PahiloPost

May 15, 2024 | २ जेठ २०८१

  • प्रधानमन्त्रीसँग महन्थ ठाकुरको 'वान अन वान' वार्ता

    प्रधानमन्त्रीसँग महन्थ ठाकुरको 'वान अन वान' वार्ता

    काठमाडौं : राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष ठाकुर र देउवामात्र सहभागी भए। प्रधानमन्त्रीले भेटमा आफ्ना सहयोगी समेत राखेनन्। 'प्रधानमन्त्रीज्यू र अध्यक्ष ठाकुरबीच भेटवार्ता भयो। तर, भेटमा भएको छलफलका विषयमा हामीलाई जानकारी छैन,' देउवाका सहयोगी केशवराज जोशीले भने, 'उहाँहरुबीच मात्र छलफल भएको हो।' भेट करिब आधा घण्टा चलेको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगमा मसीको लफडा, रातो मसीको गुणस्तरमा सचिवालयलाई दोष

    निर्वाचन आयोगमा मसीको लफडा, रातो मसीको गुणस्तरमा सचिवालयलाई दोष

    काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा फेरि नीलो मसिकै प्रयोग गर्ने भएको छ। पहिलो चरणमा मतपत्रमा निर्वाचन चिन्हको रङ र स्वस्तिक छापको मसी दुवै नीलो हुँदा मत गणनामा कठिनाइ भएको थियो। त्यसले बुझ्न कठिन भएको गुनासो आएपछि मसी फेरेर रातो रङ प्रयोग गर्ने निर्णय गर्योस आयोगले। अन्तिम चरणमा आइपुग्दा फेरि नीलो रङ्कै मसी प्रयोग गर्ने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • मध्य झरीमा मतपेटिकाको सुरक्षा कसरी?

    मध्य झरीमा मतपेटिकाको सुरक्षा कसरी?

    काठमाडौं : वर्षायाममा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले मतपेटिका र मतको सुरक्षाका लागि विशेष तयारी पूरा भएको दावी गरेको छ। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवका अनुसार निर्वाचन आयोगले सबै जिल्लालाई मतपेटिका ढाक्ने प्लास्टिक झोला निर्माणको निर्देशन दिइसकेको छ।  'मतपेटिकालाई पानीबाट जोगाउन प्लास्टिक झोला निर्माणको जिम्मा हामीले जिल्लालाई नै दिइसकेका छौं,' प्रमुख आयुक्त यादवले पहिलोपोस्टसँग भने,…

    विस्तृतमा पढ्नुस्

  • संविधानको व्यवस्था कार्यान्वयन नभएपछि निर्वाचन आयोगले दियो यस्तो आदेश

    संविधानको व्यवस्था कार्यान्वयन नभएपछि निर्वाचन आयोगले दियो यस्तो आदेश

    काठमाडौँ : संविधानले गाउँपालिका र नगरपालिकाको चुनावको अन्तिम परिणाम आएको मितिले ३० दिनभित्र जिल्ला सभा बैठक बोलाउने व्यवस्था कार्यान्वयन नभएपछि निर्वाचन आयोगले तीन दिनभित्र बैठक बोलाउन आदेश जारी गरेको छ।  आयोगले हिजोको बैठकको निर्णय आज सार्वजनिक गर्दै निर्वाचन सम्पन्न भएका जिल्लाहरुमा तीन दिनभित्र जिल्लासभा बोलाउन निर्देशन दिएको हो।  स्थानीय तह अन्तर्गत गाउँपालिका र नगरपालिकाबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष सदस्य रहने…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्त भन्छन्: निर्वाचनको माहोल पहिलो चरणभन्दा राम्रो

    प्रमुख निर्वाचन आयुक्त भन्छन्: निर्वाचनको माहोल पहिलो चरणभन्दा राम्रो

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा‍. अयोधीप्रसाद यादवले निर्वाचनको महोल पहिलो चरणको भन्दा राम्रो बनेको बताएका छन्।  पहिलोपोस्टसँगको कुराकानीमा प्रमुख आयुक्त यादवले पहिलो चरणमा भन्दा शीर्ष नेताको सहभागिता बढेकाले निर्वाचनको माहौल ह्वात्तै बढेको बताए।  'निर्वाचनको माहौल पहिलो चरणमा भन्दा राम्रो बनेको छ,' प्रमुख आयुक्त यादवले भने, 'शीर्ष नेताहरु भोट हाल्नका लागि जिल्ला जिल्लामा पुगेपछि निर्वाचनको माहौ राम्रो बनेको हो।'  प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले भन्यो -तेस्रो चरणमा पनि राजपालाई नयाँ निर्वाचन चिह्न दिन सकिन्न

    निर्वाचन आयोगले भन्यो -तेस्रो चरणमा पनि राजपालाई नयाँ निर्वाचन चिह्न दिन सकिन्न

    काठमाडौं : निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनमा पनि राष्ट्रिय जनता पार्टीलाई उसले रोजेको नयाँ चुनाव चिह्न दिन नसकिने बताएको छ।  आयोगले एकैपटक सबै प्रदेशलाई पुग्ने गरी मतपत्र छापिसकेको भन्दै तीन महिनापछि असोजमा चुनाव हुन लागे पनि फेरि मतपत्र छाप्ने र नयाँ चुनाव चिह्न प्रदान गर्न नसक्ने बताएको हो।  आयोगले 'राजपा माने प्रदेश नम्बर-२ मा नयाँ मतपत्र' शीर्षकमा चाँडै सहमति भए…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका जनप्रतिनिधि: सपना मोनोरेलको, निर्णय मोवाइल किन्ने र आफ्नै भत्ता तोक्ने

    काठमाडौंका जनप्रतिनिधि: सपना मोनोरेलको, निर्णय मोवाइल किन्ने र आफ्नै भत्ता तोक्ने

    काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर–उपमेयरले आफ्नै लागि मोवाइल किन्ने निर्णय गरेका छन्। महानगरको चुनावका समयमा मोनोदेखि–मेट्रोरेलसम्‍मका सपना देखाएका जनप्रतिनिधि घोषणापत्र अनुसारको कामभन्दा सानातिना विषयमै सीमित भएका हुन्। नगर कार्यपालिकाको दोस्रो बैठकबाट मेयरसहित उपमेयर र नगरपालिका सदस्यलाई समेत मोवाइल किन्ने र सीमसहित हस्तान्ततरणको निर्णय भएको हो। बैठकको निर्णयअनुसार महानगर सदस्यका लागि ३० हजार रुपैयाँको मोवाइल सेट र एउटा सीम दिने निर्णय भएको…

    विस्तृतमा पढ्नुस्

  • मोनोरेलको सपना देखाउने मेयरको आफ्नै लागि मोबाइल किन्ने र भत्ता तोक्ने निर्णय 

    मोनोरेलको सपना देखाउने मेयरको आफ्नै लागि मोबाइल किन्ने र भत्ता तोक्ने निर्णय 

    काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै लागि मोबाइल किन्ने निर्णय गरेका छन्।  निर्वाचित भएपछि बसेको महानगरपालिका बोर्डको दोस्रो बैठकले मेयरसहित उपमेयर र नगरपालिका सदस्यलाई समेत मोबाइल किन्ने र सिमसहित हस्तान्तरणको निर्णय गरेको हो।  असार ६ को बैठकले गरेको निर्णय अनुसार नगरपालिका सदस्यका लागि ३० हजार रुपैयाँको मोबाइल सेट र एउटा सिम दिइनेछ। मोबाइल खर्च वापत् उनीहरुले मासिक २५…

    विस्तृतमा पढ्नुस्

  • पार्टीलाई जिताउन कहाँकहाँ जाँदैछन् कांग्रेसका केन्द्रीय प्रतिनिधि?

    पार्टीलाई जिताउन कहाँकहाँ जाँदैछन् कांग्रेसका केन्द्रीय प्रतिनिधि?

    काठमाडौं : नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन केन्द्रीय प्रतिनिधि खटाएको छ। केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको नेतृत्वमा सोमबार साँझ बसेको बैठकले दोस्रो चरणमा स्थानीय तह निर्वाचन हुने ३५ जिल्लाका लागि प्रतिनिधि छनौट गरेको हो।  यसैगरी समितिले केन्द्रीय प्रतिनिधि र जिल्लाका स्थानीय नेताहरुको भूमिका अनुगमनका लागि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा ‘निर्वाचन अनुगमन कार्यदल’ गठन…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको ट्विन टावरसँग माओवादीको जनयुद्ध कनेक्सन? प्रचण्डको खुलासा

    अमेरिकाको ट्विन टावरसँग माओवादीको जनयुद्ध कनेक्सन? प्रचण्डको खुलासा

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तरिक कारणले ढिला सुरु भएको जनयुद्ध बाह्य कारणले अन्त्य गर्नुपरेको स्वीकार गरेका छन्। पत्रकार उजीर मगरको पुस्तक 'अंश'को विमोचनमा अध्यक्ष प्रचण्डले अधिकांश समय पत्रकार युवराज घिमिरेले उठाएका र उठाउँदै आएका प्रश्नको जवाफमा खर्चिए।  'नेपाल र नेपालीको हितमा हुने जुनसुकै आन्दोलन र परिवर्तन नेपाल र नेपालीकै क्रियाशीलतामा हुनुपर्छ भन्ने मान्यता राख्छु,' पत्रकार…

    विस्तृतमा पढ्नुस्

  • बिलखबन्द राजपा:  पार्टी आन्दोलनमा, कार्यकर्ता चुनावमा

    बिलखबन्द राजपा:  पार्टी आन्दोलनमा, कार्यकर्ता चुनावमा

    काठमाडौं : दोस्रो चरणको स्थानीय चुनाव हुँदैगर्दा सबैभन्दा बढी प्रेसरमा कोही छ भने त्यो राष्ट्रिय जनता पार्टी हो। अरु पार्टीलाई पनि चुनावी तनाव नभएको होइन। कार्यकर्ता व्यवस्थापन गर्नु, पार्टीको छवी सुधार्नु, जनतासँग पहुँच बलियो बनाउनु र चुनाव जित्नु प्रतिस्पर्धामा रहेका सबैको चुनौती हुन्। तर, यीभन्दा फरक दवाव झेलिरहेको छ राजपा।  राजपा आन्दोलनमा छ तर स्थानीय नेता चुनावमा होमिएका छन्। आन्दोलन…

    विस्तृतमा पढ्नुस्

  • दुई नम्बर प्रदेशबाट ११५९ कर्मचारी फिर्ता बोलाइँदै

    दुई नम्बर प्रदेशबाट ११५९ कर्मचारी फिर्ता बोलाइँदै

    काठमाडौं : सरकारको स्थानीय तह निर्वाचन तेस्रो चरणमा गर्ने घोषणासँगै दुई नम्बर प्रदेशबाट निर्वाचन आयोगले १ हजार १ सय ५९ कर्मचारी फिर्ता बोलाएको छ। सरकारले दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराउने निर्णय गरेसँगै आयोगले आठ जिल्लाका लागि खटाएका कर्मचारी फिर्ता बोलाउन लागेको हो।  यसअघि पनि एकै चरणमा निर्वाचन गराउने गरी पठाएका मुख्य निर्वाचन अधिकृत र अधिकृतहरु फिर्ता बोलाइएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • निरिह भए महन्थ बलिया राजेन्द्र : चुनाव होइन राजपाको यात्रा आन्दोलनतिरै 

    निरिह भए महन्थ बलिया राजेन्द्र : चुनाव होइन राजपाको यात्रा आन्दोलनतिरै 

    काठमाडौं : आफ्नै प्रयासबाट दुई नम्बर प्रदेशको चुनाव सार्न सफल भएको राष्ट्रिय जनता पार्टीले फेरि पनि निर्वाचन विरुद्ध संघर्षमा उत्रिने निर्णय गरेको छ। सरकारले दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने निर्णय गरेर चुनाव सारेको एक दिनपछि आन्दोलनका लागि मधेश झरेका अध्यक्ष मण्डलका तीन नेता काठमाडौं फर्किएका थिए। फर्केका नेतिसहित बसेको राजपा बैठकले विगतमै घोषणा गरेका आम हड्ताल सहितका संघर्षका…

    विस्तृतमा पढ्नुस्

  • दुई नम्बर प्रदेशलाई तेस्रो चरणमा धकेल्ने राजनीतिक रस्साकस्सीका ९ दृश्य

    दुई नम्बर प्रदेशलाई तेस्रो चरणमा धकेल्ने राजनीतिक रस्साकस्सीका ९ दृश्य

    काठमाडौं : बिहान १० बजे सरकार र राष्ट्रिय जनता पार्टीका नेताहरु 'सहमति'को खोजीमा सिंहदरबारमा जुटे। सहमति त भयो तर थोरै आशा र धेरै आशंकाका बादल यथावत छन्। स्थानीय तहको निर्वाचन तीन महिना पछाडि धकेलिएर तत्कालका लागि ८ जिल्लाको २ नम्बर प्रदेशमा केही समय मुर्दा शान्ति छाउने निश्चित छ।  दृश्य १ निर्वाचन मिति सार्ने सरकारी निर्णयमा कालो बादलसँगै चाँदीको घेरा नभएको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका मधेश केन्द्रित नेताको सुझाव : तेस्रो चरणमा चुनाव

    कांग्रेसका मधेश केन्द्रित नेताको सुझाव : तेस्रो चरणमा चुनाव

    काठमाडौं : नेपाली कांग्रेसका दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद्ले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर द्वन्द्व व्यवस्थापन हुने अवस्थामा तेस्रो चरणको निर्वाचनका लागि पनि तयार हुन सुझाव दिएका छन्। हिजोदेखि सानेपामा भएको दुई नम्बर प्रदेशका सभापतिसहित त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठकमा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अवस्था ठीक नभएको भन्दै यही अवस्थामा निर्वाचन गराउँदा परिस्थिति सहज नहुनेतर्फ ध्यानाकर्षण…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले गृह मन्त्रालयसँग माग्यो राजपा चुनावमा नआउँदाको सुरक्षा रणनीति

    निर्वाचन आयोगले गृह मन्त्रालयसँग माग्यो राजपा चुनावमा नआउँदाको सुरक्षा रणनीति

    काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी निर्वाचनमा भाग नलिँदाको अवस्थामा सरकारको सुरक्षा रणनीति माग गरेको छ। आयोगले आज सुरक्षा निकायका प्रमुखसहितको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक राखेर सरकारसँग २४ घण्टा भित्र नयाँ सुरक्षा रणनीति मागेको हो।   'राजपा निर्वाचनामा नजाँदाको अवस्थामा उसका राजनीतिक गतिविधिको नियन्त्रण गरी निर्वाचन सम्पन्न गर्न सरकारको सुरक्षा रणनीति के हुने भनेर हामीले गृह मन्त्रालयसँग सोधेका…

    विस्तृतमा पढ्नुस्

  • राजपासहित प्रमुख दलका शीर्ष नेता एक ठाउँमा : दोस्रो चरणको निर्वाचनका लागि निर्णायक वार्ता

    राजपासहित प्रमुख दलका शीर्ष नेता एक ठाउँमा : दोस्रो चरणको निर्वाचनका लागि निर्णायक वार्ता

    काठमाडौँ: स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सबैभन्दा चुनौती रहेको राष्ट्रिय जनता पार्टीको मुद्दालाई सम्बोधन गर्नका लागि प्रमुख दलका शीर्ष नेताको बैठक सुरु भएको छ। संसद सचिवालयस्थित सभामुखको बैठक कक्षमा सुरु भएको छलफललाई निर्णायक बनाउने प्रयत्नमा सत्तारुढ, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत राजपा जुटेका हुन्।  राजपालाई चुनावमा सहभागी गराउने विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेताबीचको कसरतले कुन मोड लिन्छ त्यसमै निर्धारित…

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यभित्रको दृश्य : राजपाभित्रको रडाको, उग्र महतो शान्त महन्थ 

    नेपथ्यभित्रको दृश्य : राजपाभित्रको रडाको, उग्र महतो शान्त महन्थ 

    काठमाडौं : आइतबार चार दिने आमहड्तालसहित कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राष्ट्रिय जनता पार्टीको सोमबार अध्यक्ष मण्डलको बैठक बस्यो। बैठकमा अध्यक्ष मण्डलका नेता महेन्द्र यादव र शरदसिंह भण्डारीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउनुपर्ने र त्यसका लागि राजनीतिक र प्राविधिक जटिलता हटाउन केही समय सार्न पहल गर्नुपर्ने प्रस्ताव राखे।  उनीहरुको प्रस्ताव आइसक्दा अध्यक्ष मण्डलकै अर्का नेता राजेन्द्र महतो भने…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष दलका नेताको बैठकमा एमालेले भन्यो : निर्वाचनपछि संविधान संशोधन

    शीर्ष दलका नेताको बैठकमा एमालेले भन्यो : निर्वाचनपछि संविधान संशोधन

    काठमाडौं : नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्न प्रस्ताव गरेको छ। निर्वाचनविरुद्ध आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टीसहित प्रमुख दलका शीर्ष नेताबीच जारी बैठकमा एमालेले पहिलो पटक संविधान संशोधनका पक्षमा बोलेको हो। 'निर्वाचन मिति सबै पक्षको सहमतिमा तोकिएको हो,' छलबाट बाहिरिँदै गर्दा नेकपा एमालेका नेता सुवास नेम्बाङले भने, 'मितिमा तलमाथि नगरौं। बाँकी जेजे गर्न सकिन्छ गरौं।' उनले…

    विस्तृतमा पढ्नुस्

  • राजपाले भन्यो : चुनावमा जाने वातावरण बनोस्, भोलि १० बजे फेरि शीर्ष नेताको बैठक

    राजपाले भन्यो : चुनावमा जाने वातावरण बनोस्, भोलि १० बजे फेरि शीर्ष नेताको बैठक

    काठमाडौं : राष्ट्रिय जनता पार्टीका नेता शरदसिंह भण्डारीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विषयमा भोलिसम्म निचोड निस्कने विश्वास व्यक्त गरेका छन्। सरकारसँग गहन छलफल जारी रहेको बताउँदै उनले आजको बैठकमा सरकारसँग विनम्रतापूर्वक निर्वाचनमा जाने वातावरण बनाउनका लागि माग गरेको बताए। छलफलपछि पत्रकारसँग कुरा गर्दै भण्डारीले भने, 'गम्भीर रुपमा बैठक जारी छ। हामीले सरकारलाई विनम्रतापूर्वक सबै दललाई निर्वाचनमा जाने वातावरण बनाइदिनुस्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell