काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले निर्वाचनमा भएको हार-जितलाई सामान्य रुपमा लिएको बताएका छन्। काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनलेजनताको सेवक भएर काम गर्ने आकांक्षा सफल हुन सकेको भन्दै उनले काठमाडौं महानगरकोविकास र समृद्धिप्रतिको आकांक्षा अलिकति पनि नधरमराएको बताएका हुन्। ‘म पटक-पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको…
काठमाडौं : काठमाडौं महानगरपालिका उपप्रमुखमा निर्वाचित सुनिता डंगोलले काठमाडौंलाई कान्तिपुरी नगरी बनाउन सबैको साथ चाहिने बताएकी हुन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा निर्वाचित घोषणा भएपछि प्रतिक्रिया दिँदै उनले काठमाडौंलाई अरु कुनै शहरसँग तुलना गर्न नहुने बताएकी हुन्। भनिन्, ‘काठमाडौंलाई अरु शहर जस्तो बनाउनुपर्दैन। देशको अरु शहर शहरसँग पनि तुलना गर्नुपर्दैन। काठमाडौंको मर्म विशिष्ट छ। यो सांस्कृतिक नगर र राजधानी हो।…
नेत्र तामाङ र प्रकाश भण्डारी- काठमाडौं महानगरपालिकामा जित निकाल्नु प्रमुख दलको प्रतिष्ठाकै विषय हो। अघिल्लोपटक मेयर पद गुमाएको कांग्रेस कसैगरी पनि काठमाडौं आफ्नो वर्चश्व फिर्ता गराउन चाहन्थ्यो यसपटक। त्यसैले कांग्रेस काठमाडौं आफ्नो भागमा पारेर गठबन्धनसँग तालमेलमै उत्रियो। टिकट हात लाग्यो सिर्जना सिंहलाई। चुनावी मैदानमा आफूलाई अझ सहज बनाउन एमालेबाट चोइटिएको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठलाई उपमेयरमा अघि सारियो। यता अघिल्लोपटक पनि मेयर…
काठमाडौंः स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा साहलाई विजयी घोषित गरेको हो। वडाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारको बहुमत हुँदा नगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवार साह निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले अन्तिम मत परिणाम बिहीबार राति सार्वजनिक गरेका छन्। बधाई सहितको कार्यक्रम भने निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान ८ः३० बजेका…
वीरगंजः वीरगंज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले पदभार सम्हालेका छन्। पद तथा गोपनीयताको शपथपछि सिंहले पदभार सम्हालेका हुन्। पदभारका क्रममा उनले दुई वटा निर्णय समेत गरेका छन्। पहिलो निर्णय वीरगंज घण्टाघर-पावर हाउस क्षेत्रको सडक मर्मत र दोस्रो दलित तथा विपन्न परिवारलाई मासिक ३० युनिटको विद्युत महसुल छुटको निर्णय गरेका छन्।
काठमाडौँः काठमाडौँ महानगरपालिका वडा नम्बर १४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले तीन हजार ४४२ मत पाएका छन्। योसँगै महानगरका सबै वडाको मतगणना सम्पन्न भएको छ। श्रेष्ठका निकटतम प्रतिस्पर्धी एमालेका रश्मी खड्काले तीन हजार १०९ मत पाइन्। वडाध्यक्षको मत परिणाम सार्वजनिक भए पनि मेयर र उपमेयरको परिणाम सार्वजनिक भएको छैन।
काठमाडौंः काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ। महानगरले बिहीबारदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिने स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए। उनका अनुसार मोडर्ना र फाइजर खोप दिइने छ। महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र…
काठमाडौँः निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदानको निर्णय गरेको छ। सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरेर निर्वाचनको स्वच्छतामा प्रश्न उठेको भन्दै आयोगले पुनः मतदानको निर्णय गरेको हो। पुनः मतदानको मिति भने तोकिएको छैन। नगरपालिकाको सम्पूर्ण मतदान प्रक्रिया रद्दको निर्णय आयोगले गरेको हो। आयोगले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझा, सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई विभागीय…
हेटौँडा : हेटौँडामा यसै महिनाबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका दशवटा स्थानीय तहको सहयोगमा जेठ १९ गतेदेखि २८ गतेसम्म चौँथो संस्करणको स्थानीय तह मकवानपुर गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएको हो। हेटौँडा-५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा एक विदेशीसहित दशवटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको विजेताले नगद १५ लाख र…
वीरगंज : मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगंजका जनप्रतिनिधिहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजित समारोहमा नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिएका हुन्। पर्साका मुख्य न्यायाधीश तथा वीरगंज महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले वीरगंजका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई शपथ ग्रहण गराएका थिए। जसपाका नेता समेत रहेका मेयर सिंहले उपमेयरमा निर्वाचित नेपाली काग्रेसका नेता इम्तियाज आलमलाई शपथ…
काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर रिहा भएका रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्च अदालतले बदर गरिदिएको छ। काठमाडौं जिल्ला र उच्च अदालत पाटनको जन्मकैद ठहरको सजाय उल्टाउँदै सर्वोच्चले नै कैद सजाय घटाएपछि कोइराला २०७७ साउन ८ गते बिहीवार छुटेका थिए। सर्वोच्चका तत्कालिन प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र तेजबहादुर कार्कीको संयुक्त इजलासले कोइरालाको सजाय घटाएर ८…
काठमाडौं : सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य तत्कालका लागि रोक्न आदेश दिएको छ। आज बृहत इजलासले पुरानो वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) का आधारमा भएका सबै प्रक्रिया रोक्न फैसला सुनाएको हो। यस्तै, विमानस्थल निर्माण गर्नैपर्ने भए नयाँ वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर अगाडि आढ्न आदेश दिइएको छ। सर्वोच्चले विमानस्थलको विकल्प खोज्न फैसलामा भनेको छ। सरकारले आठ हजार हेक्टर क्षेत्रफलमा…
पोखरा : पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई पोखरा महानगरले पत्र पठाउने भएको छ। पोखराका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीवार पदभार ग्रहण गर्दै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई पत्र पठाउने निर्णय गरेका हुन्। यस्तै, प्रमुख आचार्यले न्यून आय भएका परिवारका बच्चालाई आगामी आर्थिक वर्षदेखि पोषण भत्ता दिने निर्णय पनि गरेका छन्। उनले पोखरा चिनाउनका लागि 'सिम्बोल अफ…
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को निर्णयविरुद्ध एभरेस्ट प्रिमियर लिग (ईपीएल) सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेको छ। ईपीएलको आगामी संस्करणलाई स्वीकृति नदिने क्यानको निर्णयलाई लिएर कानुनी बाटो रोजेको हो। क्यानले एभरेस्ट प्रिमियर लिग (ईपीएल)लाई लक्षित गरेर जारी गरेको पछिल्लो विज्ञप्ति र नेपाली टी-२० लिग सञ्चालनमा लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता गैह्र कानुनी र अपारदर्शी भन्दै ईपीएल असन्तुष्ट छ।…
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणना अन्तिम चरणमा आउँदा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाणले ८४५ मतले अग्रता कायम गरेका छन्। मतगणनाको सुरुदेखि नै कांग्रेसका खाण र नेकपा (एमाले)का मोहन चापागाईंबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार खाणले २३ हजार ३२२ मत पाउँदा एमालेका चापागाईंले २२ हजार ४७७ मत पाएका छन्। २०७४ को निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग पराजित…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि आजदेखि दुबै सदनमा छलफल प्रारम्भ भएको छ। छलफल दुई दिनसम्म जारी रहनेछ। उक्त नीति तथा कार्यक्रममाथि विभिन्न दलका दुवै सदनका सांसदहरुले सदनमा संशोधन प्रस्ताव पेस गरेका छन्। प्रतिनिधिसभामा विभिन्न राजनीतिक दलका ६ सांसदले ८१ बुँदामा र राष्ट्रियसभाका पाँच सांसदले १० बुँदामा संशोधन प्रस्तावको…
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं १५ को वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल विजयी भएका छन्। ३ हजार ४७६ मत प्राप्त गरी डंगोल दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत प्राप्त गरे। यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन्। वडा…
काठमाडौं : नेपाली यू-२० फुटबल टोलीको प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको सिफारिसमा केसीलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। शहीद स्मारक ए डिभिजन लिगमा केसीले यसअघि सातदोबाटो युथ क्लबलाई प्रशिक्षण दिएका थिए। यू-२० टोलीको प्रशिक्षकमा नियुक्त भएसँगै केसीले अब जुलाइ २५ देखि अगस्ट ३ सम्म भारतमा हुने यू-२० च्याम्पियनसिपमा केन्द्रीत हुने बताए। त्यसपछि एएफसी…
काठमाडौं : भक्तपुर नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि सुरु भएको छ। बिहीवार दिउँसो १२ बजेबाट भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो। हाललाई कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिका वडा नं. १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण सुरु भएको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड ‘केयुकेएल’ भक्तपुरका निवर्तमान प्रमुख…
काठमाडौं : काठमाडौँ महानगरपालिका वडा १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन्। रिजालले ४ हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष रिजाल पदमा विजयी भएका हुन्। वडा अध्यक्षमा विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लक्ष्मी तुलाधरले ३ हजार ३१० मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका…