काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ। त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो। मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेसनल…
काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत आज राति सम्पन्न १२ खेल मध्ये पाँच दक्षिण एसियाली देशको पनि खेल सम्पन्न भएको छ। आज सम्पन्न खेलमा दक्षिण एसियाका नेपालसहित माल्दिभ्स, बंगलादेश र श्रीलंकाले पराजय ब्यहोरेका छन्। समूह 'ए' को खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित हुँदा समूह 'ई' मा बंगलादेश बहराइनसँग २-० गोलअन्तरले नै पराजित भयो। त्यस्तै समूह 'सी' मा माल्दिभ्स थाइल्याण्डसँग…
काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली जोर्डनसँग पराजित भएको छ। कुबेतस्थित जबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न समूह 'ए' को खेलमा नेपाली टोली जोर्डनसँग २-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दुबै गोल नेपालले दोस्रो हाफमा ब्यहोरेको थियो। नवयुग श्रेष्ठको कप्तानीमा उत्रिएको नेपाललाई जोर्डनले दवाबमा राखेपनि नेपालले काउन्टरमा केही अवसरहरु भने…
काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत आज जारी नेपाल र जोर्डनबीचको खेलको पहिलो हाफ बराबरीमा रोकिएको छ। एएएफसी एसियन कप छनोट अन्तर्गत कुबेतस्थित जबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा जारी समूह 'ए' को खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको हो। नवयुग श्रेष्ठको कप्तानीमा उत्रिएको नेपाललाई जोर्डनले दवाबमा राखेपनि नेपालले काउन्टरमा अवसरहरु भने बताएको थियो। खेलको ४२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा…
जनकपुरधामः मधेश प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। नीति कार्यक्रम पारितका लागि मुख्यमन्त्री लालबाबु राउतले राखेको प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो। जेठ २२ गते प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति कार्यक्रम सभामा पेश गरेका थिए। नीति तथा कार्यक्रममा सदस्यहरु सुन्दरबहादुर विश्वकर्मा, बच्चा राउत अहिर, परमेश्वर साह र बाबुलाल साह कानूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत…
जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले तराई-मधेशमा गठबन्धनको निर्माण गर्ने भएको छ। जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको नेता बीपी साहले जानकारी दिए। स्थानीय निर्वाचनमा दुई/दुईवटा गठबन्धन रहेकोमा जनमत पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिँदा अपेक्षित परिणाम आउन नसकेकोले आगामी निर्वाचनको लागि…
काठमाडौं : एआइजी विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ। एआइजी पोखरेलले आज १० दिनको घर बिदा माग्दै निवेदन दिएका थिए। उनको बिदा अस्वीकृत भएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए। सरकारले आइजीमा धीरज प्रताप सिंहलाई बढुवा गरेपछि एआइजी घरबिदामा बसेका थिए। उनको बिदा आजबाट सकिएको थियो। कनिष्ठलाई आइजी बनाएको भन्दै अदालतमा पोखेलले निवेदन दिएका थिए। एउटै ब्याचका चार जना…
काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभाले आज ७७औँ अधिवेशनको उपप्रमुखमा नेपाललाई निर्वाचित गरेको छ। महासभाले एसिया-प्रशान्त क्षेत्रको तर्फबाट उपाध्यक्ष पदमा नेपाललाई सर्वसम्मत निर्वाचित गरेको हो। बहुपक्षीयतालाई सुदृढ गर्न र विश्वव्यापी समस्याहरूको समाधानको लागि राष्ट्रसंघलाई सहयोग गर्न आफ्नो संलग्नता बढाउने नेपालका लागि यो अवसर भएको राष्ट्रसंघका लागि नेपाल मिसले बताएको छ। The United Nations General Assembly elects #Nepal as the Vice-President…
काठमाडौं : अहिले परेको पानीले टुकुचा खोलामा पानीको बहाब बढ्दा एक जनालाई मोटरसाइकलसहित बगाएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक रहेको टुकुचा खोलाले बगाएका काठमाडौंको धापासी घर भएका २१ वर्षीय सुरज अर्यालको सकुशल उद्धार गरिएको छ। उनलाई वाग्मती प्रदेश-०२-०१३ प २५८८ नम्बरको मोटरसाइकलसहित बगाएको प्रहरीले जनाएको छ। अर्यालको तत्काल सकुशल उद्धार गरिएको भएपनि मोटरसाइकल भने फेला नपरेको…
काठमाडौं : ह्विलचेयर क्रिकेट संघ नेपालले नेपाल र भारतबिच टी-२० इन्टरनेशनल ‘फिजिकल्ली च्यालेन्ज्ड क्रिकेट सिरिज’ आयोजना गर्ने भएको छ। सिरिज मुलपानी क्रिकेट स्टेडियममा जेठ २७ गतेदेखि ३० गतेसम्म आयोजना हुनेछ। ‘टी-२० फर्म्याटमा खेलाइने यस प्रकारको क्रिकेटलाई स्ट्याण्डिङ क्रिकेट भनिन्छ। जसमा दौडन नसक्ने व्यक्तिको बदलामा अतिरिक्त रनर राखिन्छ। बाँकी सबै आइसीसीको नियमअनुसार खेलाइन्छ,’ आयोजकले भनेको छ। खेलको तयारी पूरा भएको भन्दै…
काठमाडौं : नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवा सरकारमा पठाएका सबै मन्त्रीहरु फिर्ता बोलायो। तर, निर्णय भएको चारदिन बितिसक्दा पनि सिफारिसमा परेकाहरुले सपथ लिन पाएका छैनन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रहेका विरोध खतिवडा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले,शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, कृष्णकुमार श्रेष्ठलाई एकीकृत समाजवादीले फिर्ता बोलाएको हो। उनीहरुको स्थानमा जीवनराम श्रेष्ठलाई…
हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने भएको छ। निर्देशक टड फिलिप्सले इन्स्टाग्राममार्फत दोस्रो श्रृंखलाको निर्माण गर्ने जानकारी दिएका हुन्। साथै, उनले फिल्मको दोस्रो सिक्वेलको शिर्षक समेत सार्वजनिक गरेका छन्। View this post on Instagram A post shared by Todd Phillips (@toddphillips) दोस्रो सिक्वेलको टाइटल ‘जोकर :…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्न आवाज उठिरहेको बताएका छन्। बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा पुनले माओवादी केन्द्रमा पनि सरकारमा सहभागी बनेका मन्त्रीहरुलाई फेर्नुपर्ने आवाज उठेको बताएका हुन्। नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी, जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको छ। एकीकृत समाजवादीले अन्य दलमा पनि मन्त्री फेर्नुपर्ने माग उठेकोले आफूले…
काठमाडौं : ‘मिस्टर सुपरनेश्नल २०२१’ का विजेता भरो भार्गोसले पशुपतिनाथ मन्दिर निक्कै शान्त रहेको र त्यहाँ महसुस हुने भावना शब्दमा वर्णन गर्न नसकिने बताएका छन्। पेरूका भार्गोस ‘मिस्टर र मिस सुप्रानेश्नल नेपाल २०२२’ निर्णायकको रुपमा सहभागी हुन नेपाल आएका थिए। प्रतियोगीतामा भाग लिन भार्गोसका साथमा एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेश्नल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेश्नल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) समेत आएका थिए। पशुपतिनाथका साथै उनीहरूले…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले मन्त्री हेरफेरको निणर्य बिहीवारसम्म कार्यान्वयनमा आउने दाबी गरेका छन्। बुधबार संसद भवनमा पुगेका चौधरीले मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन्। एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट पठाइएका सबै मन्त्रीलाई फिर्ता बोलाउनु निर्णय गरेको थियो। चौधरीलाई एकीकृत समाजवादीले शहरी विकास मन्त्रीका रुपमा सिफारिस गरेको छ। तर, उक्त निर्णय कार्यान्वयनमा आउन…
काठमाडौं : फोहोर फाल्ने बिषयलाई लिएर नुवाकोटको बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप भएको छ। काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेको सवारीसाधानलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरको हो। त्यसपछि स्थानीय र प्रहरीबिच झडप हुँदा स्थिती तनावग्रस्त बनेको प्रहरीले जानकारी दिएको छ। 'स्थानीयसँग झडप हुँदा केही तनावग्रस्त भएको बुझिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सन्तोषसिंह राठौरले भने। मंगलवारबाट…
काठमाडौं : नेकपा एमालेकी सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेकी छिन्। जनतालाई शान्ति सुरक्षा दिन नसक्ने भन्दै सांसद विश्वकर्माले गृहमन्त्री खाणको राजीनामा माग गरेकी हुन्। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले देशभर जघन्य अपराधको घटना भइरहँदा गृहमन्त्री टुलुटुलु हेरेर बसिरहेको आरोप लगाइन्। सुर्खेतमा ४ वर्षीया बालिका मृत अवस्थामा भेटिएको, बाँकेको खजुरामा बर्थ डे मनाउन गएकी बालिका ५…
काठमाडौं : काठमाडौंको न्यूरोडस्थित रञ्जना गल्लीमा आज बिहान भेटिएको एक पुरुषको शव सनाखत भएको छ। प्रहरीका अनुसार मृतक काठमाडौं टेकुका ३४ वर्षीय सुरेन महर्जन भएको खुलेको छ। आज बिहान अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत जनसेवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलबाट मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले…
काठमाडौं : नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्याउनुपर्ने बताएकी छिन्। बुधबार संसद भवनमा उनले जबराको विरुद्धमा लगाइएको महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्याउनुपर्ने बेला भइसकेको बताएकी हुन्। संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि छलफल नगरी राख्न नहुने उनले बताइन्। ‘महाअभियोग लगाइसकेपछि कानून, संविधानमा जे व्यवस्था छ, त्यसलाई त पुरा गर्नुपर्यो नि प्रक्रिय। त्यसैले संसदबाट ल्याएर छलफल…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा शहरी विकास मन्त्रालय र महानगरले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य भएको बताएका छन्। प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन्। तर, कतिपय कुरा यी दुई वटा निकायले चाहेर मात्रै पनि गर्न सम्भव नभएको भन्दै उनले यसको पहल कदमी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। ‘कतिपय स्रोत साधनको कुरा गर्न…