PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • दसैं रौनक : गाउँघरमा लिपपोत र सरसफाई सुरु, कोही दुनाटपरी बुन्दै

    दसैं रौनक : गाउँघरमा लिपपोत र सरसफाई सुरु, कोही दुनाटपरी बुन्दै

    हेटौंडा : दसैंको बेला गाँउमा बेग्लै रौनक छाँउछ। गाँउघरमा दसैं आएको संकेत हो - घरमा हुने लिपपोत र सरसफाइ।  अहिले गाउँका सबै घर रङगाउन, लिपपोत गर्न र सरसफाई गर्न व्यस्त छन् मानिसहरु। मकवानपुरको विभिन्न गाउँहरुमा अहिले घर लिपपोतमै व्यस्त छन महिलाहरु। वर्षभरी, झरीले बिगारेका घरका बाहिरी भित्ता, मकुराका जालोहरुलाई हटाइ कसैले रातो माटोले त कसैले कमेरोकोले घर उज्यालो बनाउन थालेका…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, नयाँ मुख्यमन्त्री को बन्ने भन्नेमा गठबन्धनभित्रै हानथाप

    मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, नयाँ मुख्यमन्त्री को बन्ने भन्नेमा गठबन्धनभित्रै हानथाप

    हेटौंडा : वाग्मती प्रदेशमा एकल बहुमत रहेको नेकपा एमाले विभाजित भएपछि अल्पमतमा परेको वाग्मती प्रदेश सरकारले असोज २५ गते विश्वासको मत लिने भएको छ। नेकपा एमालेका १३ प्रदेशसभा सदस्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन लागेकी हन्। विश्वासको मत नपाउने अवस्था भए पनि आफू सामना गर्न तयार रहेको उनले बताइन्। ५६ सांसद सहित…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?

    मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?

    हेटौंडा : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मकवानपुरको १० वटा स्थानीय तहहरुमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेस हेटौंडा नगरको सभापतिमा उत्सव इटेनीको प्यानलनै निर्वाचित भएको छ। शनिबार भएको हेटौंडा उपमहानगरपालिकाको नगर अधिवेशनमा सभापतिमा इटेनीको प्यानलनै विजयी भएको हो। इटेनीले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई भारी मतले पराजित गरी विजयी बनेका हुन्। नगर सभापति इटेनीले २…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस हेटौंडा नगरमा उत्सव इटेनी प्यानलको 'क्लिन स्विप'

    कांग्रेस हेटौंडा नगरमा उत्सव इटेनी प्यानलको 'क्लिन स्विप'

    हेटौंडा : नेपाली कांग्रेस हेटौंडामा उत्सव इटेनीको प्यानलले क्लिन स्वीप गरी जित हासिल गरेको छ। शनिबार सम्पन्न हेटौंडा उपमहानगरको अधिवेशनले हेटौंडा नगर सभापतिमा इटेनी र अन्य पदका इटेनी प्यानलकै उम्मेदवार विजयी भएका हुन्। उनले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई भारी मतले पराजित गरी विजयी बनेका हुन्। नगर सभापति उत्सव इटेनीले २८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १३२ मत…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीको पार्टीलाई अब टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल 

    केपी ओलीको पार्टीलाई अब टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल 

    हेटौंडा : नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टीर्ला अब टर्च बालेर खोज्नुपर्ने अवस्था आएको बताएका छन्।  हेटौंडाको भइरहेको एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी पार्टी सुदुरपश्चिममा १ नम्बर पार्टी भएको बताए। नेपालले २ नम्बर प्रदेशमा पनि १ नम्बरको पार्टीका रुपमा स्थापित भएको भन्दै कर्णाली प्रदेशमा पनि केपी ओलीलाई धुलो…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे र इन्द्र बानियाँको हानथाप

    वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे र इन्द्र बानियाँको हानथाप

    हेटौँडा: वाग्मती प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री टुंग्याउन नसक्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु लम्बिँदै गएको छ। नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले प्रदेशमा औपचारिक मान्यता पाउँदासम्म सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने विषय टुंगो लागेको छैन। म मुख्यमन्त्री हुने सहमति भइसक्यो : पाण्डे एकीकृत समाजवादीका नेता तथा वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले वाग्मतीमा एकीकृत समाजवादीले…

    विस्तृतमा पढ्नुस्

  • बागमतीमा मुख्यमन्त्री शाक्यको सरकार धरापमा, एकीकृत समाजवादीले गर्‍यो समर्थन नरहेको घोषणा

    बागमतीमा मुख्यमन्त्री शाक्यको सरकार धरापमा, एकीकृत समाजवादीले गर्‍यो समर्थन नरहेको घोषणा

    हेटौँडाः नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन भएका छन्। आधिकारिकता पाएसँगै आइतबार बसेको बैठकले पाण्डेलाई दलको नेता चयन गरेको हो। दलको पहिलो बैठकमा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका १३ सांसदको उपस्थिति थियो। बैठकले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पार्टीको समर्थन नभएको निर्णय पनि गरेको दलका नेता पाण्डेले जानकारी दिए। पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व आफूले नै गर्ने दाबी…

    विस्तृतमा पढ्नुस्

  • नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता भएसँगै राजेन्द्र पाण्डेले गरे मुख्यमन्त्रीमा दावेदारी

    नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता भएसँगै राजेन्द्र पाण्डेले गरे मुख्यमन्त्रीमा दावेदारी

    हेटौंडा : नेकपा एकीकृत समाजवादीले पार्टीको औपचारिकता पाएपछि आज बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ। प्रदेशका ज्येष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आज बसेको बैठकले धादिङ जिल्ला प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ बाट प्रतिधित्व गर्ने पाण्डेलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो। संसदीय दलको पहिलो बैठकमा एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना…

    विस्तृतमा पढ्नुस्

  • सरकार अल्पमतमा हुँदा पनि मन्त्रिपरिषद् विस्तार गरेको भन्दै मुख्यमन्त्री शाक्यको आलोचना

    सरकार अल्पमतमा हुँदा पनि मन्त्रिपरिषद् विस्तार गरेको भन्दै मुख्यमन्त्री शाक्यको आलोचना

    हेटौँडा : वाग्मती प्रदेशमा नेकपा (एमाले) फुटको प्रभाव कम गर्न मुख्यमन्त्री बनाइएकी अष्टलक्ष्मी शाक्य सरकार बन्नासाथ अल्पमतमा परिन्। एमालेका ५६ मध्ये १३ जनाले नयाँ दल नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि शाक्यको मुख्यमन्त्रीको पद धरापमा परिसकेको छ। यसैबीच, मुख्यमन्त्री शाक्यले बुधवार मन्त्रिपरिषद् विस्तार गरिन्। अल्पमतमा परेको आफ्नो सरकारमा उनले ६ जना मन्त्री र ४ राज्यमन्त्री थपेकी हुन्। प्रदेश प्रमुख कार्यालयमा आज…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश : ६ मन्त्री र ४ राज्यमन्त्रीले लिए सपथ

    वाग्मती प्रदेश : ६ मन्त्री र ४ राज्यमन्त्रीले लिए सपथ

    हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। अल्पमतमा परेको आफ्नो सरकारमा उनले ६ जना मन्त्री र ४ राज्यमन्त्री थपेकी हुन्। प्रदेश प्रमुख कार्यालयमा आज नवनियुक्त मन्त्रीहरुलाई सपथ गराइएको छ। हरेक जिल्लाबाट एकएक जनालाई शाक्यले आफ्नो मन्त्रिपरिषदमा सहभागी गराएकी छिन्। आज नियुक्त भएका मन्त्रीहरुमा चितवनका विजय सुवेदी, काठमाण्डौंका अजयक्रान्ती शाक्य, दोलखाकी रचना खड्का,  सिन्धुलीका प्रदीप कटुवाल, रामेछापका…

    विस्तृतमा पढ्नुस्

  • अल्पमतमा परेको सरकार विस्तार गर्दै मुख्यमन्त्री शाक्य, को को बन्दैछन् मन्त्री ?

    अल्पमतमा परेको सरकार विस्तार गर्दै मुख्यमन्त्री शाक्य, को को बन्दैछन् मन्त्री ?

    हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छिन्। मुख्यमन्त्री शाक्यले मन्त्री र राज्यमन्त्री गरी १० जनालाई नियुक्त गर्ने तयारी गरेकी हुन्। आजै मन्त्रिपरिषद विस्तारको तयारी भएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए। आज नियुक्त हुन लागेका मन्त्री र राज्यमन्त्रीहरु चितवनका विजय सुवेदी, काठमाण्डौंका अजयक्रान्ती शाक्य, मकवानपुरकी जुनेली माया श्रेष्ठ , दोलखाकी रचना खड्का, काभ्रेका चन्द्र लामा, सिन्धुलीका…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा कांग्रेसको वडा अधिवेशन सम्पन्न, अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन

    मकवानपुरमा कांग्रेसको वडा अधिवेशन सम्पन्न, अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन

    हेटौँडा : नेपाली कांग्रेस मकवानपुरको आइतवार १ सय २ वटै वडामा अधिवेशन सम्पन्न भएको छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि हुँदै गरेको अधिवेशनमा केही वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएपनि केही वडामा कार्यसमिति र केही वडामा क्षेत्रीय प्रतिनिधि पदको लागि निर्वाचन सम्पन्न भएको हो। जिल्लाको १० वटै स्थानीय तहमा निर्वाचन सम्पन्न भएको जिल्लाका कांग्रेस प्रवक्ता प्रदीप कोइरालाले…

    विस्तृतमा पढ्नुस्

  • अलमलमा अष्टलक्ष्मी : मुख्यमन्त्री पदबाट राजीनामा भने नदिने

    अलमलमा अष्टलक्ष्मी : मुख्यमन्त्री पदबाट राजीनामा भने नदिने

    हेटौंडा : पार्टी विभाजनसँगै अल्पमतका परेकी वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नदिने बताएकी छिन्। मुख्यमन्त्री शाक्यले राजीनामा नदिई सदनमा विश्वासको प्रस्तावको सामना गर्ने बताएकी हुन। साना दलसहित विपक्षीहरुको समर्थन लिएर आफनो सरकारको आयु लम्ब्याउने कोसिसमा मुख्यमन्त्री शाक्यमात्र होइन,सिंगो एमाले गृहकार्यमा जुटेको छ। नेकपा एमाले वाग्मती प्रमुख सचेतक दीपक निरौलाले मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिकाउन सबैले सबै ठाउँमा पहल गरेर संवैधानिक प्रक्रियाले दिएका…

    विस्तृतमा पढ्नुस्

  • अष्टलक्ष्मीलाई हटाएर वाग्मती प्रदेशको मुख्यमन्त्रीका लागि तीन दलको दाबी, भर केन्द्रमा हुने सहमतिकै

    अष्टलक्ष्मीलाई हटाएर वाग्मती प्रदेशको मुख्यमन्त्रीका लागि तीन दलको दाबी, भर केन्द्रमा हुने सहमतिकै

    हेटौंडा : नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेको वाग्मती प्रदेश सरकारलाई हटाई विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि छलफल थालेका छन्। वाग्मती प्रदेश सरकारको नेतृत्वमा मुख्य रुपमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरेका छन्। प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसको तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले दाबी गरेका हुन्। माओवादी केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा, ढल्ने भयो अष्टलक्ष्मीको सरकार

    वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा, ढल्ने भयो अष्टलक्ष्मीको सरकार

    हेटौडा : वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्। मंगलबार उनले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गरेका थिए। खनालले गत भदौ २ गते मन्त्री पदमा शपथ लिएका…

    विस्तृतमा पढ्नुस्

  • १२ सांसदले एमाले छाडेर रोजे एकीकृत समाजवादी, अष्टलक्ष्मी अल्पमतमा परेपछि मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

    १२ सांसदले एमाले छाडेर रोजे एकीकृत समाजवादी, अष्टलक्ष्मी अल्पमतमा परेपछि मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

    हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन्। नेकपा एमाले विभाजन पछि १२ जना प्रदेशसभा सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएसँगै शाक्य औपचारिक रुपमा अल्पमतमा परेकी हुन्। एमाले विवाद चुलिएर औपचारिक रूपमा दुई दलमा विभाजन भएकै दिन शाक्य प्रदेशको मुख्यमन्त्री बनेकी थिइन्। माधवकुमार नेपाल समूहमा रहेकी उनले एकताका लागि भन्दै मुख्यमन्त्री बनेको बताउँदै आएकी छिन्। तर, सत्ताकै लागि…

    विस्तृतमा पढ्नुस्

  • २२ गतेसम्म मुख्यमन्त्री शाक्य पनि माधव नेपालको पार्टीमा सनाखत गर्न आउन सक्नुहुन्छ : सांसद सिग्देल

    २२ गतेसम्म मुख्यमन्त्री शाक्य पनि माधव नेपालको पार्टीमा सनाखत गर्न आउन सक्नुहुन्छ : सांसद सिग्देल

    हेटौंडा :  नेकपा एकीकृत समाजवादीमा मंगलवार सनाखत गरेकी प्रदेशसभा सदस्य मुनु सिग्देलले तत्काल मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताएकी छिन्। यसअघि नेकपा एमाले मकवानपुर जिल्लाकी अध्यक्ष रहेकी सिग्देलले माधवकुमार नेपालको नयाँ दलमा सनाखत गराउँदै मुख्यमन्त्री शाक्यको सरकार तत्काल नढल्ने बताएकी हुन्। ‘सनाखत गर्न २२ गतेसम्म समय दिएको छ। २२ गतेसम्म अक्ष्टलक्ष्मी शाक्यजी पनि सनाखत गर्न आउन सक्नु हुन्छ। त्यसैले हामीले…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीका ११ सांसद एकीकृत समाजवादीतिर, अष्टलक्ष्मी नेतृत्वको सरकार २ सातामै अल्पमतमा

    वाग्मतीका ११ सांसद एकीकृत समाजवादीतिर, अष्टलक्ष्मी नेतृत्वको सरकार २ सातामै अल्पमतमा

    हेटौंडा : नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा वाग्मती प्रदेशका ११ सांसदले सनाखत गरेका छन्। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल निकट अष्टलक्ष्मी शाक्यलाई वाग्मतीको मुख्यमन्त्री पदका लागि अघि सारेका थिए। शाक्य मुख्यमन्त्री बन्दा नेपाल निकट सांसद एमालेमै बस्ने आँकलन विपरीत मंगलवार ११ जना सांसद एकीकृत समाजवादीमा खुलेका हुन्।  प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भइ सनाखत गर्नेमा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ दलमा नआए अष्टलक्ष्मीलाई पदबाट हटाउने तयारीमा सत्ता गठबन्धन, राजेन्द्र पाण्डे होलान् मुख्यमन्त्री?

    नयाँ दलमा नआए अष्टलक्ष्मीलाई पदबाट हटाउने तयारीमा सत्ता गठबन्धन, राजेन्द्र पाण्डे होलान् मुख्यमन्त्री?

    हेटौंडा : एमाले विवाद चुलिएर औपचारिक रूपमा दल विभाजन भएकै दिन वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य सत्तारोहणको केही दिन नबित्दै अल्पमतमा परिन्। माधव कुमार नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि शाक्य नेतृत्व गरेको सरकारको आयु छोटिदै गएको छ। माधव नेपालको नयाँ पार्टीमा एमालेबाट प्रदेशसभामा निर्वाचित केही सांसद प्रवेश गरेसँगै शाक्यको बहुमत गुमेको हो। हाल एमालेबाट विभाजित नेकपा…

    विस्तृतमा पढ्नुस्

  • सडक नबन्दा काठमाडौंबाट हेटौडा पुगेर प्रदेशसभामा भाग लिन सांसदहरुलाई सकस, यसरी संघीयता चल्छ?

    सडक नबन्दा काठमाडौंबाट हेटौडा पुगेर प्रदेशसभामा भाग लिन सांसदहरुलाई सकस, यसरी संघीयता चल्छ?

    भदौ २ गते वाग्मती प्रदेशसभाको बैठक सकाएर काठमाडौं फर्किए नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सांसद सुरेन्द्र राज गोसाई। प्रदेशसभा बैठक हुँदासम्म डोरमणि पौडेल मुख्यमन्त्री थिए। काठमाडौं पुग्दासम्म प्रदेशमा मुख्यमन्त्री फेरियो। अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गर्दै गर्दा गोसाईले सामाजिक संजालमा हेटौडाबाट फर्किँदै गर्दा सडकमा अलपत्र परेका तस्विरहरु सेयर गर्दै प्रश्न गरे ‘हेटौडामा मुख्यमन्त्री परिवर्तन के विगतको असफलताको दण्ड हो?’…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell