PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

  • वाग्मती कांग्रेसको अधिवेशन : कुनै उम्मेद्वारको पुगेन ५१ प्रतिशत, अब बानियाँ र केसी भिड्ने

    वाग्मती कांग्रेसको अधिवेशन : कुनै उम्मेद्वारको पुगेन ५१ प्रतिशत, अब बानियाँ र केसी भिड्ने

    हेटौंडा : नेपाली कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनमा वाग्मतीमा कुनै प्रदेशको पनि ५१ प्रतिशत मत नपुगेपछि आज पुन मतदान हुने भएको छ। सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँले ९९२ मत ल्याएका छन् भने संस्थापनइतर पक्षका जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन्। तेस्रो हुने भीमसेनदास प्रधानले १९७ मत ल्याएका छन्। पहिलो हुने बानियाँले ४८ प्रतिशत मतमात्र प्राप्त गरेका कारण…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री पाण्डेले तामाङ परम्परा अनुसार निगार चढाएर गरे पुलको शिलान्यास

    मुख्यमन्त्री पाण्डेले तामाङ परम्परा अनुसार निगार चढाएर गरे पुलको शिलान्यास

    हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शनिवार सगुनका रुपमा निगार चढाएर पुलको शिलान्यास गरेका छन्। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ र ४ नम्बर वडा जोड्ने मरिणखोलाको आरसीसी पुल मुख्यमन्त्री पाण्डेले बोतलमा ल्याएको निगार सगुन चढाएर शिलान्यास गरेका हुन्। पुजारी लामा भएकोले लामाको निर्देशन अनुसार पुलको शिलान्यास गरिएको गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले बताए। 'यो हाम्रो परम्परा अनुसार शुद्धताको प्रतीक हो,' लामाले भने। कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टबाट हेटौंडा पुगेका केन्द्रीय सदस्य मोहन बस्नेतले मत हाले, त्यसपछि अहिले रोकियो वाग्मतीमा मतदान

    हेलिकप्टबाट हेटौंडा पुगेका केन्द्रीय सदस्य मोहन बस्नेतले मत हाले, त्यसपछि अहिले रोकियो वाग्मतीमा मतदान

    हेटौंडा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वाग्मती प्रदेश अधिवेशनको मतदान बिहान ९ बजेका लागि तोकिएको थियो। मतपत्र प्रकाशन ढिलाईले मतदान ४ बजेतिरमात्र शुरु भयो। हेलिकप्टबाट दिउँसो १२ बजे हेटौंडा पुगेका केन्द्रीय सदस्य मोहन बस्नेतले मत हाले। उनले मत हालेको केही बेरपछि मतदान रोकिएको छ। ढिला गरी शुरु भएको मतदान प्राविधिक समस्या भन्दै रोकिएको छ। ढिलाई भएपछि मत हाल्न…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा इन्द्र बानियाँको आक्रामक प्रचार, नाचगानदेखि ब्यानर राख्न भवनै कब्जा!

    वाग्मतीमा इन्द्र बानियाँको आक्रामक प्रचार, नाचगानदेखि ब्यानर राख्न भवनै कब्जा!

    हेटौंडा : कांग्रेस प्रदेश अधिवेशनका लागि मतदानअघि उम्मेद्वारहरुले आक्रामक रुपमा प्रचारमा उत्रिएका छन्। वाग्मती कांग्रेस सभापतिका लागि इन्द्र बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान मैदानमा छन्। हेटौंडा - १० वन विज्ञान अध्ययन संस्थानको खेल मैदानलाई मतदान स्थल तोकिएको छ। मतदानस्थल वरपर तीनै उम्मेद्वारको प्रचारशैली आक्रामक छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षधर बानियाँले आफ्नो प्रचारका लागि भवनै कब्जा गरेको देखिन्छ। बानियाँ…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रदेश अधिवेशन : वाग्मतीमा ९ बजेबाट मतदान भनिए पनि अझै हुन सकेन शुरु

    कांग्रेस प्रदेश अधिवेशन : वाग्मतीमा ९ बजेबाट मतदान भनिए पनि अझै हुन सकेन शुरु

    हेटौंडाः हेटौंडामा जारी नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनको मतदान बिहान ९ बजेका लागि तोकिएको थियो। तर अझै मतदानको प्रक्रिया शुरु भएको छैन। यहाँ ९१ पदका लागि २५७ जनाको उमेदवारी परेको छ। प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीका अनुसार अधिवेशनले सभापतिसहित आठजना पदाधिकारी चयन गर्नेछ। सभापतिमा संस्थापनबाट इन्द्रबहादुर बानियाँ, संस्थापन इतर तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिशनरसिंह केसी, कृष्ण सिटौला…

    विस्तृतमा पढ्नुस्

  • सत्ता टिकाउन मुख्यमन्त्री पाण्डेले फुटाए मन्त्रालय, अब रहनेछन् यी १४ मन्त्रालय

    सत्ता टिकाउन मुख्यमन्त्री पाण्डेले फुटाए मन्त्रालय, अब रहनेछन् यी १४ मन्त्रालय

    हेटौँडाः सत्ता टिकाउन वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेका छन्। सत्तारुढ गठबन्धनमा मन्त्रीको भाग पुर्‍याउन ८ मन्त्रालय फुटाएर १४ पुर्‍याइएको छ। गठबन्धनमा आवद्ध दलमा मन्त्रीका आकांक्षी व्यवस्थापनका लागि मन्त्रालय विभाजन गरिएको हो। मन्त्रालय थपको निर्णय राजपत्रमा प्रकाशन भइसकेको छ। वाग्मतीमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र लगायतको सरकार गठन भएको छ। एमाले नेतृत्वको सरकार प्रतिस्थापन गर्दै पाण्डेको नेतृत्वमा सरकार…

    विस्तृतमा पढ्नुस्

  • जगदिश्वर नरसिंहको पक्षमा मत माग्दै प्रकाशमान, ‘जनताले सभापतिलाई नपत्याएका कारण चुनावी परिणाम कम्युनिस्टको पक्षमा’

    जगदिश्वर नरसिंहको पक्षमा मत माग्दै प्रकाशमान, ‘जनताले सभापतिलाई नपत्याएका कारण चुनावी परिणाम कम्युनिस्टको पक्षमा’

    काठमाडौँः नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई जनताले विश्वास नगरेका कारण अघिल्लो चुनावको नतिजा कम्युनिस्टको पक्षमा गएको बताएका छन्। हेटौँडामा आफ्नो समूहका प्रदेशका सभापति पदका उम्मेद्वार जगदिश्वर नरसिंह केसीलाई मत माग्दै सिंहले अब पनि असक्षम व्यक्तिलाई नेतृत्वमा राख्न नहुने बताए।  असक्षम नेताहरुलाई पार्टी नेतृत्वमा कायम राखे आफूहरुको भविष्य संकटमा रहेको पनि सिंहले बताए।  जनताले पार्टी सभापतिलाई नपत्याएका कारण…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस वाग्मती प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी 

    कांग्रेस वाग्मती प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी 

    हेटौंडा : नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मंसिर १६ देखि १८ सम्म हेटौंडामा हुन लागेको प्रदेश अधिवेशनमा सभापतिमा ३ जनाले उम्मेदवारी घोषणा गरेका हुन्।  पार्टी प्रदेश सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीशनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको वाग्मती प्रदेश सभापतिमा केसी, बानियाँ र प्रधानले गरे उम्मेदवारी दर्ता

    कांग्रेसको वाग्मती प्रदेश सभापतिमा केसी, बानियाँ र प्रधानले गरे उम्मेदवारी दर्ता

    हेटौंडा : सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज वाग्मती प्रदेशको हेटौंडामा प्रदेशतर्फको उम्मेद्वारीको मनोनयन दर्ता भइरहेको छ। बिहीवारबाट हेटौंडास्थित वन विज्ञानको खेल मैदानमा सुरु भएको प्रदेश अधिवेशनमा आज मनोनयन दर्ता भइरहेको छ। अहिलेसम्म पार्टीको प्रदेश सभापतिका लागि रामचन्द्र पौडेल समूहबाट जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गरेका छन्। त्यसैगरी सभापतिकै लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा त्रिपक्षीय भिडन्त : यस्तो छ अधिवेशनस्थलको चहलपहल

    वाग्मतीमा त्रिपक्षीय भिडन्त : यस्तो छ अधिवेशनस्थलको चहलपहल

    हेटौंडा : नेपाली कांग्रेसलाई अहिले १४ औं महाधिवेशनको चटारो छ। बिहीवारबाट ७ वटै प्रदेशमा पहिलो प्रदेश अधिवेशन सुरु भइसकेको छ। आज प्रदेशमा मनोनयन दर्ताको कार्यतालिका छ। वाग्मती प्रदेश संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। यता, संस्थापन इतर समूहबाट जग्दिश्वर नरसिंह केसीले बिहीवार नै प्यानल घोषणा गरिसकेका छन्।  सिंहलाई राचन्द्र पौडेल, प्रकाशमान सिंह समूहको समर्थन छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस वाग्मती प्रदेश अधिवेशन : इन्द्र बानियाँको नेतृत्वमा संस्थापन पक्षको प्‍यानल घोषणा

    कांग्रेस वाग्मती प्रदेश अधिवेशन : इन्द्र बानियाँको नेतृत्वमा संस्थापन पक्षको प्‍यानल घोषणा

    हेटौंडा : नेपाली कांग्रेसको प्रदेश अधिवेशन बिहीवारबाट सुरु भइसकेको छ। संघीय राजधानी रहेको वाग्मती प्रदेशमा पनि अहिले कांग्रेस नेता कार्यकर्तालाई अधिवेशनको चटारो छ। मकवानपुरमा भइरहेको अधिवेशनमा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। यसबिच आज मकवानपुर जिल्लाका कांग्रेस सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा प्यानल घोषणा भएको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा निकट बानियाँले यसअघि नै प्रदेश सभापतिमा लड्ने घोषणा…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरका सबै गणकले बुझाए जनगणना टिपोट, मंसिर २५ गते केन्द्रमा पठाइने

    मकवानपुरका सबै गणकले बुझाए जनगणना टिपोट, मंसिर २५ गते केन्द्रमा पठाइने

    हेटौँडा : ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारासहित गत कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको १२ औँ राष्ट्रिय जनगणनामा मकवानपुरका सबै गणकले टिपोट बुझाएका छन्। राष्ट्रिय जनगणना-२०७८ को तालिकाअनुसार मकवानपुरको गणना सकिएको छ। जिल्लाका सबै क्षेत्रमा खटिएका गणकले पालिका केन्द्रमा र सदरमुकाममा हुनेले तथ्याङ्क कार्यालयमा जनगणना टिपोट बुझाएका छन्। सबै गणकले जनगणना टिपोट बुझाइसकेको हुँदा मंसिर २५ गते केन्द्रमा…

    विस्तृतमा पढ्नुस्

  • पुनर्मिलन गराउँदै मानवसेवा आश्रम

    पुनर्मिलन गराउँदै मानवसेवा आश्रम

    हेटौंडा: मानव सेवा आश्रमले सडकमा कष्टकर जीवन व्यथित गरिरहेका ६ हजार २ सय ७५ जनाको नौ वर्षमा उद्धार गरेको छ। जसमा २ हजार ४ सय २५ जनाको पारिवारिक पुनर्मिलन गराइएको आश्रममा सेवा गर्दै आईरहेको होमनाथ पौडेलले बताए। मानव सेवा आश्रम २०६९ भदौ १३ गते स्थापना गरेको हो। मानव सेवा आश्रममले मंगलवार पत्रकार सम्मेलन गर्दै उक्त विवरण सार्वजनिक गरेको हो। आश्रमबाट…

    विस्तृतमा पढ्नुस्

  • एमालेको महाधिवेशनमा प्युठानदेखि बाजुरासम्मका कोट : एकै स्टलबाट तीन हजारसम्म बिक्री

    एमालेको महाधिवेशनमा प्युठानदेखि बाजुरासम्मका कोट : एकै स्टलबाट तीन हजारसम्म बिक्री

    सौराहा: शनिबार सौराहामा एमालेको बन्दसत्र चल्दै गर्दा सिन्धुलीका रेशम कार्कीले ज्वारीकोट हेरे। 'कति हो?' 'एक हजार हो। अल्लोको हो। धेरै राम्रो हुन्छ,' बिक्रेताले भने। दुई तीन पटक लगाए, फुकाले। त्यसपछि मोलमोलाई भयो। एक हजार रुपैयाँभन्दा भाउ घटेन। कार्कीले हजारको नोट निकालेर दिए। कोट लगाए। थुप्रैले नयाँ ज्वारीकोट लगाएको देखेपछि आफू पनि खोज्दै यहाँ आइपुगेको कार्कीले सुनाए। बन्दसत्र पस्ने गेटै अगाडि…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढमा उत्रिए त सात लाख एमाले कार्यकर्ता? थरिथरि अनुमान

    नारायणगढमा उत्रिए त सात लाख एमाले कार्यकर्ता? थरिथरि अनुमान

    नारायणगढः नेकपा (एमाले) को १०औं महाधिवेशनको उद्घाटन सत्रमा बाक्लो मात्रमा एमाले नेता कार्यकर्ता उपस्थित भएका छन्। सवा एक बजेबाट सुरु भएको उद्घाटन सत्रका लागि नारायणगढमा मंगलबारबाटै नेता कार्यकर्ता जम्मा हुन थालेका थिए। शुक्रबारबाटै एमालेका नेता कार्यकर्ता नारायणगढमा ओइरिएका थिए। महाधिवेशन अत्याधिक रुपमा सफल भएको अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनकै क्रममा व्यक्त गरिसकेका छन्। नारायणगढमा कति आए कार्यकर्ता? एमालेले १०औं…

    विस्तृतमा पढ्नुस्

  • नारायणी नदी किनारमा सेल्फी लिनेको भिड, दुर्घटनाको जोखिम बढेपछि सशस्त्र प्रहरी तैनाथ

    नारायणी नदी किनारमा सेल्फी लिनेको भिड, दुर्घटनाको जोखिम बढेपछि सशस्त्र प्रहरी तैनाथ

    चितवन : नेकपा एमाले महाधिवेशनमा सहभागी हुन चितवनको नारायणी नदी किनारमा महाधिवेशन प्रतिनिधिका साथै नेता, कार्यकर्ता पुग्ने क्रम जारी छ। एमालेले उद्घाटन सत्रमा ५ लाख मानिस उतार्ने बताउँदै आएको छ। बिहानैदेखि नदी किनारमा मानिसको भिड बढेको छ। नदी किनार र पुलमा सेल्फी खिच्नेहरुको अहिले घुइँचो लागेको छ। महाधिवेशनमा आएकाहरु सँगै सर्वसाधारणहरु पनि धेरै संख्यामा नदी किनारमा पुगेर तस्विर खिचिरहेका देखिन्छन्। मानिसको…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशनमा टोपीको व्यापार

    एमाले महाधिवेशनमा टोपीको व्यापार

    चितवन : आज मध्यान्ह १२ बजे नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनको नारायणी किनारमा उद्घाटन हुँदै छ। उद्घाटनका लागि भनेर एमालेले देशभरका कार्यकर्ताहरुलाई चितवन ओसारेको छ।  अहिले उद्घाटनका लागि आएका कार्यकर्ताहरु नारायणगढका गल्ली गल्लीमा देखिन्छन्। सडकमा यातायात गुडेका छैनन्। मुख्य सडकमा कार्यकर्ताहरु र्‍याली सुरु हुनु अगावै बाक्लो रुपमा उपस्थित छन्।  एकातिर कार्यकर्ताहरुको सडकमा बाक्लो उपस्थिति छ। अर्कोतिर एमालेकै कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुन…

    विस्तृतमा पढ्नुस्

  • सौराहामा भयो ट्राफिक जाम, स्कुल बसलाई पनि समस्या

    सौराहामा भयो ट्राफिक जाम, स्कुल बसलाई पनि समस्या

    चितवनः नेकपा (एमाले) को दशौँ महाधिवेशन आज उद्घाटन हुँदैछ। नारायणी किनारमा महाधिवेशन उद्घाटन हुनेछ। एमालेका नेता कार्यकर्ताहरु भने अधिकांश सौराहामा बसेका छन्। सौराहाबाट महाधिवेशनस्थल प्रस्थानका क्रममा ट्राफिक व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ। जामका कारण स्कुल बसहरु समेत समस्यामा परेका छन्। ट्राफिक व्यवस्थापन समस्या हुने आकलन गरेर यसअघि नै ठूला सवारी साधनलाई बिहानै गन्तव्यतर्फ जान अनुरोध प्रहरीले गरिसकेको छ।  महाधिवेशनको सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशनमा सादा पोशाकका प्रहरीसहित २२ सय सुरक्षाकर्मी खटाइँदै, ट्राफिक व्यवस्थापन चुनौती

    एमाले महाधिवेशनमा सादा पोशाकका प्रहरीसहित २२ सय सुरक्षाकर्मी खटाइँदै, ट्राफिक व्यवस्थापन चुनौती

    चितवन : नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटनको दिन शुक्रवार चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायहरुले रणनीति बनाएर लागू गरेका हुन्। त्यसका लागि शुक्रवार २२ सय सुरक्षाकर्मी खटाइएको चितवन प्रहरीले जनाएको छ। '१५ सय नेपाल प्रहरी, ५ सय सशस्त्र प्रहरी र बाँकी सादा पोसाकका सुरक्षाकर्मी खटाइएको छ,' चितवन प्रहरी प्रमुख ओम अधिकारीले भने। चितवनमा शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • नारायणी तीरका ७० ‘स्ट्रिट क्याफे’ बन्द गरेर महाधिवेशनमा सहभागी हुन एमालेको उर्दी

    नारायणी तीरका ७० ‘स्ट्रिट क्याफे’ बन्द गरेर महाधिवेशनमा सहभागी हुन एमालेको उर्दी

    काठमाडौं: नेकपा (एमाले) को १०औँ महाधिवेशनका लागि चितवनको नारायणी नदी किनारमा स्टेज बनाइएको छ। नदीका दुबैतर्फबाट महाधिवेशनलाई अवलोकन गर्न सकिने गरी व्यवस्था मिलाइएको एमाले महाधिवेशन मुल व्यवस्थापन समितले जनाएको छ। ५ लाख कार्यकर्तालाई नारायणी किनारमा उतारेर राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने एमालेको दाबी छ। महाधिवेशनमा प्रधानमान्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै विभिन्न दलका नेताहरु सहभागी हुनेछन्। महाधिवेशनमा भारत, बंगलादेश, कम्बोडियालगयातका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell