पोखरा : पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। आज बिहीवार भएको मतदानबाट कार्यपालिकाको आठ सदस्यमा एमालेका विजयी भएका हुन्। महिला सदस्यमा एमालेबाट धनकुमारी पोखरेल, निर्मला पौडेल, भिमकुमारी पुन गर्बुजा, मन्दिरा परियार, हरिमाया विश्वकर्मा निर्वाचित भएका हुन्। उनीहरु सबैले ८६ मत ल्याएका छन्। उनीहरूका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट डाल्डादेवी भुजेलले ८१, दुर्गादेवी थापा ८१, पवित्रा थापा ८१,…
जनकपुरधाम : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यसै संसद्को अधिवेशनबाट नागरिकता विधेयक पारित हुने बताएका छन्। बुधवार जनकपुरधामको एक कार्यक्रममा मन्त्री शर्माले नेपाली बुवा आमाबाट जन्मेका र अंगिकृत नागरिकहरुका सन्तानलाई नागरिकता मिल्ने बताएका हुन्। उनले नागरिकता विधेयक परम्परादेखि नागरिकता प्राप्त गर्दै आएकोदेखि नै कुनै पनि किसिमको कटौती नहुने गरी नागरिकता वितरण गरिने बताए। ‘नागरिकताको हक नागरिकको…
हेटौँडा : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभाका सदस्य लेखनाथ दाहालले कुनै पनि हालतमा मन्त्रालय घटाउनुपर्ने बताएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै दाहालले अनावश्यक खर्च गर्नु पनि भ्रष्टचार भएको हुनाले गठबन्धन दलबाट माओवादी केन्द्र अन्तर्गतकै मन्त्रीहरुले राजीनामा दिएर सात जनाकै मन्त्रिपरिषद् बनाउन आग्रह गरे। ‘गएको सरकार नेकपाको सरकार थियो। सात…
हेटौँडा : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले चलायमान नै नभएको हेटौँडा कपडा उद्योगबाट उत्पादन भएको कपडा लगाउनुपर्ने केन्द्रीय सरकारको निदेर्शन अव्यवहारिक भएको बताएकी छिन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै प्रदेश सरकारले उद्योग बनाउने कुराहरु केन्द्रीय सरकारले गरेको जस्तो नहोस् भन्दै टिप्पणी गरिन्। ‘हेटौँडा कपडा…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई पनि पहिचानको संकट आउन थालेको बताएका छन्। काठमाडौंको कमलपोखरीस्थित कुमारी हलमा आयोजित माओवादी केन्द्रको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताएका हुन्। आफूहरुको भनाइ र गराइ एकरुपता नभएको उनको भनाइ थियो। आफूहरुको कामकारबाही र आचरण उद्देश्यसँग नमिलेको उनले बताए। उनले भने, ‘हामीले जे भनिरहेका छौँ त्यो गरिरहेका…
काठमाडौं : भक्तपुर जिल्लाका चारवटै पालिकाको नगर कार्यपालिका निर्वाचन सम्पन्न भएको छ। भक्तपुरको चार पालिकामध्ये भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को बहुमत छ। मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। यसअघि तीनवटा पालिकामा जितेको नेकपा एमालेले सूर्यविनायक नगरपालिकाको नगर कार्यपालिकामा मात्रै बहुमत जुटाउन सफल भएको छ। मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ। मंगलबार…
काठमाडौं : हेलिकप्टरका उडान सुरक्षित र व्यवस्थित गराउने भन्दै नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम प्रस्ताव गरेको छ। प्रति उडान दुई जना पाइलट परिचालन गर्नुपर्ने प्रस्तावमा व्यवस्था गरिएको छ। तर, यस्तो नियम अनिवार्य गरे व्यवसायमा प्रतिकूल असर पर्ने भन्दै व्यवसायी असन्तुष्ट छन्। सीमित यात्रु क्षमताको हुने भएकाले हेलिकप्टरका लागि दुई जना पाइलट अनिवार्य गर्न नहुने तर्क व्यवसायीको छ। उनीहरुका अनुसार प्रति…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याइको बजेटले मूल्यवृद्धि रोक्न नसक्ने बताएका छन्। प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०७९-८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले बजेटले मूल्यवृद्धि रोक्न नसक्ने बताएका हुन्। उनले बजेट चुनावमुखी र वितरणमुखी भएकोले जनताको जीवन परिवर्तन हुन नसक्ने बताएका हुन्। उनले प्रश्न गरे, ‘बजेटको आम्दानीका स्रोत के हो ? वैदेशिक…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भइरहेको छ। छलफलका क्रममा नेकपा एमालेले फेरि बजेट संघीय निर्वाचनलाई केन्द्रित गर्दै ल्याइएको भन्दै आलोचना गरेको छ। हिजोको बैठकमा पनि एमाले सांसदहरुले वितरणमुखी बजेट आएको भन्दै आलोचना गरेका थिए। छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भानुभक्त ढकालले निर्वाचन केन्द्रित बजेट आएको…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९-८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भइरहेको छ। छलफलका क्रममा सांसदहरुले बजेट कार्यान्वयन पक्षमा ध्यान दिन आग्रह गरेका छन्। नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले बजेट सन्तुलित रहेको भन्दै यसले गरिबी निवारणमा भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेका छन्। उनले आर्थिक विकासको नयाँ मोडल बनाएर स्वदेशी आवश्यकता, उत्पादनका…
बलिउड फिल्म ‘ब्रह्मास्त्र’को टिजर सार्वजनिक भएको छ। सोनी म्युजिक इन्डियाको युट्यब च्यानलमा बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’को टिजर सार्वजनिक भएको हो। फिल्मको टिजरमा रणवीर कपूर, अलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोय देखिएका छन्। यो एक अलौकिक शक्तिसँग सम्बन्धित फिल्म हो। रणवीर कुपर त्यस्तै शक्ति भएको पात्रको रुपमा देखिन्छन्। फिल्मको निर्देशन अयान मुखर्जीले गरेका…
‘हम रहेँ या ना रहेँ कल कल...याद आयेंगे ये पल.. पल ये हे प्यार के पल ..’ कुरा मित्रताको होस् वा प्रेमको, जीवन दर्शनलाई समेट्ने यो गीत कुनै समय एक 'एन्थम' जस्तै बनेको थियो । सबैलाई मन पर्ने गीत। सन् १९९९ मा सार्वजनिक भएको ‘पल’ एल्बमका गीतहरु गाउने यी गायकको नाम हो केके। कर्णप्रिय स्वरका धनी कृष्णकुमार कुननाथले त्यसअघि हजारौं जिङ्गलहरु गाइसकेका…
किमाथाङ्का : सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। चैनपुर-नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। आज बिहान ११ बजे चैनपुर-नुनढाकी…
काठमाडौंः काठमाडौंबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको ९५३ नम्बरको जहाज अवतरण नगरि पुनः काठमाडौं फर्किएको छ। बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान ११ बजेर ६ मिनेटमा पुनः अवतरण नगरि फर्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। अहिले विमानको प्राविधक पक्षको चेक भइरहेको सिटौंलाले जानकारी दिए। 'विमानको टायरको बाहिरी लेयर उत्रिएको भएपछि पुनः काठमाडौं फर्काइएको हो। अरु अवस्था…
लियोनल मेस्सीको टोली अर्जेन्टिनाले उत्तरी स्पेनस्थित एट्लेटिको बिल्बाओको मैदानमा अभ्यास गरेको छ। लण्डनस्थित वेम्ब्ली स्टेडियममा हुने युरोपियन च्याम्पियन इटलीसँगको खेलका लागि अर्जेन्टिनाको टोलीले पछिल्लो सातायता तयारीमा जुटेको थियो। अर्जेन्टिना कोपा अमेरिकाको पछिल्लो संस्करणको च्याम्पियन हो। #SelecciónMayor ¡Gracias San Mamés! 👏🏼👏🏼👏🏼👏🏼 El plantel de @lioscaloni se entrenó hoy en el estadio de @AthleticClub con la presencia de quince mil espectadores 🏟…
काठमाडौं : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा संचारमन्त्री भरत साहले जानकारी दिए। आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका विषयलाई जोड दिइने…
काठमाडौं : 'नेपालमा अधिकांश हेलिकोप्टर र प्लेन सेकेण्ड ह्याण्ड आउँदो रहेछ। युरोपमा काम नलाग्ने जहाज नेपालमा आउँदो रहेछ। यसले गर्दा मानिसको जीवनमाथि खेलबाड गर्ने काम भइरहेको छ,' तारा एयरको विमान दुर्घटना भएपछि संसदीय समितिमा सोमबार भएको छलफलमा पर्यटन मन्त्री आलेले यसरी आफ्नो अभिव्यक्ति राखेका थिए। उनले नेपालको आन्तरिक उडानका प्रयोग हुने अधिकांश जहाज कामै नलाग्ने भएको टिप्पणी गरेका थिए। तारा एयरको…
काठमाडौंः हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका-१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका-८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन्। सोही नगरपालिका-३ ढाल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको…
चीनको आर्थिक हब सांघाईमा दुई महिनादेखिको लकडाउन अन्त्य भएको छ। सरकारले प्रतिबन्ध केही खुकुलो पारेरे लकडाउन हटाउने निर्णय गरेको हो। कोरोना भाइरसको नया संक्रमण फेरि भेटिएपछि सांघाईमा लकडाउन गरिएको थियो। सुरुवातमा केही दिनका लागि लकडाउन घोषणा गरे पनि संक्रमण दर नघटेपछि आर्थिक नगरी फेरि लामो समयसम्म बन्द भएको थियो। लकडाउन अन्त्य भएसँगै सांघाईका व्यापारिक स्थलहरु खुल्न थालेका छन्। सडकमा सवारी…
अमेरिकाले युक्रेनलाई अत्याधुनिक रकेट प्रदान गर्ने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक रेकट प्रणाली नै दिने घोषणा गरेका हुन्। लामो दुरीबाट प्रक्षेपण गर्न सक्ने रकेटको माग युक्रेनले पहिलै देखि गर्दै आएको थियो। यसअघिसम्म अमेरिकाले युक्रेनले चाहे अनुरुप हतियार उपलब्ध गराउन अस्वीकार गरेको थियो। रसिया र युक्रेनबिच युद्ध सुरु भएको ९७ दिन पुगिसकेको छ। बाइडेनले रेकट…