PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • अन्तिम मिनेटको पेनाल्टी, किप्पर फेरि आफ्नै टिमका?

    अन्तिम मिनेटको पेनाल्टी, किप्पर फेरि आफ्नै टिमका?

    कतारमा जारी फुटबल वर्ल्डकप सेमिफाइनल चरणमा पुग्दा नेपालको निर्वाचन भने फाइनल भइसकेको छ। निर्वाचनको परिणाम आएसँगै नयाँ सरकार बनाउने रस्साकस्सीमा लागिसकेका छन् दलहरु। यही भाँडभैलोमा नयाँ संसदलाई नपर्खी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधनका लागि अध्यादेश ल्याएको छ। गठबन्धन सरकारको अन्तिम समयमा देउवा सरकारले टीकापुर घटनाको आरोपी रेशम चौधरीलाई छुटाउन यो…

    विस्तृतमा पढ्नुस्

  • जबरालाई सर्वोच्चको 'रेड कार्ड'

    जबरालाई सर्वोच्चको 'रेड कार्ड'

    बालुवाटारबाट सिधै रामशाह पथमा गोल हान्ने तरखरमा थिए निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा। महाअभियोग सामना गरिरहँदा महिनौं सरकारी निवास भित्रै बस्न बाध्य भएका उनी केही दिनमा अवकाश पाउँदैछन्। अवकाश पाउनुअघि आफ्नो लागि बन्द भएको मैदानमा पस्ने र गोल गर्ने उनको चाहना थियो। जसमा संघीय संसदका महासचिव भरतराज गौतमले रेफ्रीको भूमिका निर्वाह गर्ने प्रयास गरे। गौतमको पत्रले जबराको मैदानमा पस्ने चाहनालाई सघाउन अहम भूमिका खेल्यो। तर, मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • हामी सबै प्रधानमन्त्री !

    हामी सबै प्रधानमन्त्री !

    निर्वाचनपछि अहिले दलहरु सरकार गठनको विषयमा छलफल गर्न थालेका छन्। कुनै पनि दलसँग सरकार गठनका लागि स्पष्ट बहुमत नहुँदा गठबन्धन सरकार बन्ने निश्चित छ। त्यसैले त प्रतिनिधिसभामा सिट संख्या पुर्‍याउन ठूला र साना दलहरु छलफल गरिरहेका छन्। सिट मात्र पुर्‍याएर भएन, सत्ताको कमान्ड कसले सम्हाल्ने? सबैको आआफ्नो दाबी छ। नेपाली कांग्रेसभित्रै प्रधानमन्त्रीको दाबी पेस गर्नेको लिस्ट लामो छ। प्रचण्डदेखि केपी…

    विस्तृतमा पढ्नुस्

  • उता पनि धाँधली यता पनि धाँधली, अति भो!

    उता पनि धाँधली यता पनि धाँधली, अति भो!

    झलनाथ खनाललाई अहिले फसाद परेको छ। भित्रभित्रै राष्ट्रपतिको उम्मेदवारका रुपमा चर्चामा रहेका उनी सांसदसमेत बन्न सकेनन् यसपटक। त्यसैले त उनी भनिरहेका छन् : धाँधली भयो।  मतगणना गर्दा सयौं मतपत्र नै नभेटिएको भन्दै उनले योजनाबद्ध रुपमा अनियमितता भएको आरोप लगाएका छन्। उसो त उनको नाम सर्पपालनका लागि बजेट छुट्याएको विषयमा पनि आउने गर्छ। त्यसैले उनलाई प्रश्न सोधिँदैछ : के के मा धाँधली भो…

    विस्तृतमा पढ्नुस्

  • कति घण्टी बजाएको हँ!

    कति घण्टी बजाएको हँ!

    देशभर अहिले 'घण्टी'को चर्चा छ। शहरी जनमतले घण्टी बोक्दै हिँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुलाई अनुमोदन गरेसँगै पुराना र ठूला दललाई चुनौति बढेको छ। स्थापना भएको केही महिनामा नै स्वतन्त्र पार्टीले संसदमा राम्रो उपस्थिति जनाउने भएको छ। पूर्व पत्रकार रवि लामिछानेदेखि युवाहरुको नेतृत्व गर्दै संसद छिर्दैछन् विराजभक्त श्रेष्ठदेखि सोबिता गौतम। समानुपातिकतर्फ पनि ठूला दलहरुलाई यो पार्टीले राम्रै चुनौती दिएको छ। त्यसैले ब्यालेटमा…

    विस्तृतमा पढ्नुस्

  • तपैँ प्याजमा भोट हाल्नुस् अनि मात्रै आलुमा हाल्छु !

    तपैँ प्याजमा भोट हाल्नुस् अनि मात्रै आलुमा हाल्छु !

    मत त हाल्नै पर्‍यो। कति ठाउँमा आफूले चाहेको दलमा मत हाल्ने ठाउँ नै छैन। गठबन्धन छ - सत्तारुढको अनि प्रतिपक्षीको पनि। उम्मेदबार भागबन्डामा भएपछि मत नआउला भन्ने चिन्ता उत्तिकै। नेपालका नेता र दल उस्तै हुन् - विश्वास नै गर्न कठिन। आफ्नै भनेका गठबन्धनले भोट नदेलान् भन्ने उल्कै चिन्ता। चुनावी नतिजाले आलु र प्याज कसले मत पाउँछन् पत्तो छैन। आलु प्याज…

    विस्तृतमा पढ्नुस्

  • नेताज्यू, प्रचार जोड् - तोड्ले चलिरहेको छ !

    नेताज्यू, प्रचार जोड् - तोड्ले चलिरहेको छ !

    दुई पक्ष बिच भिडन्त। नेतामाथि आक्रमण। कार्यकर्ता बिचको झडप। यस्ता घटना यसपाला धेरै नआएकाले हुनसक्छ - चुनाव चुनावजस्तो भएन। पहिलेका चुनावमा कुटाकुट र गोदागोद सामान्य थियो। यसपाला शून्य बन्ला भन्ने थियो। तर, भएन। जे हुन्छ - चितवनमा हुन्छ। प्रचार अभियानमा गाडीको सिसामाथि ढुङ्गा बर्साइहाले।  चुनाव न हो, हतकण्डा त कति कति ! ढुंङ्गा हान्ने भन्दा खानेलाई फाइदा ! त्यसैले ढुङ्गा…

    विस्तृतमा पढ्नुस्

  • नेताजीलाई टिप्स नै टिप्स !

    नेताजीलाई टिप्स नै टिप्स !

    निर्वाचन संघारैमा छ। बलबुता लगाएर उम्मेदवारहरु मत माग्दै मतदाताका घरदैलो गरिरहेका छन्। मत तान्न भ्याएसम्मका रणनीति चलिरहेकै छ। पहिलेका कुरा 'सम्झिने पानी छम्किने' भइरहेकै छ। जित्ने टिप्स र जितेपछिका लागि पनि टिप्सहरुको ओइरो नै छ। किनकि चुनाव कसलाई नलागेको छ र? टन्नै खर्च गरेर सांसद बनेकाहरुले मतदातासँग गरेका वाचा पूरा गरेका भए आलोचना कमै हुन्थ्यो। यसपाला पनि निर्वाचन परिणामपछि लुटतन्त्र र कमिशनतन्त्र नै…

    विस्तृतमा पढ्नुस्

  • भोट पो दिन्छन् कि दिन्नन्, बुई चढेर आइयो!

    भोट पो दिन्छन् कि दिन्नन्, बुई चढेर आइयो!

    प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा आरजु राणा प्राय चुनावी सभामा विवादित नै भइरहेकी छन्। स्थानीय चुनावमा कांग्रेसलाई भोट नदिनेलाई बजेट दिन्न भनेर होस् वा फ्रि भिसामा वैदेशिक रोजगारीमा पठाउने स्किम उनका अभिव्यक्ति विवादित छन्। प्रतिनिधि सभा चुनाव अघि पुनः आरजुले अर्को स्किम सार्वजनिक गरिन ‘खुल्जा सिमसिम’। डडेलधुराबासीलाई बालुवाटार सधैं खुला हुने आरजुको घोषणा पनि विवादमा आयो। पछिल्लो समय पुनः गृहनगरको चुनावी…

    विस्तृतमा पढ्नुस्

  • ए बुढा खाडी नजाउ, चुनावपछि यहीँ सिङ्गापुर बन्छ रे के!

    ए बुढा खाडी नजाउ, चुनावपछि यहीँ सिङ्गापुर बन्छ रे के!

    आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन्। प्रमुख राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। यसअघि पनि पटक पटक गरिसकेका वाचासमेत समेटेर दलहरुले घोषणापत्र ल्याइरहेका छन्। प्रतिवद्धता हेर्दा लाग्छ अब विकास र समृद्धिको मूल नै फुट्नेछ तर व्यवहारमा आम नागरिकबाट भने विश्वास दलहरुले पाइरहेका छैनन्। नागरिकले भनिरहेका छन्, ‘चुनाव जित्यो भने नेपाललाई…

    विस्तृतमा पढ्नुस्

  • नेतालाई नो नट अगेनको डर!

    नेतालाई नो नट अगेनको डर!

    आसन्न निर्वाचनमा शीर्ष नेताहरुलाई निर्वाचित नगराउन सामाजिक सञ्जालमा एउटा अभियान सञ्चालित छ। ‘नो नट अगेन’का नामबाट सञ्चालित अभियानमा शीर्ष नेताहरुलाई योपटक नतिजाउन अपिल गर्ने गरिएको छ। यसअघि पटक-पटक निर्वाचित भई कार्यकारी पदमा पुगेका व्यक्तिहरु लक्षित छ यो अभियान। यता निर्वाचन आयोगले भने ‘नो नट अगेन’का नामबाट सञ्चालित फेसबुक पेजहरु बन्द गर्न निर्देशन दिएको छ। आयोगले भ्रमपूर्ण अभिव्यक्ति र लाञ्छानापूर्ण अभिव्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • नेताजी बल्ल पाल्नु भो, भुँडी हल्लाउँदै भोट माग्न आउनु भो ...

    नेताजी बल्ल पाल्नु भो, भुँडी हल्लाउँदै भोट माग्न आउनु भो ...

    नेताहरुलाई चुनाव लागेको छ। शहर छाडेर गाउँघर पुगेका छन् ब्यालेटमा मत जुटाउन उनीहरु। तर, पाँचवर्षमा एकपटक जनताको घरदैलो पुगिरहेका नेताहरुले मतदातालाई आफ्नो मुख कसरी देखाउँदै होलान् ? मतदाताले चाहेको विकास र समृद्धीभन्दा कुर्सी तानातानमै समय खर्चिएका थिए नेताहरुले पछिल्लो पाँच वर्ष। अहिले तिनै नेताहरु घर घर पुग्दा जनताले प्रश्ज सोध्ने नै छन्। ९ वर्ष अघि ज्वाइन्ट फेमिलीले 'नेताजी'हरुप्रति व्यङ्ग्य गर्दै गीत निकालेको…

    विस्तृतमा पढ्नुस्

  • रेलको झ्याल समाएर दोहरी खेलौंला …

    रेलको झ्याल समाएर दोहरी खेलौंला …

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा 'लाइभ डिबेट' मा आउन चुनौती दिएका छन्। आसन्न निर्वाचनलाई लक्षित गरेर ओलीले देउवालाई खुला रुपमा चुनौती दिएका हुन्। तर, देउवाबाट भने कुनै जवाफ आएको छैन। कहिले मिल्ने, कहिले जुध्ने यी दुई जना प्रत्यक्ष बहसमा उत्रिएलान् त ?

    विस्तृतमा पढ्नुस्

  • पहिलेको वाचा सम्झने, हेल्मेट लगाउने!

    पहिलेको वाचा सम्झने, हेल्मेट लगाउने!

    निर्वाचन नजिकिएसँगै नेताहरुले घरदैलो थालेका छन्। चुनावी नारा र आफ्नो क्षेत्रमा गरिने विकासको फेहरिस्त प्रस्तुत गर्नु नेताहरुको नियमितता नै हो। मतदातालाई क्षणमै फकाउने र खुसी बनाउने 'ट्रिक्स' नेपाली नेताहरुमा प्रशस्तै हुन्छ नै। चुनाव जितेपछि ती वाचा बाँडिएको पर्चा उडेर हराए झैं हराउँछ। दोहोरिएर मैदानमा फर्किएकाहरुले अघिल्लो चुनावअघि गरेका वाचा कतिको पुरा गरेका छन् कुन्नि? मतदाताले त्यसको लेखाजोखा त अवश्य गर्ला नै।   

    विस्तृतमा पढ्नुस्

  • चुनावमा हल्का तन्नेरी देखिन परो!

    चुनावमा हल्का तन्नेरी देखिन परो!

    मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। यो निर्वाचनमा पनि अधिंकाश पुरानै अनुहार दोहोरिँदैछन्। युवाहरुलाई मौका नदिएको भन्दै पाका नेताहरुको आलोचना भइरहेको छ। धेरै निर्वाचन क्षेत्रमा बुढा नेताहरुलाई तन्नेरी युवायुवतीहरुले चुनौती दिइरहेका छन्। मतदाताहरु युवा खोजिरहँदा पाका नेताहरु आफैलाई तन्नेरी देखाउन खोजिरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • फेरि हेलिकप्टरबाट खस्‍नुभयो कि क्या हो?

    फेरि हेलिकप्टरबाट खस्‍नुभयो कि क्या हो?

    नेकपा एमालेका अध्यक्ष केपी ओलीमा ज्ञानको भण्डार छ। उनले नजानेको विषय केही छैन। शास्त्रदेखि विज्ञानसम्म उनी अनेक जानकारी राख्छन्। यसपाला दसैंमा भने उनको पोडकास्ट निक्कै चर्चित बन्यो। जनताले र उनकै कार्यकर्ताले समेत थाहा नपाएको कुरा उनले सुनाए। तपाईँले पनि सुन्नु भएकै होला - उनी हेलिकप्टर दुर्घटनमा पर्दा ५ हजार मिटरबाट तल झरे पनि बाँचे। झापाबाट खोलामा बगेर इन्डिया पुग्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • नेताका गफ अनि आयात, निर्यात!

    नेताका गफ अनि आयात, निर्यात!

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुको घुँइचो सदाबहार लाग्ने गर्छ। राजनीतिक दलका नेताहरुले युवालाई स्वेदशमै रोजगारी सिर्जना गर्ने भनेर पटकपटक मञ्चहरुमा प्रतिबद्धता जाहेर नगरेका होइनन्। तर अवस्था जस्ताको तस्तै छ। पारिवारिक पुनर्मिलनको चाड दसैंमासमेत नेपालीहरु वैदेशिक रोजगारका लागि विमानस्थलमा लामबद्ध हुन बाध्य छन्। यही देश जहाँ नेपालीहरु चाडपर्वमा अथाह विदेशी खाद्य सामग्रीदेखि खसीबोका र च्याङ्ग्रा आयत गरी खपत गरिरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सख्खर को, गोबर को?

    सख्खर को, गोबर को?

    लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि वैकल्पिक शक्तिको निर्माणमा लागेका दुई पात्र हुन् डा बाबुराम भट्टराई र रवीन्द्र मिश्र। तर यी दुई आफूले स्थापना गरेको वैकल्पिक बाटो छाडेर मुल बाटोतिरै लागेका छन्। माओवादी छाडेर नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टी लागेका बाबुराम माओवादी हिँडेकै बाटोतिर छन् भने विवेकशील साझा छाडेर मिश्र राप्रपातिर लागेका छन्। प्रवृत्ति एकै बोकेपछि दुबैलाई उस्तै भन्न जनताले बाँकी राखेनन्।…

    विस्तृतमा पढ्नुस्

  • सरकार होस् त अहिलेको जस्तो!

    सरकार होस् त अहिलेको जस्तो!

    डेङ्गी संक्रमणदर बढ्दो छ तर यो नियन्त्रणका लागि सरकारको कुनै चासो छैन। पहिले सहरमा फैलिएको डेङ्गी बिस्तारै गाउँतिर फैलिँदो छ। अस्पतालहरु भरिएर शय्या नपाउने स्थिति सिर्जना भइसकेको छ। तर सरकारले महामारीको रुप लिएको डेङ्गी संक्रमण नियन्त्रणका लागि न त कुनै तयारी गरेको छ न त बनाएको छ कुनै योजना नै। सरकार केवल चुनावमा कसलाई कुन ठाउँमा उठाउने, आफ्नो मान्छेलाई कसरी…

    विस्तृतमा पढ्नुस्

  • चुनाव आयो, अब हराएका सांसद् पनि भेटिएला कि!

    चुनाव आयो, अब हराएका सांसद् पनि भेटिएला कि!

    बिहीवार काठमाडौं महानगरले जय नेपाल हलको परिसर खोतालेर हराएको टुकुचा फेला पार्‍यो। हराएको टुकुचा फेला परेपछि देशवासी खुसी छन्। हराएको चिज भेटिँदा खुसीको सीमै रहन्न। गाउँठाउँबाट जिताएर पठाएका सांसद काठमाडौंतिरै हराउने पुरानै प्रवृत्ति हो। उनीहरुलाई जति खोज्दा पनि नभेटेर जनताहरु वाक्कप्याक्क भएका थिए। तर अब दिन धेरै टाढा छैन सांसद भेटिने। किनभने दैलोमा चुनाव छ। हराएका सांसद पनि कसो नभेटिएला!

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell