काठमाडौं : बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपललाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ। प्रहरीले जोरपाटीस्थित सर्वनाम शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको हो। होस्टलमा कार्यरत वार्डेनलाई भने खोजी गरिरहेको प्रहरीले जानकरी दिएको छ। वार्डेनले होस्टलमा बस्ने बालिकाको संवेदनशील अंगहरु छुने, अश्लील प्रकारका भिडियोहरु देखाउने गरेको आरोप लागेपछि प्रहरीले सोधपुछको लागि प्रिन्सिपललाई नियन्त्रणमा लिएको हो। 'प्रिन्सिपललाई दुई दिन अगाडि नै…
भारतको हैदरावादमा एक नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। २८ मेमा हैदारावादमा भएको सामुहिक बलात्कारको घटना जुन ३ मा सार्वजनिक भएको थियो। प्रहरीका अनुसार पाँचजनाले एक कारमा नाबालिगको बलात्कार गरेको उजुरी परेको छ। पाँचजनामा तीनजना नाबालिग रहेको प्रहरीले जनाएको छ। फरार अभियुक्तहरुको हाल खोजी भइरहेको छ। प्रहरीले ४८ घण्टाभित्र फरार अभियुक्तलाई पक्राउ गर्ने दाबी गरेको छ।
काठमाडौंः जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ। २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका-६ च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई गएराति प्रहरीले पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-१ हात्तीसारस्थित रेष्टुरेन्टमा वेटर काम गर्ने जीवनले ती महिलालाई सोही रेष्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने प्राप्त प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको…
काठमाडौः बैंकिङ कसुरका दुई छुट्टाछुट्टै मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि-६ बस्ने खोटाङको हलेसी तुवाचुङ-९ सल्लेका ५१ वर्षीया इन्द्रकुमार राई र कागेश्वरी मनोहरा-१ बस्ने ४८ वर्षीय रामेश्वर चौलागाई छन्। प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा राईलाई उच्च अदालत पाटनले गत वैशाख ५ मा ४ दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिवाना पैसला…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएको बताएका छन्। पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरित् उम्मेदवार खडा गरि जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन्। काठमाडौं महानगर पालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको उनको भनाइ…
काठमाडौं : पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरीको स्पेशल टोली काठमाडौं आएको भारतीय सञ्जार माध्यमले जनाएको छ। 'इन्डिया टुडे' लगायतका मिडियाले शुक्रवार भारतीय प्रहरीको स्पेशल टोली काठमाडौं आएको बताएको हो। तर,उनीहरु अहिले कहाँ छन् ? भन्ने कुरा खुलाइएको छैन। तर, नेपाल प्रहरीले भने आधिकारिक रुपमा भने कुनै पनि भारतीय प्रहरी टोली नेपाल आएको भन्ने स्वीकार गरेको छैन। गत आइतवार पञ्जावमा मुसेवालाको…
ललितपुर : जावलाखेलमा भोटोजात्राको लागि तयारी भइरहेको छ। वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को भोटो जात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीसहितका उच्च पदस्थ व्यक्ति जावलाखेल पुग्दैछन्। हाल रथ राखिएको स्थानमा सरसफाइको काम भइरहेको छ। प्राचीन कालमा कर्कोटक नागराजकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरुप पाएको बहुमूल्य गहना र हीरा जडित भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको…
- त्रिरत्न मानन्धर भोटोजात्रालाई राज्यस्तरबाट नै विशेष महत्व दिँइदै आएको छ। राष्ट्र प्रमुख र सरकार प्रमुखसँगै हजारौं मानिसको उपस्थितिमा जावलाखेलमा भोटो जात्रा मनाइन्छ। नेपालमा आयोजना हुने धेरै जात्रामध्ये सबैभन्दा लामो जात्रा नै रातो मछिन्द्रनाथको जात्रा हो। मछिन्द्रनाथको जात्राको अन्त्य भोटो जात्रा सकाएपछि हुन्छ। भोटो जात्रा सकिएपछि मछिन्द्रनाथलाई खटमा राखेर बुंगमति लगिन्छ। १२ वर्षमा एकपटक भने बुंगमतिबाटै रथबाटै तानेर ल्याइन्छ र…
काठमाडौं : दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा आधारित ‘सर्वजित’ नामक चलचित्रको शुभ मुहुर्त गरिएको छ। १७औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा फिल्मको शुभ मुहुर्त गरिएको हो। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘सर्वजीत’ नामक चलचित्र निर्माणको निम्ति आफ्नो पाँच महिनाको पारिश्रमिक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा पूर्वमन्त्रीद्वय मीन विश्वकर्मा…
काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्। अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिवार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटमा समसामयिक राजनीति, सङ्घीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो। भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्। १७औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ-संस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्यको व्यवहारिक रुपमै…
काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी…
काठमाडौं : खाना पकाउने सिलिण्डर ग्याँस पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन्। सिलिण्डर ग्याँसमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उनले बताए। रासस
काठमाडौं: आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत आज सम्पन्न खेलमा नेपालले यूएईसँग पराजय ब्यहोरेको छ। मलेसियास्थित युकेएम वाइसडी स्टेडियममा सम्पन्न खेलमा यूएईले नेपाललाई १० विकेटले हराएको हो। टस जितेर ब्याटीङमा उत्रिएको नेपाली टोलीले लज्जास्पद ब्याटिङ गर्दै ८.१ ओभरमा सबै विकेट गुमाउँदै ८ रनमा समेटिएको थियो। नेपालका लागि स्नेहा महराले ३ रन बनाउँदा मनीषा राना २ रनमा…
राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ। तर नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ। अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल शुरु हुन्छ। साँझको बढ्दो सवारी चाप, यात्रुको भीड अनि फुटपाथ पसल। राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्। फुटपाथमै जाम। नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन्। सडकमा झोला बोकेर, सिक्रि, लकेट र…
काठमाडौं : काठमाडौं महानगरका मेयर वालेन्द्र साह 'बालेन' ले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्। शनिवार बिहानै प्रचण्ड निवास खुमालटार पुगेर बालेनले प्रचण्डसँग भेट गरेका हुन्। भेटमा प्रचण्डले बालेनको प्रशंसा गरेको उनको सचिवालयले जनायो। केही दिनअघिमात्र प्रचण्डले बालेनको जित माओवादीको जस्तै एजेन्डा भएकोले सम्भव भएको बताएका थिए। आजको भेटमा पनि प्रचण्डले बालेनको जित क्रान्ति भएको बताए। प्रचण्डले जनताको समस्या…
काठमाडौं : निर्वाचन आयोगले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनार लगायत कार्यक्रमहरू आयोजना नगर्न नगराउन आग्रह गरेको छ। जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्म त्यसलाई प्रभावित गर्ने गरी कार्यक्रमहरू आयोजना नगर्न आयोगले आग्रह गरेको हो। ‘निर्वाचनको कार्यक्रम सुरु भैसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने र बिचमा रोक्न नमिल्ने भएकोले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका…
वीरगंज : वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को प्यानल विजयी भएको छ। गठबन्धन दलका यी पार्टीबिचको पूर्व सहमति अनुसार शुक्रवार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा जसपा र कांग्रेसका ४/४ जना सदस्यहरु निर्वाचित भएका हुन्। ३२ वडा रहेको वीरगंज महानगरमा कुल १६२ जनप्रतिनिधि रहेका छन्। जसमा दलित वा अल्पसंख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद (१०७ मत), जसपाका…
हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उत्पादनमूलक उद्योग खोल्ने वातावरण तयारी गर्न जरुरी भएको बताएका छन्। शुक्रवार नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशको पाँचौं प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेशभित्रका चारवटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताएका हुन्। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार उद्योगी व्यवसायीको सहयात्री बन्न तयार रहेको बताए।…
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले पेश गरेको 'खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्' भन्ने विषयक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा…