PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • राइनोको पछि लागेर कता हो नि?

    राइनोको पछि लागेर कता हो नि?

    गैंडा ब्रान्ड बनेको छ - नेकपा एमालेको महाधिवेशनमा। त्यसैलाई लिएर बहसहरु पनि भए। पार्टी अध्यक्ष केपी शर्मा ओलीको गैंडा प्रेम 'भाइरल' नै भएको विषय पर्यो । त्यसैलाई एमालेका कार्यकर्ताले ब्रान्डिङको विषय बनाए। अहिले गैंडामय बनेको छ चितवन। किनकि संघारमा छ एमालेको महाधिवेशन। विभाजनले सिर्जना गरेका कटाक्षहरु जारी छ। एकअर्का प्रति कटू शब्दवाण चलिरहेकै छ। लामो समय पार्टीलाई नेतृत्व दिएका माधवकुमार…

    विस्तृतमा पढ्नुस्

  • यता बार, उता वार कि पार! छक्कै छक्कै हान्ने है केटा हो!

    यता बार, उता वार कि पार! छक्कै छक्कै हान्ने है केटा हो!

    सर्वोच्च अदालत यतिखेर राजनीतिको खेल मैदान बनेको छ। न्याय सम्पादन सुनिने सर्वोच्च परिसरमा दिनहुँजसो कानुन व्यवसायीहरु र प्रहरीको धकेलाधकेल हुन्छ। नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै उत्रेको छ धर्नामा। वार्ताको प्रयासमा छन् प्रधानन्यायाधीश। तर बारले मान्ने छाँट देखाएको छैन। यो बीचमा सर्वोच्च परिसरमा रोचक दृश्यहरु पनि देखिन थालेका छन्। न्याय सम्पादन गर्ने श्रीमानहरुबीच नै यस्तो कचिङ्गल कहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • यो आयल्स् निगम हो कि पायल्स् निगम?

    यो आयल्स् निगम हो कि पायल्स् निगम?

    पेट्रोलियम पदार्थको मुल्य बढ्दा मार्कामा छन् साधारण जनता। जसले गर्दा महंगी पनि उकालो चढेको छ। सर्वसाधारणका लागि आयल निगमको प्रत्येक पटकको मुल्यवृद्धि घोषणा यसरी नै बसी खान नदिने खबर बनेको छ।

    विस्तृतमा पढ्नुस्

  • चोकतिर है केटा हो, चोकतिर!

    चोकतिर है केटा हो, चोकतिर!

    'चोकतिर है केटा हो, चोकतिर' पछिल्लो दिनमा चर्चामा रहेको थेगो। चितवन गड्यौलीका मानबहादुर तामाङले ठट्यौली पारामा प्रस्तुत गरेको उक्त बोली अहिले युवामाझ छाइसक्यो। मानबहादुर आफू निर्वाहमुखी रोजगारीमा छन् तर उनको बोली थेगो बनेको छ। यसले नेपालमा बेरोजगारी चुलिएको देखाउँछ। पछिल्लो पटक अमेरिकाले प्रदान गर्ने डिभी चिट्ठा भर्नका लागि युवाहरु राहदानी लिन राहदानी विभागमा ओइरेका छन्। डिभी चिट्ठा भर्न राहदानी अनिवार्य…

    विस्तृतमा पढ्नुस्

  • ‘कालो कोटे’ आए आँगन राजीनामा मागन ...

    ‘कालो कोटे’ आए आँगन राजीनामा मागन ...

    तिहारको माहोल छ। देशभर देउसी भैलो कार्यक्रम भइरहेको छ। रामशाह पथमा रहेको सर्वोच्च अदालतमा पनि केही दिनदेखि देउसी भैलो चलिरहेको छ तर, राजनीतिक। हरेक दिन एक हुल कानुन व्यवसासी अदालत प्राङ्गणमा पुग्छन्, विरोध सभा गर्छन् फर्कन्छन्। कालो कोट लगाएर हातमा कालोपट्टी बाँधेका कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिरहेका छन्। सेतो पट्टी बाँधेर केही कानुन व्यवसायीले अवरुद्ध सुनुवाइ सुरु हुनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • हत्तेरी, अल आउट नै पो!

    हत्तेरी, अल आउट नै पो!

    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पक्षमा बहुमत पाएपछि केन्द्रदेखि प्रदेशसम्म एकछत्र राज गरेको थियो नेकपाले। माओवादी र आफ्नै नेताद्वय माधव नेपाल र झलनाथ खनालको असन्तुष्टिलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न नसकेपछि नेकपा तीन टुक्रा भयो।  अनि एकपछि अर्को गर्दै केन्द्रीय सरकारमात्र हैन आफू पक्षीय सबै प्रदेश सत्ताको नेतृत्व गुमाएको छ एमालेले। अनेक प्रयासका बाबजुद प्रदेश १ बाट…

    विस्तृतमा पढ्नुस्

  • धमलाको हमला!

    धमलाको हमला!

    बेलाबेला चर्चामा आइरहने पत्रकार हुन् ऋषि धमला। पढाइको विषयदेखि आफ्नो व्यक्तिगत प्रसंगको प्रश्नमा झोक्किने धमला अन्तर्वार्तामा पाहुनालाई भने र्‍याखर्‍याख्ती पार्नेदेखि थर्काउन पनि पछि पर्दैनन्। धमलालाई 'माया बैगुनी नभई नहुनी' भनिसकेका छन् नेताहरुले। 'धमलाको हमला'देखि 'जनता जान्न चाहन्छन्' बाट चर्चित धमला नेपाल बार एसोसिएसनको चलिरहेको बैठकबाट पुन चर्चामा छन्। अराजक र उन्माद शैली - लाइभ भन्दै जारी बैठकभित्र छिरेर वार्ता शुरु…

    विस्तृतमा पढ्नुस्

  • रामशाहपथ कि चोलेन्द्रपथ?

    रामशाहपथ कि चोलेन्द्रपथ?

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कार्यकाल शुरुबाटै विवादरहित रहेन। अहिले सत्तामा भाग खोजेका कारण उनको राजीनामा माग गरिएको छ। बार एसोसिएसनले उनको राजीनामा मागिरहेको छ। पूर्वप्रधानन्यायाधीशहरुले पनि सर्वोच्चबाट राणाको बहिर्गमन नै चाहेका छन्। न्यायाधीशहरुले फुलकोर्ट बहिस्कार गरिरहेको छ भने जनदबाव उत्तिकै छ। तर राणा दबाव नसुनी आफ्नो पद कसरी जोगिन्छ भन्ने लाइनमा लागेको देखिन्छ।

    विस्तृतमा पढ्नुस्

  • गिनिज बुक रेकर्ड : आधा काम ओलीको, आधा देउवाको!

    गिनिज बुक रेकर्ड : आधा काम ओलीको, आधा देउवाको!

    बुधवार पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरे - गिनिज बुक त आधा त हामीले गरेको कामले भरिन्छ। पूर्वदेखि पश्चिमका जनता बाढीपहिरोको कहरमा आफ्नो सास जोगाउन कुदिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पनि १०० दिनको उपलब्धि फेहरिस्त प्रस्तुत गरे। दुई नेताको रेकर्ड प्रतिस्पर्धा चल्दा सास रहेका किसानहरु भित्र्याउन ठीक्क पारेको धान वर्षा र बाढीले डुबेर खिन्न थिए। तिनका दु:ख…

    विस्तृतमा पढ्नुस्

  • भाडा जोगाउने काइदा!

    भाडा जोगाउने काइदा!

    महंगी दिनानुदिन बढ्दो छ। यता वाग्मती प्रदेशको सार्वजनिक सवारी साधनमा भाडा थपेर तिर्नुपर्ने नियम सरकारले नै बनाइदिइसक्यो। यसले काठमाडौं झनै महंगिएको छ। दैनिक ज्यालादारी गरी गर्जो टार्नेका लागि चर्को भाडादरले मार परेको छ। यस्तो बेला खै के पो उपाय अपनाउने?

    विस्तृतमा पढ्नुस्

  • ह्याप्पी दसैं है पासा!

    ह्याप्पी दसैं है पासा!

    दसैंको महंगी। अझ दसैंमा महत्वपूर्ण मानिएको खसीबोका र च्याङ्ग्राको भाउ यसपटक झनै महंगियो। मासुका लागि खसीबोका र च्याङ्ग्राको भाउ बजारमा बुझेपछि कति त मनमनै खसीबोकालाई नै यसो भन्दै फर्कँदै होलान् - ह्याप्पी दसैं है पासा।

    विस्तृतमा पढ्नुस्

  • जेलैमा हो जेलैमा गोरे जेलैमा!

    जेलैमा हो जेलैमा गोरे जेलैमा!

    त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन अझै पत्ता लाग्न सकेको छैन। तर प्रकरणमा जिल्ला अदालत मोरङले झन्डै चार वर्षपछि फैसला सुनाउँदै ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकेको छ। अदालते ४८ जनालाई सफाई दिएको छ। सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे)सँगै टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले, लाक्पा शेर्पा र नरेन्द्र कार्कीलाई जन्म कैद सुनाइएको हो।  दुई…

    विस्तृतमा पढ्नुस्

  • बोतलको पानीले, उखान सुन्ने बानीले...

    बोतलको पानीले, उखान सुन्ने बानीले...

    पोलदेखि बोतलसम्म। सबैतिर एकै ब्रान्ड - केपी ओली। एमाले नेतादेखि कार्यकर्ताका लागि जे हुन् ओली, बाँकी तपसिल। नाममा विधान महाधिवेशन, केन्द्रमा केपी। त्यसैले दरबारमार्गका पोलदेखि गोदावरीको बगैचासम्मै उनकै तस्बिर। अनि किन नभन्नु- हे बोतलको पानीले उखान सुन्ने बानीले पेटै दुख्यो हाँस्ने बानीले।  

    विस्तृतमा पढ्नुस्

  • ५० लाख धरौटी ! एक छिन है...

    ५० लाख धरौटी ! एक छिन है...

    नामै जोडिएका मणि। अर्थात्, चुडामणि। अर्बमाथि बदनीयतमा  ५० लाख रुपैयाँमात्र धरौटी। १ अर्ब ३३ करोड रुपैयाँ बर्क्यौता कर छुट दिएका हुन्, उनीमाथि अन्याय किन हुन्थ्यो! जे भए पनि लोकसेवा भिड्नेका लागि किताब लेखेरै धन जोडेकै हुन्। अब त्यसमा नाम पनि जोडिदिए हुन्छ। मिनाह बदनियतपूर्वक गरेको विशेष अदालतको आदेश न हो। पछि उल्टिन के बेर! नाम भए पनि बदनाम भए पनि…

    विस्तृतमा पढ्नुस्

  • ओई, कल्लाई पदके भन्या?

    ओई, कल्लाई पदके भन्या?

    सत्ता फेरियो - चलन उही। पद पायो, पदक बाड्यो । डाडु पन्यूमा यसपाला शेरबहादुर देउवाको पालो यसपाला। आसेपासे र चाकरीबाज नछिर्ने कुरै भएन। पदक पाउने केही सज्जनका बिचमा आसेपासे र कार्यकर्ताको भिड हुरुरु छिरिहाल्यो। नाम संविधान दिवस, काम पदके बढाउने! रमाइलो त के भने देउवाले पदक बाढ्दा केपी शर्मा ओली पक्षधरको चर्को रोइलो। अब ओली चाहिँ चोखा भन्ठानेको भए पोहर…

    विस्तृतमा पढ्नुस्

  • ल्याङ् ल्याङ् पार्टी साइड लाग्…

    ल्याङ् ल्याङ् पार्टी साइड लाग्…

    नेकपा एमालेमा अहिले पनि १० बुँदे सहमतिको माग उठ्न थालेको छ। माधव नेपालले खटाएका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँग बसेर असार २७ गते जारी गरेको १० बुँदे सहमतिको खाका बनाए। सहमतिको विन्दु नपुगेपछि माधव नेपाल अहिले नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेर नयाँ पार्टी चलाउन थालिसकेका छन्। यता एमालेमै रहेका भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायत १० जना नेता…

    विस्तृतमा पढ्नुस्

  • फेरि फोन गर्नुपर्ने हो?

    फेरि फोन गर्नुपर्ने हो?

    पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको असन्तुष्टि बढ्दो छ। बजार खस्कँदा उनीहरु सरकारी नेतृत्वसम्म ढोका ढक्ढक्याउनसम्म पुग्छन्। यही प्रसंगमा संसदमासमेत प्रश्न उठ्यो। नेमकिपाका सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्मालाई सेयर बजार उठानबारे जवाफसमेत मागे। गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्रीले गरेको फोनपछि सेयर बजार उकालो लागेको विषयमा सुवालको प्रश्न थियो। जवाफमा अर्थमन्त्री शर्माले आफूले फोनमार्फत सेयर बजार बढाउने कुनै भूमिका नखेलेको जनाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • बा, कुन देखाउँ? जिन्दावाद कि मुर्दावाद?

    बा, कुन देखाउँ? जिन्दावाद कि मुर्दावाद?

    बडो सकसपूर्ण बनेको छ एमसीसी। सरकारमा हुँदा एमसीसी पास गर्न मरिहत्ते गरेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बिचमा एकाएक फेरियो बोली। संसदीय दलको बैठकमा एमसीसी पास गरे राष्ट्रघात हुने भनियो तर निर्णय चाहिँ गरिएन।  ओलीले बिचमा भाषण गर्दा एमसीसीमाथि यूटर्न भए झै देखियो पनि। तर, फेरि एमसीसीका उपाध्यक्ष फतिमा सुमार, नायब उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं उत्रिए। पहिलो भेट नै ओलीसँग…

    विस्तृतमा पढ्नुस्

  • खाली सीसी कि एम सीसी? कन्फ्युज्ड !

    खाली सीसी कि एम सीसी? कन्फ्युज्ड !

    बुझाउनेले कुरा गतिलोगरी बुझाएनन्। बुझ्नेले पनि बुझेछन्, आफू अनुकूल। हिजो जिन्दावादका नारा लगाउनेहरु आज त्यसैलाई भन्दैछन् मुर्दावाद। नेताहरु यति धेरै पिपलपाते भइसके कि कहिले एमसीसी नै देख्छन् त कहिले खाली सीसी। तिनैबाट प्रशिक्षित छन् - कार्यकर्ता। सहीलाई गलत र गलतलाई सही भन्दा 'जसोजसो बाहुनबाजे उसैउसै स्वाह' भने झै भेडाकै शैलीमा होमिन्छन्। अनि लगाउँछन् नारा - जिन्दावाद र मुर्दावाद। अब कार्यकर्ता…

    विस्तृतमा पढ्नुस्

  • जसले जे भनुन्, चल्ने यसैगरी हो!

    जसले जे भनुन्, चल्ने यसैगरी हो!

    नाम शेर भए पनि बनाइदिए चिप्लेकिरा! गति त किन बढ्थ्यो? मेरो भागमा मन्त्रालयको भारी यसरी कहिल्यै थिएन। यसो आफ्नै दलका साथीहरु तानौं सघाउनेभन्दा सताउनेहरु कुर्सी ताकेर बसेका छन्। चुनावको मुखमा मलाई नै चुनौती दिनेका मान्छेलाई मन्त्री बनाउनुभन्दा माधव, प्रचण्ड र उपेन्द्रकै मानिसले खाउन्! मैले दिएर मन्त्री खानेले पार्टीमा मलाई नै खान खोजे भने कसरी सहनु? आखिरमा रामचन्द्र, शेखर वा शशांकले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell