PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • पोखरामा ढिस्कोले पुरिएर ५ जनाको मृत्यु, मृतकको सनाखत हुनसकेन

    पोखरामा ढिस्कोले पुरिएर ५ जनाको मृत्यु, मृतकको सनाखत हुनसकेन

    पोखराः पोखरा महानगरपालिका २० को मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर ५ जनाको मृत्यू भएको छ।  पुरिएका मध्ये एक जनाको शव निकालिएको वडा प्रहरी कार्यालय वगरका प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिए। २० जना सुरक्षाकर्मी, स्थानिय र सोहि नालामा काम गर्ने एक सय ८० जना कामदारको सहयोगमा पुरिएकाहरुको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ। नाला भन्दा माथीबाट…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको उप निर्वाचन, टाउकोमा चोट, खुट्टामा दुखाई : एउटा क्षेत्रमा चुनाव हुँदा सिंगै जिल्ला प्रभावित

    कास्कीको उप निर्वाचन, टाउकोमा चोट, खुट्टामा दुखाई : एउटा क्षेत्रमा चुनाव हुँदा सिंगै जिल्ला प्रभावित

    पोखरा : कास्की क्षेत्र नम्बर २ मा अहिले प्रतिनिधिसभाका लागि मतदान भइरहेको छ। यस क्षेत्रमा ३२ मतदानस्थल मा ८२ मतदान केन्द्र तोकिएका छन्। यिनै मतदानस्थलबाट ७१ हजार ८ सय ७१ जनाले मतदान गरेर आफ्नो प्रतिनिधि छान्ने छन्। कास्कीका चार गाउँपालिका र एक महानगरपालिका मध्येमा कास्कीका क्षेत्र नं २ मा पोखरा महानगपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०,…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा सागको चटारो : दिन रात हुन्छ रंगशाला निर्माणको काम, समयमै तयार होला त रंगशाला?

    पोखरामा सागको चटारो : दिन रात हुन्छ रंगशाला निर्माणको काम, समयमै तयार होला त रंगशाला?

    पोखरा : पोखरा रंगशाला अहिले चौविसै घण्टा व्यस्त देखिएको छ। नेपालको सहभागिता र निरन्तरताको हिसाबले सबैभन्दा प्रतिष्ठित खेल साग पोखराको यहि रंगशालामा पनि हुँदै छ। १३ औँ साग नेपालले गर्ने जिम्मा पाएको छ। जसका ८ खेल पोखरामा हुँदै छन्। आठ मध्येमा पनि पाँच खेल यहि रंगशालामा हुँदै छ। रंगशालामा हुने खेलबाट कम्तीमा पनि पाँचवटा स्वर्ण पदक आशा गरेका छ। स्वर्णको तयारीमा…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी, कम्बल बाँड्नेदेखि शिक्षक सरुवासम्मका आरोप

    पोखरामा निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी, कम्बल बाँड्नेदेखि शिक्षक सरुवासम्मका आरोप

    पोखरा : उपनिर्वाचन नजिकिँदै गर्दा पोखरामा आचारसंहिता उल्लङ्घनका उजुरी बढेका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार हालसम्म १२ उजुरी परेका छन्। जसमा चार वटा लिखित र अन्य मौखिक तथा टेलिफोनबाट टिपाइएका उजुरी रहेको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए। कार्यालयका अनुसार सबैभन्दा बढी उजुरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि परेको छ। तीन दिनअघि पोखरा महानगरपालिका १५ का वडाध्यक्ष प्रकाश पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • 'साग'मा हामीले धेरै पदक जित्छौँ : खेलकुद मन्त्री

    'साग'मा हामीले धेरै पदक जित्छौँ : खेलकुद मन्त्री

    पोखरा : युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरा रंगशालाको अवलोकन तथा निरीक्षण गरेको छन्। निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले दक्षिण एसियाली खेलकुद (साग)को लागि रंगशाला तयार हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। मन्त्री विश्वकर्माले अघिल्लो सरकारले सागका लागि पुर्वाधार निर्माण नगरेको आरोप लगाए। पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले साग समयमा नै हुनेमा भने आफू ढुक्क रहेको बताए। मन्त्री विश्वकर्माले…

    विस्तृतमा पढ्नुस्

  • कास्की उपनिर्वाचनको ‘ग्राउण्ड रियालिटी’: मतदाता सोध्छन्, फेरि के को चुनाव? दलहरु भन्छन्, अब बुझाउँछौँ

    कास्की उपनिर्वाचनको ‘ग्राउण्ड रियालिटी’: मतदाता सोध्छन्, फेरि के को चुनाव? दलहरु भन्छन्, अब बुझाउँछौँ

    पोखरा: पोखरा महानगरपालिका ४ स्थित गणेशटोलमा ने क पाका उम्मेदवार विद्या भट्टराईसहितको टोलीले मतदातासँग भोट मागिरहेको थियो। बिहानको घाम ताप्दै बसेकी एक ८२ वर्षीया वृद्धासँग उम्मेदवार विद्याले आशीर्वाद दिनुस् भन्दै शीर निहुर्‍याइन्। उनले भनिन, 'मनले चिताएको पुगोस्।' उनीहरु फर्किएपछि वृद्धा नन्द कोइरालालाई किन आशीर्वाद दिएको आमा भनेर सोध्दा जवाफमा भनिन्, 'खै आशीर्वाद मागे, मैले दिएँ। अरु त के थाहा?' उत्सुक…

    विस्तृतमा पढ्नुस्

  • विद्या भट्टराईको 'भाइरल झोला'को यस्तो छ राम कहानी

    विद्या भट्टराईको 'भाइरल झोला'को यस्तो छ राम कहानी

    पोखरा : कास्की क्षेत्र नम्बर २ बाट ने क पाकी उम्मेद्वार विद्या भट्टराईको झोला निकै भाइरल बन्यो। उप निवार्चनका लागि उम्मेदवारी दिन निर्वाचन कार्यालय जाँदा उनको झोला कसैले बोकिदिएको थियो। झोला बोक्ने को हो र केका लागि बोकियो भन्ने प्रश्न सामाजिक सञ्जालमा गरिएको देखिन्छ। भट्टराईको झोला बोक्ने अरु कोही नभएर उनका माइला देवर दीपेन्द्र अधिकारी हुन्। पोखरा महानगरपालिका ३३ भरतपोखरीको…

    विस्तृतमा पढ्नुस्

  • ने क पा बाहेकका उम्मेद्वारहरुको आरोप : सरकारले जनताको भावना अनुरुप काम गरेन

    ने क पा बाहेकका उम्मेद्वारहरुको आरोप : सरकारले जनताको भावना अनुरुप काम गरेन

    पोखरा : आगामी मंसिर १४ गते हुने उपनिवार्चनका लागि कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा २५ जनाले उम्मेद्वारी दिएका छन्। जसमा १४ वटा राजतीनिक दल र ११ जना स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दिएका हुन्।  निर्वाचन आयोग कास्कीका मुख्य निर्वाचन अधिकृत काजि बहादुर राईका अनुसार २५ मा ५ जना महिला उम्मेदवार रहेका छन्। दलगत रुपमा दर्ता गराएमध्ये तीन जना उम्मेदवारको यस अगाडीको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरबाट उम्मेद्वारी दिन पोखरा आएका डा साहले पाएनन् प्रस्तावक र समर्थक, 'पहाडमा मधेशी नेता चाहिन्छ नि'

    जनकपुरबाट उम्मेद्वारी दिन पोखरा आएका डा साहले पाएनन् प्रस्तावक र समर्थक, 'पहाडमा मधेशी नेता चाहिन्छ नि'

    पोखरा: कास्की २ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेद्वारी दिन आएका डाक्टर कृष्णचन्द्र प्रसाद साह प्रस्तावक र समर्थक नपाएपछि निरास मुद्रा लिएर फर्किएका छन्। मनोनयनको लागि उनले प्रस्तावक र समर्थक नै पाएनन्। उम्मेद्वारीका लागि एक जना प्रस्तावक र समर्थक स्थानीयको आवश्यक पर्छ। जनकपुर १४ का स्थानीय साहले कास्कीमा स्थानीयको सहयोग नपाएको गुनासो गरे। उनले भने, 'आर्थिक विषयमा कुरा नमिलेपछि उमेद्वारी दिन पाइनँ।'…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा ६ जनाको मनोनयन दर्ता, ने क पाबाट विद्या भट्टराई

    कास्कीमा ६ जनाको मनोनयन दर्ता, ने क पाबाट विद्या भट्टराई

    पोखरा : मसिर १४ गतेको आसन्न उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज मनोनयन हुँदैछ। कास्की क्षेत्र नम्बर २ मा उम्मेद्वारी दर्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट विद्या भट्टराईले उम्मेद्वारी दर्ता गराएकी छिन्। भट्टराई स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती हुन्। त्यस्तै नेपाली काँग्रेस (बिपी)को तर्फबाट चन्द्रबहादुर रानाभाटले उम्मेद्वारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मनोनयन…

    विस्तृतमा पढ्नुस्

  • कास्की क्षेत्र नम्बर २ को निर्वाचनमा रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई सिफारिस

    कास्की क्षेत्र नम्बर २ को निर्वाचनमा रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई सिफारिस

    कास्की : कास्की क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। आज बसेको नेकपाको जिल्ला र महानगरपालिका बैठकले भट्टराईको नाम उम्मेदवारका रुपमा पठाउन सिफारिस गरेको हो। नेकपाका पोखरा महानगरपालिका कमिटी सचिव विश्वप्रकाश लामिछानेले सर्वसम्मत रुपमा भट्टराईको नाम उम्मेदवारका रुपमा सिफारिस भएको जनाउँदै त्यसलाई ऐतिहासिक निर्णय भएको प्रतिक्रिया दिए। संस्कृति, पर्यटन तथा…

    विस्तृतमा पढ्नुस्

  • ३३ तोला* सुनसहित भारतीय कालीगड बेपत्ता

    ३३ तोला* सुनसहित भारतीय कालीगड बेपत्ता

    पोखरा : पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स ईण्डस्ट्रिज प्रालिमा काम गर्ने भारतीय युवक बुधवारदेखि ३३ तोला सुन सहित सम्पर्क विहीन भएका छन्। भारत कलकत्ता घर भएका ३६ वर्षीय रञ्जन राजवंशी सुनसहित फरार भएका हुन्। बुधवार दिउँसो ३ बजेको समयमा पसलमै काम गर्ने राजवंशीले सिर्जनाचोक स्थित गहना बनाउने ठाउँमा उक्त सुन लिएर गएका थिए। तर रातिसम्म नआएपछि पौने ११ बजे मात्रै…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ मा साझाले घोषणा गर्‍यो उम्मेदवारः गुट र फुटको विवादमा कांग्रेस, चित्त बुझ्दो उम्मेदवार खोज्दै नेकपा

    कास्की २ मा साझाले घोषणा गर्‍यो उम्मेदवारः गुट र फुटको विवादमा कांग्रेस, चित्त बुझ्दो उम्मेदवार खोज्दै नेकपा

    पोखराः मंसिर १४ मा हुने उपनिर्वाचनका लागि रिक्त निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभाको एकमात्र सिट हो कास्की २। चुनावका लागि राजनीतिक दलहरु अहिले उम्मेदवार छनोटमा व्यस्त छन्। ठूला राजनीतिक दल उम्मेदवार छनोटको गृहकार्यमा हुँदा केही दलले भने उम्मेदवार तय गरिसकेका छन्। तत्कालीन पर्यटनमन्त्री समेत रवीन्द्र अधिकारीको गत वर्षको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि स्थान रिक्त छ। प्रमुख राजनीतिक दल उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • अभावै अभावबीच पोखरामा सागको तयारी: यस्तै पाराले हात लाग्ला त जित?

    अभावै अभावबीच पोखरामा सागको तयारी: यस्तै पाराले हात लाग्ला त जित?

    पोखरा: नेपालले आगामी सागको आयोजना आफ्नै भूमिमा गर्दैछ। घरेलु मैदानमा खेलकुद आयोजना गर्नुको फाइदा कम्तीमा पनि दुई चारवटा मेडल बढी हात पार्ने भन्ने हो। अनि खेलकुलमा आफ्नो दरिलो पहिचान बनाउनु पनि हो। उनै खेलाडीका माध्यमले खेल जगतका बीचमा देशको नाम चम्काउने सुवर्ण अवसर पनि हो, घरेलु मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता। ती खेल जित्ने गरी मैदानमा ओर्लनका लागि खेलाडी कस्तो ठाउँमा आफ्नो दैनिक…

    विस्तृतमा पढ्नुस्

  • सागमा पदकको आशा गरिएका खेलका मुख्य खेलाडी हुन थाले धमाधम बिरामी

    सागमा पदकको आशा गरिएका खेलका मुख्य खेलाडी हुन थाले धमाधम बिरामी

    पोखरा : आगामी दक्षिण एसियाली खेलकुद (साग)मा पदकको आशा गरिएका खेलका मुख्य खेलाडीहरु धमाधम बिरामी पर्न थालेको छन्। पोखरामा सार्कको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका उनीहरु बिरामी पर्न थालेपछि खेलाडी तथा प्रशिक्षकमा पदक गुम्ने चिन्ता बढेको छ। पोखरामा हाल सार्कको तयारीका लागि ८ वटा खेलको बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ। आठैवटा खेलहरु पोखरामा खेलाइदै छ। जसमध्ये पदक आउने बढी सम्भावना भएका…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौडको उपाधी सशस्त्र प्रहरीलाई

    अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौडको उपाधी सशस्त्र प्रहरीलाई

    पोखरा : पोखरामा पहिलो पटक आयोजना भएको ‘अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९’ को उपाधी सशस्त्र प्रहरी बल (एपिएफ) क्लबका खेलाडीले जितेका छन्। नेपालमा पर्यटकको आगमनलाई वृद्धि गर्ने लक्ष्यका साथ आयोजना गरिएको सो प्रतियोगितामा नेपालका २३ सहित चीनका तीन समूहलाई पछि पार्दै सशस्त्रले सो उपाधि जितेको हो। एपिएफका सन्तोषविक्रम विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङ सहभागी समूहले निर्धारित दुरी ४ घण्टा १७ मिनेट २२…

    विस्तृतमा पढ्नुस्

  • दौडिएरै जीवन पालेका दामोदरको सपना: 'दौड्दा दौड्दै मर्न पाउँ'

    दौडिएरै जीवन पालेका दामोदरको सपना: 'दौड्दा दौड्दै मर्न पाउँ'

    पोखरा: सुन्दा अचम्म लाग्छ। कोही मान्छे दैनिक न्यूनतम पनि २० किलोमिटर दौडिन्छ। त्यो पनि अप्ठेरो खाल्डाखुल्डी भीरपाखाको कहालीलाग्दो गोरेटोमा। अधिकतम शहरीयाहरूको खाना पचाउने र अनावश्यक बोसो पगाल्ने माध्यम बनेको दौड प्युठानका दामोदर बुढामगरको परिवारलाई भने बाँच्ने आधार बनेको छ। उनको पेशा केही छैन। परिवारका सबै जना दैनिक दौडिएरै बिहान बेलुकीको छाक टारेका छन्। त्यो पनि देशदेखि विदेशसम्म, पहाडदेखि हिमालसम्म। पोखरा र समग्र नेपालको समेत…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ पर्यटक आकर्षण गर्न पोखरामा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड हुँदै

    चिनियाँ पर्यटक आकर्षण गर्न पोखरामा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड हुँदै

    पोखरा : खेल र साहसिक पर्यटनमार्फत नेपालको पर्यटनको विकास गर्न अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड-२०१९ को अन्तिम तयारी सकिएको छ। पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै यहि असोज २९ गते बुधबार (१६ अक्टोबर)मा पोखरामा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड हुने आयोजकले जनाएका हुन्। प्रतिस्पर्धामा चीनका २ टिम र नेपालका २५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रत्येक टिममा एक जना अनिवार्य महिलासहित तीन जना हुने…

    विस्तृतमा पढ्नुस्

  • अभावै अभाव झेल्दै पोखराको ट्राफिक प्रहरी, ‘हातखुट्टा बाँधेर दगुर् भनेजस्तो भएको छ’

    अभावै अभाव झेल्दै पोखराको ट्राफिक प्रहरी, ‘हातखुट्टा बाँधेर दगुर् भनेजस्तो भएको छ’

    पोखरा : नेपालकै दोस्रो ठूलो ट्राफिक समस्या भएको सहर हो, पोखरा। यति ठूलो सहरमा पनि ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्रीहरुको जोहो भने शून्य बराबर नै रहेको छ। ‘हामीलाई हातखुट्टा बाँधेर दगुर भनेजस्तो भएको छ,’ पहिलोपोस्टसँग कुरा गर्दै ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले भने। मिश्रका अनुसार पोखरामा करिब दैनिक १५ हजार सवारीसाधन गुड्ने भए पनि तिनका चालकको मादक पदार्थ…

    विस्तृतमा पढ्नुस्

  • हराएको छैन, कास्कीको मट्टिखानबाट चर्खे पिङ

    हराएको छैन, कास्कीको मट्टिखानबाट चर्खे पिङ

    पोखरा : असोज लागेपछि गाउँघरका चौतारी, विद्यालय, डाँडा, मन्दिरलगायतका सार्वजनिक स्थानमा मानिसहरुको भीड लाग्ने गर्छ। भीड लाग्नुको कारण हो, असोजसँगै उमंग बनेर आउने दशैँ अनि दशैँसँगै जोडिएर आउने पिङ खेल्ने संस्कृति। आजभोलि दशैँमा चर्खे पिङ खेल्ने संस्कृति लगभग हराएको अवस्थामा छ। तर कतिपय यस्ता ग्रामीण बस्तीहरु पनि छन्, जहाँका मानिसहरुले यो संस्कृतिलाई बिर्सेका छैनन्। कास्कीको मट्टिखानका युवाहरुले यो संस्कृतिलाई जोगाएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell