काठमाडौं : स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित भएका छन्। ‘र्यापर’ समेत रहेका बालेनले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका छन्। उनै र्यापर र इन्जिनियर बालेनले ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएपछि काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउने घोषणा गरेका छन्। राष्ट्रिय समाचार समितिका…
हेटौँडा : आगामी आर्थिक वर्ष २०७९/०८० को प्रि-बजेट पेश भएपछि वाग्मती प्रदेशसभाको १०औँ अधिवेशन बैठक स्थगित भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि-बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित गरेका हुन्। सभामुख श्रेष्ठले अर्को बैठक भोलि बिहान ११ बजेको लागि आह्वानसमेत गरेका छन्। भोलि बस्ने बैठकमा प्रि-बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको…
हेटौँडा : विवेकशील साझा पार्टी वाग्मती प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले निष्ठापूर्वक लागिरहे नागरिकहरुले पत्याउने रहेछन् भन्ने उदाहरण स्थानीय तह निर्वाचनमा निर्वाचित भएका स्वतन्त्र उम्मेद्वारहरुले देखाएको बताए। वाग्मती प्रदेश सभाको १०औँ अधिवेशनमा उनले काठमाडौं महानगरपालिकामा निर्वाचित बालेन शाहले विजय उत्सव मनाइरहँदा त्यसले धेरै पाठहरु सिकाएको बताएका हुन्। ‘बालेन शाह, हर्क साम्पाङ विजय भइरहँदा मलाई के लाग्छ भने यदि साँच्चिकै…
काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्। ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी दुर्घटना भएको हो। टाउकोमा सामान्य चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको छ। उनलाई केही समय चिकित्सकको निगरानीमा राखिने बताइएको छ।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई वौद्धिक छलफलका लागि समय निकाल्न अनुरोध गरेका छन्। उनले सबैको बिचमा छलफल गरेर अघि बढ्दामात्रै देशको विकास हुने बताए। 'अलि बौद्धिक छलफलका निम्ति समय पनि निकाल्नुस्। नागरिक समाजका बिचमा छलफल गर्दाखेरी उनीहरुको विश्वास जित्न सकिन्छ,' नेपालले भने। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सम्बोधन गर्दै नेपालले प्राथमिकताको निर्धारण गरेर अघि बढ्नुपर्ने बताए।…
हेटौँडा : नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्र बानियाँले व्यक्ति राम्रो भए जनताले नै प्रतिनिधि चुन्ने बताएका छन्। वाग्मती प्रदेश सभाको १०औँ अधिवेशनमा बानियाँले धरान उपमहानगरपालिकामा हर्क साम्पाङ र काठमाडौं महानगरपालिकामा वालेन्द्र शाहको उदाहरण दिँदै अघिल्लो सरकारको गतिविधिप्रति जनता आक्रोशित भएको दावी गरे। ‘काठमाडौंमा हिजो कुन पार्टीका थिए? धरानमा कुन पार्टीले जिम्मेवारी लिइरहेको थियो? आज गठबन्धन…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बोलेका शब्दलाई हटाउन निर्देशन दिएका छन्। नेकपा एमालेका सांसदहरुले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दा बडूले अमर्यादित शब्द बोलेको भन्दै आपत्ति जनाएको थियो। बैठकमा एमालेले विरोध गरेपछि सभामुख सापकोटाले बडूको शब्दलाई हटाउन निर्देशन दिएका हुन्। सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएको…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गरिरहेको पनि बताए। ‘बलात्कार,…
हेटौँडा : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न भएको स्थानीय निर्वाचनमा सत्ता र शक्तिको सम्पूर्ण दुरुपयोग भएको आरोप लगाएकी छिन्। वाग्मती प्रदेशसभाको १०औँ अधिवेशनका क्रममा शाक्यले लोकतन्त्र माथिनै प्रश्न उठ्ने गरी सत्ता गठबन्धनले निर्वाचनमा जित्नकै लागि सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी हुन्। उनले ५ दलिय गठबन्धनले एमाले एक्लैसँग प्रतिस्पर्दा गर्नको लागि निर्वाचन आचारसंहिता विपरितको…
हेटौँडा : नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्र बाँनिया मुख्यमन्त्री बन्ने भएका छन्। पाँच दलीय सत्ता गठबन्धनबिच यसअघि भएको सहमति अनुसार बानियाँ मुख्यमन्त्री बन्न लागेका हुन्। स्रोतका अनुसार ११ कात्तिकमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुअघि आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याएपछि सरकारको नेतृत्व बानियाँलाई हस्तान्रण गर्ने गरी लिखित सहमति भएको थियो। प्रदेश सरकारले असार १ गतेभित्र बजेट…
काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल निर्माण रोक्न सर्वोच्च अदालतले दिएको आदेश कसैको प्रभावमा परेर गरिएको निर्णय भएको आरोप लगाएकी छिन्। शुक्रवार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा सम्बोधन गर्ने क्रममा झाँक्रीले सर्वोच्चले गरेको निर्णय कुन आधारमा टेकेर गरिएको हो भन्दै प्रश्न गरेकी हुन्। ‘अदालतले निजगढ नबनाउ भन्दै गर्दा कुन कुरालाई समातेर निर्णय भएको छ…
काठमाडौं : जेठ १० गते युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय खेलकुद सरेको बताए। उनले राष्ट्रिय खेलकुद परिषदको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको भन्दै दशैं तिहारको बिचमा प्रतियोगिता गराउने बताए। तोकिएको मिति अर्थात् जेठ २२ गतेबाट राष्ट्रिय खेलकुद गराउन नसक्नुका पछाडि तर्कहरु पनि मन्त्रीले अघि सारे। उनले एसियन गेम्स सन् २०२३ सम्म…
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा नवनिर्विचित भएपछि बालेन्द्र साह ‘बालेन’ मतदातालाई धन्यवाद दिन र्यालीसहित निस्किए। राष्ट्रिय सभागृहबाट बालेनको टोली भद्रकाली त्रिपुरेश्वर हुँदै काठमाडौंका मतदातालाई धन्यवाद दिन निस्किएका थिए। बालेनसँग आँखीझ्याल चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमि पनि सहभागी थिए। धन्यवाद र्याली थापाथली माइतीघर, बबरमहल, बिजुलीबजार, युएन पार्क कोरिडोर हुँदै तीनकुने र त्यहाँबाट जटिबुटी, पेप्सिकोला, कोटेश्वर, सिनामंगल, एअरपोर्ट…
काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुखमा निर्वाचित सुनिता डंगोललाई सगुन दिएर स्वागत गरिएको छ। पुर्खोली घर भएको लगन पुगेकी सुनितालाई स्थानीयले सुगन र फलफूल दिएर स्वागत गरेका हुन्। लगन क्षेत्रमा धन्यवाद दिँदै हिँडेकी सुनिताको साथमा काठमाडौं महानगरका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्य पनि सहभागी थिए। शाक्यको घर पनि लगनमा नै पर्छ। आज निर्वाचित भएपछि सुनिताले काठमाडौंलाई अरु कुनै शहर जस्तो नभइ कान्तिपुरी नगरी बनाउन…
बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोबाट इन्धन लोड गरि हिँड्न लागेका दुई वटा ट्यांकरमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्त नवरत्न पौडेलले लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा आगलागी भएको जानकारी दिए। आगो नियन्त्रणको लागि ३ वटा दमकल घटनास्थलमा पुगेका छन्। पौडेलले बुटवल, तिलोत्तमा र…
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका सांसदहरु बिच प्रतिनिधि सभाको बैठकमा नोकझोक भएको छ। बडुले संसद बैठकको सुरुवातमै सार्वजनिक महत्वका विषयमा बोल्न समय मागेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले बडूलाई समय दिएपछि मन्त्री उनले बिचार राख्न थाले। बडूले आफ्नो मन्तव्यको १३ मिनेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेपछि एमालेका सांसद खगराज अधिकारले…
काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा बढाएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको जानकारी दिएका हुन्। केपी शर्मा ओली सरकारका पालामा बढेको पूर्वाधार कर र भन्सार दर बढाइएको थियो। ओली सरकारका अर्थमन्त्री…
इण्डियन प्रिमियर लिग (आईपीएल)मा फाइनल प्रवेशका लागि रोयल च्यालेन्जर्स बेङ्ग्लोर र राजस्थान रोयल्स भिड्दैछन्। दोस्रो क्वालिफायर्सको खेलमा आज साँझ पौने ८ बजे अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा यी दुई टोली आमनेसामने हुँदैछन्। पहिलो क्वालिफायर्समा राजस्थान गुजरातसँग पराजित भएको थियो। राजस्थानलाई हराएको गुजरात भने फाइनल प्रवेश गरिसकेको छ। अर्कोतर्फ बेङ्ग्लोरले इलिमिनेटरमा लखनउ सुपर जाइन्टलाई हराएको थियो। आजको खेलमा जित निकाल्ने टोलीले फाइनलमा…
काठमाडौं : स्थानीय तह निर्वाचनमा निर्वाचित भएर पदभार ग्रहण गरेसँगै रुपन्देहीको कञ्चन गाउँपालिका अध्यक्षसहितको टोली र भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठबिच भेटवार्ता भएको छ। गाउँपालिकामा बस्दै आएका सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा दिने विषयमा छलफल गर्न टोली काठमाडौं आएको थियो। यही विषयमा मन्त्री श्रेष्ठसँग उनीहरुले भेट गरेका थिए। भेटका क्रममा अध्यक्ष ढकालले गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीको समस्या समाधानका…
काठमाडौं : करिब ४ वर्ष अगाडि परेको जाहेरीका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। हुन त प्रहरीले २० वर्ष पुरानो घटनाका फरार अभियुक्तलाई समेत प्रहरीले पक्राउ गर्न नसकेको भने होइन। तर कुनै घटनालाई सामान्य रुपमा लिँदा प्रहरीले अभियुक्तलाई समयमा नै पक्राउ गर्दैन। जसको कारण प्रहरी प्रशासन बदनाम हुने गरेको छ। सुनसरीको इटहरीमा भएको एउटा घटनामा प्रहरीले ४ वर्ष अगाडि जाहेरी पर्दा वास्ता…