युरोपियन युनियन सन् २०२४ देखि सबै नयाँ पोर्टेबल इलेक्ट्रोनिक डिभाइसहरुमा अनिवार्य युएसबी टाइप-सी चार्जर प्रयोग गर्न सहमत भएको छ। यसको मतलब अब अधिकांश विद्युतीय डिभाइसमा एउटै चार्जर प्रयोग गर्न मिल्नेछ। पछिल्लो समय बजार भित्रिएका एन्ड्रोइड डिभाइसहरुमा टाइप-सी चार्जर भए पनि एप्पलका प्रडक्टहरु आइफोन र आइप्याडमा त्यो सपोर्ट गर्दैन। अहिले भइरहेका डिभाइसहरुमा भने नयाँ नियम लागू नहुने बताइएको छ। अब एप्पललाई…
काठमाडौं : नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अर्थ मन्त्रालयको प्रस्तावलाई सञ्चार मन्त्रालयले ‘कोल्याप्स’ गरिदिएको बताएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उनले आफ्नो धारणा राख्दै अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयबिच तालमेल नभएको कुरा उठाएका हुन्। अर्थ मन्त्रालयले कुनै पनि सरकारी निकायमा नयाँ सवारी साधन खरिद नगर्ने भनेको भन्दै उनले सञ्चार मन्त्रालयले भने आफ्नो विनियोजन शिर्षकको पहिलो…
काठमाडौं : मंगलबार बिहान करिब साढे ९ बजेतिर नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगामा रोकेर चेक गर्यो। लागूऔषध नियन्त्रण ब्युरोबाट चेकिङको लागि खटिएको प्रहरी टोली यसमा एक्टिभ देखियो। गाडीमा चार जना चिनियाँ नागरिक थिए। उमेरले ५०, २६, ३१ र ४९ वर्षका। गाडी भने नुवाकोट विदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङले चलाएका…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले लामो समयदेखि काठमाडौंमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरेका हुन्। उनले भने, ‘काठमाडौँको कुनै सडक, गल्लीको फोहर उठेको छैन। जताततै फोहरको डङ्गुर बनिसक्यो, त्यसैले तत्काल फोहर उठ्नुपर्छ र समस्या…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल भइरहेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटबारे कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमा छलफल सुरु भएको छ। बैठकमा ती शीर्षकमा खर्च कटौती प्रस्ताव र छलफल जारी छ।
महेन्द्रनगर : पछिल्लो केही वर्षयता नेपाली महिला भलिवल टोलीको सफलता लोभलाग्दो छ। एसियन सेन्ट्रल जोन र दक्षिण एसियाली खेलकुदमा महिला टोलीले हात पारेको सफलता लोभलाग्दो त छ नै यसले महिला भलिबलप्रति नै नेपाली समर्थकको ध्यान खिचेको छ। कुनै पनि क्षेत्रमा पनि सफलता सहजै मिल्दैन। कठिन संघर्ष गर्नु नै पर्छ। यस्तै खेल क्षेत्रमा निरन्तरको मेहनत र संघर्षले सफल प्रशिक्षकका रुपमा परिचित भलिबल…
काठमाडौं : तीन दिनदेखि लगातार काठमाडौंका विभिन्न स्थानमा मानिसको शव भेटिरहेका छन्। सोमबार फर्पिङको जंगलमा, मंगलबार धोबीखोला र आज न्यूरोडमा शव भेटिएको हो। काठमाडौंको न्यूरोडको रञ्जना गल्तीमा एक पुरुषको शव फेला परेको हो। शव देखिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत जनसेबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलबाट मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका…
काठमाडौं : असार १ देखि भदौ मसान्तसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने सूचना सडक विभागले जारी गरेको छ। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र थप बिग्रने भन्दै रोक लगाइएको हो। सडक विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना निकालेर डिभिजनहरु मातहतका कुनै पनि सडक खन्न…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबिच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा बुधवार बिहान भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी थिए। यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको प्रवक्ता पोखरेलले जानकारी दिए। सरकारका तर्फबाट गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनपूर्व केही कैदी बन्दीलाई रिहा गर्न…
जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा निर्वाचन क्षेत्र पुनः निर्धारण गर्नुपर्ने बताएका छन्। बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले निर्वाचन क्षेत्र निर्धारण भएको समयमा मधेशको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ४६ प्रतिशत रहेको र सोही अनुसार संघीय निर्वाचन क्षेत्र निर्धारण गरिएको उनको भनाइ छ। ‘अहिलेको जनगणनाको रिपोर्ट अनुसार तराई मधेशको जनसंख्या ५३ प्रतिशत छ। तर,…
मेक्सिकोबाट अमेरिका प्रवेश गर्न हजारौं मानिस अहिले सीमा क्षेत्र पुगिरहेका छन्। लस एन्जलसमा वेस्टर्न हेमिस्फियर लिडर्सहरुको बैठकलाई लक्षित गर्दै काराभान माइग्रेन्ट (आप्रवासी)हरु अमेरिका र मेक्सिकोको सीमा क्षेत्र पुगिरहेका हुन्। बीबीसीका अनुसार करिब ६ हजार मानिस भेनेजुएला र मध्य अमेरिकी देशबाट उत्तरी मेक्सिको पुगेका छन्। लिडर्सहरुको बैठकको प्राथमिकता नै आप्रवासीहरुको मुद्दा हो। अहिलेको काराभान हालसम्म कै ठूलो हुन अनुमान छ। सोमबार अमेरिकाका…
बुटवल : लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक हुँदैछ। दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। गएको सोमवार नै प्रदेश सरकारले नीति कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेपनि प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि नीति कार्यक्रम आजका लागि सारिएको हो। सरकारले प्रस्तुत…
काठमाडौं : एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत आज नेपाल र जोर्डन आमनेसामने हुँदैछन्। कुवेतस्थित जबेर अल-अहमेद स्टेडियममा हुने खेलमा राति १ बजे यी टोली आमनेसामने हुनेछन्। खेलअघि पत्रकार सम्मेलन गर्दै नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई कुनै दबाव नरहेको भन्दै उत्कृष्ट नतिजा ल्याउन चाहेको बताए। 'नेपाली टिमलाई कुनै दबाव छैन। दबावरहित भएर खेल्न हामीलाई सहज हुनेछ। तर, टिमका रुपमा हामी…
शिशिर वैद्य - वालेन्द्र साह 'बालेन' काठमाडौं महानगरको मेयर पदमा निर्वाचित भएका छन्। महानगरमा खसेको कुल मतको ३२ प्रतिशत र काठमाडौं महानगरको कुल तीन लाख मतदाता संख्याको २० प्रतिशत मत पाएका बालेनले महानगरका ३२ वडामध्ये सबै भन्दा धेरै मत वडा नं ३२ मा पाए। त्यहाँ खसेको कुल मतमध्ये ४६ प्रतिशत मत उनको पक्षमा खसेको तथ्यांकले देखाउँछ। त्यस्तै वडा नं ९…
काठमाडौं: चीनको हाङझावमा हुने एसियाली खेलकुदलाई लक्षित गरी खेलाडीको पहिलो चरणको प्रशिक्षण आजबाट सुरु हुँदैछ। मंगलवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले विशेष प्रशिक्षणको त्रिपरेश्वरस्थित राखेपको कभर्डहलमा प्रशिक्षणको उद्घाटन गर्दै सम्बन्धित खेलका समन्वयकर्तालाई खेल सामाग्री पनि हस्तान्तरण गरेका थिए। आजबाट सुरु हुने प्रशिक्षणमा विभिन्न २३ खेलका ५ सय १४ खेलाडी र ६६ प्रशिक्षक गरी ५ सय ८०…
यूईएफए नेशन्स कप अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिएका छन्। जर्मनीस्थित एलेनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली इङ्ग्ल्याण्डसँग १-१ को बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा जर्मनीले अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा जोनस होफमनले जोसुवा किममिचको पासमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर, खेलको ८८ औं मिनेटमा…
पोखराः गण्डकी प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटेरी प्याड उपलब्ध गराउने नीति ल्याएको छ। मंगलबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा सो विषय समेटिएको हो। 'प्रदेश सरकारको प्रतिबद्धताः मर्यादित महिनावारी र स्वच्छता’को नाराका साथ महिनावारी विभेद अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम पनि संचालनमा ल्याइने पनि नीति कार्यक्रममा उल्लेख छ। कार्यक्रम अन्तर्गत किशोरीको स्वास्थ्य सुरक्षाका लागि प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा…
काठमाडौं : सरकारले हाल परीक्षणका रुपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ। जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मंगलवार गृहमन्त्री बालकृष्ण खाँणले गत जेठ १ गतेबाट लागू हुनेगरी परीक्षणका रुपमा सुरुवात गरिएको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज भएको बताए। गृहमन्त्री खाँणले शिक्षा र स्वास्थ्यमा व्यवहारिक नदेखिएकोले यो निर्णयलाई…
काठमाडौं : चौतर्फी आलोचना भएपछि जसरी पनि वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको यातायात व्यवस्था विभाग आफ्नो निर्णयमा परिमार्जन गरेको छ। मंगलवार सूचना जारी गर्दै विभागले इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियामा केही परिमार्जन गरेको छ। तत्कालका लागि गत मंसिर एक गतेदेखि दर्ता भएका नयाँ सवारी साधनहरुले असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट…
काठमाडौं : प्रहरीले स्रोत नखुलेको रकमसहित एक नेपाली र चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरुमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र चार जना चिनियाँ नागरिक रहेका छन्। उनीहरुलाई मंगलवार बिहान नियन्त्रणमा…