हेटौँडा : असार २५ गते नेपाली कांग्रेस मकवानपुरले क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठायो। कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा हाल सदस्यहरुको नामावली केन्द्रीय क्रियाशील छानबिन समितिलाई बुझाउने काम भइरहेको छ। महाधिवेशनकै समयमा वर्षेनी कांग्रेस विवादमा मुछिन्छ। मकवानपुरबाट चार हजार दुई सय ४२ पुराना र पाँच हजार दुई सय ७८ गरी ९ हजार पाँच सय २० को नामावली केन्द्रमा पठाइएको छ।…
हेटौँडा : प्रदेशसभामा विपक्षीहरुको विरोधका बावजुद वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको दावी गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले पेट्रोलमा निर्भर यातायातलाई २०८५ सालसम्म क्रमशः विस्थापन गर्दै जाने नीति अनुसार प्रदेश सरकारले पहिलो चरणमा ३० वटा विद्युतीय बस खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको बताएका छन्। शुक्रवार भौतिक पूर्वाधार विकास मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को…
हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/०७९ को बजेट पारित गर्न समस्या देखिएको छ। नेकपा एमालेभित्रकै आन्तरिक कलह र आपसी विवादका कारण बजेट पास गर्न समस्या देखिएको हो। यद्यपि नीति तथा कार्यक्रम पारितमा भने माधव समूहले साथ दिएको थियो। विपक्षी दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसद बजेटको विपक्षमा छन्। उनीहरुले प्रदेशसभा…
हेटौँडा : मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा निर्माणाधिन पुल गएरातिको बाढीले बगाएको छ। वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण हुँदै गरेको पुल गएराति आएको बाढीले बगाएका हो। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ३ जोड्नका लागि सामरी खोलामा निमाण गर्न लागिएको पुल खोलाले बगाएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए। विगत ५ वर्षदेखि ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अगाडि बढ्न…
हेटौंडा : वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोकमा राहत र पुनर्निर्माणको काम थाल्नुपर्नेमा उक्त क्षेत्रका सांसदले माग गरेका छन। प्रदेशसभामा विहीवार सांसद निमा लामाले राजधानीको तिर्खा मेटाउने मेलम्ची र पाँचपोखरीमा केन्द्र र प्रदेश सरकारले वेवास्ता गरेको आरोप लगाउँदै प्रदेश सरकारले अहिलेसम्म मेलम्ची बाढी पीडितका लागि कुनै योजना र कार्यक्रम नल्याएकोमा आपत्ति जनाए। सांसद लामाले बेपत्ताको खोजी र घाइतेको उपचार गर्न, सम्पूर्ण सम्पत्ति…
हेटौँडा : वाग्मती प्रदेशको बिहीवारको प्रदेशसभा बैठकमा ३ विधेयक पेश भएका छन्। बैठकमा अर्थ तथा विकास समितिका सदस्य सांसद विजय सुवेदीले सार्वजनिक सडक तथा परिवहनसम्बन्धी समितिको प्रतिवेदनसहितको विधेयक पेश गरेका हुन्। त्यस्तै, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकास मन्त्री सरस्वती बस्नेत प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न…
हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ र ३ जोड्न निर्माण भइरहेको पुल बेलैमा बन्न नसक्दा मकवानपुरगढी-५ धादिङ बजारवासीहरुको लागि थापेको धराप जस्तै भएको छ। सामरी खोलामा ५ वर्षअघि निर्माण शुरु भएको ३ स्पानको पुल ठेकेदारको बद्माशीले गर्दा अहिलेसम्म एक स्पान पनि निर्माण सम्पन्न हुन सकेको छैन। पुलको निर्माण शुरु भएपछि स्थानीय जनतामा पुल बन्ने केही आशा पलाएको भएपनि अहिले जनता…
हेटौँडा : पटक-पटक सर्दै आएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी तोकिएको छ। विधानतः चार वर्षको नियमित कार्यकालमा एक वर्ष थप गरेपछि पनि सर्दै आएको महाधिवेशन भदौमा गर्ने तरखर गरिएको हो। यो अवधिभित्र महाधिवेशन गर्नैपर्ने भएकाले पनि महाधिवेशन हुने सम्भावना बढेको नेताहरु बताउँछन्। यसपटक कांग्रेसभित्र सभापतिको आकांक्षी बढेका छन्। सधैँजसो संस्थापन र इतर…
हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सीमा भएर वर्षातको समयमा उर्लने गरेको त्रिशुली खहरेले हटिया क्षेत्रको सयौँ बिघा जमिनलाई बगरमा परिणत गर्ने गरेको छ। तर, यो पटक खहरेले ठूलो प्रभाव पार्ने ठाउँमा ६० लाख रुपैयाँ खर्चेर करिब ३ सय ४० मिटर लामो तटबन्धन लगाइएको छ। सो खहरे खोलामा अर्को १० लाख बजेट थप्ने योजना समेत बनाइएको…
हेटौँडा : हेटौँडा उपमहानगरपालिका-१४, मयुरधापमा स्थापना गर्न लागिएको नयाँ औद्योगिक क्षेत्रको काम अगाडि बढेको छैन। २०७७ सम्ममा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने सरकारी लक्ष्य रहे पनि हालसम्म औद्योगिक क्षेत्रमा काम शुरु नै भएको छैन। फागुन १४ गते तत्कालीन संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित हतारमा शिलान्यास गरेको औद्योगिक क्षेत्रको काम ४ महिना बित्दा पनि…
हेटौँडा : वाग्मती प्रदेश सरकारकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। मंगलवार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पूँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय…
हेटौंडा : हेटौंडामा वाग्मती प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ना मनै लिएर विवादास्पद अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर जलाईएको छ। शनिबार बिहान नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियू, अनेमासंघ, मदन भण्डारी स्पोर्ट्स् एकेडेमीका विद्यार्थीले वैद्यको अभिब्यक्तिको निन्दा गर्दै सडकमा प्रदर्शन गरेको हो। वाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद…
हेटौंडा : नेकपा एमाले, वाग्मती प्रदेश संगठन कमिटीले बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नामनै लिएर आपत्तिजनक अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न माग गरेको छ। नेकपा एमाले, वाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोख्रेलले एक विज्ञप्ती जारी गर्दै बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद वैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्न आफु तयार रहेको बताएको भन्दै वैद्यलाई प्रदेश…
हेटौंडा : वाग्मती प्रदेश सभामा बिहीबार प्रस्तुत भएको नीति तथा कार्यक्रममा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएका छन्। शुक्रबार भएको छलफलमा प्रदेशसभा सांसदहरुले सरकारको नीति तथा कार्यक्रमाथि टिप्पणी गरेका हुन्। आजको छलफलमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले बहुवर्षिय योजनाका सिलिङहरु छलफल नै नगरि ल्याएको आरोप लगाएका छन्।…
हेटौँडाः वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम बिहीबार प्रदेश सभामा पेस गरेको छ। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नीति तथा कार्यक्रम प्रस्तुत गरे। संघीयसरकारको १५औँ योजना तथा प्रदेशको प्रथम आवधिक योजना अनुसार नीति तथा कार्यक्रम तर्जुमा गरिएको दाबी सरकारको छ। वाग्मतीले स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई नै प्राथमिकतामा राखेको छ। कोभिड -१९ विरूद्धको खोपमा प्रदेशबासीको पहुँच पु¥याउन ‘प्रदेश प्रमुख…
हेटौँडा : नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा दलले वाग्मती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको कुनै औचित्य नरहेको जनाएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयको पत्र बुझाउँदै माओवादी वाग्मती संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेशको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा प्रदेशको गौरवको आयोजनालाई समावेश नगर्न सरकारलाई सुझाव दिएका हुन्। एक हप्ता…
हेटौंडाः वाग्तमी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार बढाएर ल्याउने तयारी गरेको छ। असार १ गते प्रदेशसभामा बजेट पेस हुँदैछ। चालु वर्षको भन्दा बजेटको आकार बढ्ने जनाइएको छ। कोरोना महामारीबीच चालु वर्षमा ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट प्रदेश सरकारले ल्याएको थियो। आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार आगामी बजेट ५५ अर्ब रुपैयाँ हाराहारीको हुनेछ।…
हेटौंडा : निषेधाज्ञाका कारण हेटौंडा करिब एक महिनादेखि ठप्प छ। बजार बन्द छ। नागरिकहरु घरभित्र थुनिएका छन्। हेटौंडा उपमहानगरपालिका वडा ९ धाप क्षेत्र पुरै बन्द हुँदा त्यही रहेको मानव सेवा आश्रममा भने बिहानै देखि चहलपहल हुन्छ। निषेधाज्ञा अघि पनि आश्रममा काम नहुने भने होइन। तर निषेधाज्ञामा त्यहाँ बस्दै आएका वृद्धवृद्धाहरुले आफ्नो लागि फलफूल र तरकारी खेती गर्न व्यस्त छन्। …
हेटौंडा : वाग्मती प्रदेश सभाको आठौं अधिवेशन आइतवारका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आइतवार आह्वान गरेका हुन्। आइतवार हुने अधिवेशनमा प्रदेशसभा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्रको व्योहोर पढेर सुनाउने, दलका नेताले प्रदेश सभाको…
हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबार टेण्डर आह्वान गरेको छ। कोभिड महामारीलाई मध्यनजर राख्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत् एक हप्ताको समय सीमा राखेर टेण्डर आह्वान गरेको हो। मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडैंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा…