PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • 'बुलिस' ट्रेन्ड कि 'फुलिस' ट्रेन्ड : घाटाले रुवाबासी हुँदा सेयर उक्लेर हैरान!

    'बुलिस' ट्रेन्ड कि 'फुलिस' ट्रेन्ड : घाटाले रुवाबासी हुँदा सेयर उक्लेर हैरान!

    अर्थतन्त्र डाँवाडोल। विकास खर्च लाजमर्दो। उद्योगधन्दा कहिले ठप्पै, कहिले धिपधिपे। निषेधाज्ञाले कारोबार मन्दी। मानिसको गतिविधि ठप्प। होटल क्षेत्रमा रुवाबासी। तर, चम्केको छ सेयर बजार। तलब खुवाउन नसक्ने होटल सेयर भाउ उकासिएर किनिनसक्नु ! आखिर किन? विज्ञको एभरग्रिन जवाफ - बजार भनेकै यही त हो - कहिले बुलिस् कहिले बियरिस। यो बुलिस ट्रेन्डले कतिलाई 'फुलिस' बनाउने हो पत्तो नाई! कि कसो? 

    विस्तृतमा पढ्नुस्

  • ल आयो चिठ्ठा चिठ्ठा, बुढालाई नभए बुढीलाई पक्का! तर कहिले 'बा'?

    ल आयो चिठ्ठा चिठ्ठा, बुढालाई नभए बुढीलाई पक्का! तर कहिले 'बा'?

    कतिपय मन्त्रीलाई सरकारी क्वाटर 'के घर, के डेरा' बन्यो यसपाला। पति मन्त्रीबाट आउट हुँदा पत्नीलाई पद, पत्नीलाई आउट गर्दा पतिलाई पद। प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा '...खस्ला र पाउँला' भन्दै बसेकाहरु हिस्सा भए। १० सिटे सम्झौता गरेको जनता समाजवादीलाई एक सिट 'मुफ्त'मा मिल्यो। मन्त्रीहरु कतिन्जेल रहलान्, सर्वोच्च अदालतले के फैसला गर्ला, थाहा छैन। तर, मुखमा आइसकेको पद स्वाट्टै अन्तैतिर पुगेपछि के…

    विस्तृतमा पढ्नुस्

  • सबै भेरियन्टलाई चक्मा दिने अद्‍भूत क्षमता!

    सबै भेरियन्टलाई चक्मा दिने अद्‍भूत क्षमता!

    प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्वकै एकमात्र अद्भुत क्षमता भएका नेता हुन्। उनीजस्तै त सारा ब्रम्हाण्डमा खोजे पनि कोही कतै भेटिँदैन। उनी यति गतिशील छन् कि सूर्यको प्रकाश माथ खान्छ। कतिखेर चर्का भारत विरोधी बन्छन् त कतिखेर लपक्कै मिल्छन् पत्तै हुन्न। कतिखेर के बोल्छन् कसैले अनुमान गर्नै सक्दैन। त्यसैले उनका साइबर सेनालाई पनि कठिन हुन्छ हो - प्रतिरक्षा गर्ने…

    विस्तृतमा पढ्नुस्

  • न्यायालयमा राजनीति कि राजनीतिमा न्यायालय !

    न्यायालयमा राजनीति कि राजनीतिमा न्यायालय !

    यतिखेर रामशाह पथ केन्द्रमा छ। नजर सबैको त्यतै। राम शाहको गोरखा प्रख्यात थियो - न्याय नपाए गोरखा जानु उखानै बन्यो। सर्वोच्च अदालत अगाडिको सडक त्यसै राम शाह पथ बनेको होइन। तर, यतिखेर राजनीतिले यसरी गिजोलिसक्यो कि - न्यायालयले जसो गरे पनि सुख नपाउने निश्चित छ। गजबको परिदृश्य छ यतिखेर - न्यायालयमा राजनीति छ, राजनीति पनि न्यायालयकै वरपर। मुल मुद्दा एकातिर छ…

    विस्तृतमा पढ्नुस्

  • चुरे दोहन चार्टर!

    चुरे दोहन चार्टर!

    अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्युनीकरणको प्रयासमा नेपाल सरकार लाग्ने जनाए। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको ११९ नम्बर बुँदामा उल्लेख छ : वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। अझ उक्त बुँदामा थप लेखिएको छ - निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि…

    विस्तृतमा पढ्नुस्

  • चुनावै आयो, तिरिमिरी झ्याइँ...

    चुनावै आयो, तिरिमिरी झ्याइँ...

    हुनेछ, सकिनेछ, गरिनेछ...। यसपाला पनि उही कुरोले रफ्तार लियो। स्वास्थानी पाठ गरेको शैलीमा अर्थमन्त्रीले भट्याए - रेलकै कुरो, मेट्रोरेलकै कुरो, सुरुङकै कुरो। अनि चुनाव भए पनि नभए पनि - झटारो त हान्नै परो। चुनाव भए 'नेछ...' हुनु परिगयो। चुनाव भएन भने पनि 'हाम्ले खोजेको हो नि गर्न, काम गर्नै दिएनन्...' भन्नै परो। त्यसैले बजेट उस्तै हो - चुनावै आयो, तिरिमिरी…

    विस्तृतमा पढ्नुस्

  • 'गरिबलाई गस्ती, शासकलाई मस्ती'

    'गरिबलाई गस्ती, शासकलाई मस्ती'

    एक महिना देखि काठमाडौं उपत्यका ठप्प छ। कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञा लम्बिदैछ। जनता घरभित्रै थुनिएका छन्। कमाउने साध्य सबै बन्द छ। निम्न आय भएकालाई जिजीबिषा चलाउन त गाह्रै छ मध्यम आय भएकाहरुको समस्या पनि उस्तै छ। यसबिच काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले शुक्रवारबाट किराना पसल खोल्न रोक लगाएको छ। सिडिओहरुले उर्दी जारी गरि भनेका छन् : दुई दिनमा हप्तालाई…

    विस्तृतमा पढ्नुस्

  • चुनावको तीब्र तयारी !

    चुनावको तीब्र तयारी !

    खोप जनताले पाउनु या नपाउन् - तीब्र तयारी सुरु भएको छ चुनावको। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन आयोगतिर हस्याङ्फस्याङ जारी छ। आयोगको तयारी तीब्र - ओलीको आदेश शिरोपर गर्दै। यसैगरी अगाडि बढ्दै गए पक्कै चुनावका सभाहरु हुनेछन्। विरोधमा जुलुस पनि जारी रहने छन्। अनि कल्पना गरौं - तोकेकै मितिमा चुनाव हुनेछ। र, देखिनसक्छ यस्तै खालको दृश्य : *** पख्नुस्। कुर्नुस् एकछिन। तपाईँ…

    विस्तृतमा पढ्नुस्

  • खोजेको अक्सिजन, दिने भयो धुवाँ !

    खोजेको अक्सिजन, दिने भयो धुवाँ !

    जनता अस्पतालको खोजीमा छन्। शय्याको सकस छ। अक्सिजनको अभाव। भेन्टिलेटर भेटिन्न। मिल्दैन आइसीयू। अनि वन मन्त्री भन्छन् - चिन्ता नलिनु, चिताका लागि अभाव हुनेछैन काठ।  प्रधानमन्त्री अस्पतालमा बेड अभाव देख्दैनन्। सासको सकस कस्तो हुन्छ भोगिरहेका छन् जनता। अभावको श्रृङ्खला यति लामो भइसक्यो कि सरकारतिर लोलाएका आँखा र चनाखो भइरहेको कानले सुन्नुपर्छ - जलाउन दाउरा अभाव हुन्न। ट्रकका ट्रक तराईबाट आउँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • त्यो पर्दैन.. अक्सिजन पहिला यता भरौं

    त्यो पर्दैन.. अक्सिजन पहिला यता भरौं

    'त्यो पर्दैन', राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका रुपमा ओलीलाई सपथ गराइरहँदा ओलीले राष्ट्रपतिलाई टेकओभर गरे। राष्ट्रपतिले बोलेको शब्द दोहोराउन अस्वीकार गरेपछि राष्ट्रपति पनि हाँस्दै अघि बढिन्। ओली फेरि प्रधानमन्त्री बने। यता शब्द शब्द छानेर ओली आफ्नो पुरानै सरकार ब्युँताइरहेको बेला जनता भने कोरोनाको मारमा अक्सिजन र अस्पतालमा बेड खोज्दै भौंतारिँदै थिए। उनको सपथको बेला अस्पताल बाहिर मानिसहरुको चाप बढ्दै थियो। कोरोना…

    विस्तृतमा पढ्नुस्

  • शवमाथि शासकको आसन !

    शवमाथि शासकको आसन !

    कोरोनाका सक्रिय सक्रमित एक लाख बढी हुँदा मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ। पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ। वैशाख २८ गते हालसम्मकै उच्च संख्यामा संक्रमितको निधन भयो। उक्त दिन २२५ जनाले ज्यान गुमाए।   कोरोनाबाट संक्रमित हुने र मृत्युदरमा समेत उच्च वृद्धि भइरहेका बेला मुलुक भने राजनीतिक तरंगकै वरिपरि घुमिरहेको छ। सरकार गठन, गठबन्धन निर्माणलगायतका…

    विस्तृतमा पढ्नुस्

  • समाजवादको ‘नेपाली मोडल’ : कोरोनाका बिरामीलाई ट्याक्टर, मनोनयन दर्ताका लागि हेलिकप्टर

    समाजवादको ‘नेपाली मोडल’ : कोरोनाका बिरामीलाई ट्याक्टर, मनोनयन दर्ताका लागि हेलिकप्टर

    कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा अस्पतालमा बेड अभाव भइरहेको छ। नयाँ भेरियन्ट निकै तीव्र गतिमा फैलँदा कतिपय जिल्लाहरुमा कोरोना नियन्त्रणहिर पुगिसेकेको छ। अस्पतालमा बेडमात्र हैन, अस्पतालसम्म पुग्न एम्बुलेन्ससम्म नपाएर सर्वसाधरण ज्यान गुमाइरहेका छन्। काठमाडौंका केही अस्पतालले अक्सिजन अभाव भएको समेत जनाइसकेका छन्। यसै साता दुई फरक दृश्य सञ्चारमाध्यममा आए। ती दुई तस्विरमा एकातिर कोरोना संक्रमित अस्पताल जाने एम्बुलेन्स नपाएर…

    विस्तृतमा पढ्नुस्

  • लडेँ, लडेँ, लडेँ म त, लौन समाऊ...समाऊ

    लडेँ, लडेँ, लडेँ म त, लौन समाऊ...समाऊ

    माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुग्दा, प्रधानमन्त्री केपी शर्मा ओली कडै व्यङ्ग्य गरेका थिए। तर, तिनै ओली हिजो लावालस्करसहित देउवाको ढोका गुहार्न पुगे - वैशाख २७ गतेको परीक्षामा पास गराइदेउ भन्दै। त्यसो त २७ गते ओलीको निक्कै प्यारो रहेछ। उनले प्रतिनिधिसभा विघटन गर्दै चुनाव गर्ने मिति पनि वैशाख १७ र २७ तोकेका थिए। आखिर…

    विस्तृतमा पढ्नुस्

  • सरकार! गुहाऽऽऽर...

    सरकार! गुहाऽऽऽर...

    हामी यहाँ छौं ।

    विस्तृतमा पढ्नुस्

  • शंकरको शपथ कसले सक्छ रोक्न?

    शंकरको शपथ कसले सक्छ रोक्न?

    हेऽऽऽ इ! शंकर हुँ म शंकर!!

    विस्तृतमा पढ्नुस्

  • कोरोना निषेध गाउँ !

    कोरोना निषेध गाउँ !

    'यो गाउँ जाने? त्यो गाउँ जाने?' कलंकीमा सहचालक यात्रुहरुलाई बोलाउन व्यस्त। काठमाडौंमा कोरोनाको डरले घर फर्किन लागेकाहरु आफ्नो गाउँ जाने बस कुर्दाकुर्दै वाक्क। सरकारले दुई दिन समय दिएको छ काठमाडौं छाड्न। कोरोनाबाट बच्न। त्यसैले गाउँ जान कलंकीमा भेला भएको भिडमा कोरोना छैन। कोचाकोच बसमा संक्रमण फैलिन सक्दैन। बस् काठमाडौंबाट गाउँ पुग्नु छ। किनकी गाउँमा कोरोना छैन!

    विस्तृतमा पढ्नुस्

  • २५ तले धरहरा मुनि २५ जनाको मेला !

    २५ तले धरहरा मुनि २५ जनाको मेला !

    शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको नयाँ धरहरा कति तलेको हो ? कसैले ११ तला रे, कसलैले २२, कसैले २५ ! सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएकोले २५ तले धरहरा भनिएको होला समेत भने। वास्तवमा यो धरहरा बाहिरबाट ११ तले देखिन्छ। भित्रबाट चाहिँ २२ तले रे। अझ जमिन मुनिको तीन तल्ला गणना गर्ने हो भने २५ पुग्ने रहेछ।…

    विस्तृतमा पढ्नुस्

  • काठमाण्डुको २२ तल्ले धरहरा, चढ्नलाई छ लिफ्टको सहारा...

    काठमाण्डुको २२ तल्ले धरहरा, चढ्नलाई छ लिफ्टको सहारा...

    अब तुइन होइन, धरहरा चढेर टिकटक बनाउने, है नानी!

    विस्तृतमा पढ्नुस्

  • नेता नै सिमेन्टको बनाइदिम्, लौ त गर फ्लोर क्रस!

    नेता नै सिमेन्टको बनाइदिम्, लौ त गर फ्लोर क्रस!

    विकास भनेकै समृद्धि हो, समृद्धि भनेकै सिमेन्ट। सिन्धुलीबाट सुरु भएको सिमेन्टका रुख बनाउने अभियानले देशालाई समृद्ध बनाइसकेको छ। सिमेन्ट र फलाम उद्योग प्रवर्द्धनमा यो भन्दा ठूलो योगदान के? रुख ढालेरै भए पनि कंक्रिट ठड्याउनु पर्छ। भ्यू टावरले देश समृद्ध भइसकेपछि रुख काटेर  सिमेन्टका रुख नउमारी के गर्नु त? सिमेन्टको रुख नढल्ने, सदाबहादर पात र फल लागिरहने भएकाले आएन त स्थायी विकास?…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले कोभिडलाई यसरी लखेट्छ!

    प्रधानमन्त्रीले कोभिडलाई यसरी लखेट्छ!

    प्रधानमन्त्रीले कोभिडलाई यसरी लखेट्छ! भ ट ट ट....

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell