PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • चोलेन्द्र मेरो नाम, पोल खोल्ने मेरो काम

    चोलेन्द्र मेरो नाम, पोल खोल्ने मेरो काम

    महाभियोग छानबिन समितिमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्ध लागेका आरोपहरुबारे बयान दिइरहेका छन्। यो क्रम चलेको केही हप्ता भयो। समितिमा उनी जान्छन् र बयान दिन्छन्। तर, बयानका क्रममा उनी सिधा प्रश्नको सिधै उत्तर दिइरहेका छैनन्। प्रधानमन्त्रीदेखि पत्रकार, पूर्व प्रधानन्यायाधीशदेखि कानुन व्यवसायी सबैलाई घेरेका छन् उनले। वास्तवमा चोलेन्द्र अहिले पोल खोलाखोल गरिरहेका छन्। त्यसैले त उनले नाम लिएकाहरु भन्दैछन् : चोलेन्द्र भनेको…

    विस्तृतमा पढ्नुस्

  • केटा चित्त बुझ्यो तर घरको नक्सा पास पो छ कि छैन!

    केटा चित्त बुझ्यो तर घरको नक्सा पास पो छ कि छैन!

    डोजर चलाउँदै बेसमेन्ट खुलाउँदै हिँडेको छ महानगर। कर तिर्न पनि ताकेता गर्दैछ महानगर। आक्रमक शैलीमा प्रस्तुत भइरहेछ मेयर वालेन्द्र साह 'बालेन' नेतृत्वको महानगर। अहिले भने बालेनको त्यही नजर जनताको घरघरमा पुगेको छ। उनी घरको नक्सा माग्दैछन्। नक्सा जुटाउन उनले ९० दिनको अल्टिमेटम दिएका छन्। नभए भन्दैछन् : डोजर चल्छ!

    विस्तृतमा पढ्नुस्

  • जहाँ म उभिन्छु, लाइन त्यहीँबाट सुरु हुन्छ!

    जहाँ म उभिन्छु, लाइन त्यहीँबाट सुरु हुन्छ!

    राष्ट्रिय परिचयपत्र बनाउन लाइन। राहदानी बनाउन लाइन। लाइसेन्स बनाउन लाइन। अनलाइन सेवा भने पनि फर्म भनेर फेरि लाइन। सरकारी कामका लागि धेरै जनताको दिनकै लाइनमा नै बित्छ। तर, नेता र मन्त्रीहरुलाई भने सहज छ। लाइन बस्नु पर्दैन, खुसुक्क गयो काम गरायो। अस्पतालदेखि सरकारी कार्यालयमा लाइन बस्दा नागरिक बिच लाइन मिचेको बारे विवाद हुनु सामान्य हो। शुक्रवार पर्यटनमन्त्री भिसा सेन्टरमा पुग्दा लाइन बस्ने क्रममै सुरक्षागार्डसँग…

    विस्तृतमा पढ्नुस्

  • हामीभित्र 'म', सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस!

    हामीभित्र 'म', सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस!

    कांग्रेसले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा बनाएको नारा हो - हामीभित्र म, सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस! अब हुन लागेको निर्वाचनका लागि कांग्रेसले देशभरबाट उम्मेदवारको नाम मागेको छ। क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति हुँदै सिफारिस भएका नाम केन्द्रमा आउँदैछ। यही क्रममा कांग्रेस रौतहट क्षेत्र नम्बर २ ले सर्वसम्मत सिफारिस गरेको नाम हो - मोहम्मद अफताब आलम। मानिसहरूलाई जिउँदै इँटाभट्टामा…

    विस्तृतमा पढ्नुस्

  • अबुई…कस्तो हरर फिल्म!

    अबुई…कस्तो हरर फिल्म!

    भारतको नोयडामा बनेको ट्वीनटावर अनधिकृत भएको पाइएपछि क्षणमै बमले उडाइयो। त्यहाँको सर्वोच्च अदालतले गैरकानुनी ठहरपछि भवन बम हानेर उडाइदिएको हो। अहिले नेपालमा पनि नोयडाको ट्वीन टावरलाई उदाहरण दिँदै विभिन्न स्थानमा बनेका अधनिकृत भवन भत्काउनुपर्ने माग उठ्न थालेको छ। यसको पछिल्लो उदाहरण हो छायाँ सेन्टर। काठमाडौंको ठमेलमा बनेको यो भवन कमलपोखरीमाथि बनेको विद्यामान देखिन्छ। गुठीको जग्गालाई निजीकरण गरी व्यापारिक भवन बनाएको…

    विस्तृतमा पढ्नुस्

  • डोजर चलाएँ, मैले के बिराएँ ?

    डोजर चलाएँ, मैले के बिराएँ ?

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) अहिले डोजर लिएर नगर घुम्दैछन्। अवैध संरचना भत्काउन हिँडेका उनी पार्किङको लागि स्वीकृति लिएर व्यवसाय संचालन गरिरहेका भवनमा डोजर चलाउँदैछन्। बानेश्वरदेखि सुरु भएको उनको अभियान न्यूरोड, दरबारमार्ग, कोटेश्वरसम्म पुगेको छ। सानालाई मात्र होइन ठूलालाई पनि कानुन सिकाउने भन्दै हिँडेका उनी अदालतमा समेत डोजर चलाउन आफू पछि नपर्ने बताइरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • अरुकै निन्द्रा बिग्रार्ने गरि त घुर्न भएन नि ‘यार’!

    अरुकै निन्द्रा बिग्रार्ने गरि त घुर्न भएन नि ‘यार’!

    तोडफोड हुने र माइक भाँच्ने संसदमा अन्य घटनाक्रम त रोचक हैनन्। तर, कहिलेकाहीँ सांसदका गतिविधि रोचक बन्छन्। हाजिर गरे बैठक छाड्नु अब आकस्मिकता नै रहेन। तारन्तार संसदको खोजीका लागि घन्टी बजाइनु नियमित घटना भैसक्यो। संसदमात्र हैन मन्त्रीको खोजी पनि बेलाबेलामा संसदमा भइरहेकै छ। निर्वाचन जो आयो! सुर्ती माडेर ओठमा च्याप्नु सदाबहार नै भयो। हाइ काढ्नु नियमितता नै हो। नहोस् पनि…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: ‘पिरती’कै छाता ओडौला ….

    अन्तत: ‘पिरती’कै छाता ओडौला ….

    बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण त गरे तर त्यसलाई निरन्तरता दिन सकेनन्। माओवादी छाडेपछि विभिन्न मोर्चा निर्माण गर्दै अघि बढेका बाबुराम पछिल्लो समय जनता समाजवादी पार्टी नेपालसँग जोडिए। अब भने उनले फेरि नयाँ यात्रा सुरु गरेका छन्। नेपाल समाजवादी पार्टी गठन गरेर उनी सत्तारुढ गठबन्धनसँग सहकार्यका लागि छलफलमा छन्। यसैबिच पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई केही नजिकिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • गाइजात्रा हेर्न आएको, फोहोरको जात्रा हेरियो!

    गाइजात्रा हेर्न आएको, फोहोरको जात्रा हेरियो!

    आज सापारु अर्थात गाइजात्रा। काठमाडौं उपत्यकामा गाइको भेष धारण गरेर बालबालिकालाई शहर परिक्रमा गराइँदैछ। पितृ मोक्षको कामना सहित गाइजात्रा निकालिँदै गर्दा काठमाडौं फोहोरको थुप्रोले भरिएको छ। गाइजात्रा निकालिने काठमाडौंका कोर क्षेत्रका केही स्थानमा फोहोरको थुप्रो छ। कोर क्षेत्र बाहिर पनि फोहरैफोहर छ। पर्यटकहरु उपत्यकाको संस्कृति र जात्रा हेर्न आइरहँदा फोहोरको जात्रा हेर्न पनि बाध्य भएका छन्।

    विस्तृतमा पढ्नुस्

  • धत्! मर्यादा नमिलाउँदा मुखैमा आएको बढेको तलब गुम्यो

    धत्! मर्यादा नमिलाउँदा मुखैमा आएको बढेको तलब गुम्यो

    सरकारले वार्षिक बजेटमार्फत कर्मचारीको तलब १५ प्रतिशत बढाएको थियो। तर, कार्यान्वयनमा नजाँदै उच्च ओहोदाका केही कर्मचारीको स्वार्थमा तलबमान बजेट विपरीत हेरफेर भयो। मर्यादा मिलाउँदा सचिवको १८ प्रतिशत तथा अन्य अधिकृतको २४ प्रतिशतसम्म तलब बढ्यो। संसद्का कर्मचारीको निवेदनमा संसदीय समितिकै निर्देशनको आवरणमा रातारात निर्णय कार्यान्वयन भयो। नयाँ तलबमान कायम गरिनुको कारण थियो सुरक्षा निकाय र निजामती सेवाका कर्मचारीको मर्यादा मिलाउन। मर्यादा…

    विस्तृतमा पढ्नुस्

  • यता भन्दा त उता सस्तो रहेछ नि जरिवाना!

    यता भन्दा त उता सस्तो रहेछ नि जरिवाना!

    महिना दिन भयो काठमाडौंको सडकमा फोहर थुप्रिएको। गल्लीमा फोहोर, सम्पदा स्थलमा फोहोर, पर्यटकीय स्थलमा फोहोर, देशको प्रशासन चल्ने सिंहदरबार वरिपरि फोहोर। बञ्चरेडाँडासम्म पुग्ने बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले फोहोरको व्यवस्थापन नगर्दा सडकमा जताततै फोहर थुप्रिएको हो। महानगरपालिकाले घरमै फोहोर व्यवस्थापना गर्न, कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ। साउन ४ गते महानगरपालिकाले सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबार भित्र सीसीटिभीको आत्महत्या !

    सिंहदरबार भित्र सीसीटिभीको आत्महत्या !

    जुन दलका हुन्, नेता भएपछि सक्कियो ! साम्यवाद होस् कि समाजवाद - धनवाद र डनवादका अगाडि सबै निस्तेज। त्यसैले म अर्थात् सीसीटिभी क्यामरा आफ्नो पूरै होस हवासमा यसै सुसाइड नोटबाट जानकारी गराउँदै नेपालको राजनीतिक तथा प्रशासनिक केन्द्र सिंहदरबारमा आत्महत्या गर्दैछु। आइन्दा म र मेरा विरादरीलाई सिंहदरबारमात्र होइन, सडक र गल्ली सबैतिरबाट पनि हटाइयोस्। नेता हिँड्ने बाटोघाटोका क्यामरा झिकियोस्। नत्र, कुनै…

    विस्तृतमा पढ्नुस्

  • प्रभाकर 'पास' भयो !

    प्रभाकर 'पास' भयो !

    एसईई परीक्षाको नतिजाका लागि जति विद्यार्थीहरु प्रतीक्षामा थिए त्यति नै प्रतीक्षारत् थिए जनार्दन शर्मा 'क्लिन चिट' पाउन। उनीमाथि अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप थियो। सीसी क्यामराको फुटेज खै? धेरैले जनार्दन शर्मालाई यही प्रश्न गरे। शर्मामात्रै होइन अर्थ मन्त्रालयका सचिवदेखि कर्मचारीसम्मलाई यो प्रश्न गरियो। सबैको एउटै उत्तर : थाहा छैन। कक्षा १० का विद्यार्थी आ-आफ्नो 'गेड्रिङ' हेरिरहेको बेला शर्मामाथि छानबिन…

    विस्तृतमा पढ्नुस्

  • ल्याउने नि म, विरोध गर्ने नि म!

    ल्याउने नि म, विरोध गर्ने नि म!

    अन्तत: बहुप्रतिक्षित नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भयो। विधेयक पारित हुँदा एकातर्फ खुशी मनाइँदैछ अर्को तर्फ विरोधको आवाज पनि उठिरहेको छ। नेकपा (एमाले)ले नागरिकता विधेयक नागरिकको हितमा नै नरहेको दाबी गरेको छ। वैवाहिक अंगिकृतलाई नागरिकता दिने व्यवस्थासहितको विधेयकमा एमालेको आपत्ति छ। सत्तारुढ दल भने एमालेले नागरिकता विधेयकलाई चुनावी मुद्दा बनाउन खोजेको भन्दै प्रतिवादमा उत्रिएको छ। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै…

    विस्तृतमा पढ्नुस्

  • सीसीटीभी फुटेज जस्तैगरी पर्स गायव !

    सीसीटीभी फुटेज जस्तैगरी पर्स गायव !

    अर्थ मन्त्रालयको सीसी टीभी प्रकरण यस वर्षकै 'राष्ट्रिय जोक' बनिसकेको छ। बजेट बनाउँदा अर्थ मन्त्रीले बाहिरियालाई करको दर फेर्न लगाएको समाचारले देश तरङ्गित बन्यो।  त्यसभन्दा पनि तरङ्ग त ल्यायो - अर्थ मन्त्रालयले सीसी टीभी फुटेज डिलिट भएको सन्दर्भले। त्यसैले अब जो सुकैलाई पनि निहूँ मिलेको छ - सीसी टीभी फुटेज हराएजस्तै !  

    विस्तृतमा पढ्नुस्

  • तपाईंको भान्सामा आज कति थरीका तरकारी पाक्यो त ?

    तपाईंको भान्सामा आज कति थरीका तरकारी पाक्यो त ?

    डलरको भाउ बढ्दो छ। इन्धनको मूल्य पनि बढेको बढ्यै छ। जसकारण दैनिक उपभोग्य सामाग्रीको मूल्य पनि बढेको छ। बजारमा मूल्यवृद्धि अचाक्ली हुँदा असर परेको छ सर्वसाधारणको भान्समा। छाक तार्न गाह्रो भइरहेको बेला नेताहरु दुई थरीको तरकारी खान नपाएको बताउँदैछन्। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरमा एकथरी तरकारी पकाउने सहमति गर्नुपर्ने बाध्यता सुनाएका थिए। त्यसपछि अहिले चिया पसलदेखि घरको भान्सासम्म चर्चा…

    विस्तृतमा पढ्नुस्

  • एम माने …. माइकालाल !!

    एम माने …. माइकालाल !!

    ‘एम अधिकारी’ को हो ? एम अधिकारी र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एउटै व्यक्ति हुन कि फरक? यसैको वरिपरि अहिले  चर्चा छ। एमालेले केही दिनअघि विभिन्न ३३ वटा विभाग गठन गरेको पार्टीको आधिकारिक वेबसाइटमा उल्लेख गरेको थियो। सो आधारमा नै एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गरेको थियो। एमाले नेता घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा एम अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • जस लिने कि अपजस?

    जस लिने कि अपजस?

    जनता समाजवादी पार्टी, जसपा यतिबेला फूटको संघारमा छ। संघीय अध्यक्ष डा बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठक काठमाडौंको जडिबुटीमा जारी छ भने केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगंजमा आजबाट शुरु हुँदैछ। जसपा अहिले सत्तारुढ दल हो। मन्त्री फेरबदल यता शुरु भएको किचलो फूटको संघारमा पुगेको हो। औपचारिक घोषणा नभए पनि अलगअलग भएर हिँड्ने सहमति भट्टराई र यादव पक्षबीच भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • यहाँ वक्तव्य लेखिन्छ !

    यहाँ वक्तव्य लेखिन्छ !

    केपी शर्मा ओलीको बोली चर्चामा नआउने कुरा नै भएन। चर्चामा आउन नै भए पनि उनी आफ्नो सम्बोधनमा व्यङ्ग्य घुसाउछन्, विपक्षीलाई दरो जवाफ फर्काउँछन्, इतिहासको व्याख्या गर्छन्। कोरोनाकालमा ‘हाच्छिउँ साच्छिउँ’ भनेर होस् या राम नेपालमा जन्मिएको भनेर, बाँसुरी बजाएर होस् या स्नुकर खेलेर उनी सदा चर्चामा रहन्छन्। अहिले फेरि राजगद्दी छाडेका राजा ज्ञानेन्द्रको वक्तव्य लेखेको दाबी गरेका छन् ओलीले। नारायणहिति छाड्दै गर्दा ज्ञानेन्द्रले आफूले…

    विस्तृतमा पढ्नुस्

  • सिसि…रे, नदेखाउने भन्या, डिलिट भैसक्यो क्या!

    सिसि…रे, नदेखाउने भन्या, डिलिट भैसक्यो क्या!

    चल्तीको एउटा उक्ति छ - चोरको खुट्टा काट भन्दा जो चोर हो उसैले पहिला खुट्टा उचाल्छ। पछिल्लो घटनाक्रम यस्तै भएको छ। त्यो पनि सरकारकै शक्तिशाली मन्त्रीबाट। अर्थमन्त्री जनार्दन शर्मा अहिले आलोचित छन् - अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा असम्बन्धित मानिसलाई हुलेर करको दर नै हेरफेर गरिएको भन्दै। प्रतिपक्षले मात्र हैन सत्ता पक्षबाटै उनको कार्यको खेद जनाउँदै राजीनामा माग गर्न थालिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell