PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • पौडी खेल्ने क्रममा खोलाले बगाउँदा हेटौंडामा तीन किशोरको मृत्यु

    पौडी खेल्ने क्रममा खोलाले बगाउँदा हेटौंडामा तीन किशोरको मृत्यु

    हेटौंडाः हेटौंडाको न्युरेनीस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर तीन किशोरको मृत्यु भएको छ। शुक्रबार साँझ ५ बजेको समयमा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरु मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरले जानकारी दिए। बेपत्ता भएका हेटौंडा १५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर २ को चुनावी चर्चाः गुरु चेलाको होला त भीडन्त?

    मकवानपुर २ को चुनावी चर्चाः गुरु चेलाको होला त भीडन्त?

    हेटौंडाः मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। अहिले दलहरु धमाधम उम्मेदवार सिफारिस गर्दैछन्। समानुपातिकतर्फ बन्दसूची बुझाउने मिति नजिकिँदै छ। प्रत्यक्षको मनोनयन पनि अब एक महिनामात्र बाँकी छ। आकांक्षीहरु लबिङमा लागिरहेका छन्। मकवानपुरमा पनि दलहरुले धमाधम नाम सिफारिस गरिरहेका छन्। मकवानपुरमा प्रतिनिधि सभाका २ र प्रदेश सभाका २ क्षेत्र छन्। मकवानपुर २ लाई योपटक रोचक प्रतिस्पर्धा हुने…

    विस्तृतमा पढ्नुस्

  • संसद् छलेर अध्यादेशको शासनः वाग्मती सरकारले पाँच महिनामा ल्यायो सात अध्यादेश, दुइटा चुनाव घोषणापछि

    संसद् छलेर अध्यादेशको शासनः वाग्मती सरकारले पाँच महिनामा ल्यायो सात अध्यादेश, दुइटा चुनाव घोषणापछि

    हेटौंडाः संसद् अधिवेशन नहुँदा तत्काल कुनै काम गर्न आवश्यक भएमा अध्यादेश ल्याउन पाउने सरकारलाई संवैधानिक सुविधा हुन्छ। तर पछिल्‍लो समय संघदेखि प्रदेश सरकारसम्मले शासकीय सुविधाको उक्त अधिकार दुरुपयोग गरिरहेका छन्। संसद् अधिवेशन छलेर अध्यादेश ल्याउने प्रतिस्पर्धा जस्तै छ। विधायिकी प्रक्रिया छलेर वाग्मती प्रदेश सरकारले पछिल्लो पटक दुई अध्यादेश ल्याएको छ। चुनाव घोषणा भइसकेको अवस्थामा समेत सरकारले अध्यादेश सिफारिस गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ‘हेभिवेट’नेताको चर्चा, गठबन्धनमा कसरी मिल्ला भागबन्डा?

    मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ‘हेभिवेट’नेताको चर्चा, गठबन्धनमा कसरी मिल्ला भागबन्डा?

    हेटौंडा : सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेसँगै मकवानपुरमा राजनीतिक सरमर्गी बढेको छ। मिति घोषणासँगै सम्भावित उम्मेद्वारबारे यहाँ बहस हुन थालेको छ। प्रतिनिधिसभा अन्तर्गत यहाँ दुई क्षेत्र छन्। हाल क्षेत्र नम्बर १ बाट नेकपा एमालेका कृष्णप्रसाद दाहाल र २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा सांसद छन्। एमालेले एक्लै चुनावी मैदानमा होमिने घोषणा गरिसक्दा सत्तारुढ…

    विस्तृतमा पढ्नुस्

  • धानपछि किसानलाई कोदो रोप्ने चटारो [तस्विरहरु]

    धानपछि किसानलाई कोदो रोप्ने चटारो [तस्विरहरु]

    हेटौंडा उपमहानगरपालिका १४ का किसानलाई अहिले कोदो रोप्न भ्याइनभ्याइ छ। धान रोपिसकेका किसानलाई साउन सुरु भएदेखि कोदो रोप्ने चटारोमा छन्। गाउँका अधिकांश किसान पर्म र ज्याला गरेर कोदो रोपिरहेका छन्। किसानहरु आफ्नोमा कोदो रोपेर सकाएपछि पर्म तिर्नका लागि अरुको मेलासमेत जाने गरेका छन्। गाउँमा काम गर्ने मानिस कम हुँदा सवै मिलेर एकअर्काको काम गर्ने गरेको स्थानीय बताउँछन्।

    विस्तृतमा पढ्नुस्

  • ठडियो हेटौँडा अस्पतालको नयाँ भवन, इमरजेन्सी कक्ष चाँडै सञ्चालन गर्ने तयारी

    ठडियो हेटौँडा अस्पतालको नयाँ भवन, इमरजेन्सी कक्ष चाँडै सञ्चालन गर्ने तयारी

    हेटौँडा : वाग्मती प्रदेशको राजधानीमा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालको नयाँ भवनको निर्माण सकिएको छ। करिब ३ वर्षको अवधिमा बीएस कन्ट्रक्सन कम्पनीले निर्माण गरेको सुविधा सम्पन्न नयाँ भवन अस्पतालको परिसरमा ठडिएको छ। भौतिक पूर्वाधारको अभावले उपचारका लागि आउने बिरामीले सहज उपचारको सट्टा हैरानी खेप्नु परेको गुनासो आइरहेको थियो। अस्पतालको भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण बिरामीहरुले उपचारमा कठिनाई भोग्दै…

    विस्तृतमा पढ्नुस्

  • ड्रागन फ्रुटको खेतीले रुम्बालाई फलिफाप, 'विदेश जान पर्दैन, गाउँमै खेती गरौं'

    ड्रागन फ्रुटको खेतीले रुम्बालाई फलिफाप, 'विदेश जान पर्दैन, गाउँमै खेती गरौं'

    हेटौंडा : हेटौंडा उपमहानगरपालिका-१३ पदम पोखरीका किसान फेन्चु रुम्बा विगत दुई वर्षदेखि ‘ड्रागन फ्रुट’ खेती गरिरहेका छन्। आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी दंग छन् अहिले।  रुम्बालाई हेटौंडा उपमहानगरपालिकाले कृषिका लागि अनुदानका रुपमा १ लाख सहयोग गरेको थियो। १ लाखले केहि गर्न नपुग्ने भए पछि रुम्बाले थप दुई करोड कृषि विकास बैंक हेटौंडा शाखाबाट ऋण लिए…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे कै निरन्तरता, कांग्रेस-माओवादी अझै सरकार परिवर्तनको आशमा

    वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे कै निरन्तरता, कांग्रेस-माओवादी अझै सरकार परिवर्तनको आशमा

    हेटौंडा : वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डले नै निरन्तरा पाउने भएका छन्। सत्ता गठबन्धनको भागबन्डामा ६ महिना एकीकृत समाजवादी र अर्को ६ महिना नेपाली कांग्रेसबाट आलोपालो मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयनको माग भइरहँदा त्यो सहमतिको कुरा हाललाई टरेको हो। गत ११ कात्तिकमा मुख्यमन्त्री हुँदा वाग्मतीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच पाण्डे र कांग्रेस संसदीय…

    विस्तृतमा पढ्नुस्

  • बजेट सकाउने हतारो, सुस्त चलेको वाग्मती प्रदेश सरकारले १९ दिनमै खर्चियो ४ अर्ब

    बजेट सकाउने हतारो, सुस्त चलेको वाग्मती प्रदेश सरकारले १९ दिनमै खर्चियो ४ अर्ब

    हेटौंडा : वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षको अन्तिम महिनाको १९ दिनमा करिब ४ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। २४ अर्ब रुपैयाँ खर्चिन ११ महिना लगाएको प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको १९ दिनमा नै तीन अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बजेट खर्च गरेको हो। गठबन्धनमा सरकारको नेतृत्व परिवर्तनको बहस चलिरहँदा मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले धमाधम बजेट…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा सरकार परिवर्तनको एजेन्डा बोकेर बानियाँ काठमाडौंमा, एकीकृत समाजवादीका मन्त्री भन्छन् : हामीलाई थाहा छैन

    वाग्मतीमा सरकार परिवर्तनको एजेन्डा बोकेर बानियाँ काठमाडौंमा, एकीकृत समाजवादीका मन्त्री भन्छन् : हामीलाई थाहा छैन

    हेटौंडा : वाग्मती प्रदेशमा सरकार परिवर्तनका लागि रस्साकस्सी सुरु भएको छ। सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले ६-६ महिनाका लागि सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। सहमति अनुसार पहिलो चरणमा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए। पाण्डेले ६ महिना पद सम्हाल्ने र त्यसपछि आधा कार्यकाल कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। गठबन्धनले पाण्डेलाई…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री फेर्न दबाब दिन काठमाडौं आउँदै बानियाँ, राजेन्द्र पाण्डेविरुद्ध कांग्रेस र माओवादीले संकलन गर्‍यो हस्ताक्षर

    मुख्यमन्त्री फेर्न दबाब दिन काठमाडौं आउँदै बानियाँ, राजेन्द्र पाण्डेविरुद्ध कांग्रेस र माओवादीले संकलन गर्‍यो हस्ताक्षर

    हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनबिच भएको सहमति पालना नगरेको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरु आक्रोशित भएका छन्। नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्री पाण्डेले ६ महिना पद सम्हाल्ने र त्यसपछि कांग्रेसलाई प्रदेश सरकारको नेतृत्व दिने सहमति गठबन्धनमा भएको थियो। तर, पाण्डेले सहमति अनुसार सहजै पद नछोड्ने भएपछि उनीविरुद्ध माओवादी केन्द्र र कांग्रेसले हस्ताक्षर संकलन गरेका हुन्। गठबन्धनमा…

    विस्तृतमा पढ्नुस्

  • एमालेको बहिष्कारपछि हेटौंडा उपमहानगरमा पेस भएन बजेट, नगरसभा असार १२ गतेलाई सर्‍यो

    एमालेको बहिष्कारपछि हेटौंडा उपमहानगरमा पेस भएन बजेट, नगरसभा असार १२ गतेलाई सर्‍यो

    हेटौंडा : नेकपा एमाले अनुपस्थित भएपछि हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा असार १२ गतेसम्मका लागि सरेको छ। आज बिहान १० बजेको लागि बोलाइएको नगरसभामा एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि अनुपस्थित भएपछि असार १२ गतेको लागि सारिएको हो। कार्यपालिका सदसयहरुसँग कुनै पनि छलफल नगरिकन बजेट निर्माण गरिएको, विषयगत समितिमा छलफल नगरिएको, कार्यपालिका बैठकबाट पास नगरिएको, चुनावका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार…

    विस्तृतमा पढ्नुस्

  • बजेट खर्चको बेथितिलाई निरन्तरता दिँदै वाग्मती सरकार

    बजेट खर्चको बेथितिलाई निरन्तरता दिँदै वाग्मती सरकार

    हेटौंडाः आर्थिक वर्षको अन्तिममा जथाभावी रुपमा हुने बजेट खर्चलाई वाग्मती प्रदेश सरकारले यो पटक पनि निरन्तरता दिएको छ। चालु वर्षको अन्तिम महिनामा सरकारले खर्चको आँकडा बढाएको छ। १० महिनासम्म खर्चमा निराशाजनक देखिएको सरकारले अन्तिमतिर भने बजेट खर्च बढाएको हो। वैशाखसम्ममा विकास निर्माणमा सरकारको कूल खर्च ३५ प्रतिशत मात्रै थियो। तर, पछिल्लो एक महिनामा नै सरकारले ७ प्रतिशत खर्च बढाएको छ…

    विस्तृतमा पढ्नुस्

  • भीमफेदी कारागारका सहनाईके परियारको मृत्यु, कारागारमा स्वास्थ्यकर्मी नहुँदा समयमा नै उपचार पाएनन्

    भीमफेदी कारागारका सहनाईके परियारको मृत्यु, कारागारमा स्वास्थ्यकर्मी नहुँदा समयमा नै उपचार पाएनन्

    हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा स्वास्थ्यकर्मी नहुँदा करागारमा कैदी जीवन बिताइरहेका सह-नाईके मिलन परियारको मृत्यु भएको छ। २०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा करागारमा जीवन बिताइसकेका हेटौंडा-२ का ३४ वर्षीय सह-नाईके परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। ७ वर्षका लागि कैद सजाय बिताइरहेका परियारलाई आफ्नो ड्युटी गरिसकेर खान खाने समयमा आज एक्कासी छाती पोल्ने र दुख्ने भएपछि…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीको बजेट : ओइरियो मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लामा, कार्यकर्ता भर्ती गराउन १५ करोड

    वाग्मतीको बजेट : ओइरियो मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लामा, कार्यकर्ता भर्ती गराउन १५ करोड

    हेटौंडा : आर्थिक वर्ष ०७९/८० का लागि देशका ७ वटा प्रदेशमध्येकै ठूलो बजेट ल्याएर वाग्मती प्रदेश सरकारले रेकर्ड कायम गरेको छ। वाग्मती प्रदेशमा ल्याएको बजेटको अर्को रेकर्ड हो – मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लामा बजेट ओइराइनु। नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका  मुख्यमन्त्री राजेन्द्र पाण्डे र माओवादी केन्द्रका नेता रहेका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल धादिङबाट प्रतिनिधित्व गर्छन्। त्यही भएर होला…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीको महत्वाकांक्षी बजेटः मुख्यमन्त्री सीप कार्यक्रम, उत्पादनमा आधारित बाहेकका सबै कृषि अनुदान खारेज

    वाग्मतीको महत्वाकांक्षी बजेटः मुख्यमन्त्री सीप कार्यक्रम, उत्पादनमा आधारित बाहेकका सबै कृषि अनुदान खारेज

    हेटौंडाः वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा ७० अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। बजेटमध्ये चालुतर्फ १९ अर्ब २ करोड, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब र वित्तीय व्यवस्थापजमा २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • भागबन्डा पुर्‍याउन झ्यालैपिच्छे स्थापना गरिएका मन्त्रालय घटाउने तयारीमा वाग्मती सरकार, होला सम्भव?

    भागबन्डा पुर्‍याउन झ्यालैपिच्छे स्थापना गरिएका मन्त्रालय घटाउने तयारीमा वाग्मती सरकार, होला सम्भव?

    हेटौंडाः वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ। झ्यालैपिच्छे मन्त्रालय स्थापना गरेको भन्दै आलोचित सरकार संख्या घटाउने गृहकार्यमा लागेको हो। वाग्मती प्रदेशमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनको सरकार छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्तारोहण गरेको केही दिनमै भागबन्डा पुर्‍याउन मन्त्रालय विभाजन गरेका थिए। अहिले खास भूमिका नदेखिएको भन्दै मन्‍त्रालय घटाउने गृहकार्यमा पाण्डे लागेका…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडाकी मेयर मिना लामाको पाँच बुँदे निर्णय : १५ हजार लिटर पानी र २५ युनिट बिजुली नि:शुल्क

    हेटौंडाकी मेयर मिना लामाको पाँच बुँदे निर्णय : १५ हजार लिटर पानी र २५ युनिट बिजुली नि:शुल्क

    हेटौंडा : हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामाले पाँच बुँदे निर्णय गरेकी छिन्। शपथ ग्रहण लगतै लामाले स्वास्थ्य बीमा गर्नेदेखि नि:शुल्क बिजुली उपलब्ध गराउने सम्मका लोकप्रिय निर्णय गरेकी हुन्। स्थानीय तह निर्वाचनमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार बनेकी लामाले नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई हराएर चुनाव जितेकी थिइन। अति विपन्नको स्वास्थ्य बीमा लामाले हेटौंडा उपमहानगरभित्र बसोबास गर्ने अति विपन्न परिवारमध्ये…

    विस्तृतमा पढ्नुस्

  • ढल्यो एमालेको विरासत, हेटौंडा उपमहानगरको पहिलो महिला मेयरमा मीना लामा निर्वाचित

    ढल्यो एमालेको विरासत, हेटौंडा उपमहानगरको पहिलो महिला मेयरमा मीना लामा निर्वाचित

    हेटौंडा : वाग्मती प्रदेशको एक मात्र हेटौंडा उपमहानगरपालिकामा मेयरमा मीना कुमारी लामा निर्वाचित भएकी छन्। एमालेका अनन्त पौडेल र राप्रपा दीपकबहादुर सिंहलाई पराजित गरेर उनी प्रदेशकै एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयर बन्न सफल भएकी हुन्। गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी नेकपा एकीकृत समाजवादीका नेतृ लामा हेटौडा उपमहानगरपालिकाको मात्र होइन, मुलुककै उपमहानगरपालिका मध्येकै पहिलो महिला मेयर बनेकी छिन्। लामाले २३ हजार…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडाको अन्तिम मतपरिणाम नआउँदै एमालेका पौडेलद्वारा हार स्वीकार : नेकपा एसकी मीना लामालाई दिए बधाई

    हेटौंडाको अन्तिम मतपरिणाम नआउँदै एमालेका पौडेलद्वारा हार स्वीकार : नेकपा एसकी मीना लामालाई दिए बधाई

    हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार रहेका अनन्त पौडेलले गठबन्धनबाट प्रत्यासी रहेकी मीना लामालाई बधाई दिएका छन्। अन्तिम  मतपरिणाम नआउँदै मतगणनास्थल पुगेर पौडेलले लामालाई पौडेलले आगामी कार्यकालका लागि बधाई दिएका हुन्।  उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेकोमा ६७ हजार ४३५ मतगणना गनिसक्दा नेकपा एकीकृत समाजवादीकी लामाले २१ हजार २०३ मत प्राप्त गर्दै अग्रता बनाइरहँदा पौडेलले १९ हजार ३२५…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell