काठमाडौं : सरकारले दीर्घ रोगीहरुलाई दिने भनेको उपचार खर्च आफ्नै पालिकाबाट पाउने भएका छन्। सरकारले बजेटको प्रतिस्थापन विधेयकमार्फत् दीर्घ रोगीका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेको थियो। त्यसपछि सरकारले गत चैत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय…
काठमाडौंः नेपालले भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ। २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट मात्रै विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्न नेपालले स्वीकृति पाएको थियो। ऊर्जा मन्त्री पम्फा भुसालसहित बुधबार पत्रकार सम्मेलन गर्दै बिजुली बेच्न पाउने क्षमता ३९ मेगावाटमा ३२५ मेगावाट थप गरी कुल ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न पाउने जानकारी गराइएको छ। अब नेपालले भारतीय…
काठमाडौंः टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्क धनाढ्यहरुको सूचीको शीर्ष स्थानमा उक्लिएका छन्। उनले केही दिनअघि मात्रै ट्वीटरको ९.२ प्रतिशत सेयर किनेका थिए। फोर्ब्सले सार्वजनिक गरेको ३६औं वार्षिक अर्बपतिहरुको सूचीमा मस्क २१९ अर्ब डलरसहित पहिलो स्थानमा छन्। अमेजनका कार्यकारी अध्यक्ष जेफ बेजोसलाई पछि पार्दै मस्क पहिलो स्थानमा उक्लिएका हुन्। जेफ बेजोस १९१ अर्ब डलरसहित दोस्रो स्थानमा झरेका छन्। बर्नार्ड अर्नाल्ट…
रसिया र युक्रेनबिचको युद्ध भएको आज ४१ दिन पुगेको छ। रसियाले दुई युक्रेनी विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेसँगै सुरु भएको युद्ध अहिले पनि जारी छ। युक्रेनले रसियाली सेनाले बुचा शहरमा ‘नरसंहार’ मच्चाएको आरोप लगाएको छ। सडकमा मृत शरीरसहितको दृश्यहरु सार्वजनिक भएपछि अहिले रसियाको आलोचना भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा ‘नरसंहार’ को भिडियो देखाएका थिए। रसियाले…
अलकायदा प्रमुख अल जवाहिरीले भारतकी एक किशोरीको प्रशंसा गरेका छन्। केही समय अघि कट्टरपन्थी हिन्दु समूहले हिजाब लगाएको विषयमा कर्नाटकको विद्यालय परिसरमा छात्राहरुलाई प्रवेश गर्न रोक लगाएका थिए। त्यही क्रममा मुस्कान खानलाई पनि कलेज पुग्दा रोकिएको थियो। भगवा लगाएका युवकहरुले ‘जय श्री राम’ भन्दै रोक्न खोज्दा मुस्कानले ‘अल्लाह हु अक्बर’ भनेकी थिइन्। त्यसपछि मुस्कानको भिडियो विश्वभर चर्चाको विषय बनेको थियो।…
काठमाडौं : फिल्म ‘लण्डन टु पेरिस’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छिन्। घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्ममा उनले अभिनय गर्ने पक्का भएको हो। फिल्म निर्माण टिम र अभिनेत्री शाहबिच मंगलवार लिखित सम्झौता भइसकेको छ। एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको बेलायत र फ्रान्समा छायांकन हुने निर्माता अजित कुमार थापाले बताए। फिल्मको छायांकन असारबाट सुरु गर्ने जनाइएको छ। फिल्मको कथा,…
काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति कम हुन नदिन आयातमा नियन्त्रण पहिलो प्राथमिकता रहेको निष्कर्ष निकालेको छ। राष्ट्र बैंकले ‘नेपालको बाह्य क्षेत्रको विद्यमान अवस्था, समस्या/चुनौती तथा सुधारका उपाय’ भनेर गरेको एक अध्ययनले आयात नियन्त्रणपछिको प्राथमिकतामा अनौपचारिक व्यापार नियन्त्रणलाई राखेको छ। राष्ट्र बैंकले पुस महिनामा ४७ समूहका वस्तु आयातमा मार्जिन शत् प्रतिशत व्यवस्था गर्दै आयात नियन्त्रणको प्रयास गरेको थियो।…
युक्रेनमा भइरहेको युद्धका कारण एसियाको विकासको गतिमा कमी आउने एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ। यस वर्षको बृद्धि अघिल्लो वर्ष भन्दा कमी आउने बताइएको छ। सन् २०२२ मा चीन र भारतसमेत रहेको यस क्षेत्रको आर्थिक बृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। गत डिसेम्बरमा ५.३ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरिएको थियो। युक्रेन युद्धका कारण यस क्षेत्रको जीडीपी घट्ने प्रक्षेपण भएको हो। यस…
काठमाडौं : मंगलवार विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उत्रिएका यात्रुमध्ये २४ जना नियन्त्रणमा परे। १२ बजेसम्म २४ जनालाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका थिए। उनीहरूलाई नियन्त्रणमा लिनुको कारण उनीहरूले विदेशबाट ल्याएको सुन नै थियो। २४ जनाबाट मध्यदिनसम्म ९ सय ९९ ग्राम सुन बरामद गरिसकिएको थियो। भन्सार ऐनअनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोगका लागि ५० ग्रामसम्म…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका धादिङ बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) फेरि माओवादीमै फर्किएका छन्। २ दिनभित्रै पुरानै पार्टीमा फर्किएका डल्लाकोटीले बुधवार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। प्रचण्डकै निवास खुमलटार पगेर डल्लाकोटीले आफू परिबन्दमा परि एमालेमा प्रवेश गरेको स्पष्टिकरण दिएको प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए। डल्लाकोटीले चैत्र २१…
ग्रामी अवार्डको ६४ औँ संस्करण समारोह। मञ्चबाट उद्घोषकले 'बेस्ट ग्लोबल म्युजिक पर्फमेन्स' विधामा विजय हुनेको नाम घोषणा गरे। नाम थियो : अरूज आफताब। नाम घोषणा गरेसँगै उत्साहित हुँदै मञ्चतिर लागिन् उनी। अनुहारमा उत्साह अनि डर। अवार्ड लिएसँगै लामो सास फेरिन्। र, बोल्न थालिन् ' मलाई लाग्छ म बेहोस हुन्छु होला। धेरै धेरै धन्यावाद। यो विधा मलाई आफैमा अद्भुत लाग्छ। यो…
काठमाडौं : पेट्रोलियम आयात दरले उच्च भएर विदेशी मुद्राको सञ्चिति घटेको भन्दै नेपाल राष्ट्र बैंकले आयात कटौती गर्न नेपाल आयल निगमलाई सुझाव दिएको छ। बैंकले डलर बेचेर भारतीय रुपैयाँको प्रबन्ध गर्नु परेकाले सञ्चितिमा चाप परेको भन्दै आयात कटौतीका लागि प्रस्ताव गरेको हो। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अधिकारीहरुले निगमका उच्च अधिकारीहरुसँग प्रत्यक्ष भेटेर इन्धन खपत कम हुने उपाय सुझाउन…
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ। मंगलवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ। निगमले पकाउने ग्यासको मूल्यसमेत बढाएको छ। यस अघि १५ सय ७५ रुपैयाँ रहेको…
भक्तपुरः चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ। महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुवाखालबाट १६ थान कौडा, रु आठ लाख २२ हजार ६० सहित १३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक राजू पाण्डेले…
काठमाडौँः फिल्म ‘के घर के डेरा’को घोषणा भएको छ। दिपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्मको काठमाडौंमा आयोजित कार्यक्रमबीच घोषणा गरिएको हो। कमेडी तथा सोसल जनरामा निर्माण हुने फिल्ममा दयाहाङ राई, विपीन कार्की, वर्षा राउत र रवीन्द्र झाको मुख्य भूमिका रहनेछ। कोरोना महामारीअघि यही शीर्षकमा फिल्म निर्माणको घोषणा गरिएको थियो। तर हाल निर्देशक र कलाकार परिवर्तन गरिएको छ। कथावस्तु र नयाँ टिमसहित…
पोखराः गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसँग स्पष्टीकरण माग गरेको छ। चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले अध्यक्ष पौडेललाई स्पष्टीकरण माग गरिएको बताए। तत्कालीन पृथ्वीसुब्बा गुरुङ सरकारले २०७८ वैशाख १४ गते पौडेलसहित सदस्यमा स्वास्थ्य विशषेज्ञ डा ध्रुब अधिकारी, रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जारालाई नियुक्त गरेको…
काठमाडौँः राजनीतिक दलहरुले आसन्न स्थानीय तह निर्वाचनको आचारसंहिता पालना गर्न निर्वाचन आयोगसमक्ष प्रतिवद्धता जनाएका छन्। मंगलबार आयोगमा उपस्थित भई आचारसंहिता कार्यान्वयनमा दलहरुले प्रतिवद्धता जनाएका हुन्। दलीय प्रतिवद्धतासँगै आयोगले दलहरुलाई ६० बुँदे निर्देशन समेत दिएको छ। यस्तै, निर्देशन कार्यान्वयनको सहजीकरणका लागि थप पाँच बुँदे निर्देशन समेत आयोगले दिएको छ। आयोगले आचारसंहितामा उल्लेखि व्यवस्थालाई नै निर्देशनका रुपमा उल्लेख गरेको छ। निर्वाचन प्रचारप्रसार, चुनावी…
काठमाडौँः नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्ष पछि परेको आरोप लगाएका छन्। मंगलबार शंकरदेव क्याम्पसद्वारा आयोजित आर्थिक सवलीकरण (राजनैतिक शुद्धिकरण विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन। 'केपी ओलीहरुका कारणले देशको विकास २५ वर्ष पछि पर्यो', उनले भने। अघिल्लो निर्वाचनमा जनताले मत दिएर जिताए पनि ओलीले राजनीतिक ब्यवस्थापन गर्न नसक्दा अवसर हुँदाहुँदै…
काठमाडौँः राष्ट्रिय खेलकुद परिषदमा आफ्नो पुनर्वहालीको माग गर्दै तत्कालीन सदस्य सचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेको हो। रिट खारेजसँगै पुनः राखेप फर्कन सिलवाललाई कानुनी बाटो बन्द भएको छ। रिट खारेजसँगै नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको…
काठमाडौँः संसद्बाट प्रतिस्थापन नहुँदा तीन पटकसम्म निष्क्रिय भएका पाँच अध्यादेश पुनः जारी भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन्। जारी भएका सबै अध्यादेश चौथोपटक ल्याइएको हो। यसअघि तीन पटकसम्म प्रतिस्थापन नभएर ती अध्यादेश निष्क्रिय भएका थिए। मंगलबार जारी अध्यादेशमा यौन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन…