PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • प्याज अब सुन पसलमा !

    प्याज अब सुन पसलमा !

    यतिबेला प्याजको मूल्य आकासिएको छ। बजेट आउनुअघि ४५ रुपैयाँ थियो। अहिले ९० रुपैयाँभन्दा बढी पुगिसक्यो। कारण हो बजेटमा कृषि उपजमाथि लागेको भ्याट। कृषि उपजमा नेपाल भारतसँग चरम रुपमा निर्भर छ। कृषि उपजमा भ्याट लागेपछि प्याज आयात रोकिएको छ। १० दिनदेखि भारतीय आलु र प्याज आयात बन्द भएको हो। आयात रोकिँदा पहिलेकै प्याजको भाउ व्यवसायीले मनलाग्दी राखेर बिक्री गरिरहेका छन्। प्याज…

    विस्तृतमा पढ्नुस्

  • आत्था, पोल्यो सूर्य नारान् ...

    आत्था, पोल्यो सूर्य नारान् ...

    चर्को गर्मी, त्यसमाथि हिट वेभ! गर्मीको राप हपहपी छ। तापक्रमले तराईंमा रेकर्ड ब्रेक गरेको छ। यही बेला तातो हावा बहँदा कस्तो होला? पक्कै पनि सहन मुश्किल। अहिले यसैकारण तराईमा स्कुल बन्द भए। मनसुनपूर्वको यो खडेरीबाट जोगिन व्यापार व्यवसायमा पनि असर परेको छ। विपद् पर्दा धेरैले सम्झने भगवान नै हो। अहिले मनमनै कतिले भन्दै होलान् -  आत्था, पोल्यो।

    विस्तृतमा पढ्नुस्

  • सफलताको सूचीमा १५ राँगा, त्यो पनि मुर्रा !

    सफलताको सूचीमा १५ राँगा, त्यो पनि मुर्रा !

    प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो राति देश फर्किए। सात बुँदे सहमति त लिखितम् आइहाल्यो। लिखितममा नआएको राँगा भैसीको चर्चा चाहिँ उधुम्। प्रचण्डको भ्रमणको उपलब्धीमा थपिइसकेको छ १५ वटा राँगा। भैसी पूजा त धेरैले भुलिसके। अब आयो राँगा। जात चाहिँ मुर्रा ! नाम नै काफी रहेछ 'मुर्रा'। अब कसले कसलाई बनायो 'मुर्गा', त्यो चाहिँ छाडौं। कि कसो?

    विस्तृतमा पढ्नुस्

  • भारत भ्रमणको बुँदामा नअटाएको महत्त्वपूर्ण उपलब्धि!

    भारत भ्रमणको बुँदामा नअटाएको महत्त्वपूर्ण उपलब्धि!

    भारत भ्रमणमा छन् प्रचण्ड। लामो समयपछिको निम्तो। बल्लबल्ल निस्किन पाएको। साथमा छोरी। भ्रमणको उपलब्धि धेरै भए। सहमतिका बुँदामा हस्ताक्षर पनि भए। अब प्रोटोकल र मर्यादा भनेको त्यस्तै हो। कतै कायम राख्‍ने कतै भत्काउने। त्यसबाहेक छोरीप्रतिको स्‍नेह र प्रेमका अगाडि अरु कुरा गौण। आखिर यो पनि भ्रमणको उपलब्धि नै त हो। कि कसो?

    विस्तृतमा पढ्नुस्

  • मिलेन लेबल तेरो वडाध्यक्ष बोला ए!

    मिलेन लेबल तेरो वडाध्यक्ष बोला ए!

    अर्थमन्त्री प्रकाशशरण महतले फेरि सांसदलाई रकम बाँड्ने विवादास्पद घोषणा गरे बजेटमार्फत। एक निर्वाचन क्षेत्रलाई पाँच करोड छुट्याएका छन् उनले। सो निर्णयको अहिले चर्को आलोचना भइरहेको छ। आजै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले व्यङ्ग्य गर्दै सांसदहरु वडाअध्यक्षको 'लेबल' मा आएको टिप्पणी गरे। केही सांसदबाहेक अरुले यो कार्यक्रमको विरोध गरेको देखिँदैन। अब जनताले विकास निर्माणका काममा स्थानीय तहका प्रतिनिधिहरुको सट्टा कतै वडाअध्यक्षको लेबलमा…

    विस्तृतमा पढ्नुस्

  • सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले?

    सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले?

    पशुपतिको जलहरी आफू प्रधानमन्त्री भएको बेला सुनको भनेर पित्तलको राखिएको माओवादी सांसद राजन दाहालको भनाइमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन्। उनले त्यस्तो बकवास जँड्याहाले समेत नबोल्ने भन्दै जलहरीका लागि रकम मात्रै दिएको उल्लेख गर्दै प्रश्न गरे,  'सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले? मैल त रकम न दिन हो।' संसदमा यो कुरा उठेपछि एमालेले सदनसमेत अवरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • बिचौलियाले पहिला हँसायो, अहिले रुवायो!

    बिचौलियाले पहिला हँसायो, अहिले रुवायो!

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन करोड-करोडको 'डिल' भएको खुलेको छ। बिचौलियाहरुले रेष्टुराँमा भेटेरै होस् या मन्त्री क्वाटरदेखि प्रधानमन्त्री निवास बालुवाटार भित्रै पुगेर किन नहोस् 'हाइप्रोफाइल'लाई रकम दिएको खुलेको छ। पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीदेखि गृहमन्त्रालयको कमान्ड सम्हालेका बालकृष्ण खाण नै अहिले प्रहरी नियन्त्रणमा छन्। उनीहरुसहित १६ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान प्रतिवेदन बनाइसकेको छ। प्रतिवादीहरुले दिएको बयान अहिले मिडियामा प्रकाशित भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • लाल आयोगको प्रतिवेदनमा सरकारको लैबरी लै...

    लाल आयोगको प्रतिवेदनमा सरकारको लैबरी लै...

    फेरि चर्चामा छ लाल आयोगको प्रतिवेदन। २०७४ सालमा पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा तराई-मधेशका क्षेत्रमा भएका राजनीतिक आन्दोलन र त्यससँग जोडिएका हिंसाका विषयमाथि अध्ययन गर्न बन्यो आयोग। त्यहाँ भएका हिंसामा दोषी को? खोज्नका लागि बनेको आयोगले प्रतिवेदन बुझायो। तर गरिएन सार्वजनिक। 'संवेदनशील' भन्दै रोकिएको प्रतिवेदन राजनीतिको इस्यु भने रहिरह्यो। त्यही राजनीतिमाथि दलका नेता र सरकार प्रमुखको बाझिने अभिव्यक्ति जारी छ।…

    विस्तृतमा पढ्नुस्

  • एक्लैएक्लै क्या बोर थिएँ, तपाईँ आउनु'भो अब 'हम साथ साथ हैँ !'

    एक्लैएक्लै क्या बोर थिएँ, तपाईँ आउनु'भो अब 'हम साथ साथ हैँ !'

    पूर्जीमा पहिलो, पक्राउमा पछि। पूर्वमन्त्रीको कोटामा एक्लै थिए बालकृष्ण खाण। हिजो टोपबहादुर रायमाझी पक्राउ परेपछि उनको एक्लोपन दुर भएको छ। हाइप्रोफाइल हिरासतमा एक्लै हुनुको पनि पीडा भोगेका होलान् उनले। राजमाझी थपिएपछि उनको एक्लोपन दुर भएको छ। आखिर खाएकै हो भने पनि एकै मुहानबाट आएको खाएको त हो ! कि कसो?

    विस्तृतमा पढ्नुस्

  • ठूल्ठूला माछा - झ्याप झ्याप झ्याप !

    ठूल्ठूला माछा - झ्याप झ्याप झ्याप !

    प्रचण्ड यतिखेर मख्ख छन्। उनको ढडियामा माछा थपिँदो छ। पक्का माझी भएका छन् नारायणकाजी। भ्रष्टाचारमा सधैं साना माछामात्र पर्ने आरोप छँदैछ। यसापाला भने एक से एक समातिँदैछन्। सचिवदेखि मन्त्रीसम्म तानिएका छन्। प्रचण्ड मख्‍ख पर्नु स्वभाविक नै हो। उनको दल बाहेकका छन् समातिएका माछा। कांग्रेसका नेता बालकृष्ण खाड बल्छीमा परिसके। एमालेका टोपबहादुर रायमाझी बल्छीमा पर्नुअघि नै उम्किए। कहिलेसम्म उनी उम्किने हुन् पत्तो नाई। मानव…

    विस्तृतमा पढ्नुस्

  • संसद भित्रका नकच्चराहरु !

    संसद भित्रका नकच्चराहरु !

    नेपालको संसदमा अभिनय गर्नेहरु उल्कै छन्। आश्वासनका पोका, आदर्शका बखान वर्षिरहन्छ यहाँ। अनि व्यवहार? - नकुरा गरम्। कहिले कुर्सी तोड्छन् त कहिले लुगा छोडाउँछन् संसदभित्रै। संविधानदेखि कानुनसम्म छिद्रै छिद्र भेटिन्छन्। किनकि त्यसमा ध्यान दिनेहरु खासै छैनन्। ध्यान जति ध्यान तान्नमै भएपछि अरु के नै चाहियो र? प्रतिस्पर्धा छ - चर्चित हुने। त्यही  श्रृङ्खला जारी छ। आगामी दिनमा पनि उत्तिकै जारी…

    विस्तृतमा पढ्नुस्

  • यो तोप हैन क्या! करोड पड्काउनेवाला चाहियो

    यो तोप हैन क्या! करोड पड्काउनेवाला चाहियो

    नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा नाम मुछिएका सांसद टोपबहादुर रायमाझी फरार छन्। प्रहरीको पक्राउ सूचीमा परेपछि आफै सम्पर्कमा आउने तयारीमा थिए रायमाझी। जब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझी ' सम्पर्कविहिन ' भए।  बुधवार साँझसम्म सम्पर्कमा रहेका रायमाझी राति ९ बजेबाट सम्पर्कविहिन भएका हुन्। अदालतबाट पक्राउ पूर्जी जारी भएको २४ घण्टा…

    विस्तृतमा पढ्नुस्

  • रविजीलाई छविजीको निम्तो !

    रविजीलाई छविजीको निम्तो !

    राजनीति हो - कहिले काटाकाट कहिले गलापास। राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई हराउन सबै शक्ति लगाएका पुष्पकमल दाहाल प्रचण्डले हिजो सरकारमा फर्किन आग्रह गरे। त्यसै विषयलाई लिएर रास्वपा आज छलफलमा छ। छविलाल दाहाल उर्फ प्रचण्डले पनि चितवन पुगेर भाषण गर्न भ्याइसके - सरकारमा रवि जोडिनेछन् भन्दै। राजनीतिमा न स्थायी शत्रु हुन्छन् न मित्र नै। त्यसैले छविजीको निम्तोलाई रविजीले कसरी लिन्छन् भन्ने…

    विस्तृतमा पढ्नुस्

  • खहरे खोला उर्लेर आउँदा...

    खहरे खोला उर्लेर आउँदा...

    चितवन २ र तनहुँ १ को उपनिर्वाचनको नतिजाले प्रमुख राजनीतिक दलहरुमा परकम्प आएको छ। सत्ताधारी दलहरुले त झनै गठबन्धन नै गरेर चुनावमा होमिएका थिए। तर, नतिजाले गठबन्धन पूर्णत अस्वीकृत भएको छ। दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भारी मतान्तरले विजयी भएका छन्।  तनहुँको चुनावी सभामा रास्वपालाई खहरे खोला भन्न भ्याएका शीर्ष नेताका अभिव्यक्ति मात्र खारेज भएनन् खहरेको…

    विस्तृतमा पढ्नुस्

  • 'सिंह' दरबारको फोहरमा 'स्याल' राजनीति

    'सिंह' दरबारको फोहरमा 'स्याल' राजनीति

    कति राजनीति, कति अराजनीति। शीर्षस्थको टसल। गुनासो आफ्नै आफ्नै। धम्की, घुर्की र घम्साघम्सी। लाजमर्दो गरी सिंहदरबारभित्र फोहर थुप्रिरहेछ। थुप्रिन थालेको पनि धेरै भयो। काठमाडौं महानगरपालिकामा मेयरको अराजनीतिक टिप्पणी, प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्थापनप्रतिको वितृष्णा। सिंहदरबार यतिखेर फोहरको डम्पिङ साइटमा रुपान्तरित हुँदैछ। सानो काम गर्दा आफ्नो नाम भजाउन चाहनेहरु यतिखेर फोहर उठाउने विषयमा यसरी झगडामा छन् कि - मुलुकको मुख्य प्रशासनिक केन्द्रमा…

    विस्तृतमा पढ्नुस्

  • २०७९ मा आएन कोर एरिया, २०८० मा भेटिएला कोर टिम?

    २०७९ मा आएन कोर एरिया, २०८० मा भेटिएला कोर टिम?

    २०७९ सालको सुरुवातमा नै कोर एरिया निकै चर्चामा रह्यो। काठमाडौं महानगरपालिका प्रमुखमा भिडेका केशव स्थापितको कोर एरिया कहिल्यै आएन। अन्तत: बालेन महानगर प्रमुखमा निर्वाचित भए। यही वर्ष अर्थमन्त्री रहँदा जनार्दन शर्माको चर्चा पनि अत्याधिक भयो। सिंहदरबारभित्रै बाट सीसीटिभी फुटज फेला परेन। वर्षको अन्त्यमा भने 'कोर' शब्द फेरि चर्चामा रह्यो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको 'कोर टिम'ले रकम मागेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • यो त इन्साफ भएन जनाब!

    यो त इन्साफ भएन जनाब!

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने एक गिरोहमाथि अहिले छानबिन जारी छ। छानबिनको प्रक्रिया जारी रहँदा अनसन्धानको लहरो नेताकै घरदैलोसम्म पुगिसकेको छ। राजनीतिमा जस्तै आपराधिक कार्यमा पनि सर्वदलीय संलग्नता भएका प्रारम्भिक अनुसन्धानले नै देखाइसकेको छ। तर, दलीय छत्रछायामा अपराध कर्ममा संलग्नहरुले छहारी पाइरहेका छन्। ठिक यसै बेला मुलुकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको छ। अरुका नामबाट परीक्षा दिनेहरु धमाधम समातिएका…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सांसद देखिएनन्, मै गएर सिट भर्ने काम गर्न पर्छ जस्तो छ!

    संसदमा सांसद देखिएनन्, मै गएर सिट भर्ने काम गर्न पर्छ जस्तो छ!

    यसपटक संसदमा नयाँ सांसददेखि पुरानै अनुहारहरुको जमघट छ। तर, शैली भने फेरिएको छैन। न बैठकमा सरकारका मन्त्री देखिन्छन् न संसदमा सांसद। बैठक चलिरहेको हुन्छ, कुर्सी खाली हुन्छ। सांसदहरु हाजिर गर्छन् अनि निस्कन्छन्। त्यसैले केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रोष्टमबाट यो मुद्दा उठाए। सार्वजनिक सवारीसाधनमा खलासीले यात्रुहरुलाई व्यवस्थापन गर्ने गरेको भन्दै सदनमा पनि मर्यादापालकसँगै खलासी राख्न पाए…

    विस्तृतमा पढ्नुस्

  • मिटर ब्याजको दलदल

    मिटर ब्याजको दलदल

    मिटरब्याज पीडितहरु अहिले काठमाडौंमा छन्। सरकारसँग न्याय माग्न। खुल्लामञ्चमा बस्न काठमाडौं महानगरले रोके पनि उनीहरु आफ्नो आवाज सरकारसँग पुर्‍याउने कोसिसमा छन्। सरकारसँग वार्ता पनि गरिरहेका छन्। तर, मिटर ब्याजीहरुको शिकारमा परेका उनीहरु आफ्नो कुरा प्रधानमन्त्री समक्ष सुनाउन चाहन्छन्। दु:ख पोख्न चाहन्छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरु भेट गर्ने भनिए पनि भेटेका छैनन्। प्रधानमन्त्री आराममा छन्, सत्ता मिलाउन व्यस्त छन्।

    विस्तृतमा पढ्नुस्

  • भागबण्डाको भाले जुधाइ!

    भागबण्डाको भाले जुधाइ!

    दोस्रोपटक विश्वासको मत पाएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् अझै विस्तार गर्न सकेका छैनन्। कुन दललाई कति मन्त्रालय दिने भन्नेबारे टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार रोकिएको दाबी छ। भागबण्डका लागि अनौपचारिक छलफलहरु चलिरहे पनि दाबी आ-आफ्नै छ। मालदार मन्त्रालयमा शीर्ष दलको भाले जुधाई चलिरहेकै छ। सिउर कसको भाँच्चिने हो? जित्ने कसले हो? परिणाम शपथपछि खुल्ने नै छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell