PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • बुटवलमा २ घण्टाको अवधिमा २ जना संक्रमितको मृत्यु

    बुटवलमा २ घण्टाको अवधिमा २ जना संक्रमितको मृत्यु

    बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचाररत नवलपरासी र रुपन्देहीका गरी २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए। नवलपरासी रामग्रामकी ४५ वर्षीया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही शुद्धोधन ५ का ५५ वर्षीय पुरुषको आज बिहान ५:४५ बजे मृत्यु भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • अब लुम्बिनी प्रदेशमा ८१ सांसद, प्रदेश सचिवालयको वेबसाइटमा भयो अपडेट

    अब लुम्बिनी प्रदेशमा ८१ सांसद, प्रदेश सचिवालयको वेबसाइटमा भयो अपडेट

    बुटवल : लुम्बिनी प्रदेशसभामा अब ८१ जना मात्रै सांसद भएका छन्। लुम्बिनी प्रदेशसभा सचिवालयको वेबसाइटमा ८१ जना सांसदको नाम मात्रै अपडेट गरिएको छ।  शुरुवातमा ८७ जना सांसद रहेको प्रदेशसभामा रहेका नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका २ जना सांसद र जसपाबाट मन्त्री बनेका ४ जना सांसद पदबाट हटाइएपछि सचिवालयले वेबसाइटमा नयाँ सूचीमात्र अपडेट गरेको हो।  माओवादी केन्द्रबाट एमालेमा प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा मिलेन बेड, कपिलवस्तु पुर्‍याएर संक्रमितको शल्यक्रिया, जन्माइयो बच्चा

    रुपन्देहीमा मिलेन बेड, कपिलवस्तु पुर्‍याएर संक्रमितको शल्यक्रिया, जन्माइयो बच्चा

    बुटवल : बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेपछि कोरोना संक्रमित महिलाको कपिलस्तुमा शल्यक्रिया गरी बिहीवार राति बच्चा जन्माइएको छ।  प्युठान स्थायी घर भएकी ३१ वर्षीया महिलालाई उपचारका लागि सोमवार प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। गर्भवती महिलाको पीसीआर परीक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो। बच्चा जन्माउन बुटवल अस्पताल पुर्‍याइएकी उनमा चार दिन अघि कोरोना पोजेटिभ देखिएको थियो। तीन वर्ष…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जना जेल चलान, पाँच जना छुटे धरौटीमा

    निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जना जेल चलान, पाँच जना छुटे धरौटीमा

    बुटवल : रुपन्देहीमा जारी निषेधाज्ञामा बुटवल उपमहानगर क्षेत्रमा निषेधाज्ञा फितलो भए पनि भैरहवामा भने प्रहरीले कडाई गरेको छ। बुटवल उपमहागरका भित्रि बजारहरुमा पसलहरु खोलेर कारोबार चलिरहँदा भैरहवामा सडकमा निस्केका सर्वसाधारणलाई संक्रामक ऐन २०२० लगाएर कैद र जरिवानासमेत तोकिएको छ। जिल्लामा निषेधाज्ञाको अवज्ञा गर्ने आठ जनालाई कैद र जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लामा संक्रमित थपिने क्रम एकाएक बढेपछि…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ बुटवलको निषेधाज्ञा, सर्वसाधारण भने घर जान सडकमा बस कुर्दै

    यस्तो छ बुटवलको निषेधाज्ञा, सर्वसाधारण भने घर जान सडकमा बस कुर्दै

    बुटवल : सरकारले ५ सय भन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लामा लकडाउन तथा निषेधाज्ञा लगाउने निर्णय गरेअनुरूप रूपन्देहीमा पनि बिहीबार बिहान ६ बजेदेखि नै निषेधाज्ञा शुरु भएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले विज्ञप्ति जारी गर्दै कडाइका साथ लागू गर्ने बताएको छ। सोही अनुरूप चोकचोकमा नेपाल प्रहरी तथा नगर प्रहरीले जाँच गरिरहेको छ। बुटवलमा रहेको बसपार्क सुनसान छ भने बाहिर घर…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा आजबाट वैशाख ३० गतेसम्म निषेधाज्ञा

    रुपन्देहीमा आजबाट वैशाख ३० गतेसम्म निषेधाज्ञा

    बुटवल : कारोना सक्रमितको सङख्या अप्रत्यासित रुपमा बढेपछि रुपन्देहीमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै स्थानिय प्रशाशनले वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आज बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको बताए। निषेधाज्ञा अवधिभर जिल्लाभित्र सबै प्रकारका निजी तथा सर्वाजनिक सवारीसाधन सञ्चालनमा रोक…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा आधा घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु

    बुटवलमा आधा घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु

    बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा आधा घण्टाकाबीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आज बिहान मृत्यु भएको हो। प्रादेशिक अस्पतालले जानकारी दिएअनुसार बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २:३० बजे मृत्यु भएको थियो भने २:४५ बजे बुटवल १४ का ६६ वर्षिय पुरुषको मृत्यु भएको थियो। त्यसैगरी…

    विस्तृतमा पढ्नुस्

  • आईसीयू बेड नपाएर जनप्रतिनिधिको श्रीमतीको मृत्यु, आफन्त भन्छन्, ‘अस्पताल चहार्दै गयो ज्यान’

    आईसीयू बेड नपाएर जनप्रतिनिधिको श्रीमतीको मृत्यु, आफन्त भन्छन्, ‘अस्पताल चहार्दै गयो ज्यान’

    बुटवल : लुम्बिनी प्रदेशमा कोरोनाको अवस्था भयावह छ। विशेषगरी बाँके, रुपन्देही र दाङमा निकै त्रास रहेको देख्न पाइन्छ। यसको व्यवस्थापनको साटो यहाँ रहेका सरकारहरु बिजनेशविहीन बनेका छन्। कोरोना संक्रमितको संख्या गुणात्मक रुपमा बढ्दासमेत यहाँका पालिकाले पहिले बनाएका आइसोलेसन सेन्टरहरुलाई पुनः निर्माण भएका छैनन्। रुपन्देहीमा पनि संक्रमण दर उच्च रहँदै गर्दा रुपन्देही देबदहका जनप्रतिनिधिले आफ्नी श्रीमती कोरोनाको उपचार अभावमा गुमाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी

    रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी

    बुटवल : कोभिड १९ संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रुपन्देहीमा निषेधाज्ञाको तयारी गरेको छ। दैनिक संक्रमित दर र मृत्यु हुनेको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले निषेधाज्ञाको तयारी गरेको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मंगलबार स्थानीय तहका प्रमुखहरु, व्यवसायी र सञ्चारकर्मीहरुसँगको छलफलपछि के गर्ने भन्ने निर्णय गर्ने जानकारी दिए। पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमामा करिब आठ हजारले भरे सुकुम्बासी आयोगको फारम

    तिलोत्तमामा करिब आठ हजारले भरे सुकुम्बासी आयोगको फारम

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब आठ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका सात हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिए। तिलोत्तमाका ६१९ जनाले भूमिहीन दलित, एक हजार ७४० जनाले भूमिहीन सुकुम्बासी र पाँच हजार ५५९ जनाले…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा कोभिड १९ संक्रमणबाट थप ३ जनाको मृत्यु

    बाँकेमा कोभिड १९ संक्रमणबाट थप ३ जनाको मृत्यु

    बुटवल : बाँकेमा कोभिड १९ संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ४१ वर्षीय पुरुष र बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १३ का ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले…

    विस्तृतमा पढ्नुस्

  • अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास

    अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास

    बुटवल: नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो–जितगढी किल्ला। वि.सं.१८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्रेज फौज (इष्ट इण्डिया कम्पनी मातहत) लाई पराजित गरेको थियो। बुटवल उपमहानगरपालिका-१ मा रहेको यो गढी अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो। यो किल्लामा कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले अंग्रेज फौजलाई परास्त गरेको थियो। त्यतिबेला इष्ट इण्डिया कम्पनी…

    विस्तृतमा पढ्नुस्

  • मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न रातिबाटै लाइन, चुना र डोरीले घेरा हाल्दै धमाधम प्लटिङ पनि सुरु

    मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न रातिबाटै लाइन, चुना र डोरीले घेरा हाल्दै धमाधम प्लटिङ पनि सुरु

    बुटवल : रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा विभिन्न क्षेत्रबाट मानिसहरु जम्मा भएर जग्गा कब्जा गर्ने तयारीमा लागेका छन्। शनिवार बिहानदेखि आएका स्थानीयलाई प्रशासनको सहयोगमा प्रहरीले दिउँसो २ बजेसम्म लगाएर हटाएको थियो। तर गए रातिदेखि पुन सयौंको संख्यामा पुगेर आफुहरु जग्गा पाईन्छ भनेर आएको यमकुमारी गाहले बताइन्। मजदुरी गर्ने क्रममा जग्गा बाँड्दैछ भन्ने खबर सुनेर राति नै मोतिपुर आइपुगेको उनले बताइन्। 'कसले…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेससहित विपक्षी दलहरुको दौडधुप शुरु

    लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेससहित विपक्षी दलहरुको दौडधुप शुरु

    बुटवल : एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै यसपछि बनेको नयाँ राजनीतिक समीकरणको असर लुम्बिनी प्रदेशमा पनि देखा परेको छ। योसँगै लुम्बिनी प्रदेशमा पनि एमाले(ओली) पक्षले मात्रै सरकार सञ्चालन गर्न नसक्ने अवस्था देखिएको छ। प्रतिनिधिसभा विघटन गरेको तथा साविक नेकपामा हुँदा एकलौटी ढंगले अघि बढेको आरोपसहित माओवादी केन्द्रले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग सहकार्य नहुने जनाइसकेको छ। अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उपमहानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी ल्यायो नयाँ स्वास्थ्य मापदण्ड

    बुटवल उपमहानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी ल्यायो नयाँ स्वास्थ्य मापदण्ड

    बुटवल : पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। कोरोनाको पुरानै र नयाँ प्रजातिसमेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको हो। जोखिममा रहेको समुदायलाई नै पहिले सुरक्षित बनाउने र समुदाय स्तरमा सचेतना जगाउने उद्देश्यले शैक्षिक…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेश पत्रकार महासंघको नेतृत्वको लागि ३ जनाको उम्मेद्वारी

    लुम्बिनी प्रदेश पत्रकार महासंघको नेतृत्वको लागि ३ जनाको उम्मेद्वारी

    बुटवल : चैत २५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको निर्वाचनको लागि बिहीवार मनोनयन दर्ता भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको नेतृत्वको लागि ३ जनाको उम्मेद्वारी परेको छ। अध्यक्षमा घनश्याम गौतम, बसन्त गिरी र भरत केसीको उम्मेद्वारी परेको निर्वाचन समिति संयोजक सुदीप गौतमले जानकारी दिए। उपाध्यक्षमा गणेश कुमार आचार्य, माधव भाट, शिवलाल सुवेदी र शुक्रऋषि चौलागाईको उम्मेद्वारी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले अनावरण गरेको शिलालेख तोडफोड : २ वर्षमा पनि शुरु भएन नमूना सदरमुकामको निर्माण

    प्रधानमन्त्रीले अनावरण गरेको शिलालेख तोडफोड : २ वर्षमा पनि शुरु भएन नमूना सदरमुकामको निर्माण

    बुटवल : झण्डै २ वर्ष अगाडि ठूलै तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको एकीकृत नमूना सदरमुकाम निर्माणको कामले गति लिन सकेको छैन। कावासोती नगरपालिका वडा नम्बर ३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक बन भित्र रहेको १ सय ८६ बिघा चौर र बन क्षेत्रलाई नमूना सदरमुकाम बनाउनका लागि नेपाल सरकारको नाममा जग्गा अधिग्रहण गरिए पछि २०७६ वैशाख ७ गते प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • बिरामीको मृत्युपछि बुटवलको तिनाउ अस्पतालमा तनाव, अस्पतालभित्रै डाक्टर नपाउँदा ज्यान गएको आफन्तको आरोप

    बिरामीको मृत्युपछि बुटवलको तिनाउ अस्पतालमा तनाव, अस्पतालभित्रै डाक्टर नपाउँदा ज्यान गएको आफन्तको आरोप

    बुटवल : बुटवलस्थित तिनाउ इन्टरनेसनल अस्पतालमा भर्ना भएकी बिरामीको समयमै डाक्टर नपाउँदा मृत्यु भएको उनको आफन्तले आरोप लगाएका छन्। गत सोमबारदेखि तिनाउ अस्पतालमा भर्ना भएकी सैनामैना साालझण्डीकी ४४ वर्षीया पार्वती घिमिरेको गएराति मृत्यु भएको हो। अस्पतालभित्रै समयमा डाक्टर उपलब्ध नभएको कारण पार्वतीको मृत्यु भएको आफन्तजनको आरोप छ। अक्सिजनको कमी भएर अस्पताल ल्याइएकी उनलाई श्वासप्रश्वास लिन असहज भएपछि उनीहरुले 'डाक्टर कल' गर्न भनेका थिए। प्रादेशिक अस्पतालमा भर्ना…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज नाका हुँदै भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना पुष्टि

    नेपालगञ्ज नाका हुँदै भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना पुष्टि

    बुटवल : नेपालगञ्ज नाका भएर भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना देखिएको छ। भारतको मुम्बईबाट आएका दैलेखका ३४ वर्षीय पुरुषमा कोरोना देखिएको हो। नेपाल भारत सीमास्थित जमुनाहा नाकामा राखिएको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा उनमा मंगलवार दिउँसो कोरोना देखिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए। यसअघि रोल्पा र बर्दियाका दुई जना पुरुषलाई पनि कोरोना देखिएको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशसभाको बैठक चैत १८ मा हुने

    लुम्बिनी प्रदेशसभाको बैठक चैत १८ मा हुने

    बुटवल : लुम्बिनी प्रदेश सभाको बैठक चैत १८ गते बस्ने भएको छ। लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिशमा बैठक आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको प्रेश विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते दिउँसो १ वजे सातौँ अधिवेशन आह्वान गरिएको उल्लेख छ। यसअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell