PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

  • राष्ट्रियसभामा शून्य समय : सांसदहरुले उठाए प्राकृतिक प्रकोपबाट हुने क्षतिदेखि मंकिपक्ससम्मको मुद्दा

    राष्ट्रियसभामा शून्य समय : सांसदहरुले उठाए प्राकृतिक प्रकोपबाट हुने क्षतिदेखि मंकिपक्ससम्मको मुद्दा

    काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले बाढी पहिरोबाट हुने क्षति देखि मंकिपक्स भाइरस न्यूनीकरणका लागि अहिले नै पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।  राष्ट्रियसभाको शून्य समयमा नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न अव्यवस्थितरूपमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। सम्भावित जोखिमको आंकलन गर्दै जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • साढे दुई घण्टापछि सुरु भयो वाग्मती प्रदेशसभाको बैठक

    साढे दुई घण्टापछि सुरु भयो वाग्मती प्रदेशसभाको बैठक

    काठमाडौं : वाग्मती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः सुरु भएको छ। नेकपा एमालेको अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो।  एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुरु भएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफलको लागि आज बिहान ८ बजे आह्वान गरिएको बैठक…

    विस्तृतमा पढ्नुस्

  • जोनी डेपको 'कानुनी जित' कि एम्बर हर्डले भनेझै 'सेटब्याक'? मानहानि मुद्दाको फैसलाले ल्याएको त‌रंग

    जोनी डेपको 'कानुनी जित' कि एम्बर हर्डले भनेझै 'सेटब्याक'? मानहानि मुद्दाको फैसलाले ल्याएको त‌रंग

    ‘जोनी डेप-एम्बर हर्ड मानहानि मुद्दा’मा ‘जूरी’ले जोनी डेपको पक्षमा फैसला गरेको छ। जूरीले सन् २०१८ मा वासिङ्गटन पोस्टमा प्रकाशित हर्डको ओप-एडले उनका पूर्व पति समेत रहेका डेपलाई बदनाम गरेको ठहर गरेको हो। यही मुद्दाको विषय अहिले विश्वभर चर्चामा छ। २०१८ मा वासिङ्गटन पोस्टमा प्रकाशित ओप-एडको लागि भएको मानहानिको लागि डेपले आफ्नी पूर्व पत्नी हर्डमाथि मुद्दा दायर गरेका थिए। सो ओप-एडमा हर्डले आफूलाई…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा गिरिराजमणिको असहमति, शिक्षा क्षेत्रबारे दिए यस्तो सुझाव

    स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा गिरिराजमणिको असहमति, शिक्षा क्षेत्रबारे दिए यस्तो सुझाव

    काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद् गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्ति छलफलका क्रममा उनले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिएका हुन्। 'विद्यालय शिक्षाको जिम्मा स्थानीय सरकारलाई दिने व्यवस्था छ, तर सोचेअनुसार हुनसकेको छैन', पोखरेलले…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनलाई अत्याधुनिक रकेट सिस्टम दिएर अमेरिकाले युद्ध लम्ब्याउन खोजेको रसियाको आरोप

    युक्रेनलाई अत्याधुनिक रकेट सिस्टम दिएर अमेरिकाले युद्ध लम्ब्याउन खोजेको रसियाको आरोप

    रसियाले युक्रेनमा युद्ध लम्ब्याउन खोजेको आरोप लगाएको छ। युक्रेनलाई आफ्नो रक्षा गर्न अमेरिकाले अत्याधुनिक रकेट दिने घोषणा गरेपछि रसियाले प्रतिक्रिया दिएको हो।  क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले भने, 'अमेरिकाले  नियतवश आगोमा घ्यू' थपेको बताएका हुन्।  उनले अमेरिकाले दिने भनेको उपकरणहरुले  शान्ति वार्ता पुनः सुरु गर्न युक्रेनी नेतृत्वको इच्छुकतामा योगदान नगर्ने समेत बताए। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक…

    विस्तृतमा पढ्नुस्

  • दरबार हत्याकाण्डको २१ औं वर्ष : जेठ १९ को त्यो आधा घण्टा जसले सर्वनाश गर्‍यो

     दरबार हत्याकाण्डको २१ औं वर्ष : जेठ १९ को त्यो आधा घण्टा जसले सर्वनाश गर्‍यो

    १९ जेठ २०५८। दीपेन्द्रले दिउँसो राजा वीरेन्द्र र आमा ऐश्वर्यसँगै नारायणहिटी दरवारभित्र सँगै लञ्च लिए। लञ्च सकेलगत्तै उनी चार बजे राष्ट्रिय खेलको तयारी हेर्नका लागि सातदोबाटो पुगे। त्यहाँबाट फर्किएपछि साँझ बुवा वीरेन्द्र र मुमा ऐश्वर्यसँगै उनी डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेकोमा पुगे। त्यहाँ उनले वीरेन्द्र र ऐश्वर्यसँगै एक घण्टा समय बिताए।   बुवा आमासँग छुट्टिएका दीपेन्द्र साँझ ७ बजे नै जमघट…

    विस्तृतमा पढ्नुस्

  • बजेट भाग्यको चिठ्ठा जस्तो नहोस् : गगन थापा

    बजेट भाग्यको चिठ्ठा जस्तो नहोस् : गगन थापा

    काठमाडौं : सांसद गगनकुमार थापाले बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको बताएका छन्। प्रतिनिधिभसभाको आजको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा भाग लिँदै नेपाली कांग्रेसका महामन्त्री थापाले बजेटमा करका विषयमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिएका छन्। 'बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ', उनले भने, 'तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा गर्वलायक सफलता प्राप्त गरेको माधव नेपालको दाबी, 'वाम एकता तत्काल सम्भव छैन'

    निर्वाचनमा गर्वलायक सफलता प्राप्त गरेको माधव नेपालको दाबी, 'वाम एकता तत्काल सम्भव छैन'

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन्। सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबिच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन्। नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए। 'अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप ज्ञवालीको आरोप : बजेटले राजनीतिक र आर्थिक संकट ल्याएको छ

    प्रदीप ज्ञवालीको आरोप : बजेटले राजनीतिक र आर्थिक संकट ल्याएको छ

    काठमाडौं : प्रतिनिधिसभामा आज पनि आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल भइरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बजेटको सैद्धान्तिक विषयमा सामान्य छलफल गरिने र विस्तृतरूपमा मन्त्रालयगत छलफल पछि हुने जानकारी गराएका छन्। बजेटमाथिको छलफलमा सांसद प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको आरोप…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरको कार्यपालिकामा पूर्णता, जिससको निर्वाचन जेठ २० गते

    पोखरा महानगरको कार्यपालिकामा पूर्णता, जिससको निर्वाचन जेठ २० गते

    काठमाडौ : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा नगर कार्यपालिकाले पूर्णता पाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यायलयले बुधबार महिला र दलित तथा अल्पसङ्ख्यकका लागि मतदानमार्फत सदस्य चयन गरेको हो। यससँगै महानगरको ४३ सदस्यीय कार्यपालिकाले पूर्णता प्राप्त गरेको छ। मतदानमा महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीन गरी आठ सदस्यका लागि भएको निर्वाचनमा सबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • छ र आठ कक्षाका विद्यार्थीलाई पुस्तक अभाव

    छ र आठ कक्षाका विद्यार्थीलाई पुस्तक अभाव

    चितवन: नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता वितिसक्दासमेत यहाँका विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ। सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको हो। अन्य पुस्तक धमाधम वितरण भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा स्थानीय तह सहीद स्मृति गोल्डकप : उद्घाटन खेलमा वाग्मती र सिमरा भिड्दै

    हेटौंडामा स्थानीय तह सहीद स्मृति गोल्डकप : उद्घाटन खेलमा वाग्मती र सिमरा भिड्दै

    हेटौंडा : वाग्मती प्रदेशको राजधानी हेटौंडा - ५ स्थित पिप्ले रंगशालामा चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तरार्ष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता आजबाट सुरु हुँदै छ। बिहीवार दिउँसो हुने उद्घाटन खेलमा सर्लाहीको वाग्मती युवा क्लब र सिमराको नव जनजागृति क्लब भिड्ने छन्। ३० गतेसम्म जारी रहने प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ। प्रतियोगितामा मनाङ मर्स्याङदी,…

    विस्तृतमा पढ्नुस्

  • वीरेन्द्रको सालिक राखेपछि नेपालगन्जमा तनाव : प्रहरी र सालिक राख्ने समूहबिच झडप

    वीरेन्द्रको सालिक राखेपछि नेपालगन्जमा तनाव : प्रहरी र सालिक राख्ने समूहबिच झडप

    काठमाडौं : बाँकेको नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्रको सालिक राख्ने विषयलाई लिएर झडप भएको छ। सालिक राख्न प्रहरीले रोकेपछि उनीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए। त्यसपछि प्रहरीले हवाई फायरसमेत गरेको छ। झडपमा एक दर्जन प्रहरी र केही प्रर्दशनकारीसमेत घाइते भएका छन्। अहिले सालिक हटाइएको छ। 'दुई समूहबिच झडप भएको हो। अहिले स्थिति नियन्त्रणमा आएको छ,' जिल्ला प्रसाशन कार्यालय बाँकेका प्रमुख जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनासँग युरोपियन च्याम्पियन इटली पराजित

    दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनासँग युरोपियन च्याम्पियन इटली पराजित

    दक्षिण अमेरिकी र युरोपेली च्याम्पियनबीचको खेल फाइनलिसिमाको गएराति सम्पन्न खेलमा इटलीमाथि अर्जेन्टिनाले जित निकालेको छ। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा सम्पन्न खेलमा कोपा अमेरिकाको च्याम्पियन अर्जेन्टिनाले युरोकपको च्याम्पियन इटलीलाई ३-० गोलअन्तरले हराएको हो। खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको पासमा लौटरो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा मार्टिनेजको पासमा एन्जेल डी मारियाले गोल गर्दा पहिलो हाफमा अर्जेन्टिना…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको नगर कार्यपालिका सदस्यको चुनाव २० गते, जसपा र कांग्रेसबीच ४-४ सदस्य बाँडने सहमति

    वीरगंजको नगर कार्यपालिका सदस्यको चुनाव २० गते, जसपा र कांग्रेसबीच ४-४ सदस्य बाँडने सहमति

    वीरगंजः वीरगंज महानगरपालिकाको ८ कार्यपालिका सदस्यका लागि जेठ २० गते मतदान हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको कार्यतालिका अनुसार जेठ १७ गते मनोनयन दर्ता, १८ गते नामावली प्रकाशन तथा दाबी विरोध, १९ गते नामावली फिर्ता र २० गते चुनाव हुने छ। सत्तारुढ गठबन्धन दल जसपा र कांग्रेसको गठबन्धन चुनावमा कायम रहने बताइएको छ। गठबन्धन दलका तर्फबाट वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षपछि जावलाखेल पुगे रातो मछिन्द्रनाथ, दृश्यमा रथयात्राको उल्लास

    दुई वर्षपछि जावलाखेल पुगे रातो मछिन्द्रनाथ, दृश्यमा रथयात्राको उल्लास

    ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई आज जावलाखेल पुर्‍याइएको छ। लगनखेलको इति टोलबाट तानेर कुमारीपाटी हुँदै रथलाई जावलाखेलमा रहेको ‘रछ्यान कामना पीठ’को खाल्डोमा पुर्‍याइएको हो। सो पीठको खाल्डोमा पुगेपछि मात्रै रातो मछिन्द्रनाथको रथ तान्ने लक्ष्य सम्पन्न (या: न्याइ) भएको मानिन्छ। रातो मछिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ। इति टोलबाट जावलाखेलसम्म रथ पुर्‍याउने…

    विस्तृतमा पढ्नुस्

  • गौरका मेयर साह भन्छन्, ‘शिक्षकलाई निवेदन लेख्न आउँदैन, बच्चालाई के पढाउँछन्?’

    गौरका मेयर साह भन्छन्, ‘शिक्षकलाई निवेदन लेख्न आउँदैन, बच्चालाई के पढाउँछन्?’

    वीरगंजः रौतहटको गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहले सरकारी स्‍कुलका शिक्षकहरुलाई निवेदन समेत लेख्न नआउने आरोप लगाएका छन्। मेयर साहले गौरका सरकारी विद्यालयका शिक्षकमाथि त्यस्तो आरोप लगाएका हुन्। नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित सरकारी विद्यालय निरीक्षणका क्रममा सो कुरा जानकारीमा आएको जिकिर गरेका हुन्। अनुगमनका क्रममा राहत कोटाका शिक्षकलाई निवेदन लेख्न लगाएको तर ती शिक्षकले लेख्न नजानेको दाबी उनले गरेका…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट बढेर आयो पेट्रोलको मूल्य, निगमले अब कति बढाउला?

    भारतबाट बढेर आयो पेट्रोलको मूल्य, निगमले अब कति बढाउला?

    काठमाडौंः इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। केही समययता निरन्तर उकालो लागिरहेको पट्रोलको भाउ यो पटक पनि उँभो लाग्ने देखिएको छ। डिजेलमा भने केही मूल्य घटेर आएको छ। नयाँ मूल्यका आधारमा पनि पाक्षिक रुपमा पेट्रोलमा ६७ करोड, डिजेलमा एक अर्ब ३० करोड र एलपी ग्यासमा एक अर्ब ४३ करोड रुपैयाँ घाटा…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिको धर्मशालामा होटल चलाउन बतास समूहलाई कानुनी बाटो बन्द

    पशुपतिको धर्मशालामा होटल चलाउन बतास समूहलाई कानुनी बाटो बन्द

    काठमाडौँः पशुपतिको धर्मशालामा होटल चलाउन बतास समूलाई कानुनी बाटो बन्द भएको छ। बतास समूहले सञ्चालित गरेको होटल आनन्द प्रालिलाई सञ्चालन गर्न कुनै अवरोध नगर्न यसअघि जारी अन्तरकालीन आदेश काठमाडौँ जिल्ला अदालतले खारेज गरेको हो। अन्तरकालीन आदेश खारेज भएसँगै होटल सञ्चालनको कानुनी बाटो बन्द भएको हो।  न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले करार नै बदर भइसकेको अवस्थामा करार पालना एक पक्षबाट नहुने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • वालेनले मागे प्रधानमन्त्रीसँग सहयोग, देउवाको आश्वासन : राम्रो काम गर्नेलाई सधैँ मेरो साथ

    वालेनले मागे प्रधानमन्त्रीसँग सहयोग, देउवाको आश्वासन : राम्रो काम गर्नेलाई सधैँ मेरो साथ

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महानगरको कामलाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भएको थियो। साहको सचिवालयका अनुसार मेयरमा निर्वाचित भएकोमा देउवाले बधाई दिएका थिए। पछिल्लो समय शीर्ष नेतालाई भेट्ने कार्यतालिका बनाएका साहले बुधवार प्रधानमन्त्रीलाई भेटेका हुन् भने अरु दलका नेताहरुलाई पनि क्रमसँगै भेट्ने तय भएको साहको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell