त अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए। निमोनिया देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएका उनमा कोरोना भने १७ गते पुष्टि भएको हो। कोरोना पुष्टि हुनुअघि…

    विस्तृतमा पढ्नुस्

  • नक्कली परिवार खडा गरेर नागरिकता लिने एक भारतीय कारागार चलान, वडाध्यक्ष धरौटीमा छुटे

    नक्कली परिवार खडा गरेर नागरिकता लिने एक भारतीय कारागार चलान, वडाध्यक्ष धरौटीमा छुटे

    कैलाली : कैलालीमा झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक कारागार चलान भएका छन्। जिल्ला अदालत कैलालीले झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। जिल्ला प्रशासन कार्यालयमा झुटो विवरण बनाएर नेपाली नागरिकता लिएको आरोपमा उनी गत शुक्रवार पक्राउ परेका थिए। कैलालीकै टीकापुरमा बस्दै आएका अन्सारीले धनगढी उपमहानगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • भारतीयलाई नागरिकता दिलाउन नक्कली बुवा बनाएर सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

    भारतीयलाई नागरिकता दिलाउन नक्कली बुवा बनाएर सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

    कैलाली : कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन नक्कली बुवा बनाएर सिफारिस गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशी भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा पक्राउ परेका हुन्। उनले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर सिफारिस गरेको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा एक युवाको हत्या, तीन जना पक्राउ

    कैलालीमा एक युवाको हत्या, तीन जना पक्राउ

    कैलाली : कैलालीमा कुटपिट गरी एक युवकको हत्या गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको गएराति कुटपिट गरेर हत्या गरेको कैलाली प्रहरीले जनाएको छ। गएराति साढे १० बजेको समयमा जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कतार जाने योजनामा 'ब्रेक' लगाएर दुई बिघा जमिनमा पशुपालनदेखि कागती खेतीसम्म, चलाउँदै ‘नेपालमै बसौं’ अभियान

    कतार जाने योजनामा 'ब्रेक' लगाएर दुई बिघा जमिनमा पशुपालनदेखि कागती खेतीसम्म, चलाउँदै ‘नेपालमै बसौं’ अभियान

    अमृत शाही। २ वर्ष अघिसम्म यो नाम सामाजिक सञ्जालमा खुब सक्रिय नाम थियो। तर दुई वर्षयता भने उनको सामाजिक सञ्जालले विश्राम पाएको छ। किनीकी उनको सामाजिक सञ्जाललाई जस्तो अहिले उनलाई विश्रान्ति छैन। त्यो समयलाई अहिले उनले इलममा लगाएका छन्। विसं ३०३७ मा डोटीमा जन्मेका शाही २०६८ सालमा कतार पुगे। त्यति बेला लहलहैमा लागेर विदेश पुग्नेहरूको लहरै चलेको थियो। लहरको लहरोले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना पुष्टि भएको २४ घण्टा नबित्दै धनगढीमा एक जनाको मृत्यु

    कोरोना पुष्टि भएको २४ घण्टा नबित्दै धनगढीमा एक जनाको मृत्यु

    कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको कोरोना पुष्टि भएको २४ घण्टा नबित्दै सेती अस्पतालमा मृत्यु भएको हो। संक्रमण देखिएपछि उनी अस्थायी कोरोना विशेष अस्पतालको जनरल आइसीयूमा उपचाररत थिए। हिजो कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा उनको बुधवार मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणका कारण कैलालीका थप दुई जनाको मृत्यु

    कोरोना संक्रमणका कारण कैलालीका थप दुई जनाको मृत्यु

    कैलाली : कैलालीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार गत असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका ६८ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो। उनी कोरोना पुष्टि भएदेखि…

    विस्तृतमा पढ्नुस्

  • तस्करको र्‍याकेट तोड्न सक्रिय असईको 'योजनाबद्ध हत्या', परिवारलाई भनेका थिए, 'टर्चर छ, सरुवा मिलाउँदै छु'

    तस्करको र्‍याकेट तोड्न सक्रिय असईको 'योजनाबद्ध हत्या', परिवारलाई भनेका थिए, 'टर्चर छ, सरुवा मिलाउँदै छु'

    कैलालीः गत बिहीबार भतिज नाता पर्ने हरि विकसँग उनको अन्तिम पटक फोनमा कुरा भयो। कुराकानीमा विगत दुई महिनादेखि सधैँको झैँ एउटै भनाइ दोहर्‍याए। ‘सरुवाको प्रक्रियामा छु तर मिलिसकेको छैन।’ कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडाको अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकले साथीभाइ र घरपरिवारसँग कुरा गर्दा सधैँ भन्ने गर्ने ‘मानसिक रूपमा टर्चर बढी भइरहेको छ। चाँडै सरुवा मिलाउन पाए…

    विस्तृतमा पढ्नुस्

  • कैलालीको प्रहरी हत्या प्रकरणका सात अभियुक्त सार्वजनिक

    कैलालीको प्रहरी हत्या प्रकरणका सात अभियुक्त सार्वजनिक

    कैलाली : कैलालीमा प्रहरी हत्या प्रकरणमा संलग्न सात अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। धनगढी १२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान राम बहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न मुख्य नाइकेसहित केही व्यक्ति अझै फरार रहेको जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी हत्या प्रकरणमा अभियुक्तको साबिती बयान : सुरुमा जवान त्यसपछि असईको हत्या गरेर नदीमा फ्याँकेका हौँ

    प्रहरी हत्या प्रकरणमा अभियुक्तको साबिती बयान : सुरुमा जवान त्यसपछि असईको हत्या गरेर नदीमा फ्याँकेका हौँ

    कैलाली : धनगढीमा शनिवार दुई जना प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तले हत्या स्वीकारेका छन्। आइतवार बिहान बिभत्स हत्या गरिएको अवस्थामा फेला परेका असई गोविन्द विक र उनीसँगै गस्तीमा खटिएका बेला बेपत्ता भई मङ्गलवार बिहान शव फेला परेका प्रहरी जवान रामबहादुर साउदको हत्या आफूले गरेको अभियुक्तले बयान दिएका हुन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरिसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • हत्या गरिएको अवस्थामा फेला परेका असई गोविन्द विकको अन्त्येष्टि

    हत्या गरिएको अवस्थामा फेला परेका असई गोविन्द विकको अन्त्येष्टि

    कैलाली : कैलालीको धनगढीमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक गोविन्द विकको अन्त्येष्टि गरिएको छ। धनगढी-१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका इन्चार्ज समेत रहेका विकको सोमवार शोक सलामीसहित कञ्चनपुरमा अन्त्येष्टि गरिएको हो। कञ्चनपुरको दोदा नदीको कीर्तिपुर घाटमा उनको उच्च सम्मानसहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। अन्त्येष्टि अगाडि विकको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • मृत भेटिएका असईको घाटीमा धारिलो हतियार प्रहार : प्रहरी जवानको अवस्था अझै अज्ञात, हतियार पनि गायव

    मृत भेटिएका असईको घाटीमा धारिलो हतियार प्रहार : प्रहरी जवानको अवस्था अझै अज्ञात, हतियार पनि गायव

    कैलाली : कैलालीको धनगढीमा गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ। शनिवार रातिदेखि बेपत्ता भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको आइतबार बिहान नेपाल भरत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो । घटनास्थलमा पुगेको सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा गस्तीमा खटिएका प्रहरीको हत्या, अर्का एक प्रहरी बेपत्ता

    कैलालीमा गस्तीमा खटिएका प्रहरीको हत्या, अर्का एक प्रहरी बेपत्ता

    कैलाली : कैलालीमा गस्तीमा खटिएका एक प्रहरीको हत्या भएको छ। नेपाल भारत सीमामा रहेको मोहना नदीमा ती प्रहरीको शवसमेत फेला परेको छ।  खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएको हो। कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत बिटका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद शनिवार रातिदेखि वेपत्ता भएका थिए। 'दुईजना…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा शनिवार ७७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना डिस्चार्ज

    सुदूरपश्चिममा शनिवार ७७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना डिस्चार्ज

    कैलाली : सुदूरपश्चिम प्रदेशमा शनिवार थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९ सय ८४ जनाको कोरोना परीक्षण गरिएकोमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए। पछिल्लो २४ घण्टामा कैलालीका ५४ जना, बैतडी र डडेल्धुराका ६/६ जना, दार्चुलाका ४, बैतडीका ३, अछाम…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा अर्को आदेश नभएसम्मका लागि चाडपर्व लक्षित निषेधाज्ञा जारी

    कैलालीमा अर्को आदेश नभएसम्मका लागि चाडपर्व लक्षित निषेधाज्ञा जारी

    कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा जारी गरेको छ। चाडपर्वमा हुन सक्ने कोरोनाको जोखिम बढाउने खालका चुनौतीपूर्ण गतिविधिमा रोक लगाइएको छ। विशेष गरी शुभकामना आदानप्रदान तथा पूजा पाठलाई व्यवस्थित बनाउने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो। शनिवार देखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए। निषेधाज्ञा उलंघन गरे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell