PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • विमानमा ‘प्रोटोकल’ उल्लंघन गरेका ऋषि धमलालाई नागरिक उड्डयन प्राधिकरणले कारवाही गर्ने

    विमानमा ‘प्रोटोकल’ उल्लंघन गरेका ऋषि धमलालाई नागरिक उड्डयन प्राधिकरणले कारवाही गर्ने

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकेर नेपाल फर्किँदा दिल्ली-काठमाडौं उडानका क्रममा विमान नै असभ्य र उडान सुरक्षाप्रति असंवेदनशील व्यवहार देखाएका पत्रकार ऋषि धमलालाई नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारवाही गर्ने भएको छ। आइतबार प्रधानमन्त्रीसहितको भीआईपी टोली सवार नेपाल वायुसेवा निगमको दिल्ली-काठमाडौं उडानमा धमलाले उडानका क्रममा अपनाउनुपर्ने नियमलाई उल्लंघन गर्दै निषेधित कक्षमा क्यामरासहित प्रवेश गरेपछि क्यानले उनलाई कारवाही अगाडि…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा राजनीतिक अस्थिरता : विदेश नीतिबारे सर्वोच्चले हस्तक्षेप नगर्ने

    पाकिस्तानमा राजनीतिक अस्थिरता : विदेश नीतिबारे सर्वोच्चले हस्तक्षेप नगर्ने

    पाकिस्तानको राजनीतिक घटनाक्रम अहिले त्यहाँको सर्वोच्च अदालतको हातमा पुगेको छ। उपसभामुखले प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव खारेज गरेसँगै राष्ट्रपतिले संसद विघटन गरेका थिए। उक्त विषयमा सर्वोच्चको वृहत बेञ्चमा बहस चलिरहेको छ। प्रधान न्यायाधीशको नेतृत्वमा गठित इजलासमा पाँच जना छन्।  यसैबिच सर्वोच्चले देशको सुरक्षा र विदेश नीतिको मामिलामा हस्तक्षेप नगर्ने भएको छ। मंगलवारको सुनुवाइका क्रममा विपक्षी दलका तर्फबाट बहस गरेका अधिवक्ताले…

    विस्तृतमा पढ्नुस्

  • सहयोग पाए रेलमार्ग निर्माण गर्ने प्रधानमन्त्रीको भनाइ, ‘काठमाडौंलाई व्यापारको हब बनाउने’

    सहयोग पाए रेलमार्ग निर्माण गर्ने प्रधानमन्त्रीको भनाइ, ‘काठमाडौंलाई व्यापारको हब बनाउने’

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा व्यापार सहजीकरणका लागि रेलमार्ग आवश्यक रहेको बताएका छन्। चोभारस्थित सुक्खा बन्दरगाहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऋण वा अनुदान सहयोग पाए रेलमार्ग बनाउने बताएका हुन्।   'व्यापार सहजीकरणका लागि रेलमार्ग जरुरी छ। यसको लागि ठूलो खर्च लाग्छ। सहयोग पाएमा रेल पक्कै बनाउँछौं,' देउवाले भने। उनले काठमाडौंलाई व्यापार हबका रुपमा विकास गर्ने सरकारको योजना रहेको…

    विस्तृतमा पढ्नुस्

  • के अमेरिकाले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई हटाउन खोजेकै हो? के भन्छन् 'आरोपित' विदेश उपमन्त्री डोनाल्ड लु?

    के अमेरिकाले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई हटाउन खोजेकै हो? के भन्छन् 'आरोपित' विदेश उपमन्त्री डोनाल्ड लु?

    काठमाठौं : पाकिस्तानमा संसद् विघटनको नाटकीय राजनीतिक घटनाक्रम पछि एक पछि अर्को गर्दै राजनीतिक घटनाहरु विकसित भएका छन्।  विपक्षी दलको अविश्वासको प्रस्तावलाई 'अन्तिम ओभरको अन्तिम बल' सम्म सामना गर्ने घोषणा गरेका पूर्व क्रिकेटर समेत रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक पछि अर्को 'सिक्सर' हान्दै विपक्षीलाई चकित पारे।  मतदानको दिन आइतवार विपक्षीहरुले सभामुख विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै उपसभामुखले बैठकको अध्यक्षता गरे।…

    विस्तृतमा पढ्नुस्

  • एआइजी बढुवा विवाद : सर्वोच्चले दुवै पक्षलाई छलफलको लागि बोलायो

    एआइजी बढुवा विवाद : सर्वोच्चले दुवै पक्षलाई छलफलको लागि बोलायो

    काठमाडौं : नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलको लागि बोलाएको छ। डीआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्की तीनै जनाको निवेदनको तीनवटै पेशी न्यायाधीश कुमार चुडालको इजलासमा चढेको थियो। न्यायाधीश चुडालले दुवै पक्षलाई बढुवाको विषयमा बुझ्न छलफलको लागि बोलाउन आदेश दिएका हुन्। सोमवार न्यायाधीश कुमार…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

    पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

    काठमाडौं : पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ। प्राइम टेलिभिजनका संचालक समेत रहेका धमलालाई पत्रकार आचार संहिता विपरित गएर समचार संकलन गरेको भन्दै काउन्सिलले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्रचार गरेको हो। चैत १८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दलमा सहभागी हुने क्रममा उनी दिल्ली पुगेका थिए। दुई दिनपछि दिल्लीबाट फर्किने क्रममा विमानभित्रै र विमानस्थलको सुरक्षाको दृष्टीकोणले संवेदनशिल क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • किशोरीको हत्या, साथीहरु नै समातिए

    किशोरीको हत्या, साथीहरु नै समातिए

    काठमाडौं : उदयपुरको बेलका नगरपालिकामा एक किशोरीको योजनावद्ध रुपमा हत्या भएको खुलेको छ। बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो। किशोरीको आज बिहान घरबाट विद्यालय आउने क्रममा यशोदा खोला नजिकै हत्या गरिएको अवस्थामा शव बरामद भएको थियो। साढे ४ बजेतिर ट्युसन पढ्न निस्किएकी किशोरीको हत्या भएको हो। घरबाट करिब ३० मिनेटको दुरीमा…

    विस्तृतमा पढ्नुस्

  • शनिवार र आइतवार बिदाको प्रस्ताव पुग्यो मन्त्रिपरिषद्, के लागू होला?

    शनिवार र आइतवार बिदाको प्रस्ताव पुग्यो मन्त्रिपरिषद्, के लागू होला?

    काठमाडौं : पेट्रोलियम आयात उच्च दरले बढेपछि दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अगाडि बढेको छ। पेट्रोलियम खपत कम हुन्छ र आयातका लागि विदेशी मुद्रा खर्च कम गर्न भन्दै सातामा दुई दिन बिदा दिने प्रस्ताव गरिएको हो। अर्थमन्त्री जनार्द्धन शर्माको अध्यक्षतामा बसेको बैठकमा वाणिज्य मन्त्रालयले दुई दिन बिदा दिने प्रस्ताव गरेको हो। अर्थ मन्त्रालयमा मंगलवार अपरान्न छलफलमा अर्थमन्त्री शर्मा, श्रम…

    विस्तृतमा पढ्नुस्

  • ट्वीटरको सबैभन्दा ठूला सेयरधनी बने इलोन मस्क, के अब ट्वीट इडिट गर्ने फिचर आउँला ?

    ट्वीटरको सबैभन्दा ठूला सेयरधनी बने इलोन मस्क, के अब ट्वीट इडिट गर्ने फिचर आउँला ?

    धनाढ्य इलोन मस्कले ट्‍वीटरको ९.२ प्रतिशत सेयर किनेका छन्। मस्कले ट्‍वीटरको सेयर खरिद गरेसँगै सोमबार न्यूयोर्क ट्रेडिङमा ट्‍वीटरको सेयर मूल्य २७ प्रतिशतले बढेको थियो। टेस्लाका प्रमुख कार्यकारी अधिकृतले ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका हुन्। उक्त सेयरको मूल्य शुक्रबार २ अर्ब ८९ करोड अमेरिका डलर थियो। सेयर खरिदसँगै मस्क ट्‍वीटरको सबैभन्दा ठूला सेयरधनी बनेका छन्। ट्‍वीटरका संस्थापक…

    विस्तृतमा पढ्नुस्

  • अभिनेता पल शाहलाई तनहुँ कारागारबाट नवलपरासी लगियो

    अभिनेता पल शाहलाई तनहुँ कारागारबाट नवलपरासी लगियो

    काठमाडौंः जवर्जस्ती करणी मुद्दामा थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह (पल)लाई तनहुँ कारागारबाट पूर्वी नवलपरासी लगिएको छ। जिल्ला अदालत नवलपरासीमा शाहविरुद मुद्दा भएकाले थुन्छेक बहसको लागि लगिएको हो। जिल्ला अदालत तनहुँको आदेशले शाहलाई थुनामा पठाउन आदेश दिएको थियो। चैत १० गते न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन जिल्ला अदालतले आदेश गरेको थियो। नाबालिकालाई…

    विस्तृतमा पढ्नुस्

  • एएफसी फुटसल एसियन कप क्वालिफायर्स खेल्न किर्गिस्तान जाँदै नेपाली टोली

    एएफसी फुटसल एसियन कप क्वालिफायर्स खेल्न किर्गिस्तान जाँदै नेपाली टोली

    काठमाडौं : एएफसी फुटसल एसियन कप क्वालिफायर्समा सहभागी हुन नेपाली राष्ट्रिय फुटसल टोली आज किर्गिस्तानमा प्रस्थान गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबिच टोलीलाई बिदाइ गरेको छ। त्यसक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटसल चर्चित भए पनि त्यसलाई व्यवस्थित गर्न नसकिएको बताए। उनले अन्तर्राष्ट्रियस्तरको फुटसल हल बनाउने योजना रहेको समेत बताए। ‘राखेपसँग जग्गा प्राप्तीका लागि कुरा गरिरहेका छौं’ उनले…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंका संकट : नियुक्त भएको दुई दिनमै अर्थमन्त्रीले दिए राजीनामा

    श्रीलंका संकट : नियुक्त भएको दुई दिनमै अर्थमन्त्रीले दिए राजीनामा

    चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले राजीनामा दिएका छन्। एकदिन अघि अर्थमन्त्री नियुक्त गरिएका अली साबरीले राजीनामा दिएका हुन्। आर्थिक संकटका कारण बढ्दो सरकारविरुद्ध प्रदर्शन पछि प्रधानमन्त्री महिन्दा राजापक्षेबाहेक सरकारका सबै मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि साबरीलाई संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मेवारी सहित अर्थमन्त्री बनाइएको थियो। उनले राष्ट्रपति गोटाबाया राजापक्षेलाई पत्र लेख्दै धेरै सोच विचार र वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरमा विद्यालय गएकी छात्राको हत्या

    उदयपुरमा विद्यालय गएकी छात्राको हत्या

    काठमाडौं : उदयपुरको बेलका नगरपालिकामा एक किशोरीको हत्या भएको छ। बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो। किशोरीको आज बिहान घरबाट विद्यालय आउने क्रममा यशोदा खोला नजिकै हत्या गरेको अवस्थामा शव बरामद भएको थियो। ‘हत्या भएको जानकारी आएको छ। थप टोली पठाएर अनुसन्धान गर्ने काम भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • आचार संहितामा नयाँ निर्णय नभएको आयोगको स्पष्टीकरण, 'जन प्रतिनिधि र ठेकेदार बारे समाचार नबुझेरै लेखियो'

    आचार संहितामा नयाँ निर्णय नभएको आयोगको स्पष्टीकरण, 'जन प्रतिनिधि र ठेकेदार बारे समाचार नबुझेरै लेखियो'

    काठमाडौं : निर्वाचन आयोगले आचार संहितामा भएका प्रावधान तथा व्यवस्थाहरु आयोगको नयाँ निर्णय नभएको भन्दै स्पष्ट पारेको छ। आयोगका आयुक्त तथा उच्चस्तरीय आचार संहिता पालना समितिका संयोजक रामप्रसाद भण्डारीले आयोगले आचार संहिता बनाउँदा कुनै नयाँ निर्णय नगरेको र भएका ऐन नियमहरुलाई समेटेर आचार संहिता तयार पारेको जानकारी दिए।  आयोगले आचार संहिता पालनाका लागि दलको प्रतिवद्धता खोज्न आयोजना गरेको कार्यक्रममा उनले…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगमा एक्कासी लफडा, आचार संहिता पालनाको प्रतिवद्धता खोज्दा साना दल उत्रिए विरोधमा

    निर्वाचन आयोगमा एक्कासी लफडा, आचार संहिता पालनाको प्रतिवद्धता खोज्दा साना दल उत्रिए विरोधमा

    काठमाडौं : निर्वाचन आयोगले आचार संहिता पालना सम्बन्धि दलहरुलाई बोलाएर राखेको परामर्श कार्यक्रममा लफडा भएको छ।  आयोगले ठूला राजनीतिक दलहरुलाई मात्र चिनेको र साना राजनीतिक दललाई बेवास्ता गरेको भन्दै आयोगमा पुगेका साना दलका प्रतिनिधिहरुले विरोध गरेका हुन्।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ठूला दलका प्रतिनिधिको कुरा राखेर कार्यक्रम समाप्त गर्न खोजेपछि साना राजनीतिक दलका प्रतिनिधिहरुले विरोध गरे।  कार्यक्रममा लफडा भएपछि…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनका यी १० जनाले मिलाउने छन् उम्मेद्वार भागबण्डाको लफडा

    गठबन्धनका यी १० जनाले मिलाउने छन् उम्मेद्वार भागबण्डाको लफडा

    काठमाडौं : सत्ता गठबन्धनले आसन्‍न स्थानीय तहको निर्वाचनको भागबण्डा मिलाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको गठबन्धनको मंगलवारको बैठकले सत्तारुढ दलका २/२ जना नेता सम्मिलित समिति गठन गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पहिलोपोस्टलाई जानकारी दिए। समितिमा राष्ट्रिय जनमोर्चाका चाहिँ एकजना रहेका छन्। आजको बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • बुद्धि र अञ्जली अभिनीत फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ चैत्र २५ मा रिलिज हुने

    बुद्धि र अञ्जली अभिनीत फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ चैत्र २५ मा रिलिज हुने

    काठमाडौं : फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी शुक्रवार अर्थात चैत्र २५ गते रिलिज हुने पक्का भएको हो। तारा शंकर फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशन रहेको छ। फिल्ममा बुद्धि तामाङ, अञ्जली अधिकारी, राजाराम पौडेल, जयनन्द लामा, सुजन पुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ। शंकर कार्कीको कथा र कार्यकारी निर्माण…

    विस्तृतमा पढ्नुस्

  • ७७ प्रकारका मतपत्र छाप्दै आयोग, डोल्‍पामा सानो काठमाडौंमा सबैभन्दा ठूलो

    ७७ प्रकारका मतपत्र छाप्दै आयोग, डोल्‍पामा सानो काठमाडौंमा सबैभन्दा ठूलो

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ प्रकारका मतपत्र छपाई गर्ने भएको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले जनक शिक्षा सामाग्री केन्द्रमा मतपत्र छपाईको काम गरिरहेको छ।  निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचन प्रयोजनका लागि २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।  जसमध्ये…

    विस्तृतमा पढ्नुस्

  • तीन जना एआईजी बढुवा विरुद्धको रिट निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा

    तीन जना एआईजी बढुवा विरुद्धको रिट निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा

    काठमाडौं : नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा निर्णयविरुद्ध परेको रिट निवेदनको आज पनि पेशी चढेको छ। डीआईजी इश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्की तीनै जनाको निवेदनको पेशी चढेको हो। तीनवटै पेशी न्यायाधीश कुमार चुडालको इजलासमा रहेको छ। सोमवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो। एआईजी बढुवाविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनले गर्‍यो निर्वाचन अनुगमन समिति गठन, आर्थिक संकटबारे थप कदम चाल्न छलफल गरिने

    गठबन्धनले गर्‍यो निर्वाचन अनुगमन समिति गठन, आर्थिक संकटबारे थप कदम चाल्न छलफल गरिने

    काठमाडौं : सत्तारुढ दलको बालुवाटारमा बसेको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठन भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक रमेश मल्लले जानकारी दिए। प्रधानन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे बैठकमा ब्रिफिङ भएको थियो। आर्थिक संकटबारे विज्ञहरुसँग छलफल गरेर थप कदम चाल्ने पनि निर्णय भएको मल्लले बताए। ‘देशको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell