PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • अष्टलक्ष्मीको अडान, 'उपाध्यक्षभन्दा तलमाथि हुँदैन'

    अष्टलक्ष्मीको अडान, 'उपाध्यक्षभन्दा तलमाथि हुँदैन'

    चितवन : नेकपा (एमाले) लाई यतिखेर महाधिवेशनको चटारो छ। १०औं महाधिवेशनका लागि अहिले एमालेका नेता कार्यकर्ता चितवन पुगिरहेका छन्। महाधिवेशनको संघारमा अहिले पदका लागि आकांक्षी नेता बढिरहेका छन्। नवौं महाधिवेशनबाट एमालेमा एक मात्र महिला पदाधिकारी रहेकी अष्टलक्ष्मी शाक्‍य फेरि उपाध्यक्षमै लड्ने योजनामा छिन्। माधवकुमार नेपालको साथमा रहेकी शाक्य पार्टी एकताका लागि भन्दै एमालेमै बसेकी थिइन्। पार्टीबीच शक्ति संघर्ष चलिरहँदा केही…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय जनगणनाबारे स्थानीयको अनभिज्ञता : ‘चुनावको लागि आएको भन्दै गणकसँग झर्किन्छन्’

    राष्ट्रिय जनगणनाबारे स्थानीयको अनभिज्ञता : ‘चुनावको लागि आएको भन्दै गणकसँग झर्किन्छन्’

    हेटौँडा : अहिले बिहानदेखि बेलुकी जुनसुकै बेला तपाईँ हाम्रो घरघरमा केन्द्रीय तथ्याङ विभागले खटाएका गणक आइपुग्न सक्छन्। ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारासहित राष्ट्रिय जनगणना-२०७८ गत कात्तिक २५ गतेदेखि जारी छ। १२ औँ राष्ट्रिय जनगणनामा गणकले परिवार संख्यादेखि जोखिम र विपद् तथा हात-हातमा बोक्ने मोबाइल समेतका ८० वटा प्रश्न सोध्छन्। जनगणनामा आम सहभागिता पनि उत्साहजनक छ। जनगणना मुलुकको यथार्थ बुझ्न…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशनको बन्दसत्रका लागि सौराहामा बन्दै दुई हजार जना क्षमताको अस्थायी हल

    एमाले महाधिवेशनको बन्दसत्रका लागि सौराहामा बन्दै दुई हजार जना क्षमताको अस्थायी हल

    चितवनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको अस्थायी हल निर्माण सुरु भएको छ। बन्दसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली स्थानमा हल निर्माणको काम सुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए। महाधिवेशनका सहभागी हुने दुई हजार जना प्रतिनिधि सहज रुपमा अट्ने…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा कांग्रेस प्रदेश क्षेत्रीय अधिवेशन : नेतृत्वमा देउवा पक्षका उम्मेदवारको वर्चश्व

    मकवानपुरमा कांग्रेस प्रदेश क्षेत्रीय अधिवेशन : नेतृत्वमा देउवा पक्षका उम्मेदवारको वर्चश्व

    हेटौंडा : कांग्रेस मकवानपुरको प्रदेश सभा क्षेत्रको निर्वाचन शुक्रवार सम्पन्न भएको छ। मकवानपुरमा २ प्रतिनिधिसभा क्षेत्र अन्तर्गतको ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन्। प्रत्येक क्षेत्रमा २५ जनाको निर्वाचन भएको हो। जिल्लाको ४ क्षेत्रमा ७ जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए। जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा प्यानल समर्थित र संस्थापनइतर रामचन्द्र पौडेल प्यानलबीच प्रतिस्पर्धा भएको थियो। मकवानपुरमा सबै क्षेत्रको शनिवार बिहान…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर जिल्ला अदालतबाट दोषी ठहरिएका २ हजार ७१५ अभियुक्त फरार सूचीमा

    मकवानपुर जिल्ला अदालतबाट दोषी ठहरिएका २ हजार ७१५ अभियुक्त फरार सूचीमा

    हेटौँडा : मकवानपुरमा अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका २ हजार ७ सय १५ जना अभियुक्त फरार रहेका छन्। मकवानपुर जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेको तर फरार भएका स्वदेशी एवं विदेशी गरी २ हजार ७ सय १५ जना रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए। उनका अनुसार फरार सूचीमा रहेकामध्ये ६२ जना विदेशी नागरिक र १ हजार ६…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा ८० प्रतिशत विद्यालयको पुनर्निर्माण सकियो, बाँकीको पुनर्निर्माणमा देखिए यस्ता चुनौति

    मकवानपुरमा ८० प्रतिशत विद्यालयको पुनर्निर्माण सकियो, बाँकीको पुनर्निर्माणमा देखिए यस्ता चुनौति

    हेटौँडा : भूकम्पले भत्काएका मकवानपुरका ८० प्रतिशत विद्यालय भवन पुनर्निर्माण भइसकेको छ। भूकम्पले विद्यालय भवन भत्केपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का प्रणाली, विद्यालय व्यवस्थापन समिति र गैरसरकारी संस्थामार्फत विद्यालय भवनको पुनर्निर्माण कार्य गरिरहेको छ। मकवानपुरमा विद्यालय व्यवस्थापनमार्फत ३ सय भवनको १ हजार २६ कक्षाकोठा, १ सय ४९ शौचालय र ८४ खानेपानी ट्यांकीको निर्माण सम्पन्न भइसकेको छ। ठेक्का प्रणालीबाट ५६ विद्यालय भवनका…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो सरकारका निर्णय उल्टाउँदै वाग्मती प्रदेश सरकार : रोकियो विद्युतीय बस खरिद प्रक्रिया

    अघिल्लो सरकारका निर्णय उल्टाउँदै वाग्मती प्रदेश सरकार : रोकियो विद्युतीय बस खरिद प्रक्रिया

    हेटौँडा : बहुप्रतिक्षित सुरुङमार्गबाट हात झिकेको वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया पनि रोकेको छ। २० वटा सिटी र १० वटा कोच बस खरिद गर्ने योजना अघिल्लो प्रदेश सरकारको थियो। पूर्वाधार तयारी नहुँदै कमिसनको चक्करमा लागेर अघिल्लो सरकारले विद्युतीय बस सञ्चालन गर्न खोजेको भन्दै मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले सम्पूर्ण प्रक्रिया तत्कालका लागि रोकेको हो। सार्वजनिक यातायातलाई बढावा दिने…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा नवनियुक्त मन्त्रीद्वय शालिकराम जम्मकट्टेल र निमा लामाले लिए सपथ

    वाग्मती प्रदेशमा नवनियुक्त मन्त्रीद्वय शालिकराम जम्मकट्टेल र निमा लामाले लिए सपथ

    हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कात्तिक ११ गते मुख्यमन्त्रीको सपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका पाण्डेले थप दुई मन्त्री थपेका हुन्। मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाएका हुन्। जम्मकट्टेल आर्थिक मामिला तथा योजनामन्त्री र लामा स्वास्थ्यमन्त्री बनेका छन्। उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तार गर्दै वाग्मतीका मुख्यमन्त्री, को - को बन्दैछन् मन्त्री?

    मन्त्रिपरिषद् विस्तार गर्दै वाग्मतीका मुख्यमन्त्री, को - को बन्दैछन् मन्त्री?

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। कात्तिक ११ गते मुख्यमन्त्रीको सपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको पाण्डेले थप दुई सदस्यीय मन्त्री थप्न लागेका हुन्। मुख्यमन्त्री पाण्डेले माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाउन लागेका हुन्। स्रोतका अनुसार जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री र…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ। सोमवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन्। विश्वासको मतका लागि ५५ मत आवश्यक पर्नेमा प्रदेशसभामा भएको मत विभाजनमा पाण्डेले ५९ मत प्राप्त गरेका छन् भने विपक्षमा ४३ मत प्राप्त खसेको छ। नेमकिपाको २ मत तटस्थमा परेको छ। कात्तिक ११ गते पद तथा गोपनीयताको सपथ ग्रहण…

    विस्तृतमा पढ्नुस्

  • फाखेलमा फूलैफूल : इन्द्रसरोवरका डाँडाकाँडा सयपत्रीले ढकमक्क

    फाखेलमा फूलैफूल : इन्द्रसरोवरका डाँडाकाँडा सयपत्रीले ढकमक्क

    हेटौंडा : हिन्दु नेपालीहरुको महान् पर्व दीपावलीमा फूलको माग बढ्न थालेको छ। यही मेसोमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका किसानहरु यतिखेर फूल टिप्न व्यस्त देखिन्छन्। यो मौसममा इन्द्रसरोवरका अधिकांश भूभागमा गरेका पुष्पखेतीले सम्पूर्ण वस्ती तथा डाँडाकाँडा फूलैफूलले ढकमक्क ढाकेको देख्न सकिन्छ। तिहारलाई लक्षित गर्दै मकवानपुरको फाखेलबासी यतिखेर व्यस्त छन्। आफ्नो दैनिक कामधन्दासहित उनीहरु माला बुन्न व्यस्त भएका हुन्। त्यसैले फाखेल यतिखेर ‘माला…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश कार्यालयमा रहेका ६ वटा कुकुर, सबैको छुट्टाछुट्टै विधा

    वाग्मती प्रदेश कार्यालयमा रहेका ६ वटा कुकुर, सबैको छुट्टाछुट्टै विधा

    हेटौंडा : नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा कुकुरको प्रयोग गरेको ५ दशक नाघिसकेको छ। २०२६ सालमा नेपाल प्रहरीले पहिलोपटक विदेशबाट ४ वटा कुकुर नेपाल भित्र्याएको थियो। अपराध अनुसन्धानमा कुकुरको प्रयोग व्यवस्थित गर्न थालेको भने २०३२ सालदेखि हो। पछिल्लो समय भएका आपराधिक गतिविधिमा अनुसन्धानका लागि कुकुरको माग बढी छ। कुकुरको  प्रयोगबाट गरिएका अनुसन्धान सफल समेत भएका छन्। हाल नेपाल प्रहरीमा अपराध अनुसन्धान,…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई रामचन्द्रको प्रश्न : महाधिवेशन गर्न नसक्नेले अरु निर्वाचन गराउँछ भन्ने के ग्यारेन्टी ?

    देउवालाई रामचन्द्रको प्रश्न : महाधिवेशन गर्न नसक्नेले अरु निर्वाचन गराउँछ भन्ने के ग्यारेन्टी ?

    हेटौंडा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराउने कुरामा विश्वास गर्न नसकिने बताएका छन्। नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले आन्तरिक महाधिवेशन र निर्वाचन गर्न नसक्ने कांग्रेसको वर्तमान नेतृत्वबाट संसदीय चुनाव हुने र त्यसमा प्रतिस्पर्धा गर्ने भनिनु अनौठो भएको बताएका हुन्। उनले भने ‘महाधिवेशन भएको साढे…

    विस्तृतमा पढ्नुस्

  • कानुन बन्यो, नियमावली छैन: संघीय ऐनको पर्खाइमा वाग्मती प्रदेश खेलकुद विकास परिषद

    कानुन बन्यो, नियमावली छैन: संघीय ऐनको पर्खाइमा वाग्मती प्रदेश खेलकुद विकास परिषद

    हेटौंडा: वाग्मती प्रदेशमा प्रदेश खेलकुद विकास ऐन, २०७५ कानुन बनेको ४ वर्ष भइसकेको छ तर हालसम्म पनि नियमावली भने बन्न सकेको छैन। ४ वर्ष लाग्नै लाग्दा समेत नियमावली लगायत संरचना तयार नहुँदा प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेका छैनन्। संघमा नयाँ ऐन कुर्दै गरको कारणले प्रदेशमा नियमावली कार्यान्वयनका लागि चासो दिएको देखिन्न। ऐन बनेको झण्डै १ वर्षपछि २०७६ सालमा वाग्मती प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा मुख्यमन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल गठनको तयारी

    वाग्मतीमा मुख्यमन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल गठनको तयारी

    हेटौंडा : वाग्मती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। अष्टलक्ष्मी शाक्यले बुधवार पदबाट राजीनामा दिएसँगै नेकपा (एकीकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्। शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठका लागि दावी पेश गर्न बिहीवार ३ बजेसम्मको समय दिएका थिए। आज ३ बजेभित्रै पाण्डेले…

    विस्तृतमा पढ्नुस्

  • ५९ सांसदको हस्ताक्षरसहित वाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेद्वारा दावी पेश

    ५९ सांसदको हस्ताक्षरसहित वाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेद्वारा दावी पेश

    हेटौँडा : वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डे प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डे आफ्नो दलसँगै नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता सालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहित जनता समाजवादी पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न प्रदेश प्रमुख समक्ष गएका हुन्। पाण्डे माओवादी केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • 'वाकओभर'को तयारीमा मुख्यमन्त्री शाक्य, प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिने

    'वाकओभर'को तयारीमा मुख्यमन्त्री शाक्य, प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिने

    हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पदबाट राजीनामा दिने भएकी छन्। शाक्यले गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएपछि राजीनामा घोषणा गर्ने तयारी रहेको नेकपा एमाले प्रदेशसभा सचेतक दिपक निरौलाले जानकारी दिए।   यसपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनापत्र बुझाउने उनले बताए। आज बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मत पाउने सम्भावना नभएपछि अष्टलक्ष्मीले गर्लिन् त मार्गप्रशस्त?

    विश्वासको मत पाउने सम्भावना नभएपछि अष्टलक्ष्मीले गर्लिन् त मार्गप्रशस्त?

    हेटौँडा : वाग्मती प्रदेशमा केही दिनमा नै सरकार परिवर्तन हुने लगभग पक्का छ। नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई हटाउँदै विपक्षी गठबन्धनबाट सरकार गठन गर्ने तयारी छ। मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मतका लागि शुक्रवार प्रस्ताव पेश गरिसकेकी छिन्। उनको प्रस्तावमाथि प्रदेशसभामा छलफल समेत सकिसकेको छ। अब आउने कात्तिक १० गते वाग्मती प्रदेशसभामा विश्वासको मतमाथि मतदान हुनेछ। मतदानमा मुख्यमन्त्री शाक्यले बहुमत…

    विस्तृतमा पढ्नुस्

  • रग्बीलाई चिनाउन कोचदेखि रेफ्रीको भूमिकामा कप्तान एलिसाको खटाइ

    रग्बीलाई चिनाउन कोचदेखि रेफ्रीको भूमिकामा कप्तान एलिसाको खटाइ

    हेटौँडा : विश्व खेलकुदमा चर्चामा रहने खेल हो रग्बी। नेपालमा रग्बीको कुरा गर्ने हो भने भ्रूण अवस्थामै छ भन्दा फरक पर्दैन। धेरैजना यस खेल प्रति अनभिज्ञ छन्। नाम सुन्नेलाई पनि खेल कसरी खेलिन्छ भनेर थाहा हुन्न। यस्तो अवस्थाबिच नेपालमा रग्बीलाई स्थापित गर्ने प्रयासमा छिन् नुवाकोटकी एलिसा थापा। सानैदेखि नदेखेको र नखेलेको खेल। खेल कसरी खेलिन्छ भन्ने पनि थाहा थिएन उनलाई।…

    विस्तृतमा पढ्नुस्

  • फूलपातीको दिन अकालमा निधन भएकाहरुलाई स्मरण गर्दै गोगनेका तामाङ समुदायले गरे वायु पूजा

    फूलपातीको दिन अकालमा निधन भएकाहरुलाई स्मरण गर्दै गोगनेका तामाङ समुदायले गरे वायु पूजा

    हेटौँडा : हेटौँडा-१४ की ठूलीमाया रुम्बा फूलपातीको दिन बिहान सबेरै नुवाईधुवाई गर्छिन्। नुहाइधुवाइ सकेपछि पूजा गर्नका लागि अबिर, फूललगायत सरसामान तयार पार्छिन्। फूलपातीको दिनमा गर्ने पूजाका लागि उनले खट्टे, भुटेको धान, चिउरा, अन्डा, चामल भेटी, सिन्दुर, गाईको धुप, एउटा कुखुरा तयार पार्छिन्। उनले यसरी पूजा गर्दै आएको ७५ वर्ष वितिसक्यो। ठूलीमायाले मात्रै हैन गाउँका तामाङ समुदायले एकै स्थानमा बसेर फूलपातीका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell