PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

  • ​भवन संहिता लागू, अब नगरभित्र मापदण्ड विपरितका संरचना भत्कन्छन्

    ​भवन संहिता लागू, अब नगरभित्र मापदण्ड विपरितका संरचना भत्कन्छन्

    काठमाडौँ : सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले २०४२ सालदेखि प्रयास भएर पनि आउन नसकेको भवन संहिता लागू भइसकेको बताएका छन्।  संहिता मन्त्रिपरिषद्ले पारित गरी राजपत्रमा प्रकाशित गरिसकेको र केही दिन भित्रै कार्यान्वयनको घोषणा हुने भन्दै घोषणापछि मापदण्ड विपरितका संरचना भत्कने उनले बताए।  'भवन संहिता कार्यान्वयनको घोषणासँगै नगरभित्रका मापदण्ड विपरितका संरचना भत्कन्छन्,' मन्त्री केसीले भने, 'त्यसका लागि सबैले तयार हुन आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • मिडियामाथि खनिएका देउवाको प्रश्न- 'हुँदै नभएको कुरा कसरी आयो?'

    मिडियामाथि खनिएका देउवाको प्रश्न- 'हुँदै नभएको कुरा कसरी आयो?'

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका क्रममा हुँदै नभएका कुरा किन आयो भन्दै मिडियालाई प्रश्न गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मिडियामा हुँदै नभएका कुरा आएको भन्दै आक्रोश पोखे।   आफूले स्वतन्त्र तिब्बत पक्षधर दलाई लामासँग भेटेको विषय हुँदै नभएको भन्दै नभएका कुराका पछि मिडिया किन लागिरहेछन्? भन्दै प्रश्न गरे। ‘एउटा कुरा के…

    विस्तृतमा पढ्नुस्

  • 'तत्काल राजीनामा दिए पनि महाभियोग छानबिनबाट बच्ने छैनन् लोकमान'

    'तत्काल राजीनामा दिए पनि महाभियोग छानबिनबाट बच्ने छैनन् लोकमान'

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्माि दर्ता भएको महाअभियोग प्रस्तावमा छलफल सुरु भइसकेको छ।  धेरैलाई लागेको छ लोकमानले पदबाट राजीनामा दिए उनी महाअभियोगबाट बच्न सक्छन्। तर महाभियोग सिफारिश समितिका सदस्य रामनारायण बिडारीका अनुसार राजिनामा दिए पनि उनी महाअभियोग छानबिनबाट मुक्त हुन सक्दैनन्।  'संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेको छ। अब उहाँले पदबाट राजीनामा दिए पनि नदिए…

    विस्तृतमा पढ्नुस्

  • के गर्दैछ महाभियोग सिफारिस समिति?

    के गर्दैछ महाभियोग सिफारिस समिति?

    काठमाडौँ : अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्‍मा महाभियोग प्रस्ताव दर्ता हुनुभन्दा केही घण्टाअघि संसदले संविधानको व्यवस्था अनुसार महाभियोग सिफारिस समिति गठन गरेको थियो।  तर समितिले गठन भएको तीन साता भइसक्दा पनि कार्य संचालनका लागि आफ्नो नेतृत्व आफै चयन गर्ने विधि अनुसार नेतृत्व चयन गर्न सकेको छैन।  समितिका सदस्यहरु मध्येबाट एकजनालाई समितिको सभापति चयन गर्नुपर्छ। तर अहिलेसम्म समितिको सभापतिसमेत चयन हुन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड भन्छन्- 'त्रिदेशीय साझेदारीबाट सबैको हित'

    प्रधानमन्त्री प्रचण्ड भन्छन्- 'त्रिदेशीय साझेदारीबाट सबैको हित'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धि र विकासका लागि नेपालसहित भारत र चीनबीच त्रिदेशीय साझेदारी तीन वटै देशको हितका लागि आवश्यक रहेको बताएका छन्।   भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको अवसर पारेर इण्डिया फाउण्डेशनको आयोजना नेपाल भारत नीति अनुसन्धान परिषद् र नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडिजको सहआयोजनामा दुई देशका प्रबुद्ध व्यक्तित्व सहभागी 'फर्स्ट बाइलेटरल डाइलग नेपाल एण्ड…

    विस्तृतमा पढ्नुस्

  • ​बीपीका नाति सिद्धार्थ तरुण दलको नेतृत्व सम्हाल्न तम्सिँदै

    ​बीपीका नाति सिद्धार्थ तरुण दलको नेतृत्व सम्हाल्न तम्सिँदै

    काठमाडौँ : नेपाली कांग्रेसको स्थापना र नेपाली कांग्रेसको आइडियोलोजी निर्माता विश्वेश्वरप्रसाद कोइरालाको भौतिक उपस्थिति नभएको करिब ३५ वर्ष भइसक्दा पनि नेपाली राजनीतिमा उनीसँग तुलना गर्ने अर्को पात्र भेटिएको छैन। उनीपछि कोइराला परिवारको राजनीतिलाई लिएर भने वैचारिक भन्दा पनि बाइलोजिकल जिनले नेतृत्वमा दावी गरेको आरोप नआएका हैनन्। उनै बीपीका पुत्र शशांक महामन्त्री निर्वाचित भएर कांग्रेसको राजनीति गरिरहेका छन् भने बीपीका नाति…

    विस्तृतमा पढ्नुस्

  • एमाले भारत विरोधी हैन : प्रदीप ज्ञवालीको नजरमा पार्टी र भारतको 'लभ-हेट' सम्बन्ध

    एमाले भारत विरोधी हैन : प्रदीप ज्ञवालीको नजरमा पार्टी र भारतको 'लभ-हेट' सम्बन्ध

    काठमाडौ : नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली एमाले भारतविरोधी नभएको बताउँछन्। भारत नेपालको विशिष्ट मित्र भएको र त्यसलाई कसैले विस्थापन गराउने कुनै अरु हुनै नसक्ने  बताउँछन् ज्ञवाली।  'नेकपा एमाले भारतविरोधी हैन, हाम्रा लागि भारतसँगको सम्बन्ध एकदमै मूल्यवान छ। अरु कसैको मित्रताले त्यसलाई प्रतिस्थापन गर्न सक्दैन।' उनले भारतसँग नेपालको सम्बन्ध बहुआयामिक भएको भन्दै त्यस्तो विशिष्ट सम्बन्ध विश्वका कुनै पनि देशहरु बीच…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस आज पनि छलफलमा : धनराज र सुरेन्द्रले राखे बिना शर्त महाभियोगको पक्षमा उभिनुपर्ने मत

    कांग्रेस आज पनि छलफलमा : धनराज र सुरेन्द्रले राखे बिना शर्त महाभियोगको पक्षमा उभिनुपर्ने मत

    काठमाडौँ : अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमा संसदमा आजदेखि छलफल हुने भए पनि प्रमुख दल नेपाली कांग्रेसले के गर्ने भन्ने बारे अझै टुङ्गो लगाउन सकेको छैन।  कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ। गत बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक हिजो २१ केन्द्रीय सदस्य बोलेपछि आज बिहान ८ बजेसम्मका लागि स्थगित भएको थियो।   सोमबारको केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले गर्‍यो निर्णय : लोकमान र एमाले-माओवादी झगडिया भए, कांग्रेस न्यायाधीश बन्ने

    कांग्रेसले गर्‍यो निर्णय : लोकमान र एमाले-माओवादी झगडिया भए, कांग्रेस न्यायाधीश बन्ने

    काठमाडौँ : नेपाली कांग्रेसले लोकमानलाई महाभियोग लगाउने विषयमा एमाले-माओवादी र लोकमानसिंह कार्की झगडिया जस्तो भएको भन्दै कांग्रेसले संसद्‍मा न्यायाधीशको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। लोकमानका विषयमा सत्तारुढ र प्रतिपक्षी दलले छापामार शैलीमा महाअभियोग प्रस्ताव ल्याएको र त्यसको जस्टिफिकेसन उनीहरुबाट नआएको भन्दै अख्तियार प्रमुख र एमाले माओवादी झगडिया जस्तो देखिएको उसको ठम्याइ छ।   'लोकमानलाई ल्याउन पनि कांग्रेसलाई गुम्राहमै राखेर…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस बैठक : प्रोपोगाण्डा भण्डाफोर गर्दै महाअभियोग प्रस्तावमा समर्थनको तयारी

    कांग्रेस बैठक : प्रोपोगाण्डा भण्डाफोर गर्दै महाअभियोग प्रस्तावमा समर्थनको तयारी

    काठमाडौ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लागउने विषयमा एमाले-माओवादीको प्रोपोगाण्डाको भण्डाफोर गर्दै प्रस्तावमा समर्थन गर्ने विषयमा छलफल भएको छ। बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शनिबार र आइतबार स्थगित भई आज तेस्रो दिन कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपामा सुरु भएको छ।   'महाअभियोग लगाउने विषयमा एक तिहाई भन्दा बढी हिस्सा रहेको कांग्रेससँग परामर्श…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस अझै छलफलमै : मन्त्री खाणले सोधे- अख्तियारमा पनि कम्युनिस्ट ल्याउने योजना भए रोक्ने को?

    कांग्रेस अझै छलफलमै : मन्त्री खाणले सोधे- अख्तियारमा पनि कम्युनिस्ट ल्याउने योजना भए रोक्ने को?

    काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि लम्बिएको छ। गत बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज पनि २१ केन्द्रीय सदस्य बोलेपछि भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो।  आजको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरु बलबहादुर के.सी., बालकृष्ण खाँण, डा. मिनेन्द्र रिजाल, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, चन्द्र भण्डारी, अजयकुमार चौरसिया, धनराज गुरुङ, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे,…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सांसद भन्छन् - लोकमान महाअभियोगविरुद्ध पार्टीले ह्वीप जारी गर्‍यो भने पनि मान्दिनँ

    कांग्रेस सांसद भन्छन् - लोकमान महाअभियोगविरुद्ध पार्टीले ह्वीप जारी गर्‍यो भने पनि मान्दिनँ

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव लगाउनेबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने मध्येका एक हुन्- नेपाली कांग्रेसका सांसद् धनराज गुरुङ। गत साउन ६ गते संसदमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल नहुँदै प्रस्तावक कांग्रेस सांसद गगन थापा मन्त्री बनेपछि उनीहरुको प्रस्ताव अलपत्र परेको थियो। प्रस्ताव अलपत्र परेपछि अर्को उपायको खोजीमा…

    विस्तृतमा पढ्नुस्

  • देउवा भन्छन्- प्रधानमन्त्री प्रचण्डसँग महाभियोगबारे अहिलेसम्म छलफल भएकै छैन

    देउवा भन्छन्- प्रधानमन्त्री प्रचण्डसँग महाभियोगबारे अहिलेसम्म छलफल भएकै छैन

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग अहिलेसम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने बारे छलफल नभएको बताएका छन्।  संसदमा दर्ता गरिएको महाभियोग प्रस्ताव पारित गर्न १० विद्यार्थी संगठनले बुढानिलकण्ठस्थित निवासमै गएर बुझाएको ज्ञापनपत्र बुझ्दै देउवाले हिजो प्रधानमन्त्रीसँग बालुवाटारमा भएको आफ्नो भेटमा पनि महाभियोगबारे हैन, अरु नै विषयमा कुराकानी भएको जानकारी दिए।  प्रधानमन्त्रीले पहिला आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • लोकमान जोगाउन एमालेबाट प्रस्ताव, समर्थन गरेर झारौं सेखी : प्रदीप पौडेल

    लोकमान जोगाउन एमालेबाट प्रस्ताव, समर्थन गरेर झारौं सेखी : प्रदीप पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले लोकमान विरुद्धको महाभियोग प्रस्तावमा समर्थन गरेर एमालेको शेखी झार्नुपर्ने बताएका छन्। हिजोदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले एमालेले लोकमान केसमा आफ्नो राजनीतिक दुनो सोझ्याउने प्रयत्न गरेको भन्दै त्यसलाई समर्थन गरेर कांग्रेसले आफ्नो राजनीति अघि बढाउनुपर्ने बताए।   'एमालेले यो प्रस्तावमा कांग्रेसले विरोध गर्छ र जनमत आफ्नो पक्षमा पनि हुन्छ र लोकमानलाई…

    विस्तृतमा पढ्नुस्

  • लोकमान महाभियोगबारे कांग्रेस नेता घिमिरे भन्छन्- 'एमाले-माओवादीको साक्षी बन्न सकिन्न'

    लोकमान महाभियोगबारे कांग्रेस नेता घिमिरे भन्छन्- 'एमाले-माओवादीको साक्षी बन्न सकिन्न'

    काठमाडौं : एमाले-माओवादी सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्टदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा यही विषयमाथि तर्क-वितर्क चलिरहेको छ।   केन्द्रीय सदस्यहरुलाई सभापति शेरबहादुर देउवाले खुलेर आफ्ना विचार राख्न आग्रह गरेका कारण केन्द्रीय सदस्यहरुले थरीथरी तर्क गरिरहेका छन्।   यही क्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरेले अरुभन्दा फरक तर्क राख्दै लोकमान कारबाहीको लायक नै देखिए…

    विस्तृतमा पढ्नुस्

  • ​कहिलेसम्म बस्छन् लोकमान सरकारी निवासमा?

    ​कहिलेसम्म बस्छन् लोकमान सरकारी निवासमा?

    काठमाडौं : अदालतको तामेली छल्न करिब एक महिना देशबाहिर बसेर फर्किएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की फर्किएपछि कार्यालय जान पाएका छैनन्। उनी फर्किने दिन नै संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको र त्यही दिन अख्तियारमा पत्र पुगिसकेकाले उनी निलम्बित भए। जनताको प्रतिनिधित्वको सर्वोच्च निकायका कारण उनका हात गोडा बाँधिए। तै पनि उनी सरकारी निवास बसिरहेका छन्। त्यहीभित्रबाट…

    विस्तृतमा पढ्नुस्

  • लोकमान महाअभियोग प्रकरण : नेपाली कांग्रेसको समर्थन कि विरोध?

    लोकमान महाअभियोग प्रकरण : नेपाली कांग्रेसको समर्थन कि विरोध?

    काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रका सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि यति बेला सबैको नजर नेपाली कांग्रेसतर्फ फर्किएको छ।   संविधानको प्रवधानअनुसार संसदमा महाअभियोगको प्रस्ताव पारित हुन दुई तिहाइ मत जरुरी हुन्छ। संसद्को एक तिहाइभन्दा बढी मत नेपाली कांग्रेससँग छ। त्यसैले महाअभियोग प्रस्ताव सफल वा असफल हुने भन्नेमा संसदमा कांग्रेस नै  निर्णायक शक्ति हो।…

    विस्तृतमा पढ्नुस्

  • लोकमानविरुद्ध महाभियोगको पक्षमा कांग्रेस, सत्ता गठबन्धनमा भने शंका

    लोकमानविरुद्ध महाभियोगको पक्षमा कांग्रेस, सत्ता गठबन्धनमा भने शंका

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले लोकमान सिंह कार्कीविरुद्ध महाभियोग सर्वसम्मतमै ल्याउन सकिने बताएका छन्। तर, कांग्रेससँग छलफल नै नगरी प्रस्ताव दर्ता गरेकाले संशय प्रकट भएको उनले बताए। नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा उनले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसहितको छलफलमा प्रधानमन्त्रीले महाभियोग ल्याउने विषय इन्कार गरेको सुनाए। उनले भने, ‘इन्कार गरेको…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारका पछिल्ला काम शाही आयोगजस्तो : कांग्रेस सभापति देउवा

    अख्तियारका पछिल्ला काम शाही आयोगजस्तो : कांग्रेस सभापति देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्ला दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम कारबाहीले शाही आयोगको झल्को दिएको टिप्पणी गरेका छन्। ‘यसलाई एउटा निचोडमा पुर्‍याउने नै हो,’ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै देउवाले भने, ‘तपाईँहरु यसमा खुलेर धारणा राख्‍नुस्। हामी संसदीय दलको बैठकबाट लिनुपर्ने निर्णयमा पुग्छौं।‘ आजको बैठकलाई टुङ्ग्याउनेक्रममा शेरबहादुर देउवाले यस्तो धारणा राखेको केन्द्रीय सदस्य…

    विस्तृतमा पढ्नुस्

  • ​महाभियोगका विषयमा मुखै खोलेनन् महेश आचार्यले!

    ​महाभियोगका विषयमा मुखै खोलेनन् महेश आचार्यले!

    काठमाडौं : नेपाली कांग्रेसको बिहीबारदेखि केन्द्रीय समिति बैठक पूर्वनिर्धारित थियो। पूर्वनिर्धारित बैठकका लागि एजेण्डा पनि पूर्वनिर्धारित नै थिए। संविधान संशोधन, स्थानीय तहको पुनःसंरचना र निर्वाचन, पार्टीको वर्तमान संगठन र विविध। तर, बुधबार नै संसद्मा अख्तियार प्रमुख लोकमान सिंह विरुद्ध अप्रत्यासित रुपमा महाअभियोग प्रस्ताव दर्ता भयो। प्रतिपक्षी एमाले र सत्तारुढ माओवादीका सांसदहरुका तर्फबाट महाअभियोग प्रस्ताव दर्ता भयो - त्यो पनि सत्ता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell