PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • एमालेले सिफारिस गर्‍यो हेटौंडा उपमहानगरमा वडा प्रतिनिधिहरुको नाम

    एमालेले सिफारिस गर्‍यो हेटौंडा उपमहानगरमा वडा प्रतिनिधिहरुको नाम

    हेटौंडा : आउँदो बैशाख ३० हुने हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले १० स्थानीय तहको १०२ वडामा वडा अध्यक्ष सहित सदस्यहरुको नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ। उम्मेदवारको टुंगो लगाएर २०७९ बैशाख १ बाट घरदैलो अभियान संचालन गर्ने तयारीमा एमाले मकवानपुर जुटेको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा पुराना नेता उत्तमप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा उपमहानगरको प्रमुख र उपप्रमुख बन्न नेताहरुको लाइन, ‘दाबी छाड्दैनौँ, निर्वाचन होस्’

    हेटौँडा उपमहानगरको प्रमुख र उपप्रमुख बन्न नेताहरुको लाइन, ‘दाबी छाड्दैनौँ, निर्वाचन होस्’

    हेटौँडा: वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न आइतबार बसेको नेकपा (एमाले) हेटौंडा नगर कमिटीको बैठक निष्कर्षविहीन भएको छ। बैठकमा उपमहानगरपालिका प्रमुखका लागि ९ जना र उपप्रमुखका लागि ७ जनाले दाबी गरेका थिए। सहमतिको प्रयास भए पनि कसैले पछि हट्ने संकेत नदेखाएपछि बैठक स्थगित भएको छ। प्रमुख पदमा वर्तमान मेयर हरिबहादुर महत र एमाले केन्द्रीय सदस्य…

    विस्तृतमा पढ्नुस्

  • भूमिहिन दलितले पाए लालपूर्जा, ‘पाउँछु भनेर सोचेकै थिइनँ’

    भूमिहिन दलितले पाए लालपूर्जा, ‘पाउँछु भनेर सोचेकै थिइनँ’

    हेटौँडाः मकवानपुर जिल्लाको सुदूरपूर्वमा पर्ने वाग्मती गाउँपालिकामा भूमिहीन दलितले लालपूर्जा पाएका छन्। शुक्रबार राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई घर परिवारलाई लालपूर्जा वितरण गरेकी हुन्। भूमिहीनका रुपमा १० वर्ष बिताएका वाग्मती ४ का कृष्णबहादुर दर्नालले पहिलोपटक लालपूर्जा पाउँदा खुसी व्यक्त गरे। 'लालपूर्जा पाउँछु भनेर सोचेकै थिइनँ। अहिले पाएँ निकै खुसी…

    विस्तृतमा पढ्नुस्

  • यौन दुर्व्यवहार गर्ने तीन शिक्षकविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता

    यौन दुर्व्यवहार गर्ने तीन शिक्षकविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता

    हेटौँडाः मकवानपुरको वाग्मती गाउँपालिका ८ स्थित जनता माविका तीनजना शिक्षकविरुद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहारको किटानी जाहेरी दिएका छन्। घटना स्थानीय स्तरमै मिलाउन दबाब आइरहेको अवस्थामा अभिभावकहरुले गएराति प्रहरीको सहयोगमा जिल्लामा प्रहरी कार्यलय मकवानपुरमा आएर जाहेरी दिएका हुन्। कार्यलयका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार जनताका माविका ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी…

    विस्तृतमा पढ्नुस्

  • दुर्गमका विद्यालयः न शिक्षक न त छन् विद्यार्थी

    दुर्गमका विद्यालयः न शिक्षक न त छन् विद्यार्थी

    हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका ५ स्थित जलेश्वर प्राथमिक विद्यालयमा २९ विद्यार्थी अध्ययनरत छन्। भौगोलिक हिसाबमा वडाको सबैभन्दा माथि डाँडामा रहेको विद्यालयमा शिक्षक नहुँदा एउटै कक्षामा बहुकक्षा गरेर पढाइन्छ। विद्यालयमा १, २ र ५ कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर  पढाउनुपर्ने अवस्था छ। विद्यार्थी पनि कम र शिक्षक पनि नहुँदा यस्तो अवस्था आएको विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले बताए। टोलमा जनसंख्या नै कम…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरका महिला उपप्रमुख जो आतुर छन् प्रमुखको टिकट लिएर नेतृत्वमा पुग्न

    मकवानपुरका महिला उपप्रमुख जो आतुर छन् प्रमुखको टिकट लिएर नेतृत्वमा पुग्न

    हेटौंडा : स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलका नेताकार्यकर्ता विभिन्न पदमा दाबी प्रस्तुत गर्न थालेका छन्। स्थानीय तहमा यसअघि निर्वाचित भएर कमान सम्हालिसका धेरैजसोको चाहना छ अपग्रेड गर्ने। यस्तै मध्येमा अधिकांश पालिकाका उपप्रमुखहरु छन्। यसअघि उपप्रमुखको जिम्मेवारी निभाएका धेरैजसो महिलाहरु नै छन्। उनीहरुलाई नै प्रमुखको जिम्मेवारी दिने चर्चा त छ नै। मकवानपुरका पालिका उपप्रमुख महिलाहरु पनि नेतृत्वमा पुग्न हौसिएका छन्। मकवानपुरमा…

    विस्तृतमा पढ्नुस्

  • फुटबलमा साम्बाको सानदार पुनरागमन : चोट अघि निडर भएर खेल्थें, अहिले अलि डर लाग्दो रहेछ

    फुटबलमा साम्बाको सानदार पुनरागमन : चोट अघि निडर भएर खेल्थें, अहिले अलि डर लाग्दो रहेछ

    हेटौंडा : साबित्रा भण्डारी अर्थात ‘साम्बा’। नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर र घरेलु प्रतियोगिताहरुमा विभागीय टोली एपीएफकी स्ट्राइकर। नेपाली फुटबलको सर्वकालीन सर्वाधिक गोलकर्ता। या भनौ घरेलु लिग, बाहिरको लिग र राष्ट्रको टिम जहाँबाट खेल्यो त्यही गोल। त्यसैले त उनलाई गोल मेसिन पनि भन्छन्। २०७७ फागुन ३ गते भने कालो दिन भयो उनका लागि। त्यसदिन नेपाल पुलिस क्लबसँगको खेलमा चोट बोकेकी उनी…

    विस्तृतमा पढ्नुस्

  • खिल्ली उडाउँदै बालमैत्री गाउँपालिका, पाँच सय बालबालिका जोखिमपूर्ण श्रममा

    खिल्ली उडाउँदै बालमैत्री गाउँपालिका, पाँच सय बालबालिका जोखिमपूर्ण श्रममा

    हेटौँडाः २०७६ पुस २८ गते तामझामसाथ नेपालको पहिलो ‘बालमैत्री स्थानीय शासन अवलम्बन’ गरेको मकवानपुरको मनहरि गाउँपालिका र दोस्रो बकैया गाउँपालिकाका सयौं बालबालिका जोखिमपूर्ण श्रम गरिरहेको पाइएको छ। यसले ती पालिकाहरुले बालमैत्री शासनको खिल्ली उडाएको र घोषणाका लागि अनुमति दिने निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको स्पस्ट भएको छ। सिविन बाल हेल्पलाइन नेपाल मकवानपुरले गरेको अध्ययनमा नेपालको पहिलो बालमैत्री गाउँपालिका मनहरिमा कानुनले…

    विस्तृतमा पढ्नुस्

  • चार बच्चाकी आमा म्यादी प्रहरी बन्न लाइनमा

    चार बच्चाकी आमा म्यादी प्रहरी बन्न लाइनमा

    हेटौँडाः म्यादी प्रहरीमा आवेदन दिने भीड व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय हेटौँडालाई सकस परेको छ। भीड थाम्न नसकेर कार्यालयको आडमा रहेको खाली जग्गामा लाइन व्यवस्थापन गरिएको छ। स्थानीय निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा आवेदन खोलेसँगै युवा युवतीमात्र होइन, काखमा बच्चा भएकाहरु पनि लाइनमा बसेका छन्। चर्को घाममा पनि बच्चाका आमादेखि वैदेशिक रोजगारीबाट फर्किएका र उच्च शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थी…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा उपमहानगरमा एमालेले जोगाउला आफ्नो साख?

    हेटौँडा उपमहानगरमा एमालेले जोगाउला आफ्नो साख?

    हेटौँडाः वाग्मती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकामा अहिले सबै दलको ध्यान स्थानीय निर्वाचनतर्फ केन्द्रित हुँदै गएको छ। दलहरुले स्थानीय निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता समेत दिएका छन्। प्रदेशकै एकमात्र उपमहानगरपालिका भएकाले पनि निर्वाचनलाई चासोका साथ हेरिएको छ। २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा (एमाले) हेटौँडा उपमहानगरपालिकामा जित हासिल गरेको थियो। एमालेविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनमा आबद्ध भए पनि…

    विस्तृतमा पढ्नुस्

  • मत तान्न चुनावी अभियान : मकवानपुरमा कुन दलको कस्तो छ तयारी?

    मत तान्न चुनावी अभियान : मकवानपुरमा कुन दलको कस्तो छ तयारी?

    हेटौंडा : स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख राजनीतिक दलका नेताकार्यकर्ता त्यसको तयारीमा जुटेका छन्। मकवानपुरका राजनीतिक दलका नेता कार्यकर्तालाई यतिखेर पार्टी फेर्नेदेखि नेताको दैलो धाउन भ्याइनभ्याई छ। यसैगरी आफ्नो पार्टीलाई नम्बर एक बनाउने उद्देश्यसहित प्रमुख राजनीतिक दल नारासहित कार्यकर्ताको घरमा पुग्न थालेका छन्। ‘घरघरमा एमाले, मनमनमा एमाले’ अभियान नेकपा एमाले मकवानपुर ‘घरघरमा एमाले, मनमनमा एमाले’ नारा लिएर गाउँपालिका र वडा…

    विस्तृतमा पढ्नुस्

  • जग्गा नपाउँदा भाडाकै घरमा हेटौंडा उपमहानगरका चारवटा वडा कार्यालय

    जग्गा नपाउँदा भाडाकै घरमा हेटौंडा उपमहानगरका चारवटा वडा कार्यालय

    हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा २०७४ सालमा निर्वाचित भएर वडा जनप्रतिनिधिहरु आउँदा वडाको आफ्नै भवन थिएन। जनप्रतिनिधिहरुको कार्यकाल सकिन लाग्दासम्म कार्यालयहरु भाडाको घरमा संचालन हुँदै आएका छन्। हेटौंडा उपमहानगरपालिकाले गत वर्ष सबै वडा कार्यालयहरुको आफनै भवनमा राख्नका लागि भवन निर्माण गर्ने अभियान अनुसार कार्य गर्दै आइरहेको जनामएको छ। तर, उपमहानगरपालिकाले वडा कार्यालयहरुको आफ्नै भवन बनाउने भने पनि त्यो पूरा भएको छैन जसकारण उपमहानगरपालिकाका…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचन नजिकिएसँगै हेटौंडा उपमहानगरको नेतृत्वको लागि आकांक्षी बढ्दै, कुन दलबाट को को छन् दाबेदार ?

    स्थानीय तह निर्वाचन नजिकिएसँगै हेटौंडा उपमहानगरको नेतृत्वको लागि आकांक्षी बढ्दै, कुन दलबाट को को छन् दाबेदार ?

    हेटौंडा : सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि मकवानपुरमा चुनावी सरगर्मी बढेको छ। वैशाख ३० गते हुने तय भएको निर्वाचनमा जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन्। नेताहरु टिकटको लागि जिल्ला, प्रदेश र केन्द्रसम्मै लभिङ गरिरहेका छन्। वाग्मती प्रदेशको राजधानी र जिल्लाको सबैभन्दा बढी मतदाता रहेको हेटौंडा उपमहानगरपालिकाको प्रमुअ बन्न अहिले विभिन्न राजनीतिक दलभित्र रस्साकस्सी…

    विस्तृतमा पढ्नुस्

  • संस्थापन विभाजित हुँदा मकवानपुर कांग्रेसमा इतर पक्ष हाबी

    संस्थापन विभाजित हुँदा मकवानपुर कांग्रेसमा इतर पक्ष हाबी

    हेटौँडा: संस्थापन पक्ष विभाजित हुँदा नेपाली कांग्रेस मकवानपुरमा इतर पक्ष हाबी भएको। बुधबार सार्वजनिक पदाधिकारीको अन्तिम परिणाममा कूल ६ जनामध्ये ५ जना इतर पक्षले जितेको हो। जिल्ला अधिवेशनको मुखमा संस्थापन पक्ष विभाजन हुँदा इतर समूहलाई फाइदा पुगेको हो। अधिवेशनका सन्दर्भमा वडादेखि क्षेत्रसम्म एक ढिक्का भएर अगाडि बढेको संस्थापन जिल्ला सभापतिको विषयलाई लिएर विभाजित भएको थियो। मकवानपुरमा संस्थापन पक्षको एक समूहको…

    विस्तृतमा पढ्नुस्

  • आनन्दरामको समर्थनपछि कांग्रेस मकवानपुरको सभपतिमा बुद्ध लामा चयन

    आनन्दरामको समर्थनपछि कांग्रेस मकवानपुरको सभपतिमा बुद्ध लामा चयन

    हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्। पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेका लामालाई दोस्रो चरणको निर्वाचनअघि दोस्रो स्थान हासिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा मकवानपुर कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा, आनन्दराम पराजुलीसहितको बैठकबाट लामालाई सभापति चयन गर्ने निर्णय भएको…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर कांग्रेस अधिवेशन :  दोस्रो चरणमा संस्थापन पक्षकै लडाई, को बन्ला सभापति?

    मकवानपुर कांग्रेस अधिवेशन :  दोस्रो चरणमा संस्थापन पक्षकै लडाई, को बन्ला सभापति?

    हेटौंडा : नेपाली कांग्रेस मकवानपुरमा सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा संस्थापनइतरका जयराम लामिछाने झिनो मतले बाहिरिएका छन्। लामिछाने बाहिरिएसँगै जिल्ला सभापति पदमा संस्थापन पक्षकै बुद्ध लामा र आनन्दराम पराजुलीबिच सभापति पदका लागि निर्वाचन हुने भएको छ। सोमवार भएको मतदानमा लामाले ५९२, पराजुलीले ५४२ र लामिछानेले ५३१ मत पाए। जिल्ला सभापतिका लागि अब बुद्ध र आनन्दरामबीच दोस्रो चरणको निर्वाचन हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • निर्माण सम्झौताको ११ वर्षसम्ममा पनि सञ्चालनमा आएन बागमती पुल

    निर्माण सम्झौताको ११ वर्षसम्ममा पनि सञ्चालनमा आएन बागमती पुल

    हेटौँडा : निर्माण सम्झौता भएको १० वर्ष ८ महिना बितिसक्दा पनि मकवानपुर र सिन्धुली जोड्ने पक्की पुल सञ्चालनमा आउन सकेको छैन। मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ जोड्ने पुलको निर्माण पूर्ण रुपमा सम्पन्न नहुँदा सञ्चालनमा आउन नसकेको हो। २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवा निर्माण कम्पनीले तत्कालिन धरान–चतरा–सिन्धुली–हेटौँडा सडक आयोजना (हाल मदन भण्डारी लोकमार्ग…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर कांग्रेसमा रोचक दृश्य : सभापतिमा धमाधम घोषणा, एउटै गुटबाट दुई जनाको उम्मेदवारी दाबी

    मकवानपुर कांग्रेसमा रोचक दृश्य : सभापतिमा धमाधम घोषणा, एउटै गुटबाट दुई जनाको उम्मेदवारी दाबी

    हेटौंडा : इन्द्रबहादुर बानियाँपछि कांग्रेस मकवानपुरको नेतृत्व कसले प्राप्त गर्छ भन्ने कुराले अहिले यहाँको राजनीति तातेको छ। कांग्रेसको नेतृत्वलाई अन्य दलले पनि महत्वका साथमा हेरेको अवस्थामा यो पटक आफ्नै टिम मिलाउन निवर्तमान अध्यक्ष तथा हाल वाग्मती प्रदेश अध्यक्ष बानियाँलाई सकस परेको छ। बानियाँ निकट मानिने बुद्ध लामा, आनन्दराम पराजुलीले सभापतिमा इच्छा देखाएपछि आफ्नै टिम मिलाउन उनलाई समस्या परेको हो। कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिको बैठकमै जाँदैनन् मन्त्री: सभापतिहरूको गुनासो, 'हामीलाई टेर्दैनन्'

    संसदीय समितिको बैठकमै जाँदैनन् मन्त्री: सभापतिहरूको गुनासो, 'हामीलाई टेर्दैनन्'

    हेटौँडा: वेस्टमिन्स्टर प्रणालीमा संसद्प्रति सरकार उत्तरदायी हुने मान्यता राखिन्छ। नेपालको संविधानले पनि प्रधानमन्त्री र मन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाएको छ। संसद्ले सरकारका काम कारबाहीको अनुगमन, मूल्याङ्कन र आवश्यक निर्देशन समेत दिने अधिकार राख्छ। तर आफैँलाई निर्वाचित गराउने संस्थाप्रति सरकार जवाफदेही नहुने अभ्यास भने झाँगिँदै गएको छ। संघ, प्रदेश सबैतिर संसद् र संसदीय समिति नमान्ने बानी बाक्लो हुँदै गएको छ। वाग्मती प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • अतिक्रमणमा मयुरधाप औद्योगिक क्षेत्रको जग्गा : व्यक्ति र संघसस्थाको कब्जामा ४३ बिघा जमिन

    अतिक्रमणमा मयुरधाप औद्योगिक क्षेत्रको जग्गा : व्यक्ति र संघसस्थाको कब्जामा ४३ बिघा जमिन

    हेटौँडा : हेटौँडा उपमहानगरपालिका १३ र १४ मा रहेको निर्माणाधिन मयुरधाप औद्योगिक क्षेत्रको करिब ४३ बिघा जमिन व्यक्ति तथा संघसंस्थाले अतिक्रमण गरेका छन्। सरकारले नयाँ औद्योगिक क्षेत्र स्थापनाको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई २०७३ सालमा दुई सय बिघा जमिनको जग्गाधनी पूर्जा उपलब्ध गराएको थियो। तर, मयुरधापमा औद्योगिक क्षेत्र निर्माण शुरु भएको पाँच वर्षमा पनि व्यक्ति तथा संघसंस्थाले अतिक्रमण गरेको उक्त…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell