नेपालको विरोधका बीच भारतले नेपाली भूमि कालापानी हुँदै धारचुला-लिपुलेक सडक निर्माण गरिरहेको छ। धारचुलादेखि १ सय १४ किलोमिटर र तौवाघाटदेखि ९८ किलोमिटर रहेको बाटोलाई भारतले बर्तीघाट (नेपालको सुनसेरा)सम्म कालोपत्रे गरिसकेको छ। घाँटी बगरभन्दा माथिसम्म दुई लेनकै बनिसकेको छ सडक। भारतले ट्र्याक त लिपुलेकसम्मै खोलिसकेको छ। यो बाटोलाई नेपाली भूमि कालापानीबाट घुमाएर दुई लेन बनाउन थालेको खबर सार्वजनिक भएपछि मात्र सरकारले…
काठमाडौं : छाङरुको सीतापुलमा प्रहरी चौकी स्थापना भएको २०२७ सालमै हो। अहिले जीर्ण भवन गागाबगरस्थित तिंकर खोलाको छेउमा छ। प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा १० जना जति प्रहरी कर्मचारी बस्छन् यहाँ। छाङरुमा प्रहरी कर्मचारी बस्नै मान्दैनन्। कारण : अत्यधिक चिसो हुने छाङरुमा भवन नै जीर्ण छ। पोशाक, राशन, भत्ता र सेवासुविधाको समस्या त छँदैछ। भारतले यसपाली कालापानी, लिपुलेक र…
दार्चुला (छाङरु) : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले असोज तेस्रो हप्ता तामझामका साथ दार्चुला सदरमुकाम खलंगाबाट व्यास गाउँपालिका वडा नम्बर १ छाङरु जोड्ने घोडेटो बाटोको उद्घाटन गरे। नेपाली सेनाले घाटीबगरमा चट्टान विस्फोट गरेर ५५० मिटर बाटो बनाउँदा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भनिएको थियो। तर यथार्थमा बाध्यता अझै हटेको छैन। सदरमुकाम खलंगा झर्न भारतीय बाटो प्रयोगका लागि छाङरु र तिंकरका…
दार्चुला (छाङरु) : दार्चुलाको व्यास गाउँपालिका १ छाङरु र तिंकरमा यसपाली हिउँदमा सुरक्षा फौज बस्ने भएको छ। भारतसँग जोडिएको छाङरु र चीनसँग जोडिएको तिंकर गाउँको सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको फौज यहाँ बसेको हो। यसअघिका वर्षहरुमा हिउँदमा प्रहरीहरु तल झर्दै आएका थिए। सशस्त्रको उपस्थिति थिएन। यसपाली छाङरुमा १६० जना दरबन्दी रहने सशस्त्र प्रहरी बलको गुल्म नै स्थापना…
दार्चुला (छाङरु) : गृहमन्त्री रामबहादुर थापाले असोज २९ गते छाङरु पुगेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म भवनको शिलान्यास गरे। असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सदरमुकाम खलंगामा रहेको गुल्मलाई छाङरुस्थित गागामा सार्ने निर्णयपछि गृहमन्त्री थापा सशस्त्र आईजीपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे,…
काठमाडौं: भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली भूमि कालापानी र लिपुलेकको हवाई निरीक्षण गरेका छन्। कात्तिक तेस्रो साता नेपाल भ्रमणमा आएका नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पद्वी प्रदान गरेकी थिइन्। स्वदेश फर्किएको केहि दिन नबित्दै नरवणे भारतको नियन्त्रणमा रहेको नेपाली भूमिको हवाई निरीक्षणमा पुगेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। नेपाल भारतबीच सीमा विवाद बढ्दै गइरहेको बेलामा नेपालले…
कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकास्थित सीमा क्षेत्रमा एकतर्फी रुपमा सीमा नापजाँच गर्न आएका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले फिर्ता पठाएका छन्। आइतबार विहान बेलौरी वडा नम्बर १० स्थित नेपाल-भारत सीमा स्तम्भ ३२ देखि ३४ नम्बरसम्म निरीक्षण गर्ने भन्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले नेपाली भूमिमा पसेर नापिरहेका थिए। एसएसबीको टोली आएपछि स्थानीय उनीहरुलाई रोक्न पुगे। केही समयको वादविवादपछि उनीहरुलाई भारत फर्काए।…
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकालेको छ। कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते (बुधवार) कांग्रेसका जनप्रतिनिधिको टोली स्थलगत अध्ययनमा गएको थियो। १० दिनको अध्ययनपछि शनिवार साँझ सदरमुकाम सिमिकोट आइपुगेको टोलीका नेता शाहीले निरीक्षणका क्रममा ठाउँ ठाउँमा चीनले भूमि मिचेको देखिएको बताए। 'हाम्रो सीमा…
काठमाडौं : हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङ (लामा)ले लिमीको लाप्चा क्षेत्रभित्र ललुङजङमा निर्माण भएका भवन भएको भूमि नक्साअनुसार चीनकै देखिएको बताएका छन्। 'नक्सा अनुसार उनीहरुकै हो। प्रमाणका आधारमा हामीले हेर्यौं। नेपालतिर नपर्ने रहेछ,' उनले भने। सुरुमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएर नेपाली भूमि कब्जा गरेको भन्दै सूचना बाहिर ल्याउने पनि अध्यक्ष लामा नै थिए। गाउँपालिकाको टिम, सहायक…
काठमाडौं : हुम्लास्थित नेपाल-चीन १२ नम्बर पिल्लर नयाँ बनाइएको अवस्थामा फेला परेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्वमा स्थलगत निरीक्षणमा गएको जनप्रतिनिधिको टोलीले पिल्लर नयाँ बनाएको अवस्थामा भेट्टाएको हो। कर्णाली प्रदेशका प्रतिपक्षी नेता जीवनबहादुर शाहीको नेतृत्वमा जनप्रतिनिधिको टोली गत बुधवार सदरमुकाम सिमिकोटबाट त्यसतर्फ गएको थियो। नाम्खा गाउँपालिका ६ लिमीको लाप्चास्थित ललुङजङमा चिनियाँ पक्षले एकतर्फीरुपमा भवन बनाएर उक्त भूमिमा दावी गरेपछि…
काठमाडौं: पछिल्लो समय हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै गएको छ। यहाँको सीमा विवादमा देशभित्रै एकमत बन्न सकिरहेको छैन। भारतले सीमा मिचेको स्थानलाई लिएर देखिने एकता चीनसँगको सीमा विवादका क्रममा भने छैन। संघीय सरकार र चीनको एकैस्वर छ, विवादित भूमि चीनकै हो। तर हुम्लाका जनप्रतिनिधि भने आफ्ना जनताले वर्षौदेखि भोग गर्दै आएको भूमिलाई चीनकै हो भन्ने मान्न तयार छैनन्। नाम्खा…
नेपाली कांग्रेसकी सांसद रंगमती शाही हुम्लाबाट प्रतिनिधित्व गर्छिन्। उनको जिल्लासँग जोडिएको नेपाल चीन सीमामा हालै विवाद देखिएको छ। नाम्खा गाउँपालिका ६ लिमीको लोलुङजङमा चिनियाँ पक्षले भवन बनाएपछि विवाद सिर्जना भएको हो। विवाद समाधानका लागि उनले सोमवार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाइन्। मन्त्री ज्ञवालीले सीडीओको स्थलगत प्रतिवेदन आएपछि अघि बढ्ने प्रतिवद्धता जनाएका छन्। शाहीसँग पहिलोपोस्टले यिनै विषयमा गरिएको…
काठमाडौं : कर्णाली प्रदेशसभाका प्रतिपक्षी नेता जीवनबहादुर शाहीले आइतवार फेसबुकमा लेखे, ‘२०५८ सालमा लिमी लाप्चाको लिमी गाविसले आफ्नो गाउँ आफैं बनाउ भन्ने बजेटबाट बाटो खन्न शुरू गरेको हो। चिनियाँले कुनै अवरोध गरेनन्। २०६६ सालमा नेपालले डोजर ल्याएर बाटो निर्माण गर्ने क्रममा बुराङबाट चिनियाँ उच्चस्तरीय टोली आएर ग्याध्पुदोसांबाट तिम्रो सिमाना हो, त्यतैबाट सडक खन भनेर सीमाना देखाएर गए। अहिले आएर हामीले…
काठमाडौँ: चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको भन्दै हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी गाउँस्थित लाप्चा क्षेत्रको सीमा विवाद सतहमा आयो। पहिला पनि भवन बनाउने प्रयास गर्दा विवाद भएको थियो। चीनसँगको सीमामा विवाद देखिएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा चिनियाँ भवन र सीमाको निरीक्षण गर्न तथा त्यहाँको वस्तुस्थिति बुझ्न पठायो। टोलीको नेतृत्व सिडिओले गरे पनि सीमा सुरक्षार्थ खटिएको…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल' शुक्रवार विहान काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा दार्चुलाको छाङरुका लागि उडे। भारतद्वारा अतिक्रमित कालापानी, लिम्पियाधुरा र लिपुलेक रहेको व्यास गाउँपालिका वडा नम्बर १ भित्रको नेपालको स्वामित्वमा रहेको सीमा गाउँ छाङरुमा स्थापना भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्यासका लागि सुर्खेत हुँदै दार्चुला सदरमुकाम खलंगा पुगे। खलंगामा जिल्ला सुरक्षा समितिले छाङरुमा भएको तयारीबारे ब्रिफिङ…
काठमाडौं : नेपाल चीन सीमासँग जोडिएर बहस सार्वजनिक भइरहँदा दुरको जिल्ला हुम्ला एकाएक केन्द्रीय चासो बन्न पुग्यो। विवाद सुल्ट्याउने गरी सीमा स्तम्भ भेटिएको तस्बिर पनि सार्वजनिक भयो। सँगै सार्वजनिक भयो सुन्दुर हुम्लाका दृष्यहरु। त्यसो त सीमा स्तम्भ हराउँदा यहाँको विवाद बेलाबेला उठ्दै आएको थियो। राज्यको खासै नजर नपरेको हुम्लाले यसपालि भने स्थानीयदेखि केन्द्र सरकारकै ध्यान खिच्यो। उत्तरी छिमेकी चीनले पनि…
काठमाडौं: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको अवलोकन गरेका छन्। छाङरुको गागामा स्थापना भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्यासका लागि शुक्रवार दिउँसो त्यहाँ पुगेका मन्त्री थापाले सो क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्। छाङरुमा गुल्म स्थापनासँगै एक साताअघि डीएसपी धिरेन्द्र शाहको कमाण्डमा टोली खटिइसकेको छ। गुल्ममा १६० जना रहनेछन्। यसअघि बीओपीमा इन्सपेक्टरको कमाण्डमा २५…
काठमाडौँ: नेपाल-चीन सीमामा विवाद देखिएपछि स्थलगत अध्ययनमा निस्किएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको संयुक्त सुरक्षा टोली ५ दिनपछि सदरमुकाम सिमीकोट फर्किएको छ। सिडिओको टोली स्थलगत अध्ययन सकेर बिहीबार साँझ साढे ८ बजेतिर सिमीकोट आइपुगेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले जानकारी दिए। सिडिओको टोलीले दुई दशकयता फेला नपरेको नेपाल चीन सीमाको ११ नम्बर पिल्लर फेला पारेको छ। नाम्खा गाउँपालिका…
काठमाडौं : हुम्लामा पर्ने नेपाल चीन सीमा ११ नम्बर पिल्लर फेला परेको छ। प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको माथि ताकु लेकमा पिल्लर भेट्टाएको गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए। २०१९ सालमा गाडिएको उक्त पिल्लर रहेको ठाउँ समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा छ। त्यहाँ पुग्न हिल्साबाट ६…
काठमाडौँ: हुम्लामा नेपाल चीन सीमाको ११ नम्बर पिल्लर हराएको वर्षौँ भइसक्यो। जनप्रतिनिधिले पिल्लर २०६४ सालदेखि हराएको भनिरहेका छन्। त्यसयता सशस्त्र प्रहरीले खोजे पनि भेटिएको छैन। पिल्लर हराए पनि राज्यले खासै वास्ता भने गरेको थिएन। अहिले जब पिल्लर भएको भनिएको हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी गाउँस्थित लाप्चा क्षेत्रमा चीनले व्यापारिक भवन बनायो, तब पिल्लरको महत्त्व राज्यलाई खड्कियो। चीनले नक्सा देखाएरै भवन…