काठमाडौः पछिल्लो केही महिनायता कोरोना संक्रमितको सङ्ख्या घट्दै गए पनि शून्यमा भने आउन सकेको छैन। कोरोना सङ्क्रमणबाट मृत्यु दर भने शून्य आइसकेको छ। पछिल्लो २४ घण्टामा पनि थप ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ९ सय ६९ जनामा गरिएको परीक्षणमा ८ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै सोही अवधिमा १५ जना कोरोना…
हेटौंडा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं वाग्मती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले सरकार परिवर्तन भए पनि सरकारको प्राथमिकताको क्षेत्र परिवर्तन हुन नसकेको बताएका छन्। शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै उनले सरकारले विगतको भन्दा पनि कमजोर योजनाहरु ल्याएको बताए। उनले सरकारले जनताको योजना र पीडाहरुलाई…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राखेका छन्। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी थिइन्। सरकारको नीति तथा कार्यक्रमाबारे लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचन असाध्यै महँगो भएकाले यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउन पनि आग्रह…
काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकताको समस्या समाधानमा सरकार अग्रसार हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेका हुन्। यादवले नागरिकताको विषय सबैभन्दा गम्भीर रहेकाले…
विश्वका २० देशमा मङ्कीपक्सको संक्रमण फैलिएको पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विभिन्न देशमा मंकिपक्सबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। हालसम्म विश्वभर २०० जनामा मंकिपक्सको संक्रमण देखिएको संगठनले जनाएको छ। यो संक्रमण विशेष गरि मध्य र पूर्वी अफ्रिकी क्षेत्रमा सामान्य रुपमा भेटिने गर्छ। अफ्रिकाबाट नै अन्य देशमा यो संक्रमण फैलिएको अनुमान गरिएको छ। केही महिना अघि मंकिपक्सको संक्रमण…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिएका छन्। आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्। सो अवसरमा सभामुख सापकोटाले संघीय संसद्को बजेटसँग जोडिएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराएका थिए। सरकारले भोलि (जेठ १५ गते) प्रतिनिधिसभामा बजेट पेस…
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई लागू औषध प्रयोगको मुद्दामा ‘क्लिन चिट’ मिलेको छ। नारकोटिक्ट कन्ट्रोल ब्यूरो (एनसिबि)ले आर्यनलाई सफाइ दिएको हो। गत वर्ष एक क्रुज पार्टीमा ड्रग्स लिएको र कारोवारमा संलग्न भएको आरोपमा आर्यन खान सहित केही व्यक्तिलाई एनसिबिले पक्राउ गरेको थियो। ‘आर्यन खानसँग ड्रग्स भेटिएको छैन,’ शुक्रवार आर्यनलाई सफाइ दिँदै एनसिबिले जनाएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।…
भारतीय लेखिका गिताञ्जली श्रीलाई यस वर्षको अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्रदान गरिने भएको छ। उनको उपन्यास ‘टब अफ स्यान्ड’ का लागि उनलाई पुरस्कृत गर्न लागिएको बीबीसीले उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने गिताञ्जली भारतकै पहिलो लेखक हुन्। उनले बुकर पुरस्कार ग्रहण गरेपछि आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिएकी छिन्। ‘मैले बुकर जित्ने कहिलै सोचेको थिएन। मलाई लाग्दैन थियो म सक्छु। यो…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क राई मात्र स्वतन्त्र उम्मेदवार भएको बताएका छन्। स्थानीय तह निर्वाचनमा अन्य क्षेत्रबाट निर्वाचित स्वतन्त्र उम्मेदवारहरु स्वतन्त्र नभएको उनको दाबी थियो। शनिवार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले जनकपुर उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित मनोज साह र धनगढी उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित गोपी हमाल पार्टीकै उम्मेदवार भएको बताएका हुन्।…
काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका छन्। ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा सम्बोधन गर्दै यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९-२०८० को नीति तथा कार्यक्रममा नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका हुन्। उनले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान…
भक्तपुरः सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा कीर्ते गरी बिक्री गर्न पाँच करोड २० लाख रुपैयाँ बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई कमल विनायकबाट र भक्तपुर नपा–८ बस्ने ईश्वर गाइजुलाई भक्तपुरस्थित मालपोत कार्यालयको गेटबाट पक्राउ गरिएको जनाएको छ। उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र समस्यामा पर्न थालेको भन्दै व्यापार घाटा बढेकाले समस्या समाधानका लागि अग्रसर हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आज भइरहेको नीति तथा कार्यक्रमबारे छलफलमा भाग दिँदै उनले अमेरिकी डलरको सञ्चितिमा व्यवधान आउने खालका कुनै पनि आयात नगर्नेबारे सरकारले घोषणा गरेको खण्डमा नागरिकमा समेत विश्वास पैदा हुने बताए। हेलिकप्टर, मरिच, केराऊ, कुनै पनि सामान आयात नगर्नेतर्फ…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीको बैसाखी टेकेर मात्रै दुई पटक प्रधानमन्त्री बनेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको शनिवारको बैठकमा सम्बोधन गर्दै प्रचण्डले फेरि प्रधानमन्त्री बनेर देखाउन ओलीलाई चेतावनी दिए। प्रचण्डले ओलीले फेरि पनि दम्भ देखाइरहेको समेत बताए। उनले पहिलो पटक ओली आफ्नो सहयोगमा र दोस्रो पटक माओवादी केन्द्रको भोटको सहयोगमा प्रधानमन्त्री बनेको बताएका हुन्।…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश संकटमा भए पनि नेताहरुबिचको घोचपेच पुरानै खालको भएको बताएका छन्। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै प्रचण्डले आलोचना र प्रतिआलोचना परम्परागत भएको बताएका हुन्। 'गम्भीर समस्यामा हिजो जसरी एकता गर्दै गएका थियौं। देशमा देखिएका समस्या समाधानका लागि साझा…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गरेका छन्। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै उनले कार्यक्रममा आर्थिक संकटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रीत नभएको बताएका हुन्। उनले नीति तथा कार्यक्रालाई ‘खोक्रो र सारहीन’…
‘मंकिपक्स’ एक प्रकारको ‘भाइरल जूनोसिस’ हो, अर्थात यो जनावरबाट मानिसमा सरेको भाइरस हो। यसका लक्षणहरु विगतमा देखिएको ‘स्मलपक्स’को लक्षणसँग मिल्दोजुल्दो रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। यद्यपि, यो ‘स्मलपक्स’भन्दा चिकित्सकीय रूपमा कम गम्भीर रहेको बताइएको छ। १९८० मा ‘स्मलपक्स’को उन्मूलन भएसँगै यसको खोपको उत्पादन पनि बन्द गरिएको थियो। तर, हाल ‘मंकिपक्स’ जनस्वास्थ्यको लागि सबैभन्दा महत्त्वपूर्ण ‘अर्थोपक्स भाइरस’को रूपमा देखिएको…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो क्वालिफायर्सको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान रोयल्स फाइनल प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरलाई ७ विकेटले हराउँदै राजस्थानले फाइनलमा स्थान सुरक्षित गरेको हो। टस हारेर ब्याटीङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। बेङ्ग्लोरका लागि रजत पाटिदरले सर्वाधिक ५८ रन बनाउँदा कप्तान फाफ…
काठमाडौँः बलात्कार मुद्दाको जाहेरी दिने हदम्याद घटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ। कांग्रेस सांसद कमला पन्त प्रस्तावक रहेको प्रस्तावक राष्ट्रिय सभामा दर्ता भएको हो। प्रस्तावको समर्थकमा विमला राई पौड्याल, प्रमिला कुमारी, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन्। राष्ट्रिय सभा नियमावलीको नियम ७८ बमोजिम उक्त संकल्प प्रस्ताव दर्ता भएको…
काठमाडौं : डर-धम्की देखाएर ७ करोड रुपैयाँ माग गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका-१० घर भई हाल काठमाडौंको गोठाटार बस्ने २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-८ घर भई हाल बुढानिलकण्ठ बस्ने २९ वर्षीय टेक विक, बझाङको खप्तडछान्ना गाउँपालिका-७ घर भई हाल कोटेश्वर बस्ने २९ वर्षीय धर्मराज थापा रहेका छन्। त्यस्तै, काभ्रेपलाञ्चोकको…
काठमाडौं : काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि वालेन्द्र साह ‘बालेन’ले शुक्रवार धन्यवाद र्याली गरे। राष्ट्रिय सभागृहबाट सुरु भएको र्याली काठमाडौंका विभिन्न स्थान पुगेर खुल्लामञ्चमा आइपुग्यो र सभामा परिणत भयो। सभालाई सम्बोधन गर्दै बालेनले आफू अब स्वतन्त्र नभई साझा भएको अभिव्यक्ति दिए। 'म हिजो स्वतन्त्र थिएँ। अब सबैको भइसकेको छु,’ बालेनले भने, ‘आजदेखि तपाईहरुको साझा प्रोपर्टी भइसकेको छु।' बालेनले काठमाडौंमा दिगो…