PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा पूर्ण वृहत् कि संवैधानिक इजलासमा? सभामुख पक्षका अधिवक्ताको मध्यमार्गी राय

    प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा पूर्ण वृहत् कि संवैधानिक इजलासमा? सभामुख पक्षका अधिवक्ताको मध्यमार्गी राय

    काठमाडौं : प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा बहस जारी छ। सर्वोच्चमा परेका १३ वटा रिटमाथि संवैधानिक इजलासमा बहस सुरु हुँदा रिट पक्षका अधिवक्ताहरुले पूर्ण बृहत् इजलासको माग गरेपछि बहस त्यसमै केन्द्रित भइरहेको छ।  यस्तैमा शुक्रवार सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहसका लागि पुगेका अधिवक्ताहरुले मध्यमार्गी बाटो देखाएका छन्।  प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको पक्षले पूर्ण बृहत् इजलासको माग गरिरहेका बेला प्रतिनिधिसभाका सभामुखका पक्षबाट बहसमा गएका…

    विस्तृतमा पढ्नुस्

  • आक्रामक प्रधानन्यायाधीश, रक्षात्मक वकिल : तीखा सवाल-जवाफले रोचक बन्यो इजलास

    आक्रामक प्रधानन्यायाधीश, रक्षात्मक वकिल : तीखा सवाल-जवाफले रोचक बन्यो इजलास

    काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ भइरहेको सर्वोच्च अदालतको इजलास पूर्ण (१) खचाखच भरिएको छ। मुद्दाका पक्ष-विपक्षका कानुन व्यवसायीको उल्लेख्य उपस्थितिले इजलासमा अन्यलाई प्रवेश बन्देज जस्तै छ। प्रतिनिधिसभा विघटनको पछिल्लो राजनीतिक घटनाक्रमपछि सबैको चासो अदालततिर छ। चासो सम्बोधनका लागि अदालतले पनि सकेसम्म सबैलाई बहस सुन्ने व्यवस्था नै गरेको छ। बार एशोसिएशनमा कानुन व्यवसायीका लागि सुन्ने व्यवस्था गरेको छ। प्रतीक्षालयमा अदालत…

    विस्तृतमा पढ्नुस्

  • गिरिजा र देउवाको बेलाजस्तै ११ जनाको इजलास माग्नेलाई सरकारको यस्तो जवाफ, श्रीमानको प्रश्नले अग्नि आगो

    गिरिजा र देउवाको बेलाजस्तै ११ जनाको इजलास माग्नेलाई सरकारको यस्तो जवाफ, श्रीमानको प्रश्नले अग्नि आगो

    काठमाडौँ: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संसद् विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा लैजान नमिल्ने तर्क गरेका छन्। विघटनसम्बन्‍धी मुद्दाको प्रतिरक्षाका क्रममा महान्यायाधिवक्ता खरेलले संविधान र कानुन अनुसार पनि विघटनसम्बन्धी मुद्दा बृहत् इजलासमा हस्तान्तरण हुन नसक्ने तर्क गरे। निवेदक पक्षले मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउन माग गरिरहेका छन्। संयुक्त पुरक निवेदन समेत दर्ता गरेका छन्। बुधबार सुनुवाइ संवैधानिक इजलासमा गर्ने वा बृहत् पूर्णमा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा अधिवक्तासँगै किन झोक्किए न्यायाधीशहरु?

    प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा अधिवक्तासँगै किन झोक्किए न्यायाधीशहरु?

    काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् विघटनको मुद्दा पूर्ण बृहत् इजलासमा लैजानुपर्ने जिकिर गरेका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधवार बहसका क्रममा अधिवक्ता थापाले कम्तीमा ११ जनाको इजलास बनाउनुपर्ने तर्क अघि सारे। अहिले इजलासको सुरक्षा कवच नभएको उनको भनाई थियो। 'सरकार पक्षीय वकिलहरू बोल्ने छँदैछन्। पूर्ण बृहत् इजलासमा जान के अप्ठ्यारो छ?,' उनले प्रश्न गरे, 'बाहिरको कमान्ड होइन यहीँ इजलासबाट…

    विस्तृतमा पढ्नुस्

  • दोधारा चाँदनीमा भारतीय फौजले नेपालीमाथि किन चलायो गोली?

    दोधारा चाँदनीमा भारतीय फौजले नेपालीमाथि किन चलायो गोली?

    काठमाडौं : कञ्चनपुरको दोधारा चाँदनीस्थित नेपाल-भारत सीमा क्षेत्रमा सोमवार साँझ एक नेपाली नागरिकमाथि गोली प्रहार भयो। सीमा क्षेत्रको गडिगोठ जंगलमा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का १६ वर्षीय नरेश सुनारमाथि भारतीय फौजले गोली चलाएको हो। खुट्टामा गोली लागेका उनी भाग्दै नेपालतिर आए। नेपाली सुरक्षाकर्मीले उद्धार गरी राती नै अस्पताल पुर्‍यायो। हाल उनको महाकाली उपप्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गोली भारतीय…

    विस्तृतमा पढ्नुस्

  • '९ बजे नै पर्यटन क्षेत्र बन्द गरेर मसानघाटजस्तो बनाउनु त भएन नि!' फेवाताल र पोखराको पर्यटन व्यवस्थानबारे प्रदेश सांसद पहारीको सुझाव यस्तो

    '९ बजे नै पर्यटन क्षेत्र बन्द गरेर मसानघाटजस्तो बनाउनु त भएन नि!' फेवाताल र पोखराको पर्यटन व्यवस्थानबारे प्रदेश सांसद पहारीको सुझाव यस्तो

    कास्कीबाट निर्वाचित गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारी पोखराको सौन्दर्यको केन्द्र फेवातालको अतिक्रमण हटाउने अभियानमा छन्। ताल अतिक्रमण गरेर केही व्यापारीले होटेल सञ्चालन गरेका छन्। यो प्रकरणमा अदालतले पनि जग्गा खाली गराउन अन्तरिम आदेश जारी गरिसकेको छ। यस्तोमा फेवाताल अतिक्रमण हटाउने प्रक्रिया कहाँ पुग्यो? फेवातालको विकासका लागि के कस्ता योजना छन् भन्नेबारे प्रदेश सांसद पहारीसँग पहिलोपोस्टका कमलराज भट्टले गरेको कुराकानी:…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा भीम रावल 'पीडित क्लबको पन्च': नेताहरुले धुलो चटाउने उद्घोष गर्दा कार्यकर्ताको हुटिङ र तालीको वर्षा

    सुदूरपश्चिममा भीम रावल 'पीडित क्लबको पन्च': नेताहरुले धुलो चटाउने उद्घोष गर्दा कार्यकर्ताको हुटिङ र तालीको वर्षा

    काठमाडौं: संसद विघटनपछि कानुनी रुपबाहेक सत्तारुढ दल नेपाल कम्नुनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूह दुईतिर विभाजित भइसकेका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दुइटै समूह जनतामा आफ्ना कुरा लिएर अघि बढिरहेका छन्। कोही शक्ति प्रदर्शन र कोही आन्दोलनका नाममा अघि बढेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल र झलनाथलाई ओलीको चौतर्फी हमला : ‘मित्रताको अँगालो हाल्दा, धृतराष्ट्रको जस्तो अँगालो पाएँ’

    प्रचण्ड-नेपाल र झलनाथलाई ओलीको चौतर्फी हमला : ‘मित्रताको अँगालो हाल्दा, धृतराष्ट्रको जस्तो अँगालो पाएँ’

    काठमाडौं : ढिलो आउने तर लामो बोल्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानै बानी। बुधबार कार्की पार्टी प्यालेस बबरमहलमा ओली समूहको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले कार्यकर्ता भेला थियो। दिउँसो १२ बजेदेखि सुरु भएको भेलामा प्रधानमन्त्री ओली अढाई बजेमात्र पुगे। उनी पुग्दा प्रदेश अध्यक्ष कर्णबहादुर थापा बोल्दै थिए। थापा बोल्दै गर्दा ओली आइपुगेको सूचना आयो। थापाले सबै कार्यकर्तालाई उठेर ताली बजाएर प्रधानमन्त्रीलाई…

    विस्तृतमा पढ्नुस्

  • लगाएको दौरा सुरुवाल नै फुकाल्नु परेपछि...

    लगाएको दौरा सुरुवाल नै फुकाल्नु परेपछि...

    काठमाडौं : पुनर्गठन हुन लागेको मन्त्रिपरिषदको सदस्य बन्न तयार रहनु भन्दै खबर आइसकेको थियो। तयारी अवस्थामा रहन खबर गर्ने अरु कोही थिएनन्, परराष्ट्र मन्त्री तथा नेकपाका नेता प्रदीप ज्ञवाली ने थिए। सात मन्त्रालय खाली हुनु सानो कुरा थिएन। त्यसमध्येको एउटा भाग करिब करिब भएकाले उनले दौरा सुरुवाल पनि ठीक पारे। तीन बज्दा त लुगा लाइवरी ठिक्क पनि भए। तर, न…

    विस्तृतमा पढ्नुस्

  • सर्वदलीयको नाममा लोभी पापीमात्र देखियो नि, प्रचण्ड र ओलीको झगडा कुर्सीको लडाई होइन? : राजेन्द्र महतो(वार्ता)

    सर्वदलीयको नाममा लोभी पापीमात्र देखियो नि, प्रचण्ड र ओलीको झगडा कुर्सीको लडाई होइन? : राजेन्द्र महतो(वार्ता)

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पुस ५ गते संसद विघटन गरेसँगै राजनीतिक दल आन्दोलित भएका छन्। जनता समाजवादी पार्टी पनि अहिले आन्दोलनमै छ। ओली सरकारमै सहभागी जसपा(उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी)ले केही समयअघिमात्रै सरकारको साथ छोडेको थियो। त्यसपछि भने संविधान संशोधन गर्नुपर्ने विषयमा विशेष जोड दिँदै आएको जसपाले प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउनुपर्ने माग बेलाबेला गर्दै आएको थियो। अध्यादेश नै ल्याएर…

    विस्तृतमा पढ्नुस्

  • यो बेला अदालतलाई काँग्रेसले प्रभावित पार्नैपर्छ, ओलीले गर्नै नसक्ने चुनावको पछि लाग्नुहुन्न : गगन थापा(वार्ता)

    यो बेला अदालतलाई काँग्रेसले प्रभावित पार्नैपर्छ, ओलीले गर्नै नसक्ने चुनावको पछि लाग्नुहुन्न : गगन थापा(वार्ता)

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेलगत्तै सडकमा उत्रिए। उनले सबैलाई यो प्रतिगामी कदमविरुद्ध सडकमा आउन आह्वान पनि गरे। तर उनकै पार्टी भने अहिलेसम्म विरोधमा देखिएको छैन। सर्वदलीय बैठक बोलाएर छलफल थालेको काँग्रेस केन्द्रीय समितिमै रुमल्लिएको छ। दैनिक दुई चार जना केन्द्रीय सदस्यको धारणा राख्दै केन्द्रीय समितिलाई लम्ब्याउने प्रयासमा सभापति शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • ओलीको कदमको विरोध पनि गर्ने, चुनावमा पनि जाने काँग्रेसको दोधारे नीति किन?

    ओलीको कदमको विरोध पनि गर्ने, चुनावमा पनि जाने काँग्रेसको दोधारे नीति किन?

    नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिसभा विघटनको प्रकरणलाई गैर संवैधानिक ठहर्‍यायो। त्यसको विरोध पनि गर्‍यो। तर, जसै काँग्रेस केन्द्रीय समिति बैठक सुरु भयो निर्वाचनको पक्षमा आवाजहरु आउन थाले। संसद विघटन हुनुपूर्व प्रधानमन्त्री ओलीसँग बारम्बार भेट गरेका थिए काँग्रेस सभापति शेरबहादुर देउवाले। देउवामाथि ओलीको सहयोगी भएको आरो पनि छ। संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा पनि…

    विस्तृतमा पढ्नुस्

  • लैङ्गिकता ढाँटेर विवाह, के कारवाही गर्ने? प्रहरी अन्यौलमा

    लैङ्गिकता ढाँटेर विवाह, के कारवाही गर्ने? प्रहरी अन्यौलमा

    लगातार तीन चार महिनादेखि फोनमा कुराकानी भइरहेको थियो बेलौरी नगरपालिका ७ का २५ वर्षीय सुमन र बेलडाँडी गाउँपालिकाका कि १८ वर्षिया अनुजा (परिवर्तित नाम) को। कुराकानीकै भरमा सुमनले अनुजालाई विवाहको प्रस्ताव राखे। केही समयको गहिरो प्रेमलाई अनुजाले नकार्न सकिनन्।  फोनकै कुराकानीमा बसेको मायाले अनुजालाई नसोचेको परिणाम दिलायो।  प्रेमलाई विवाहमा परिणत गर्नुपर्छ, सँगै जीवन बिताउनुपर्छ भनेर सुमनले अनुजालाई भनिरहन्थे। प्रेममा परेर एकअर्काबिना एकपल पनि बस्न नसक्ने…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिको निर्देशन किन टेर्दैन सरकार? सांसद भन्छन्, 'एकदमै हेपेको हो'

    संसदीय समितिको निर्देशन किन टेर्दैन सरकार? सांसद भन्छन्, 'एकदमै हेपेको हो'

    काठमाडौं: सिद्धान्तत: सरकार सदनप्रति उत्तरदायी हुन्छ। अहिले संसद् अधिवेशन नभएका बेला 'मिनी संसद्' सरकारलाई उत्तरादायी बनाउने प्रयास गरिरहेका छन्। तर सरकारले समितिका निर्देशनलाई अनादेख गरिरहेको छ। नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) थप्ने पछिल्लो निर्णय यसको ज्वलन्त उदाहरण हो। सरकारले कात्तिक २७ गते नेपाल प्रहरीमा एआइजी थप्ने निर्णय गर्‍यो। सोही निर्णयका आधारमा गृहसचिव नेतृत्वको बढुवा समितिले एक डिआइजीलाई मंसिर १५ गते…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको उचाइ लिने यी दुई जो मृत्युको मुखमा पुगेर फर्किए...

    सगरमाथाको उचाइ लिने यी दुई जो मृत्युको मुखमा पुगेर फर्किए...

    काठमाडौं :  नापी विभागको हल। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल सगरमाथाको नयाँ उचाइ घोषणा हुने कार्यक्रममा सरिक थिए। अगाडी स्क्रिनमा थिए चिनियाँ समकक्षीहरु। ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेर विश्वकै सर्वोच्च शिखर सगरमाथाको बढेको उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर सार्वजनिक गर्दै गर्दा इन्जिनियर रविन कार्की मंगलवार निकै खुसी देखिन्थे।…

    विस्तृतमा पढ्नुस्

  • नेपालको त्यो पुल जसले एकै दिनमा दिल्लीलाई जोड्न सक्छ तिब्बतको मानसरोबरसँग

    नेपालको त्यो पुल जसले एकै दिनमा दिल्लीलाई जोड्न सक्छ तिब्बतको मानसरोबरसँग

    कुटनीतिक वृत्तमा जतिसुकै चिसोपन किन नआवस् भारतीयका लागि चीनको तिब्बतमा रहेको मानसरोवर पुग्न एउटा ठूलै महत्वकांक्षा हुने गर्छ। ‘धर्म’सँग जोडिएको सम्बन्ध सेतुलाई नेपालमा बन्दै गरेको एउटा पुलले साथ दिँदैछ। महाकाली नदीमाथि बनिरहेको यो पुलले भारत र चीनलाई नजिक्याउने मात्र होइन, पश्चिम नेपालको कायापल हुने अपेक्षामा छन् यहाँका मानिसहरु। दिल्लीबाट एकै दिनमा मानसरोबरसम्मको यात्रा कुनै समय कल्पनाको पनि विषय थिएन। नेपालले…

    विस्तृतमा पढ्नुस्

  • कानुनमा फोहोर गर्नेलाई महंगो जरिवाना, तै पनि किन सडकमै फोहोर फालिन्छ उपत्यकामा?

    कानुनमा फोहोर गर्नेलाई महंगो जरिवाना, तै पनि किन सडकमै फोहोर फालिन्छ उपत्यकामा?

    काठमाडौं: सरसफाई मानव स्वच्छताको अभिन्न अंग हो। मानवको पहिलो परिचयको प्रतीक पनि। सरसफाई व्यक्तिगत तहमा, सहरको तहमा, देशको तहमा र विश्वको तहमा हुन्छ। हामी यहाँ देशको राजधानी काठमाडौं सहरको तहमा सरसफाईको चर्चा गर्दैछौं। सबैलाई थाहा भएकै कुरा हो, हाम्रो काठमाडौं त्यति सफा छैन। धुलोधुवा त भइहाल्यो, घरबाट निस्कने फोहोर सडकमा यत्रतत्र फ्याँकेको पाउँछौं। काठमाडौं उपत्यकामा ठाउँ ठाउँमा खुल्ला फोहोरका डंगुर…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सैनिकलाई हेलिकप्टरमै ढुवानी, नेपालतिरका भने हेरेको हेर्‍यै

    भारतीय सैनिकलाई हेलिकप्टरमै ढुवानी, नेपालतिरका भने हेरेको हेर्‍यै

    दार्चुला (छाङरु) : लिम्पियाधुरा, कालापानी र लिपुलेकको नक्सा प्रकरणपछि सरकारले छाङरु र तिंकर गाउँमा उपस्थिति बढाएको छ। भारतको कब्जामा रहेका भूमिलाई नक्सामा समावेश गरेसँगै छाङरुमा सुरुमा सशस्त्र प्रहरी बलको बीओपी र पछि गुल्म नै राख्यो। नेपाल प्रहरीको उपस्थिति पनि बढायो। संख्यात्मक रुपमा उपस्थिति बढाए पनि यहाँ उनीहरुका लागि सेवा सुविधा भने एकदमै न्यून छ। सवारी साधनदेखि हतियारसम्म पुरानै प्रविधिमा काम…

    विस्तृतमा पढ्नुस्

  • भारतीय गाउँलाई मोबाइलमा नेपाली नेटवर्ककै भर, नेपालको फ्रि वाइफाइ चलाउन आउँछन् भारतीय

    भारतीय गाउँलाई मोबाइलमा नेपाली नेटवर्ककै भर, नेपालको फ्रि वाइफाइ चलाउन आउँछन् भारतीय

    दार्चुला (छाङरु) : छाङरुमा इन्टरनेट चल्न थालेको दुई वर्ष भयो। भायनेटले दुई वर्षअघि कौवाभन्दा माथिको डाँडामा टावर राख्यो जसलाई स्थानीयले ज्याख्ती टावर भन्छन्। सरकारसँगको सम्झौताअनुसार भायानेटले यहाँको स्वास्थ्य चौकीलाई केन्द्रित गरेर नि:शुल्क इन्टरनेट सेवा दिइरहेको छ। स्थानीयहरु इन्टरनेट चलाउन महाकाली किनारको स्वास्थ्य चौकीको परिसरमा भेला हुन्छन्। नेपालीमात्र होइन, महाकाली पारिका भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरु पनि नेपाली नेटमा…

    विस्तृतमा पढ्नुस्

  • साताको दुई दिन पुलको ढोका उघ्रिँदा सीमानाका बासिन्दाको घट्यो सास्ती

    साताको दुई दिन पुलको ढोका उघ्रिँदा सीमानाका बासिन्दाको घट्यो सास्ती

    दार्चुला : दार्चुलाको खलंगा नाका सातामा दुई दिन खुल्ने भएसँगै सीमावर्ती क्षेत्रका नागरिकको जीवन सहज हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको धारचुला प्रशासनले बुधवार र शनिवार नाका खोल्ने सहमति गरेसँगै लकडाउन यता तालाबन्दी लाग्दै आएको झोलुङ्गे पुलको ढोका आंशिक रुपमा भए पनि खुल्ने छ। प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले नाकामा हुने भिडभाडलाई कम गर्न सातामा दुई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell