PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

  • सुदूरपश्चिमलाई देशकै धनी प्रदेश कसरी बनाउने ? प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव

    सुदूरपश्चिमलाई देशकै धनी प्रदेश कसरी बनाउने ? प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव

    काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने बताए।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरमा आज दिउँसो ३ बजेदेखि दुई घण्टासम्म विद्युत अवरुद्ध हुने

    वीरगंज महानगरमा आज दिउँसो ३ बजेदेखि दुई घण्टासम्म विद्युत अवरुद्ध हुने

    वीरगंज : वीरगंज महानगरपालिकामा आज दिउँसो ३ बजे विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजस्थित सब स्टेशनमा मर्मत कार्य गर्नुपर्ने भएकोले आइतवार साँझ ५ बजेसम्म विद्युत काटिने भएको हो। सबस्टेसनबाट  प्रशारण भएको सम्पूर्ण ११ केभी फिडरहरुबाट सञ्चालन हुने सम्पूर्ण क्षेत्रमा आज दुई घण्टाको लागि विद्युत अवरुद्ध हुने जनाएको वितरण केन्द्र वीरगंजका प्रमुख जितेन्द्रकुमार झाले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • हुनेवाला दुलाहालाई ठग भन्दै पक्राउ गरेकी 'दवंग प्रहरी' जुनमोनी सोही मुद्दामा गिरफ्तार

    हुनेवाला दुलाहालाई ठग भन्दै पक्राउ गरेकी 'दवंग प्रहरी' जुनमोनी सोही मुद्दामा गिरफ्तार

    भारतको आसाममा गत महिना एक महिला सब-इन्स्पेक्टरले आफ्नै मंगेतर (हुनेवाला दुलाहा) लाई ठगी मुद्दामा पक्राउ गरेर जेल पठाएकी थिइन्। आफ्नै मंगेतरलाई पक्राउ गरी जेल पठाएपछि सामाजिक सञ्जालमा निकै प्रशंसा पाएकी तिनै महिला 'दवंग' सब-इन्स्पेक्टर सोही मुद्दामा पक्राउ परेपछि घटना तरंगित भएको छ। माजुलीको प्रहरीले शनिवार सब-इन्स्पेक्टर जुनमोनी राभालाई ‘आपराधिक षड्यन्त्र’ र ‘ठगी’ गरेको अभियोगमा पक्राउ गरेको छ। सोही मुद्दामा उनका मंगेतर…

    विस्तृतमा पढ्नुस्

  • दुई-चार दिनभित्रै नेपालमा मनसुन भित्रिने

    दुई-चार दिनभित्रै नेपालमा मनसुन भित्रिने

    काठमाडौं : नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ। अबको दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची क्षेत्र आसपासबाट मनसुन सुरु हुनेछ। 'अबको दुई-चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ,' उनले भने। प्रदेश १,…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा उठेन फोहोर, समाधान खोज्दै बालेन र सुनिताको दौडधुप

    काठमाडौंमा उठेन  फोहोर, समाधान खोज्दै बालेन र सुनिताको दौडधुप

    काठमाडौं : काठमाडौं महानगरपालिकामा फोहोर नउठेको हप्तौं भइसक्यो। स्थानीय तह निर्वाचन अघि देखि नै थुप्रिएको फोहोर बिचमा एक-दुईपटक संकलन भए पनि त्यसपछि फहोर उठ्न सकेको छैन। महानगरमा नयाँ प्रमुख र उपप्रमुख आइसकेपछि फोहोरको विषयले प्राथमिकता पाएको छ। प्रमुख वालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोल अहिले फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर छलफलमा छन्। केही दिनअघि सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल…

    विस्तृतमा पढ्नुस्

  • फ्रेण्ड्स क्लबलाई ३–० गोलले हराउँदै एपीएफ विजयी

    फ्रेण्ड्स क्लबलाई ३–० गोलले हराउँदै एपीएफ विजयी

    हेटौंडा: हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। फ्रेण्ड्स क्लबलाई ३–० गोलले पाखा लगाउँदै एपीएपफ क्लब विजयी भएको हो। जितको लागि एपीएफको तर्फबाट खेलको पहिलो हाफमा नविन लामाले गोल गर्दा दोस्रो हाफमा सविन गुरुङ र रबि थिङले गोल गरे। लामाले २९ औं मिनेटमा गोल गर्दा गुरुङले ७६ ‍…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकीको बिजुली भारतमा बिक्री सुरु, प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो

    कालीगण्डकीको बिजुली भारतमा बिक्री सुरु, प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट क्षमताको कालीगण्डकी 'ए' विद्युतगृहबाट उत्पादित विद्युत भारतमा बिक्री सुरु भएको छ। प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिवार राति १२ बजेबाट निर्यात सुरु गरेको हो। प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीवारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ। कालीगण्डकीको पनि बिक्री सुरु…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशमा एक कन्टेनर डिपोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३२ पुग्यो

    बंगलादेशमा एक कन्टेनर डिपोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३२ पुग्यो

    बंगलादेशको चट्टोग्रामस्थित सीताकुण्डमा रहेको कन्टेनर डिपोमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। आगलागीमा घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बीडी न्युजले उल्लेख गरेको छ। शनिवार राति करिब ९:३० बजे कादमर्सुल क्षेत्रमा रहेको बीएम कन्टेनर डिपोमा आगलागी भएको हो। चट्टोग्रामका अग्नि नियन्त्रकहरुले आगो नियन्त्रणमा लिन नसकेपछि फेनी, नोआखली र कुमिल्लाबाट बिहान करिब ३:३० बजे थप अग्नि नियन्त्रकहरुको टोली बोलाइएको…

    विस्तृतमा पढ्नुस्

  • रसिया युक्रेन युद्धको १०२ दिन : कीभमा शक्तिशाली विस्फोट, अवस्था 'अति कठिन'

    रसिया युक्रेन युद्धको १०२ दिन : कीभमा शक्तिशाली विस्फोट, अवस्था 'अति कठिन'

    युक्रेनको राजधानी कीभमा शक्तिशाली विस्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको १०२ दिन पुग्दा कीभमा नै आक्रमण भएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले बताएका छन्। रसियाले युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि सुरु भएको युद्धको असर कीभमा कम थियो। केही हप्तायता कीभमा कुनै पनि हिंसात्मक घटना भएको थिएन। अहिले डोनबास र लुहान्सक क्षेत्रमा दुक्ष…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा गाईको बाछो काटेर मासु बेचेको अभियोगमा एक युवक पक्राउ

    भक्तपुरमा गाईको बाछो काटेर मासु बेचेको अभियोगमा एक युवक पक्राउ

    काठमाडौं : गाईको बाछो काटेर मासु बेचिरहेको अवस्थामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ८ बोडे स्थित वडा कार्यालयको भवन नजिकबाट एक युवकलाई नियन्त्रणमा लिएको हो। दोलखा घर भएका ३८ वर्षीय निमा मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। करिब २० केजी गाईको बाछोको काटेको मासु समेत नियन्त्रणमा लिएको परिसरका डीएसपी राजु पाण्डेले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक विदाको दिन सरकारी सवारीसाधन चलाउन पास लिनुपर्ने

    सार्वजनिक विदाको दिन सरकारी सवारीसाधन चलाउन पास लिनुपर्ने

    काठमाडौं : सार्वजनिक बिदाको दिन सरकारी सवारी गुडाउन पास लिनु पर्ने भएको छ। गृह मन्त्रालयले अनुमति लिएर मात्रै सवारी गुडाउन निर्देशन दिएको हो। सरकारले अहिले परीक्षणका लागि हप्तामा २ दिन (शनिवार र आइतवार) बिदा लागू गरेको छ। यस्तै इन्धन जोगाउन भन्दै सरकारी कर्मचारी तथा मन्त्रीले पाउन तेल सुविधा पनि कटाईएको छ। यस्तो अवस्थामा विदाका दिन गाडी चलाउन केन्द्रमा सवारी पास…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    मधेश प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    काठमाडौं : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ। प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा रात्रीबस दुर्घटना : घाइतेको उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

    रुपन्देहीमा रात्रीबस दुर्घटना : घाइतेको उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनाका घाइतेको शीघ्र उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन्। गृहमन्त्री खाणले घाइतेहरूको…

    विस्तृतमा पढ्नुस्

  • नेपालको वातावरणीय समस्या र जोखिमको व्यवस्थापनमा बेलायती मोडल

    नेपालको वातावरणीय समस्या र जोखिमको व्यवस्थापनमा बेलायती मोडल

    बिजय हितान- संयुक्त राष्ट्रसंघको विश्व वातावरण दिवस प्रत्येक वर्ष ५ जूनमा मनाइँदै आएको छ। वर्तमान समयमा आम नागरिक, लेखक, अभियन्ता, युवा सबैले कसरी पर्यावरणलाई जोगाउन सकिन्छ भन्ने विषयमा ठूलो चासो राखिरहेका छन्। विश्वभर नै अन्य विषयभन्दा पर्यावरणप्रति चिन्ता राख्ने जमात पनि धेरै ठूलो भैसकेको छ।   सन्दर्भ: विश्व वातावरण दिवस वातावरणको सम्बर्द्धनको विषयमा एक दिनमात्र आवाज उठाउने हो त? यो…

    विस्तृतमा पढ्नुस्

  • इङ्ग्ल्याण्ड हंगेरीसँग पराजित, जर्मनी र इटली बराबरीमा रोकिए

    इङ्ग्ल्याण्ड हंगेरीसँग पराजित, जर्मनी र इटली बराबरीमा रोकिए

    यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड हंगेरीसँग पराजित भएको छ। हंगेरीस्थित पुस्कस एरेनामा सम्पन्न खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई १-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६६ औं मिनेटमा हंगेरीले अग्रता बनाएको थियो। हंगेरीका लागि डोमिनिक सोबोस्लाइले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। इङ्ग्ल्याण्डका रीस जेम्सले हंगेरीका ज्सोल्ट नेगीलाई फउल गरेपछि पाएको पेनाल्टीको…

    विस्तृतमा पढ्नुस्

  • रोहितको शतक र सोमपालको सानदार बलिङको सहायतामा दोस्रो अभ्यास खेलमा नेपालको जित

    रोहितको शतक र सोमपालको सानदार बलिङको सहायतामा दोस्रो अभ्यास खेलमा नेपालको जित

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली टोलीले अमेरिकामा दोस्रो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्समाथि जित निकालेको छ। गएराति सम्पन्न खेलमा कप्तानी भूमिकामा रहेका रोहितकुमार पौडेलले शतकीय पारि खेल्दा नेपालले २९ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २५० रन बनाएको थियो। नेपालका लागि कार्यवाहक कप्तान रोहितकुमार पौडेलले शतकीय पारि खेल्दै सर्वाधिक १०१ रन…

    विस्तृतमा पढ्नुस्

  • ओलीको आलोचना गरेको भन्‍दै घनश्याम भुसाललाई कारबाही सिफारिस

    ओलीको आलोचना गरेको भन्‍दै घनश्याम भुसाललाई कारबाही सिफारिस

    काठमाडौंः नेकपा (एमाले) को अनुशासन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेता घनश्याम भुसाललाई कारबाही सिफारिस गरेको छ। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भुसालले अध्यक्ष ओलीको आलोचना गरेको भन्दै कारबाही सिफारिस गरिएको हो। आयोगले केन्द्रीय कमिटीलाई कारबाही प्रक्रियाका लागि सिफारिस गरेको हो।  आयोगको जेठ १८ गतेको बैठकले कारबाही सिफारिस गरेको एमाले अनुशासन आयोग अध्यक्ष केशव बडालले जानकारी दिए। सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीले निर्वाचन समीक्षा गर्ने, सातै प्रदेशमा खटिए सचिवालय सदस्य

    एकीकृत समाजवादीले निर्वाचन समीक्षा गर्ने, सातै प्रदेशमा खटिए सचिवालय सदस्य

    काठमाडौंः सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षाका लागि सबै प्रदेशमा १/१ जना सचिवालयका सदस्यहरुलाई खटाउने निर्णय गरेको हो। पाँच दिनभित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने निर्णय बैठकले गरेको छ। निर्णय अनुसार प्रदेश १ मा जयन्ती राई,…

    विस्तृतमा पढ्नुस्

  • सर्वनाम शिक्षालय यौन दुर्व्यवहार प्रकरणः फरार रहेका आरोपी वार्डेन रामेछापबाट पक्राउ

    सर्वनाम शिक्षालय यौन दुर्व्यवहार प्रकरणः फरार रहेका आरोपी वार्डेन रामेछापबाट पक्राउ

    काठमाडौं: बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फरार रहेका  सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन्। काठमाडौं प्रहरीले अभियुक्तलाई रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीले जोरपाटीस्थित सर्वनाम शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटीलाई पनि सोधपुछको लागि नियन्त्रणमा लिएको हो। वार्डेनले  होस्टलमा बस्ने बालिकाको संवेदनशील अंग छुने, अश्लील प्रकारका भिडिओ देखाउने गरेको आरोप लागेपछि प्रहरीले आज…

    विस्तृतमा पढ्नुस्

  • बुंगमति फर्किए रातो मछिन्द्रनाथ, स्थानीयले 'छ्वाली' बालेर गरे स्वागत

    बुंगमति फर्किए रातो मछिन्द्रनाथ, स्थानीयले 'छ्वाली' बालेर गरे स्वागत

    ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई  आज बुंगमती फिर्ता लगिएको छ। जावलाखेलमा भोटोजात्रा सम्पन्न भएपछि रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो।  रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमति फिर्ता लग्दा मानिसहरुले दायाँबायाँ बसेर छ्वाली (गहुँको पराल) बालेका थिए। रातो मछिन्द्रनाथको मुर्तिलाई नख्खु हुँदै बुङमतिमा रहेको मन्दिरमा प्रतिस्थापन गर्ने बेलासम्म ती छ्वालीहरु बालेर देवतालाई बाटो देखाउने गरिन्छ। यसरी छ्वाली बाल्नुलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell