जनकपुरधाम : धनुषामा स्थानीय र प्रहरीबिच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो। शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको सन्ता पान प्यालेसमा आगजनी गरिएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। सोही सडक खण्ड खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो। ५० मिटर नजिकै रहेको…
काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन्। तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका छन्। दुई वटा तस्करीले मारेका हुन् भने बाँकी प्राकृतिक कारणले मरेका हुन्। तिवारीका अनुसार गैँडाबाहेक अन्य वन्यजन्तु प्राकृतिक कारणले मरेका छन्। यस्तै…
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेस प्रवेश गरेका छन्। आइतवार उनलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। यादवले लोकतन्त्र र स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएको उल्लेख गर्दै लोसपा त्यागेको बताए। केन्द्रीय कार्यालय सानेपामा भएको पार्टी प्रवेश कार्यक्रममा नेता विजयकुमार गच्छदार र प्रदेश २ कांग्रेसका प्रदेश सभापति कृष्ण यादवसमेत सहभागी थिए।
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले बेल्ट एण्ड रोड(बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिल वाङ यीसँग शिष्टाचार भेटका क्रममा उक्त अनुरोध गरेका हुन्। नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना…
काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरुलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने विचार गर्न आग्रह गरेका छन्। आइतवार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा-नगर सभा संचालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताएका हुन्। पदमा दोहोरिने भन्दापनि…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीको कुकृत्यबारे अध्ययन हुनपर्ने बताएका छन्। आइतवार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले ओलीलाई रावण, कंश र हिटलरसँग तुलना गरेका हुन्। रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै नेपालले उनीहरुको कुकृत्य र ओलीको तुलनात्मक रुपमा अध्ययन आवश्यक रहेको…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चीनियाँ विदेश मन्त्री वाङ यी लाई 'बेल्ट एण्ड रोड इनिसियटिभ' (बीआरआई)लाई अघि बढाउन आग्रह गरेका छन्। बीआरआईसँग जोडिएका परियोजनालाई चाँडो अघि बढाउन ओलीले विदेशमन्त्री यीलाई आग्रह गरेको एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराले जानकारी दिए। ओली र यी बिचको भेट सौहार्दपूर्ण भएको भन्दै भट्टराईले भने, 'कुराकानी सौहार्दपूर्ण भए। अध्यक्षले बीआरआईसँग जोडिएर अघि…
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा अहिले बैठक बसिरहेको हो। यसअघि शुक्रवार भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल भएको थियो। आजको बैठकमा पनि उक्त विषयमा छलफलमा जारी रहने छ। यो बैठकले संसदीय बोर्ड गठन गर्ने, स्थानीय तह निर्वाचनमा टिकट वितरण कसरी गर्ने भन्ने विषयको टुंगो लगाउने छ।
काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्। आइतवार होटल मेरियटमा बाङले ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका हुन्। चिनियाँ विदेशमन्त्री वाङसँगको भेटमा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराई लगायतका नेताहरु…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यीबिच भेटवार्ता भएको छ। तीनदिने नेपाल भ्रमणमा रहेका वाङले आइतवार बिहान राष्ट्रपति निवासमा भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा चीन र नेपालको द्विपक्षीय सम्बन्ध र हितका बारेमा कुराकानी भएको थियो। आजै वाङले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग…
काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्य गरी तीन विषयमा छलफल भएको छ। भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो। सरकारले ३० वैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा…
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ग्ल्याण्डले स्वीजरल्याण्डमाथि पुनरागमन जित निकालेको छ। वेम्बली स्टेडियममा गएराति सम्पन्न खेलमा घरेलु टोली इङग्ल्याण्डले स्वीजरल्याण्डमाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको २२ औं मिनेटमा ब्रील एम्बोलोले गोल गर्दै स्वीजरल्याण्डलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्ज्युरी समयमा लुक शा ले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ह्यारी केनले गोल गर्दा इङ्ग्ल्याण्डले…
आजबाट सुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा सुखद जित निकाल्दै कोलकता नाइट राइडर्सले सुखद सुरुवात गरेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले प्रतियोगितामा सुखद सुरुवात गरेको हो। चेन्नइले दिएको १ सय ३१ रनको लक्ष्य कोलकत्ताले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइको सुरुवात सुखद हुन…
काठमाडौं : चौथो नेपालभाषा साहित्य नख: सम्पन्न भएको छ। कीर्तिपुरमा आयोजना भएको दुई दिने महोत्सव शनिवार सम्पन्न भएको हो। पहिलो दिनको कार्यक्रम अन्तर्गत शुक्रवार ‘नेवा: ऋतु म्ये’ विषयमा वरिष्ठ संगीतकर्मी रामकृष्ण दुवालसँग अन्तर्क्रिया भएको थियो। कीपू लायकूमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो भने नेपालभाषा एकाडेमीमा पाँचवटा पुस्तक विमोचन गरिएको थियो। दोस्रो दिनको कार्यक्रममा कीर्तिपुरको संस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनाबारे छलफल भएको थियो। नख:…
काठमाडौं: चितवन जिल्लाले प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो। वागमती प्रदेश खेलकुद विकास परिषद्वारा आयोजित प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे। चितवनले २१ स्वर्ण, १९ रजत र १४ कास्य हात पार्यो। काठमाडौंले १९…
काठमाडौं : शनिवार दिनभर कीर्तिपुर संगीतमय बन्यो। संगीतको महोत्सव 'इकोज इन द भ्याली' अन्तर्गत कीर्तिपुरका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरु आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सहभागी हुन सयौं मानिस कीर्तिपुर नगरपालिका पुगेका थिए। शनिवार बिहान कीर्तिपुरको सम्पदा भ्रमणबाट सुरु भएको महोत्सव राति जोशी ननिमा 'नेवा: भोज'सँगै सम्पन्न भएको हो। बिहान चिलान्चोमा सांगीतिक परेड आयोजना गरिएको थियो भने त: ननिमा लोकधुनहरुको प्रस्तुती र बाघ भैरव मन्दिर…
वीरगंज: विजय युथ क्लब हेटौँडालाई हराउँदै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिवार साँझ भएको खेलमा एनआरटीले विजय युथमाथी ३–१ को जित निकालेको हो। एनआरटीको जितमा मेसुके अलोमोउले दुई र स्टेफेन बिनोङ समिरले एक गोल गरे। हेटौडाका लागि विमल राना मगरले गोल फर्काए। निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ विदेश मन्त्री वाङ यीबीचको भेटवार्ता सम्पन्न भएको छ। विदेश मन्त्री यी शनिबार नेपाल आएका हुन्। प्रधानमन्त्रीसँगको भेटअघि उनले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेट गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र दुई देशबीच भएका सहमति कार्यान्वयनबारे छलफल भएको छ। भेटका अवसरका पोखरा विमानस्थलको साँचो यीले हस्तान्तण गरेका छन्। प्रधानमन्त्री देउवको उपस्थितिमा परराष्ट्र मन्त्री…
वीरगंजः मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजारले आवेदन दिएका छन्। २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि ६८ हजार १९ जनाले आवेदन दिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको हो। प्रदेशमा हालसम्म ६८ हजार १९ जनाको दरखास्त परेको हो। जसमा सप्तरीमा ९…
वीरगंजः मधेश प्रदेश सरकारले भाथाधाम महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका १ मा पर्ने भाथाधाम दुधेश्वर मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरिएको हो। पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री लालबाबु राउतले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण कार्य यसै वर्षभित्र सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे। उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले…