PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • दरबन्दी छ, जनशक्ति छैनः भीमफेदी कारागारका कैदीलाई प्राथमिक उपचारमै समस्या

    दरबन्दी छ, जनशक्ति छैनः भीमफेदी कारागारका कैदीलाई प्राथमिक उपचारमै समस्या

    हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको  भीमफेदी कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारका लागि समस्या भएको छ। दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको हो। कारागारमा अहेबको दरबन्दी छ। जनशक्ति नहुँदा उपचारका लागि हेटौंडा अस्पताल लैजानुपर्ने बाध्यता छ। कारागारमा कुनै दुर्घटना भएमा उपचार नपाई मृत्यु हुने अवस्था आउनसक्ने नाइके सुयस ढकालले बताए। ‘केही समयअघि कारागारका एक कैदी एक्कासी बेहोस् भए। बेहोस् हुने…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा संक्रमितले उपचार पाउदैनन् भनेर हायलकायल हुनुपर्ने अवस्था छैन : प्रदेश स्वास्थ्यमन्त्री लामा

    वाग्मतीमा संक्रमितले उपचार पाउदैनन् भनेर हायलकायल हुनुपर्ने अवस्था छैन : प्रदेश स्वास्थ्यमन्त्री लामा

    कोभिड-१९ महामारीको तेस्रो लहरबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ। सात प्रदेशमध्ये वाग्मती 'हटस्पट' बन्दै गएको छ। संघीय प्रदेशको राजधानी रहेको काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सक्रिय संक्रमित छन्। पछिल्लो तथ्यांकअनुसार देशभर २५ हजार ६८० सक्रिय संक्रमित हुँदा वाग्मतीमामात्र झन्डै १८ हजार सक्रिय संक्रमित छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँ संघीय सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउनेदेखि सार्वजनिक सेवा…

    विस्तृतमा पढ्नुस्

  • कारागारको चौघेराभित्र कैदीबन्दीको सक्रियता : बनाउँछन् अढाइ लाखसम्मका गलैँचा

    कारागारको चौघेराभित्र कैदीबन्दीको सक्रियता : बनाउँछन् अढाइ लाखसम्मका गलैँचा

    हेटौँडा : भिमफेदी कारागारमा ८ वर्षदेखि सजाय भोगिरहेका माइतेसिं बल नाम्लो बुनिरहेका थिए। चिसो मौसममा घाम तापेर उनी आफ्नै तालमा नाम्लो बुनिरहेका थिए। २० वर्ष कैदको कर्तव्यज्यान मुद्धामा सजाय काटिरहेका ६० वर्षे माइतेसिं दैनिकजसो नाम्लो बुनेर समय बिताउने गरेका छन्। एउटा नाम्लो बेचेबापत ३ सय रुपैयाँ आम्दानी हुने र समयको सदुपयोग पनि हुने हुँदा आफू नाम्लो बुनेर समय बिताउने गरेको…

    विस्तृतमा पढ्नुस्

  • समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउने वाग्मती प्रदेशको निर्णय

    समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउने वाग्मती प्रदेशको निर्णय

    हेटौंडाः वाग्मती प्रदेशमा समुदाय तहसम्म कोभिड -१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय भएको छ। कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहीबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड -१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय गरेको हो। संयोजक मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा खोप लगाउने दर बढाउन समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउन खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ। ‘कोभिड–१९…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा राष्ट्रियसभा निर्वाचन : उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान

    वाग्मती प्रदेशमा राष्ट्रियसभा निर्वाचन : उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान

    हेटौँडा : वाग्मती प्रदेशका राष्ट्रियसभा सदस्य पदका उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ। राष्ट्रियसभामा वाग्मती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुने हुँदा उक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आइतवार चुनाव चिह्न प्रदान गरिएको हो। नेकपा (एमाले)का उम्मेद्वार निर कुमारी कुँवर र गोपाल शाक्यलाई सूर्य, सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली…

    विस्तृतमा पढ्नुस्

  • सहमतिमै टुंगियो एमाले मकवानपुरको अधिवेशन : अध्यक्षमा एकलाल श्रेष्ठ, पदाधिकारी र सदस्यमा को - को?

    सहमतिमै टुंगियो एमाले मकवानपुरको अधिवेशन : अध्यक्षमा एकलाल श्रेष्ठ, पदाधिकारी र सदस्यमा को - को?

    हेटौंडा : नयाँ नेतृत्वको लागि निर्वाचन हुने भनिए पनि नेकपा एमाले मकवानपुरको अधिवेशन सर्बसम्मतिमै टुंगिएको छ। शुक्रवारदेखि सुरु भएको जिल्ला अधिवेशनमा शनिवार साँझसम्म सहमति नहुँदा नेतृत्वका लागि आइतवार मतदान हुने कार्यतालिका बनेको थियो। यद्यपि आइतवार बिहान भएको सहमतिअनुसार एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। हेटौंडामा भएको ११ औं जिल्ला अधिवशेनमा श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्सीय जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • एमाले जिल्ला अधिवेशनः सहमति नहुँदा मकवापुरमा आइतबार निर्वाचन   

    एमाले जिल्ला अधिवेशनः सहमति नहुँदा मकवापुरमा आइतबार निर्वाचन   

    हेटौंडाः नेकपा (एमाले) मकवानपुरको नेतृत्व चयनका लागि आइतबार मतदान हुने भएको छ। शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नहुँदा नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। केन्द्रीय नेतृत्वले सर्वसम्मतको निर्देशन दिए पनि दुई प्रत्यासीबीच सहमति नभएपछि मतदान हुने भएको हो। तर चुनाव अघिसम्म सहमतिको प्रयास जारी राखिने नेताहरुले बताएका छन्।   अध्यक्षका लागि वर्तमान अध्यक्ष बद्री लम्साल र सचिव एकालाल श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • २०७८ भित्र बालविवाह मुक्त प्रदेश बनाउन असफल भयो वाग्मती प्रदेश सरकार

    २०७८ भित्र बालविवाह मुक्त प्रदेश बनाउन असफल भयो वाग्मती प्रदेश सरकार

    हेटौँडा : २०७८ भित्र बालविवाह मुक्त प्रदेश बनाउने वाग्मती प्रदेश सरकारको लक्ष्य असफल भएको छ। बालविवाह मुक्त घोषणा गर्न नसक्ने भएपछि वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयलले म्याद सकिएका स्वयंसेवकहरुको म्याद पनि नथप्ने भएको छ। स्वयंसेवकहरुबाट सफलता हात नमिलेपछि उनीहरुको म्याद नथपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। वाग्मतीमा बालविवाह मुक्त गर्न प्रदेशका १ सय १९ वटै स्थानीय तहहरुमा बालमैत्री पालिका घोषणा…

    विस्तृतमा पढ्नुस्

  • दामन सिमभन्ज्याङमा हिउँ परेपछि पर्यटकको भिड, व्यापारीहरु उत्साहित

    दामन सिमभन्ज्याङमा हिउँ परेपछि पर्यटकको भिड, व्यापारीहरु उत्साहित

    हेटौँडा : मकवानपुरको उत्तरी क्षेत्र दामन सिमभन्ज्याङमा हिउँ परेपछि उक्त क्षेत्रका व्यापारीहरु उत्साहित भएका छन्। काठमाडौं, चितवन, रक्सौल, वीरगंजदेखि हिउँ प्रेमीहरु यहाँ हिउँ खेल्न आएका छन्। दैनिक पर्यटकहरुको भिड लाग्दा उक्त क्षेत्रका होटलहरु भरिभराउ छन् भने यहाँका व्यवसायीहरुलाई भ्याई नभ्याई छ। बुधवार परेको हिउँ खेल्न पहिलो दिनमै ४ हजार भन्दा बढी पर्यटक आएको यहाँका व्यापारी सन्दीप भुजेलले जानकारी दिए। ‘पर्यटकहरु…

    विस्तृतमा पढ्नुस्

  • विद्युतीय बस खरिद प्रक्रिया रोकेको वाग्मती सरकारले मन्त्रीहरुलाई गाडी किन्ने गृहकार्य गर्दै

    विद्युतीय बस खरिद प्रक्रिया रोकेको वाग्मती सरकारले मन्त्रीहरुलाई गाडी किन्ने गृहकार्य गर्दै

    हेटौँडा : वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया रोकेर मन्त्रीहरुलाई सवारी साधन खरिद गर्न गृहकार्य गरिरहेको छ। मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारले पूर्वाधारको तयारी नहुँदै कमिसनको चक्करमा अघिल्लो सरकारले विद्युतीय बस सञ्चालन गर्न खोजेको भन्दै सम्पूर्ण प्रक्रिया तत्काललाई रोकेको थियो। चालु आर्थिक वर्षमा विद्युतीय बसका लागि ५० करोड रुपैयाँ विनियोजन भएको थियो। सरकारले ३० वटा विद्युतीय बस…

    विस्तृतमा पढ्नुस्

  • दुध उत्पादनमा कमी आउँदा हेटौँडा दुग्ध वितरण आयोजनाले विदेश निर्यात गर्न सकेन घ्यु

    दुध उत्पादनमा कमी आउँदा हेटौँडा दुग्ध वितरण आयोजनाले विदेश निर्यात गर्न सकेन घ्यु

    हेटौँडा : चालु आर्थिक वर्ष २०७८/७९ मा हेटौँडा दुग्ध वितरण आयोजनाले दुध उत्पादनमा कमी आउँदा घ्यु विदेश निर्यात गर्न सकेको छैन। गत आव २०७७/७८ मा आयोजनाले घ्यु उत्पादन गरेर धमाधम विदेश निर्यात भएको थियो। ४८ वर्षअघि हेटौँडा औद्योगिक क्षेत्रमा स्थापना गरिएको दुग्ध वितरण संस्थानअन्तर्गतको आयोजनाले गत वर्षबाट दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा घ्यु पठाउँदै आएको थियो। तर, चालु आवमा भने…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा थपिए ३ मन्त्री र ३ राज्यमन्त्रीः चौथो पटक मन्त्रिपरिषद विस्तार, मन्त्रीको संख्या १८ पुग्यो

    वाग्मती प्रदेशमा थपिए ३ मन्त्री र ३ राज्यमन्त्रीः चौथो पटक मन्त्रिपरिषद विस्तार, मन्त्रीको संख्या १८ पुग्यो

    हेटौंडाः वाग्मती प्रदेशमा थप तीन मन्त्री र तीन राज्यमन्‍त्री थप भएका छन्। नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद र गोपनीयताको शपथ समेत लिएका छन्। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन्। पाण्डेले शुक्रबार नेपालको संविधानको धारा १६८(९) बमोजिम ३ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए। निर्णय अनुसार भूमि व्यवस्था सहकारी मन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा…

    विस्तृतमा पढ्नुस्

  • १८ वर्षअघि बनेको सभागृह भत्काएर १३ तले भवन निर्माण गर्दै हेटौंडा उपमहानगर

    १८ वर्षअघि बनेको सभागृह भत्काएर १३ तले भवन निर्माण गर्दै हेटौंडा उपमहानगर

    हेटौंडा : वर्षौदेखि प्रयोगविहीन अवस्थामा रहेको हेटौंडा उपमहानगरपालिका-४ स्थित वासुदेव सभागृहलाई भत्काउन सुरु भएको छ। हेटौंडा उपमहानगरपालिकाले उक्त भवनलाई भत्काएर बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको छ। उक्त भवन निर्माण गर्नका लागि ठेक्का पनि दिईसकेको छ। २०६० सालमा तत्कालिन हेटौंडा नगरपालिकाको हुप्रचौरमा निर्माण गरिएको सभागृह प्रयोगमा आउन सकेको थिएन। तत्कालिन नगरप्रमुख मधु अधिकारीको समयमा सभागृह निर्माण सुरु गरिएको थियो। त्यसबेला विभिन्न कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा जम्बो मन्त्रिपरिषद्, मासिक पाँच लाख बढी भार

    वाग्मतीमा जम्बो मन्त्रिपरिषद्, मासिक पाँच लाख बढी भार

    हेटौंडा : वाग्मती प्रदेश सरकारमा भागबण्डा पुर्‍याउन मन्त्रालयको संख्या बढाएसँगै सुरु भएको आलोचना अहिले पनि जारी छ। मन्त्रिपरिषद् विस्तार चुस्त दुरुस्त र कम खर्चमा सरकार चलाउनुपर्नेमा जम्बो मन्त्रिपरिषद् बनाएर राजस्वको ढुकुटी सिध्याउने काम गरेको आरोप विपक्षी दल नेकपा एमालेले लगाएको छ। प्रदेश सरकारले कामलाई व्यवस्थित बनाउन मन्त्रालय विभाजन गरेको दाबी गरे पनि सत्तारुढ गठबन्धनका दल बिच भागभण्डा मिलाउन मन्त्रीको संख्या थपिएको हो। मन्त्रालय विभाजन…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा नवनियुक्त ५ मन्त्रीसहित एक राज्यमन्त्रीले लिए शपथ, भागबन्डा पुर्‍याउन मन्त्रालय विभाजन

    वाग्मती प्रदेशमा नवनियुक्त ५ मन्त्रीसहित एक राज्यमन्त्रीले लिए शपथ, भागबन्डा पुर्‍याउन मन्त्रालय विभाजन

    हेटौँडाः वाग्मती प्रदेशका मुख्‍यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रीमण्डल विस्तार गरेका छन्। गठबन्धनमा रहेका दलहरुमा भागबण्डा मिलाउन ६ वटा मन्त्रालय थप गरेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र) बाट दोलखाका विशाल खड्का, चितवनका घनश्याम दाहाल र काभ्रेका रत्न ढकाल र सरकारको नेतृत्व गरिरहेको नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सिन्धुपाल्चोककी इन्द्रमाया गुरुङ, काभ्रेका बसुन्धरा हुमागाईं र काठमाडौंका वसन्त मानन्धरलाई…

    विस्तृतमा पढ्नुस्

  • दाजुभाइ बिच कुटाकुट हुँदा दाजुको मृत्यु 

    दाजुभाइ बिच कुटाकुट हुँदा दाजुको मृत्यु 

    हेटौंडा : मकवानपुरमा दाजुभाइबिच कुटाकुट हुँदा दाजुको मृत्यु भएको छ।  उत्तर पश्चिममा रहेको कैलाश गाउँपालिका वडा नम्बर ६ तल्लो पकनीका ३३ वर्षीय नन्दरे मोक्तान र उनका भाइ ३० वर्षीय सीताराम मोक्तान बिच सामान्य विवादमै कुटपिट हुँदा नन्दरे मोक्तानको मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। झगडाको कारण खुलिसकेको छैन। सीतारामलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • मिनी महाधिवेशन मानिएको वाग्मतीमा किन हार्‍यो पौडेल पक्ष, पदाधिकारीमा बलिया केसी प्यानल कसरी पराजित भए बानियाँसँग?

    मिनी महाधिवेशन मानिएको वाग्मतीमा किन हार्‍यो पौडेल पक्ष, पदाधिकारीमा बलिया केसी प्यानल कसरी पराजित भए बानियाँसँग?

    हेटौंडा : नेपाली कांग्रेसको वाग्मती प्रदेश कार्यसमितिको निर्वाचित पदाधिकारीको संख्या हेर्ने हो भने सभापतिबाहेक जगदीश्वरनरसिंह केसी प्यालनका धेरै छन्। निर्वाचित उपसभापति मोहनबहादुर बस्नेत, महामन्त्री कञ्चनचन्द्र बादे, सहमहामन्त्री जीवन डंगोलर ऋषिराम घिमिरे केसी समूहकै हुन्। यता उपसभापति चन्द्र महर्जन, महामन्त्रीराजु श्रेष्ठ र सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ भने सभापतिमा निर्वाचित ईन्द्रबहादुर बानियाँ समूहका हुन्। पदाधिकारीमा चार जनाको जित निकाले पनि केसी बानियाँसँग १८५…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेस वागमती प्रदेश उपसभापतिमा बस्नेत र महर्जन, महामन्त्रीमा बादे र राजु

    नेपाली कांग्रेस वागमती प्रदेश उपसभापतिमा बस्नेत र महर्जन, महामन्त्रीमा बादे र राजु

    हेटौंडा: नेपाली कांग्रेस वागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस वागमती प्रदेश उप-सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी बनेका छन। बस्नेतले १०५९ मत र महर्जनले १०३७ मत प्राप्त गरेका छन। बस्नेत जगदीश नरसिंह केसी र महर्जन इन्द्र बहादुर बानियाँ प्यानलबाट उम्मेदवार रहेका थिए। त्यसैगरी महामन्त्रीमा कंचन बादे र राजु श्रेष्ठ निर्वाचित भएका छन…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित

    नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित

    हेटौंडाः नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षका बानियाँ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै वाग्मती कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्। बानियाँले १०८५ मत पाएका छन्। केसीले ९२७ मत पाएका छन्।  दोस्रो चरणको मतदानमा उनलाई भीमसेनदास प्रधान समूहले साथ दिएको थियो। मत परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको पुनः मतदान सकियो, २०२५ मत खस्यो

    वाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको पुनः मतदान सकियो, २०२५ मत खस्यो

    हेटौंडाः नेपाली कांग्रेसको नेतृत्व चयनका लागि वाग्मती प्रदेशमा पुनः भएको मतदान सकिएको छ। पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि पुनः मतदान भएको हो।  निर्वाचन समितिका अनुसार २०२५ मत खसेको छ। १२६ जना अनुपस्थित भएका छन्।  वाग्मतीमा संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँ उम्मेद्वार छन्। यस्तै, संस्थापन इतरबाट जगदिश्वरनरसिंह केसी प्रतिस्पर्धामा छन्। यस्तै, नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell