काठमाडौं : जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन यही जेठ २८ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही १९ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै २३ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचन गर्ने जानकारी दिएको छ। मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले १९ गते मतदाता नामावली प्रकाशनसँगै निर्वाचन प्रक्रिया सुरु भएको र निर्वाचन तालिकाअनुसार सबै प्रक्रिया पूरा गरेर २८ गते…
कैलालीः १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका-६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्टलाई प्रहरीले पक्राउ गरेको छ। बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले बिहिबार बिष्टलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। *समाचार सेयर गर्दा 'डिबग'मा समस्या…
रसियाले युक्रेनमा आक्रमण सुरु गरेको आज १०० दिन पूरा भएको छ। यो अवधिमा युक्रेनमा कतिवटा भवनहरू ध्वस्त भए? कति जनाको अंगभंग भयो, कति बालबालिकामाथि निर्ममता देखाइयो, कति देशबाट बाहिरिए? अनि कति सपनाहरु उजाडिए? रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको यो युद्धको वास्तविक क्षति तथ्याङ्कमा अटाउन नसक्ला। जाडोको अन्त्यमा सुरु भएको यो युद्ध वसन्तसम्म जारी छ। अनि आउने केही ऋतुहरूसम्म लम्बिने…
काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले लिटरमा १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। मूल्य विहीबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने छ। अर्थ मन्त्रालयले पूर्वाधार कर लिटरमै १० रुपैयाँ घटाउने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो। सोपछि मूल्य घटाइएको हो। अब उपभोक्ताले पेट्रोल लिटरको १७०…
हेटौंडाः वाग्मती युवा क्लब सर्लाही चोथौ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा भएको खेलमा नव जनजागृति युवा क्लब, सिमरासँग २-० गोलले पराजित हुँदै वाग्मती प्रतियोगिताबाट बाहिरिएको हो । नव जनजागृतिको जितमा विवेक चौधरी र क्रिपाकान्त चौधरीले गोल गरे। खेलको ८औं मिनेटमा विवेक चौधरीको गोल गर्दै सिमरालाई अग्रता दिलाएका थिए।…
जनकपुरधाम : नेपालको एकमात्र जयनगर-जनकपुरधाम रेलको एउटा बोगी (डब्बा)मा केमिकल पोखिएर आगलागी भएको छ। जयनगर स्टेशनबाट कुर्था आउने क्रममा १९०१ नम्बर रेलको एउटा बोगीमा बिहीवार दिउँसो आगलागी भएको नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। बोगीमा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको महाप्रवन्धक झाले बताए। प्रतिबन्धित केमिकल बोकेर जयनगरस्थित १ नम्बर गेटबाट रेलमा प्रवेश गरेकी दुई महिलालाई भारतीय प्रहरीले जयनगरमै…
बुटवल : बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन्। बिहीवार सम्पन्न नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्यमा सबै सदस्य गठबन्धनबाट निर्वाचित भएका हुन्। कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडाध्यक्ष तथा वडा सदस्यहरूले मतदान गरेका थिए। कार्यपालिकामा कांग्रेसबाट निलम गौतम, बसन्ती विश्वकर्मा, राधादेवी पौडेल, रिना भुसाल, हेमा थामी, जसपाबाट सुनिता खड्लुक, नेकपा (एकीकृत समाजवादी)बाट यमबहादुर सुनार…
हेटौँडा : मकवानपुर प्रहरीले बिहीवार लोकसेवा आयोगको परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रकाउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दीपेन्द्र प्रसाद बास्ताकोटी रहेका छन्। हेटौँडा वडा नम्बर १ स्थित स्कुलमा सञ्चालन भइरहेको लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौँथो तहको परीक्षामा महोत्तरीको साविक पोखभिण्डा गाविस बस्ने अभय कुमार यादवको सट्टामा बास्ताकोटीले परीक्षा दिइरहेको पाइएको मकवानपुर प्रहरीले जानकारी दिएको…
हेटौँडा : वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले जेठ १६ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बुधवार बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रमको पक्षमा गठबन्धन दलका सांसद्हरु रहँदा विपक्षमा सदनमा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) र अन्य दलहरु रहेका थिए। नीति तथा कार्यक्रममा एमालेका सांसदहरु केशव…
भारतीय राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएका हार्दिक पटेल सत्तारुढ भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। गुजरात विधानसभा निर्वाचन हुन केही महिना बाँकी हुँदा पटेल भाजपा प्रवेश गरेका हुन्। पाटिदारहरुको नेतृत्व गर्दै राजनीतिमा होमिएका उनी प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उभिएका थिए। सन् २०१९ को लोकसभा निर्वाचन अघि उनी कांग्रेस प्रवेश गरेका थिए। कांग्रेसले उनलाई गुजरातकै कमान्ड सुम्पिएको थियो। अहिले भने उनै मोदीको पार्टीमा…
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीयताको पूर्ण कार्यान्वयनमा सरकारको ध्यान गएको बताएका छन्। राष्ट्रियसभामा दर्ता भएको संघीयता कार्यान्वयसम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलपछि सरकारका तर्फबाट धारणा राख्दै उनले संविधानले परिकल्पना गरेअनुसार नै मुलुक संघय संरचनामा गइसकेको बताए। 'गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था कार्यान्वयनमा आइसकेको छ, संघ, प्रदेश र स्थानीय तहको मूल संरचनाले काम गर्न थालिसकेका छन्', उनले भने,…
काठमाडौं : राष्ट्रिय सभाले संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सभाको बिहीवार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो। पढ्नुस : राष्ट्रियसभामा संघीयताबारे बहस, सांसदहरुको चिन्ता : संघीय व्यवस्था नै धरापमा पर्ने हो की ? बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय…
अभिनेत्री एम्बर हर्ड पूर्व पति जोनी डेपको मानहानि मुद्दाको फैसलाविरुद्ध पुनरावेदनमा जाने भएकी छिन्। फैसला आफ्नो पक्षमा नआएपछि हर्डले पुनरावेदनमा जाने तयारी गरेको द गार्डियनले उल्लेख गरेको छ। भर्जिनिया अदालतका जूरीले डेपको मानहानि भएको दावीको पक्षमा तीन काउन्टमा फैसला गर्दै ‘पाइरेट्स अफ द क्यारेबियन’ अभिनेतालाई क्षतिपूर्ति दिन आदेश दिएको थियो। ‘एक्वाम्यान’की अभिनेत्री समेत रहेकी हर्डले सो फैसलाको पुनरावेदन गर्ने तयारी गरेको उनकी…
काठमाडौं : नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबिच झडप हुँदा केही व्यक्ति घाइते भएका छन्। सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन्। यस्तै, सो झडपमा परेर ९ जना प्रहरी पनि घाइते भएका छन्। झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले कयौँ राउण्ड हवाई फायर गरेको थियो। दरबार हत्याकाण्डको २१ औं…
काठमाडौं : गायक रवि ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको ‘सुन माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ गीत सार्वजनिक गरिएको हो। गरिमा फिल्मस्ले तयार पारेको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन्। भिडियोमा कलाकारहरु शुभम आचार्य र योगिशा खत्री फिचरर्ड छन्। भिडियोमा टिनएज प्रेमलाई देखाइएको…
काठमाडौं : सरकारका तहहरुबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सांसदहरुले संघीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभामा दर्ता भएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले संघीयताको मर्मअनुसारका तीनै तहका राज्य संचालन हुनुपर्ने बताएका हुन्। छलफलमा भाग लिँदै सांसद सुरेशकुमार आले मगरले स्रोत र शक्तिको बाँडफाँट संघीयताको मूल मर्म भएको उल्लेख गर्दै…
काठमाडौं : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन्। प्रहरी महानिरीक्षकमा नियुक्त भएको एक महिना पुगेको अवसरमा पत्रकार भेटघाट कार्यक्रममा महानिरीक्षक सिंहले पुराना जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरी लागेको दावी गर्दै उनले निर्मला पन्त प्रकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन्। प्रहरी महानिरीक्षक सिंहले निर्मला प्रकरणमा अनुसन्धानको काम तीव्र रुपमा अघि…
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रसियाले २ लाख भन्दा बढी बालबालिकालाई जबरजस्ती लगेको दाबी गरेको छ। युक्रेन र रसियाबिच युद्ध भएको ९९ दिन पुग्दा जेलेनस्कीले रसियाले आफ्नो देशका बालबालिकालाई जबरजस्ती लगेको आरोप लगाएका हुन्। उनले रसियाको उक्त कदमलाई 'अपराधको नीति' भन्दै मानिसलाई अपहरण गर्नुमात्रै नभएको बताएका छन्। रसियाले बालबालिकालाई युक्रेन बिर्सिन लगाउन र फेरि फर्केर आउने वातावरण बन्द गराउने प्रयास गरेको…
काठमाडौं : तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ। आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो। निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो। दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो भने सोमबार र मंगलबार गरी दुई…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको समाधिस्थलको भ्रमण गरेकी छिन्। चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थलमा भण्डारी आज बिहान पुगेकी हुन्। काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज त्यहाँ एक कार्यक्रम आयोजना गरिएको थियो। त्यही कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी समाधिस्थल पुगेकी थिइन्। राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गर्नुका साथै दहचोक…