काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन्। पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको बताएका हुन्। उनले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरुलाई मौका दिने इच्छा…
काठमाडौंः नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई महिलालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने सुनसरी घर भई काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक घर भई काठमाडौँको बानेश्वर बस्ने ३९ वर्षीय लिना श्रेष्ठ गिरीलाई आज पक्राउ गरेको हो। ब्यूरोका…
काठमाडौं : बञ्चरेडाँडामा फोहोर खसाउन स्थानीयले रोकेपछि प्रहरी परिचालन गरिएको छ। सोमबार शहरी विकास मन्त्रालयमा मंगलवारबाट फोहोर बञ्चरेडाँडामा खसाउने सहमति भएको थियो। तर, स्थानीयले ‘काठमाडौंमा भएको सहमति मान्दैनौं’ भनेर आज बिहानैबाट सडक अवरोध गरेका थिए। स्थानीयले फोहोर लग्न सडक अवरुद्ध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर बोकेको गाडी लगिँदैछ। प्रहरीको स्कर्टिङमा फोहोर बञ्चरेडाँडा लगिएको हो। फोहोर बिसर्जन गर्न रोक्नेहरुलाई प्रहरीले…
काठमाडौं : विवादका कारण लामो समयदेखि थुप्रिएको उपत्यकाको फोहोर मंगलवारबाट उठाउन सहरी विकास मन्त्रालय, महानगरपालिका तथा आन्दोलनरत पक्षका तर्फबाट स्थानीय पालिकाबिच सहमति भएको छ। मंगलवार बिहानै फोहोर बोकेर नुवाकोटको बञ्चरेडाँडा पुगेका सवारी साधनलाई स्थानीयले अवरोध गरेका थिए। फोहोर बोकेका सवारीलाई अवरोध गरेपछि सुरक्षाकर्मी परिचालन गरेर फोहोर बञ्चरेडाँडामा लगिएको छ। ठूलो सङ्ख्यामा पुगेका सुरक्षाकर्मीले आन्दोलनरत केही स्थानीयहरुलाई नियन्त्रणमा समेत लिएको छ। त्यस्तै,…
काठमाडौं : आइसीसी यू-१९ वुमेन्स टी-२० विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत थाइल्यान्डविरुद्धको आजको खेलमा नेपाल पराजित भएको छ। थाइल्यान्डसँग नेपाल ४९ रनले पराजित भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९ दशमलव ५ ओभरमा अलआउट भयो। थाइल्यान्डको लागि थिपाचा पुथावोङले सर्वाधिक २० रन बनाउँदा बन्थिडा लीफात्थानाले…
काठमाडौं : मोरङको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पाँच वर्षको कार्यकालमा महानगरको साख जोगाउन आफू लागिपर्ने बताएका छन्। नेकपा (एमाले)का सागर कुमार थापालाई पराजित गर्दै प्रमुखमा विजयी भएका थिए नेपाली कांग्रेसका कोइराला। विराटनगरलाई डुबान मुक्त बनाउनुका साथै नगरलाई समृद्ध र विकासको गतिमा दोहोर्याउन उनलाई जति चुनौती छ त्यति नै सकस उनलाई राजनीतिक लिगेसी बचाउन पनि छ। यसै सन्दर्भमा उनीसँग गरिएको…
कर्णालीः चार दिनदेखि हराएकी गुर्भाकोट नगरपालिका– ५ सुर्खेत धारापानीका करिब सात वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन्। गएको शनिबार उक्त नगरपालिका–५ मा आयोजना गरिएको कार्यक्रममा हजुर आमासँगै बालिका गएकोमा सोही दिनबाट हराएकी थिइन्। बालिका घर नआएपछि परिवारले सोमबार प्रहरीमा जानकारी दिएको थियो। खोजीको क्रममा उनकै घरदेखि १०० मिटर तल मितबेतिनी भन्ने स्थानमा आज बिहान बालिकाको शव फेला परेको जिल्ला…
पोखरा : गण्डीकी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। गण्डकीमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आज पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। यसअघि नेकपा एमाले नेतृत्वको सरकारले चारपटक…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरिएको घटनामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका छन्। प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही हुने पनि विश्वास दिलाए। पीडितको उपचारको लागि स्थानीय प्रशासनले पूर्ण रुपमा मद्दत पर्याइरहेको उनको भनाइ थियो। उनलाई हाल ‘साथी’ संस्थाको आश्रयस्थलमा राखिएको जानकारी दिँदै खाणले संस्थालाई धन्यवाद पनि दिए। उनले…
काठमाडौं : बर्दियाको मधुवन नगरपालिकामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको घटनामा दोषी देखिए कारबाही गर्ने गृहमन्त्री खाणले बताएका छन्। प्रतिनिधिसभामा उठेका प्रश्नहरुको जवाफ दिंदै खाणले घटनाबारे छानबिन गर्न समिति गठन भइसकेको र गल्ती देखिए कारबाही गर्ने बताएका हुन्। सोमबार प्रहरीको गोली लागेर वडा नम्बर २ मा सोमवार नबिना थारुको मृत्यु भएको थियो। बाघको आक्रमणबाट आजित भएका स्थानीयले प्रहरीसँग सुरक्षाको माग गर्दै…
काठमाडौं :नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए। उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात मात्र निर्णय लिइने बताएका हुन्। ‘कुनैपनि चिज कमिटीमा छलफल हुन्छ। यदी…
काठमाडौं : कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शून्य समयलाई निरन्तरता दिने निर्णय गरेको छ। मंगलबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शुन्य समय पनि संचालन गर्ने र बजेट पारित भइसकेपछि विशेष समय पनि संचालन गर्ने निर्णय गरेको हो। यस्तै, बैठकले ठुला मन्त्रालयहरुको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि पर्याप्त समय छुट्याउने निर्णय गरेको संघीय संसद सचिवालयका…
भारतीय गायक केके (कृष्ण कुमार कन्नथ) को अन्तिम गीत रिलिज भएको छ। ३१ मे मा कोलकतामा निधन भएका केकेको गीत ‘धुप पानी बहने दे’ बोलको गीत रिलिज भएको हो। फिल्म शेरदिल :द पीलीभीत सागाका लागि केकेले गीतमा आवाज दिएका थिए। यस फिल्ममा पंकज त्रिपाठी, सयानी गुप्ता लगायत कलाकारको भूमिका रहेको छ। केकेले गाएको अन्तिम गीत पर्यावरण र जंगलको जगेर्णाबारे रहेको…
काठमाडौं : बर्दियाको मधुवन नगरपालिकामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर २ मा सोमवार नबिना थारुको मृत्यु भएको हो। बाघको आक्रमणबाट आजित भएका स्थानीयले प्रहरीसँग सुरक्षाको माग गर्दै सोमवार प्रर्दशन गरेका थिए। सोही प्रर्दशनलाई नियन्त्रण गर्न भन्दै प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर नबिनाको मृत्यु भएको हो। मृत्यु भएपछि घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५…
चीन र अमेरिकाबिच वाक युद्ध चल्दै आएको छ। पछिल्लो समय उनीहरुले एक अर्कालाई 'बलपूर्ण कुटनीति' अंगिकार गरेको आरोप लगाइरहेका छन्। पछिल्लो समय अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन आक्रामक ढंगले अगाडि बढेको आरोप लगाउँदै आएका छन्। उनले चीनले बलपूर्ण कुटनीति अंगिकार गरेको संकेत गर्दै एक कार्यक्रममा भने, 'राष्ट्रपति सीको नेतृत्वमा शासक चिनियाँ कम्युनिस्ट पार्टी घरमा थप दमनकारी र बाहिर थप आक्रामक…
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी अध्यक्ष महन्थ ठाकुरले ज्ञापनपत्र बुझाएको हो। लोसपाले नागरिक विधेयक लगायतका विभिन्न मुद्दाहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको जनाएको छ। 'संविधान अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाण पत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धि हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता…
डोमिनिकन रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोत मन्त्री ओर्लान्डो जोर्गे मेराको गोली हानी हत्या गरिएको छ। मन्त्रीको कार्यकक्षमा बैठक भइरहँदा उनीमाथि गोली प्रहार भएको बीबीसीले उल्लेख गरेको छ। मेरामाथि गोली चलाउने मिगुल क्रुज उनकै बाल्यकालका मिल्ने साथी भएको अधिकारीहरुले बताएका छन्। प्रहरीले क्रुजलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। हत्याको उद्देश्य सार्वजनिक भएको छैन। मेराको परिवारले एक वक्तव्य जारी गर्दै उनीमाथि धेरैपटक गोली प्रहार…
काठमाडौं : काठमाडौंको धोबी खोलामा पुरुषको एक शव भेटिएको छ। सुकेधाराबाट कपन जानेबाटोमा ढलाने पुल नजिकै शव भेटिएको हो। खोलामा डुबेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरी घटनास्थलमा पुगिसकेको छ। शव जाँच मुचुल्का उठाएर पोस्टमार्टमको लागि अस्पताल पठाएर थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ। सोमवार बिहान मात्र काठमाडौंको फर्पिङमा एक युवक र…
यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ए' को खेलमा फ्रान्स र क्रोएसिया बराबरीमा रोकिएका छन्। क्रोएसियास्थित पोलजुड स्टेडियममा सम्पन्न खेलमा फ्रान्स र क्रोएसिया १-१ गोलको बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रान्सले अग्रता बनाएको थियो। फ्रान्सका लागि खेलको ५२ औं मिनेटमा एड्रिएन रबिओटले गोल गर्दै अग्रता दिलाए। तर, ८३ औं मिनेटमा फ्रान्सका जोनाथन क्लउसले फउल…
काठमाडौंः विवादका कारण लामो समयदेखि थुप्रिएको उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ। सहरी विकास मन्त्रालय, महानगरपालिका तथा आन्दोलनरत पक्षका तर्फबाट स्थानीय पालिकाबीच भएको सहमति अनुसार मंगलबारदेखि फोहोर उठाइने भएको हो। जनप्रतिनिधिको रोहबरमा सोमबार सहमति भएको हो। सहमतिमा शहरी विकास मन्त्रालयका बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका निर्देशक रविन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनीबेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल लगायतले…