PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • साइकल गुडाउँदै मत माग्न पाइँदैन है !

    साइकल गुडाउँदै मत माग्न पाइँदैन है !

    स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्ने दिन नजिकिँदै छ। उम्मेदवारहरु मतदाता रिझाउने प्रयासमा छन्। राजनीतिक दलहरुले पनि घोषणापत्र सार्वजनिक गरिरहेका छन्। बिजुली नि:शुल्क दिनेदेखि मदिरा पिउन कार्डको व्यवस्था गर्ने वाचा दलहरुले गरिरहेका छन्। मत माग्न जाँदा उम्मेदवारहरुलाई साइकल र्‍याली गरेर प्रचारप्रसार गर्न रोक लगाइएको छ। तर, हेलिकप्टर भने प्रयोग गर्न पाइने आचारसंहिता बनाइएको छ। अहिले उम्मेदवारहरु भने चुनावी प्रचारमा लागिसकेका…

    विस्तृतमा पढ्नुस्

  • नाइँ मलाई त्यही गाडी चाहिन्छ ...

    नाइँ मलाई त्यही गाडी चाहिन्छ ...

    जागिर बापत तलब। अरु आम्दानीका लागि तेल त चाहियो नि। गाडी मिलेसम्म पुरानै चलाउने। चलाउने कम, बनाउने ज्यादा। बनाउँदा सट्टापट्टा पनि गर्न मिल्ने। तेलको मेलो त अर्के कुरा भयो। फेरि बेलाबेलामा इन्जिन आयल फेर्नै पर्‍यो। फिल्टर र अरु पनि फेर्न परे पनि नपरे पनि फेर्दिने। नभए बिलमा चाहिँ फेरेको देखाउन मिलिहाल्ने। अब ती सबै कुरा टुटाउन पाइन्छ? खाइपाइ आएको सुविधा…

    विस्तृतमा पढ्नुस्

  • यी कमरेड जनार्दन शर्मा हुन् कि, हुन् दनादन शर्मा?

    यी कमरेड जनार्दन शर्मा हुन् कि, हुन् दनादन शर्मा?

    कुनै बेला बन्दुक बोक्दै नेपालको जंगल जंगल दौड लगाएका जनार्दन शर्मा अहिले नेपालको अर्थतन्त्रलाई दौडाउँदै छन्। जति गतिविधि गरेका छन् भूमिगत शैलीमै। दौडिन माहिर छन् उनी। अरुले ल्याउन लागेको बजेट रोक्न लडाकु पारा देखाउन खप्पिस उनी आफूले बजेट ल्याउन परेपछि छापामार पारा देखाइहाले। संसदमा एमसीसी दर्ता हुँदा 'विरामी' भइदिन खप्पिस देखिए उनी। टेबुल गर्दा बिरामी भएको भन्दै पर्वत पुगेर मस्तीमा रमाएकै हुन्।…

    विस्तृतमा पढ्नुस्

  • यी कमरेड जनार्दन शर्मा हुन् कि, हुन् दनादन शर्मा

    यी कमरेड जनार्दन शर्मा हुन् कि, हुन् दनादन शर्मा

    कुनै बेला बन्दुक बोक्दै नेपालको जंगल जंगल दौड लगाएका जनार्दन शर्मा अहिले नेपालको अर्थतन्त्रलाई दौडाउँदै छन्। जति गतिविधि गरेका छन् भूमिगत शैलीमै। दौडिन माहिर छन् उनी। अरुले ल्याउन लागेको बजेट रोक्न लडाकु पारा देखाउन खप्पिस उनी आफूले बजेट ल्याउन परेपछि छापामार पारा देखाइहाले। संसदमा एमसीसी दर्ता हुँदा 'विरामी' भइदिन खप्पिस देखिए उनी। टेबुल गर्दा बिरामी भएको भन्दै पर्वत पुगेर मस्तीमा रमाएकै हुन्।…

    विस्तृतमा पढ्नुस्

  • हैन ! आइपीओ भरेजस्तै मेयरको उम्मेदवारी?

    हैन ! आइपीओ भरेजस्तै मेयरको उम्मेदवारी?

    शहरमा फेरि रमिता सुरु भएको छ। चर्का नारा सुनिन थालेका छन्। नयाँ नयाँ अनुहारहरु नेता बन्ने दौडमा। पुराना अनुहार पनि उत्तिकै छन् रेसमा। स्थानीय तहको निर्वाचनमा उम्मेदवार दिनेको लहर छ – सेयर खुल्दा आइपीओ भर्नेजस्तै। १० कित्ता पर्नु भाग्य बनिसक्यो आजकल। त्यसैले उम्मेदवारको दावेदारी आइपीओभन्दा फरक रहेन। पार्टीले कसलाई टिकेट दिन्छ – अलग कुरा, आकांक्षी कति कति।

    विस्तृतमा पढ्नुस्

  • चुनाव आउँदैछ, किन दु:ख गर्ने क्या!

    चुनाव आउँदैछ, किन दु:ख गर्ने क्या!

    स्थानीय तहको निर्वाचन नजिकिएको छ। हेलि चार्टर गरेरै नेताहरु गाउँगाउँ पुग्न थालेका छन्। सहरिया नेता गाउँ पुग्दा स्थानीय नेताले कार्यकर्ताको हुल देखाउनैपर्छ। सहरिया नेता गाउँ पस्दा स्थानीय नेताले मिठो मसिनोको बन्दोबस्ती पनि गर्नैपर्छ - सहरी नेता अनि कार्यकर्तालाई। मिठोमसिनो पस्केपछि गाउँ डुल्दै भोट आफ्नो छाक टार्नेको पक्षमा हालिदिन भन्नैपर्‍यो। घरआँगनमा अचेल यस्तै रमझम देखिन थालेको छ।  

    विस्तृतमा पढ्नुस्

  • हाम्रा नेताको यस्तो छ पावर, जताततै ठड्याए भ्यू टावर!

    हाम्रा नेताको यस्तो छ पावर, जताततै ठड्याए भ्यू टावर!

    हिजो प्रचण्ड। आज ओली। भ्यू टावर उद्‍घाटनको जारी रह्यो रफ्तार। जनतासँग जोडिएर काम गर्न नसकेपछि देखाउने के त? नेताहरुले सुझाए उपाय - बनाए टावर। लहर नै चल्यो देशव्यापी। भ्यू टावर विकासको बन्यो नमूना। प्रतिस्पर्धा हुन्थ्यो त नेपालले सबैलाई जित्थ्यो - छोटो अवधिमा भ्यू टावरमय देश बनाउन। अभावका श्रृङ्खलालाई लत्याउँदै कंक्रिटका चुचुरा निर्माण गर्ने अदम्य क्षमता अरु देशका नेतामा होला त? पक्कै…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवार बन्न शैक्षिक प्रमाणपत्र? यो लिएर त म्यादीतिर गए हुन्छ !

    उम्मेदवार बन्न शैक्षिक प्रमाणपत्र? यो लिएर त म्यादीतिर गए हुन्छ !

    स्थानीय तहको निर्वाचन नजिकिएको छ। निर्वाचन नजिकिँदा देखिएका दुई फरक दृश्य हो विभिन्न पदमा उम्मेद्वारी र म्यादी प्रहरी आवेदनको। एकातिर मेयरदेखि वडाध्यक्षका आकंक्षीहरुको लर्को देखिन थालेका छन् भने अर्कोतिर चुनावी सुरक्षाका लागि म्यादी प्रहरी बन्न चाहनेहरुको लाइन। दुई लाइनको किनारा सरकारले तोकिदिएको योग्यताले छुट्याएको छ। डिग्री पास युवायुवती म्यादी भर्नाका लागि तँछाडमछाडमा छन् भने लेखपढमा अनुभव कम भएकाहरु जनप्रतिनिधि बन्ने…

    विस्तृतमा पढ्नुस्

  • आउ सक्छौ भने सिंगल सिंगल भिडौं !

    आउ सक्छौ भने सिंगल सिंगल भिडौं !

    पार्टीभित्र जे भनुन् कांग्रेस सभापति शेरबहादुर टुट्ने मुडमा छैनन्। प्रचण्ड पनि सहकार्यमा कांग्रेसको चिन्ह बोक्न पूरै तयार। पिरलोमा छन् एमाले अध्यक्ष केपी ओली। दुवै मिल्दाको तनाव चाहिँ एमाले अध्यक्ष ओलीलाई। त्यसैले भन्दैछन् सिंगल सिंगल भिडौं। सबैलाई आ आफ्नै चिन्ता कि कसो?

    विस्तृतमा पढ्नुस्

  • यहाँ पेट्रोल भर्न ऋण पाइन्छ !

    यहाँ पेट्रोल भर्न ऋण पाइन्छ !

    मन्त्रालयमा मन्त्री छैन। प्रधानमन्त्रीले बालुवाटारबाट चलाइरहेका छन् मन्त्रालय। गाडीमा हुइँकिरहेका छन् उनी। अगाडि पछाडि पछुवा राखेर। जनता भने हेरेको हेर्‍यै छन्। कुरेको कुर्‍यै छन्। कहिले इन्धनको मूल्य बढ्छ भनेर। पेट्रोल भर्न लाइनमा बस्ने भनेर। बढेको मूल्य तिर्न पनि सकस छ अहिले। कतै इन्धन किन्न ऋण लिन पर्ने अवस्था त आउँदैन? नेता मस्त गाडीमा सवार हुँदा जनता भने प्रश्न सोधिरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • पर्नु परो पिर... चुनावको मुखमा हलुवामा बालुवा

    पर्नु परो पिर... चुनावको मुखमा हलुवामा बालुवा

    होइन भनौं, भएकै हो। हो भनौं, चुनावको मुखमा कसरी सहनु पिर? एमाले कार्यकर्ताले पशुपति शर्माको 'लुट्न सम्म लुट...'लाई रोकेकै थिए। त्यो गीतमा त पार्टीको नाम जोडिएको थिएन। अनि यसमा त नामै काडियो। भोग्नेले पिर भोगे पनि वाक् फुटेको थे'न। गीतबाट बोली फुट्यो। यत्रो लामो संघर्षलाई १६ मिनेटको भिडियोले सखाप पार्ने? सयौं नेताका विशाल महल ठडिएकै छ। चिल्ला गाडी गुडेकै छ।…

    विस्तृतमा पढ्नुस्

  • हरियो प्लेट, हरियै साग! कांग्रेसी हौं कि क्या हो ?

    हरियो प्लेट, हरियै साग! कांग्रेसी हौं कि क्या हो ?

    भारतको उत्तर प्रदेशमा मायावतीको चुनाव चिन्ह हात्ती। सत्तामा जताततै कंक्रिटका हात्ती ठड्याइन् उनले। चुनाव आयो कि ती हात्तीलाई खोल लगाउन थालियो। मायादेवीको पार्टी पत्तासाफ! त्यहीबाट सिकेका छन् एमालेजनका 'बा' केपी ओलीले पनि। नत्र हरियो मसीसँग किन तर्सिनुपर्थ्यो? मौका पाउँदा आफूले गोदावरीमा सरकारी हलको नाम - सनराइज राखेकै हुन्। कसैले वास्ता गरेनन्। भने - नाम राखे त के भयो? तर ओली फरक हुन्।…

    विस्तृतमा पढ्नुस्

  • युट्युबर हुन् कि न्यायाधीश? त्यसैका आडमा निमोठ्ने सरकारी तयारी

    युट्युबर हुन् कि न्यायाधीश? त्यसैका आडमा निमोठ्ने सरकारी तयारी

    न्यायाधीशभन्दा चर्का छन् कतिपय युट्युबर। आफ्नै मुद्दा बोक्न र न्याय दिन अभियान नै बनाउन भ्याउने! पल शाह प्रकरणमा त जुलुस निकालेर अनुसन्धान नै प्रभावित पार्ने होड चल्यो। त्यसैको होडमा मिडियालाई नियन्त्रण गर्ने सरकारको दाउ। एकातिर अभिव्यक्ति स्वतन्त्रता त अर्कातिर यस्तै युट्युवेको अराजकता। त्यसैले यिनीहरुसँग बच्‍न सजिलो छैन आजकल। कि कसो? 

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको बोलीले चसक्कै घोचेपछि प्रतिक्रिया : हान्दिम्? झ्याम्मै फुटाइदिम् पार्टी !

    प्रचण्डको बोलीले चसक्कै घोचेपछि प्रतिक्रिया : हान्दिम्? झ्याम्मै फुटाइदिम् पार्टी !

    एमसीसीले माओवादी केन्द्रको माहोल गर्माएको छ। सडकमा विरोध गर्माउँदै एमसीसीको प्रस्ताव प्रतिनिधिसभाबाट पास भएपछि प्रचण्डले प्रकाशलाई प्याच्चै बोलिदिए - कसकसलाई निस्किन मन छ, निस्किए हुन्छ। नरायणकाजी श्रेष्ठ उर्फ प्रकाशलाई प्रचण्ड बोलीले घोचिगयो - चसक्क। अनि लागे भेटघाटमा - कहिले विप्लव त कहिले रावल। अनि झलस्स भए प्रचण्ड - एमसीसीले पार्टी फुट्ने त होइन? एमसीसीको झोकमा सीसीमात्र फुटे त ठीकै होला,…

    विस्तृतमा पढ्नुस्

  • साम्राज्यवाद आउँछ भन्थेँ नि, देख्‍नुभयो भित्रियो त !

    साम्राज्यवाद आउँछ भन्थेँ नि, देख्‍नुभयो भित्रियो त !

    सिंगो पार्टी संसद अवरोध गरिरहेको थियो - म बोलिरहेँ। साम्राज्यवाद र विस्तारवादको विरोध गरिरहेँ। मेरो पार्टी 'नाथे' सभामुखको पछि लाग्यो। एमसीसीबारे बोलेन। पछि नेपाली मात्र होइन, अंग्रेजीमै विज्ञप्ति निकालेर विस्तारवादको पक्षमा लाग्यो। मैले भनेको थिएँ - साम्राज्यवाद भित्रिन्छ, भित्रिन्छ। त्यो विभिन्न रुपमा भित्रिन्छ। मानिसको रुपमा होस् या साँढेको रुपमा। सात साँढे त्यत्तिकै आएको होइन - त्यसले विस्तारवाद प्रमाणित गरेको छ। सात साँढे…

    विस्तृतमा पढ्नुस्

  • हान... केटा हो हान्...

    हान... केटा हो हान्...

    प्रतिनिधिसभामा टेवल भएको एमसीसी तनावको विषय। त्यसमाथि बहस चलाउने जिम्मेवारी पाएका अर्थ मन्त्री जनार्दन शर्माको। तर, उनी 'फरार' - टेवल हुँदा पनि, हिजोको बैठकमा पनि - जुन आखिरमा बस्‍नै सकेन। लडाकु शैलीले जिम्मेवारीबाट 'भाग्‍ने' उनको रणनीतिलाई के भन्ने? कार्यकर्तालाई सडकमा उतारेर एमसीसी विरुद्ध आन्दोलन चर्काउने अनि आफू कहिले 'विरामी' भइदिने त कहिले देशाटनमा गइदिने! हिजो भयो त्यस्तै। प्रतिनिधिसभाको कार्यसूचीमा उनको नाम…

    विस्तृतमा पढ्नुस्

  • मने सडक पनि आफ्नै, सत्ता पनि आफ्नै : मने लाठी पनि आफ्नै, ढाड पनि आफ्नै

    मने सडक पनि आफ्नै, सत्ता पनि आफ्नै : मने लाठी पनि आफ्नै, ढाड पनि आफ्नै

    मने परिस्थित अनुकूल भएन भने आफू परिस्थित अनुकूल हुनै पर्‍यो। सत्ता जोगाउनै  पर्‍यो, सडक तताउनै। कार्यकर्तालाई एमसीसी गलत भनेकै हो। अमेरिकालाई पास गर्छौं पनि भनेकै हो। अब कार्यकर्तालाई पास गर्छु र अमेरिकालाई एमसीसी गलत कसरी भनौं त? एक किसिमले बलिङ पनि ब्याटिङ पनि गरेकै हो। मने, राजनीतिको अलराउन्डर बन्न सजिलो छैन! जो कसैले सक्छ यस्तो? ढुंगा हान्न पनि लगाउन सक्ने,…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी रडाकोले ओझेलियो मन्त्री आलेको काण्ड

    एमसीसी रडाकोले ओझेलियो मन्त्री आलेको काण्ड

    पुलिस र प्रदर्शनकारी बिचको बलिङ र ब्याटिङले बानेश्वर यसरी चर्चामा आयो कि पर्यटन मन्त्री प्रेम आलेको चर्चित प्रकरण ओझेलमा पर्‍यो। मन्त्री प्रेमको अभिव्यक्ति यसरी आयो कि अघिल्लो दिनको प्रेम दिवश नै सबैले बिर्सिए। अनुशासित नेता मानिने माधवकुमार नेपाल पनि मौन रहे प्रेमको बोलीमा। एमसीसीको तोडमा रुमलिएका नेता र तिनका महिला संगठन पनि मौन बसे - शीर्ष नेताको सिग्‍नल कुरेर। त्यसैले भाइरल मन्त्रीलाई ओझेलमा…

    विस्तृतमा पढ्नुस्

  • छापामार शैलीमै चिप्ल्याए त...

    छापामार शैलीमै चिप्ल्याए त...

    मंसिर १५ गतेयता मुद्दा नहेरेको। रामशाह पथमा जाने, प्रधानन्यायाधीशको कुर्सीमा बस्ने अनि फर्किने। बाहिर विरोध गर्ने बार कराइरहन्छ, म नसुने जस्तो गर्छु भन्दै बसिरहेका थिए चोलेन्द्र शमशेर जबरा। तर, अचानक उनको कुर्सीमाथि ‘छापामार’ शैलीमा आक्रमण भयो त्यो पनि सत्तारुढ दलबाटै। प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा ‘बार्गेनिङ’ गर्दै मन्त्री पद पाएको अभियोग लागेपछि विवादित बनेका जबरालाई महाभियोग लगाइयो। कुनै बेला सँगै बसेर गठजोड…

    विस्तृतमा पढ्नुस्

  • डीभी मिले जिन्दावाद, नत्र मुर्दावाद!

    डीभी मिले जिन्दावाद, नत्र मुर्दावाद!

    एमसीसी तातो राजनीतिक विषय हो यतिखेर। विरोधका स्वरहरु चर्कै चलिरहेको छ। बुझेर आन्दोलित हुनेहरु पनि छन्, लहलहैमा लाग्नेहरु पनि उत्तिकै छन्। रोचक त के भने यसलाई आफू अनुकूल व्याख्या गर्नेहरु धेरै छन्। घुर्क्याउनेहरु पनि उत्तिकै। पाए डीभी चिठ्ठा जिन्दावाद नपाए एमसीसी विरुद्ध आन्दोलन गर्नेहरु पनि देखिन्छन् यतिखेर। कि कसो?

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell