PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • देशको शिर झुकाएको हैन, उच्च गरेको छु : प्रम देउवा

    देशको शिर झुकाएको हैन, उच्च गरेको छु : प्रम देउवा

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पाँच दिने भारत भ्रमणका क्रममा देशको शिर झुकाएको नभई उच्च गरेको प्रतिक्रिया दिएका छन्।  प्रतिपक्षी एमालेको स्थायी कमिटीको बैठकले भारतमा प्रधानमन्त्री देउवाले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको थियो।  तर प्रधानमन्त्री देउवाले आज स्वदेश फर्कने बित्तिकै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा त्यसको जवाफ दिँदै भने, 'मैले देशमा भएको यथार्थ कुरा भनेको छु।'…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन : राप्रपाका दुई निर्णय, पहिला पक्ष अहिले विपक्षमा

    संविधान संशोधन :  राप्रपाका दुई निर्णय, पहिला पक्ष अहिले विपक्षमा

    काठमाडौंः  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत हुनु अघि बसेको राप्रपा संसदलीय दलको बैठकले संविधान संशोधनका विपक्षमा जाने निर्णय गरेको हो। गत बैसाख ४ मा संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत हुनु अघि राप्रपा संसदीय दलले नैं संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। संशोधनका…

    विस्तृतमा पढ्नुस्

  • एकसाथ प्रदेश र प्रतिनिधि सभा निर्वाचन : तीन मतपत्र उत्कृष्ट विकल्प

    एकसाथ प्रदेश र प्रतिनिधि सभा निर्वाचन : तीन मतपत्र उत्कृष्ट विकल्प

    काठमाडौं : संविधानअनुसार संविधान सभाबाट रुपान्तरित संसदको आयु आगामी माघ ७ गते समाप्त हुँदैछ। संविधानमै चार वर्ष समय तोकिएको संविधान सभाको पहिलो बैठक २०७० साल माघ ८ गते बसेको थियो। त्यही मितिका आधारमा आगामी माघ ७ गते रुपान्तरित संसदको आयु समाप्त हुन्छ। त्यसैले यतिबेला संविधानले तोकेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चर्चा भइरहेको छ।  शेरबहादुर देउवा प्रधान मन्त्री निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • मंसिर पहिलो साता नै दुवै निर्वाचन एकैसाथ गर्न आयोगको प्रस्ताव, चुनाव भने दुई चरणमा

    मंसिर पहिलो साता नै दुवै निर्वाचन एकैसाथ गर्न आयोगको प्रस्ताव, चुनाव भने दुई चरणमा

    काठमाडौं : निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्ने प्रस्ताव सरकारसामु पेश गरेको छ। आयोगले दुई चरणमा निर्वाचन सम्पन्न गर्ने गरी प्रस्ताव अघि सारेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले आज आयोगका पदाधिकारीसँग आसन्न दुई निर्वाचनका विषयमा छलफल गरेका थिए। 'हिमाली र पहाडी जिल्लाहरुमध्ये ३१ वटामा पहिलो चरणमा निर्वाचन गर्न प्रस्ताव गरेका छौं,' छलफलपछि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • सरकारले जसरी चाहन्छ त्यसरी नै निर्वाचन गर्न तयार छौं: प्रमुख निर्वाचन आयुक्त यादव

    सरकारले जसरी चाहन्छ त्यसरी नै निर्वाचन गर्न तयार छौं: प्रमुख निर्वाचन आयुक्त यादव

    प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले समयमा मिति घोषणा गरेदेखि जस्तो प्रक्रियाबाट पनि निर्वाचन गराउन तयार रहेको बताएका छन्। यसअघि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकसाथ गराउन नसक्ने अभिव्यक्ति दिएका यादवले त्यसलाई आयोगको क्रियाशीलताका रुपमा मात्र लिन आग्रह गर्दै आयोग सधैँ निर्वाचनकै लागि तयार भएर बस्ने बताएका हुन्। 'वान ब्यालेट टु इलेक्सन' सबैभन्दा उत्कृष्ट विकल्प भनेका छन् उनले। प्रमुख आयुक्त…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश-२ मा कार्यान्वयन हुँदै थपिएका स्थानीय तह, १३६ स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग

    प्रदेश-२ मा कार्यान्वयन हुँदै थपिएका स्थानीय तह, १३६ स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग

    काठमाडौं :  सरकारले थप गरेका २२ स्थानीय तह मध्ये ९ स्थानीय तह कार्यान्वयन हुने भएका छन्।  सरकारले पूर्वदेखि पश्चिमसम्मको तराईमा थप गरेका स्थानीय तहमध्ये प्रदेश नम्बर २ मा पर्ने नौ वटा स्थानीय तह कार्यान्वयन हुन लागेका हुन्। निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा १ सय ३६ स्थानीय तहमा निर्वाचन गराउन गृहकार्य गरिरहेको छ। यसअघि प्रदेश नम्बर २ मा १ सय २७…

    विस्तृतमा पढ्नुस्

  • सरकारको प्रस्ताव निर्वाचन आयोगले मानेन : राजपालाई नयाँ निर्वाचन चिह्न दिन नसक्ने

    सरकारको प्रस्ताव निर्वाचन आयोगले मानेन : राजपालाई नयाँ निर्वाचन चिह्न दिन नसक्ने

    काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय चुनावमा राजपालाई नयाँ निर्वाचन चिह्न दिन नसकिने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा र प्रमुख आयुक्त यादवलाईसँगै राखेर हिजो मात्र राजपालाई नयाँ निर्वाचन दिन आग्रह गरेका थिए। तर, प्रमुख आयुक्त यादवले छुट्टै निर्वाचन चिह्न अब असम्भव भएको बताएका छन्।  'निर्वाचनको मिति घोषणा भएर दुई चरणको निर्वाचन सकिसक्यो। यो निर्वाचन त्यसकै निरन्तरता…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा प्रजातान्त्रिक सनाखतका लागि निर्वाचन आयोग जाँदै : पुग्ला ४० प्रतिशत?

    राप्रपा प्रजातान्त्रिक सनाखतका लागि निर्वाचन आयोग जाँदै : पुग्ला ४० प्रतिशत?

    काठमाडौं: राप्रपाबाट विभाजित भएर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको राप्रपा प्रजातान्त्रिकलाई निर्वाचन आयोगले आज दल दर्ताका लागि बोलाएको छ। साउन २२ गते दल दर्ताका लागि निवेदन दिएको पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई आयोगले सनाखतका लागि आज बोलाएको हो। सनाखतका आयोगले राप्रपा प्रजातान्त्रिकलाई बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्मको समय तोकेको छ। राप्रपा प्रजातान्त्रिकले दर्ता प्रमाणपत्र पाउन निर्वाचन आयोगमा…

    विस्तृतमा पढ्नुस्

  • बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख दिने सरकारको निर्णय : मन्त्रीहरुको एक महिनाको तलव बाढी पीडितलाई

    बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख दिने सरकारको निर्णय : मन्त्रीहरुको एक महिनाको तलव बाढी पीडितलाई

    काठमाडौं : मन्त्रिपरिषद बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई दुई लाख सहयोग दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिदको आकस्मिक बैठकले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिमृतक दुई लाख राहत दिने निर्णय गरेको हो। मन्त्रीपरिषद बैठकले सबै मन्त्रीहरुको एक महिनाको तलव बाढी पहिरो पीडितलाई दिने समेत निर्णय गरेको छ। मन्त्रीहरुको एक महिनाको तलव अब सिधै प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • एक साता लामो राजपा बैठक : निर्णय पुरानै, यथास्थितिमा चुनावमा नजाने

    एक साता लामो राजपा बैठक : निर्णय पुरानै, यथास्थितिमा चुनावमा नजाने

    काठमाडौं : राष्ट्रिय जनता पार्टीको एकसाता लामो बैठक बिना कुनै निर्णय सकिएको छ। गत वैसाख ७ गते छ पार्टी एकीकृत भएर बनेको राजपाको पहिलो पटक पदाधिकारी र केन्द्रीय समितिको बैठक बसेको हो। पार्टी कार्यालय धुमधामसँग उद्घाटन गरेर गत १८ गते सुरु भएको राजपा पदाधिकारीको पहिलो बैठक २१ गतेसम्म चलेको थियो। पदाधिकारी बैठक पदाधिकारीहरुले आफ्नो धारणा राख्ने थलोमात्र बन्यो। राजनीतिक प्रस्तावदेखि…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीलाई बेवास्ता गर्दै कांग्रेसको निर्णय : अस्थायी शिक्षक पास भए जागिर, फेल भए ‘गोल्डेन ह्यान्डसेक’

    डा. केसीलाई बेवास्ता गर्दै कांग्रेसको निर्णय : अस्थायी शिक्षक पास भए जागिर, फेल भए ‘गोल्डेन ह्यान्डसेक’

    काठमाडौं : प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन तथा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफलका लागि डाकेको कांग्रेस कार्य सम्पादन समिति बैठकमा छलफल भने अरु नै विषयमा ज्यादा भयो।  मंगलबार सानेपामा बसेको कार्यसम्पादन समितिमा एजेण्डाभन्दा ज्यादा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र आन्दोलनरत अस्थायी शिक्षकका विषयमा छलफल भयो।  बिना एजेण्डाको छलफलबाट अस्थायी शिक्षाकका विषयमा कांग्रेसले महत्वपूर्ण निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • सीमांकनविनाको संविधान संशोधन फेल भए के चुनावमा जानु? : राष्ट्रिय जनता पार्टी

    सीमांकनविनाको संविधान संशोधन फेल भए के चुनावमा जानु? : राष्ट्रिय जनता पार्टी

    काठमाडौं : राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति काठमाडौंमा सुरु भएको छ। साउन १८ देखि जारी केन्द्रीय पदाधिकारी बैठक सकिएपछि आजदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो।  केन्द्रीय समिति बैठकमा संविधान संशोधन नभए चुनावमा जाने या नजाने र पार्टी संगठनलाई एक बनाएर कसरी अघि लैजाने भन्ने मुख्य एजेण्डा छन्। पदाधिकारी बैठकमा नै संविधान संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा नजाने बहुमत भएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापा :  भूइँको टिप्दा पोल्टाकै पोखियो 

    राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापा :  भूइँको टिप्दा पोल्टाकै पोखियो 

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता एकीकरणको आठ महिनामै टुटेको छ। गएको मंसिर १ गते पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राप्रपा नेपाल एक भएर राप्रपा बनेको थियो। त्यसको आठ महिना १६ दिनमा पार्टी पुनः फुटेर दुई टुक्रा भएको हो।  आइतबार पशुपतिशमशेर राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन भएको छ। निर्वाचन आयोगमा पशुपतिशमशेरले दर्ता गरेको पार्टीले आधिकारिकता पाएमा…

    विस्तृतमा पढ्नुस्

  • राजपामा निर्वाचनमा जाने दबाब: पदाधिकारीबाटै राजधानी सार्नेदेखि छुट्टै राष्ट्रसम्मका प्रस्ताव

    राजपामा निर्वाचनमा जाने दबाब: पदाधिकारीबाटै राजधानी सार्नेदेखि छुट्टै राष्ट्रसम्मका प्रस्ताव

    काठमाडौं: राष्ट्रिय जनता पार्टीमा निर्वाचनमा भाग लिने दबाब बढेको छ। एकीकरणको चार महिनापछि बुधबारदेखि काठमाडौंमा सुरु पहिलो पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीले निर्वाचनमा भाग लिने पक्षमा धारणा राखेका हुन्। बबरमहलस्थित मधेसी निजामती कर्मचारी मञ्चको भवनमा कार्यालय उद्घाटन गरेर पदाधिकारी बैठक सुरु गरेको राष्ट्रिय जनता पार्टीको बुधबारको बैठकमा १२ जना पदाधिकारीले धारणा राखेका छन्। एकसय ३२ जना पदाधिकारीले बोल्नेक्रम जारी रहेपछि बैठक…

    विस्तृतमा पढ्नुस्

  • राजपामा आन्तरिक विवाद : किन बैठकमा सहभागी भएनन् तीन हस्ति?

    राजपामा आन्तरिक विवाद : किन बैठकमा सहभागी भएनन् तीन हस्ति?

    काठमाडौं : गत वैशाख ७ गते ६ वटा पार्टी मिलेर एक भएको राष्ट्रिय जनता पार्टीको पहिलो पदाधिकारी बैठक बुधबारदेखि काठमाडौंमा सुरु भयो। एकीकरणको लामो समयपछि निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्र पाएपछि केन्द्रीय पदाधिकारी बैठकसम्म पुग्दा प्रभावशाली तीन हस्ती बैठकमा सहभागी नै भएनन्। एकीकरण पछिको चार महिना अध्यक्ष मण्डलका ६ जना नेताको भरमा संचालित भयो। मधेसको पार्टी फुटाएर अध्यक्ष बन्ने रोगका…

    विस्तृतमा पढ्नुस्

  • देशान्तर सम्पादकलाई निर्वाचन आयोगद्वारा तीन दिनभित्र उपस्थित हुन निर्देशन

    देशान्तर सम्पादकलाई निर्वाचन आयोगद्वारा तीन दिनभित्र उपस्थित हुन निर्देशन

    काठमाडौं : निर्वाचन आयोगले देशान्तर साप्ताहिकका प्रधान सम्पादकलाई तीन दिनभित्र निर्वाचन आयोगमा बोलाएको छ। देशान्तरमा प्रकाशित समाचारका विषयमा जवाफ दिन आयोगले 'तथ्य प्रमाण'सहित उपस्थित हुन निर्देशन दिएको हो। '२०७४ साल साउन ८ गते र १५ गते निर्वाचन आयोगलाई लक्षित गरी देशान्तर साप्ताहिक पत्रिकामा प्रकाशित दुराशययुक्त एवम् मिथ्या समाचारका विषयमा देशान्तर साप्ताहिक पत्रिकाका प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र निर्वाचन आयोगमा उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकैसाथ एउटै मतपत्रमा : कति सम्भव?

    प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकैसाथ एउटै मतपत्रमा : कति सम्भव?

    काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकसाथ गर्नेबारे निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेसँगै एकसाथ दुबै चरणको निर्वाचनको बहस सुरु भएको छ।   निर्वाचन आयोगले एकसाथ निर्वाचन गराउन प्रधानमन्त्रीसँग दुईवटा सर्त राखेको छ-   पहिलो -विद्युतीय मेसिनबाट 'इलेक्ट्रोनिक भोटिङ्' गराउने र मतपत्र छाप्ने पुर्‍याउने समस्यामा नफँस्ने।  दोस्रो -प्रदेश र प्रतिनिधिसभा दुबैका लागि एउटै मतपत्र प्रयोग गर्ने। आयोगले प्रधानमन्त्रीसँग…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको भागवण्डा विवादले मन्त्रिपरिषद विस्तार अनिश्चित

    कांग्रेसको भागवण्डा विवादले मन्त्रिपरिषद विस्तार अनिश्चित

    काठमाडौंः नेपाली कांग्रेसभित्रको भागवण्डा विवादले मन्त्रिपरिषद विस्तार अनिश्चित भएको छ। आज साँझ पाँच बजेका लागि मन्त्रीहरुको सपथ कार्यक्रमका लागि तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीभित्रको भागवण्डा मिलाउन असफल भएपछि रोकिएका हुन्। विहानैदेखि प्रधानमन्त्री देउवा र उनीपक्षका पक्षका नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए भने पौडेल पक्षहरु गोप्य रुपमा छलफलमा जुटेका थिए। तर मन्त्रीको संख्या र विभागमासमेत सहमति नहुँदासम्म मन्त्री नदिने…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु

    कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु

    काठमाडौं : नेपाली कांग्रेसमा मन्त्रीहरुको भागवण्डा मिलेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबीच भागवण्डा मिलेसँगै मन्त्रिपरिषद् भोलि विस्तार हुने बाटो खुल्ला भएको छ।  विभिन्न कारणले ढिला हुँदै आजका लागि तय गरिएको मन्त्रिपरिषद् पौडेल र देउवाबीचको भागवण्डा विवादकै कारण स्थगित भएको थियो।  वरिष्ठ नेता पौडेलले पक्षले कांग्रेसले पाउने १३ मन्त्रालयमा ६ मा आफ्नो दावी राखेपछि उत्पन्न…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन प्रस्ताव अघि बढाउने कांग्रेसको निर्णय, एमालेलाई सहयोग गर्न आग्रह

    संविधान संशोधन प्रस्ताव अघि बढाउने कांग्रेसको निर्णय, एमालेलाई सहयोग गर्न आग्रह

    काठमाडौँ : सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले संसदमा दर्ता भएर थाती रहेको संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ संसदमा पेश गर्ने निर्णय गरेको छ।  कांग्रेसको साउन ७ गतेदेखि जारी केन्द्रीय कार्यसमितिले यस्तो निर्णय गरेको हो।  केन्द्रीय कार्यसमितिले पारित गरेको निर्णयमा भनिएको छ, 'प्रस्तावित संशोधन प्रस्ताव पास गर्न प्रक्रिया अघि बढाउने र एमाले लगायतका दललाई सहयोग गर्न आग्रह गर्ने।' कांग्रेसले तराई मधेसका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell