काठमाडौं: नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको दोस्रो खेलमा पनि पपुवा न्युगिनीले हार ब्यहोरेको छ। पहिलो खेलमा नेपालसँग पराजय ब्यहोरेको पीएनजीले लगातार दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनी १९.३ ओभरमा १७२ रनमा समेटियो। सुरुवाती ब्याटिङमा उत्रिएको मलेसियाका…
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को २० औं कंग्रेसले (विशेष साधारण सभा) पाँचवटा निर्णय गरेको छ। आज सानेपामा सम्पन्न विशेष साधारण सभामा निर्वाचन समिति, निर्वाचन पुनरावलोकन समितिलगायत निरीक्षकको नियुक्ति गर्ने निर्णय गरेको छ। एन्फाका अनुसार श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति, विष्णु लुइटेलको संयोजकत्वमा निर्वाचन पुनरावलोकन समिति रहनेछन्। यसअघि माघ २० मा बसेको कार्यसमितिको बैठकले निर्वाचन समिति गठन गर्न अध्यक्षको प्रस्ताव…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार भारत जाँदैछन्। तीनदिने भ्रमणका क्रमका नयाँ दिल्लीबाटै उनले भर्चुअल माध्यमबाट कुर्था-जयनगर रेल उद्घाटन गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाले संयुक्तरुपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भएको हो। रेल्वे अध्यादेश जारी भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेको रेल्वे विभागका महानिर्देशक दिपक…
काठमाडौं : जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाएको आदेशविरुद्ध अभिनेता पूर्णविक्रम शाह (पल शाह) उच्च अदालत कास्की पुगेका छन्। आज उच्च अदालत कास्कीमा तारिकमा रिहा गरेर मुद्दा लड्न पाउँ भन्दै निवेदन दर्ता गराएका हुन्। 'उहाँको पक्षबाट निवेदन दर्ता भइसकेको छ। अब थप बुझेर कारबाही अगाडि बढ्ने छ,' उच्च अदालतका उप-रजिस्ट्रार विष्णुप्रसाद आचार्यले भने। शाहले आफूलाई तारिकमा छोडेर मुद्दा लड्न पाउनुपर्ने भन्दै अदालतमा…
काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई अनुमोदन गरेको छ। समिति सभापति लक्ष्मणलाल कर्णले संसदीय समितिले प्रस्ताव अनुमोदन भएको जानकारी दिए। श्रेष्ठले आज समितिमा न्याय व्यवस्थामाथि आफ्ना धारणा प्रस्तुत गरेका थिए। समिति सदस्यहरुले उनीमाथि जिज्ञासा राखेका थिए। समितिमा श्रेष्ठले न्याय क्षेत्रलाई व्यवस्थित र न्यायिक सुशासन कायम गर्न न्यायिक आयोग आवश्यक रहेको बताएका थिए। न्यायपालिकाले जनआस्था हासिल…
बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी समस्या समाधान गर्ने काममा गठबन्धन सरकारले बन्चरो प्रहार गरेको आरोप लगाएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित बहुउद्देश्यीय टावरको उद्घाटन गर्दै ओलीले भूमिहीनलाई पुर्जा दिन एमाले नेतृत्वको सरकारले काम अघि बढाएको तर वर्तमान सरकारले त्यसमाथि पहिलो प्रहार गरेको आरोप लगाएका हुन्। ‘भूमिहीनलाई लालपुर्जाको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बेला गठबन्धन सरकारले आयोग नै खारेज…
रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको बलिउड फिल्म 'ब्रह्मास्त्र' को छायांकन सकिएको छ। उत्तर प्रदेशको वाराणसीमा अन्तिम सेड्युल रहेको फिल्मको छायांकन सम्पन्न भएको हो। फिल्मको छायांकन सकिएको अभिनेत्री आलिया भट्टले इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। 'हामीले सन् २०१८ मा फिल्मको सुटिङ सुरू गरेका थियौं। अन्तत: फिल्म ब्रह्मास्त्रको (भाग एक) को छायांकन सकिएको छ,' उनले लेखेकी छिन्। करण जोहरको धर्म प्रोडक्सनद्वारा निर्माण…
काठमाडौं : सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठले न्याय क्षेत्रलाई व्यवस्थित र न्यायिक सुशासन कायम गर्न न्यायिक आयोग आवश्यक रहेको बताएका छन्। न्यायपालिकाले जनआस्था हासिल गर्न नसकेको औंल्याउँदै उनले मुद्दाको फैसला र कार्यान्वयनमा जोड दिए। संसदीय सुनुवाई विशेष समितिको बैठकमा उनले जनआस्था अभिवृद्धिलाई जोड दिए पनि मुद्दा फैसला, फैसला कार्यान्वयन लगायतमा कमजोरी रहेको बताए। उनले सर्वोच्च अदालतमा त झनै मुद्दा फर्छौट हुने क्रम…
काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले तीन जिल्ला प्रहरी प्रमुखहरू फेरेको जानकारी दिएको छ। सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख (एसपी) फेरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङमा एसपी शान्तिराज कोइरालालाई पठाइएको छ। यसअघि मोरङका एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ। त्यस्तै, सिन्धुपाल्चोकमा एसपी रामेश्वर प्रसाद यादवलाई काज सरुवा गरिएको छ। सिन्धुपाल्चोकका एसपी राजन अधिकारीलाई अख्तियार…
काठमाडौं: कमेडियन हिमेश पन्त फिल्म ‘वर एण्ड बधु’ मा अनुवन्धित भएका छन्। 'कमेडी च्याम्पियन' पहिलो सिजनका बिजेता पन्त यसैबाट ठूलो पर्दामा डेब्यु गर्न लागेका हुन्। हिमेशले फिल्ममा अभिनय गर्ने पक्का भएको र आफूहरू बिच सम्झौता भइसकेको निर्देशक मिलन चाम्सले जानकारी दिए। फिल्ममा हिमेश गैरआवासीय नेपाली (एनआरएन) को भूमिकामा देखिनेछन्। एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मिलन चाम्सको निर्देशन रहने छ। कमेडी…
काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ आफ्नै पार्टीमा अल्पमतमा परेका छन्। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सोमवार कपिलवस्तुमा सम्पन्न १२ औं पूर्ण बैठकमा महासचिव विप्लव नै अल्पमतमा परेका हुन्। बैठकमा पार्टी हेडक्वार्टरको तर्फबाट उनले प्रस्तुत गरेको प्रस्ताव अल्पमतमा पर्यो। यससँगै उनी प्रस्तावबाट पछि हटेका छन्। विप्लवले आसन्न स्थानीय तहको निर्वाचन उपयोग गर्ने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। तर,…
काठमाडौं : बैंकिङ कसुरमा पक्राउ परेका ग्रीनलाइनका संचालक अमित अग्रवालले ४५ लाख धरौटी बुझाएर रिहा भएका छन्। उच्च अदालत पाटनले फागुन २० गते अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको थियो। केही दिनपछि धरौटी बुझाएर उनी तारिकमा रिहा भएका हुन्। 'केही दिनपछि जायजेथो बुझाएर उहाँ रिहा हुनुभएको छ,' उच्च अदालतका कर्मचारी अमृता शर्माले भनिन्। महानगरीय…
इण्डियन प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्टलाई हराउँदै सुखद सुरुवात गरेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा गुजरातले लखनउमाथि ५ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो जवाफी ब्याटिङमा उत्रिएको गुजरातले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो। सुरुवाती…
काठमाडौँः पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। अंकारामा हुने इको क्लाइमेट कन्फ्रेन्समा सहभागी हुन नेपाल सोमबार राति टर्की प्रस्थान गरेको निजी सचिवालयले जनाएको छ। सम्मेलन मार्च २९ देखि ३१ सम्म हुनेछ। नेपाल चैत १९ गते स्वदेश फर्कने कार्यक्रम छ।
काठमाडौँः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायरले अन्य दल बचाउन कांग्रेसलाई पेट्रोल खन्याउन नमिल्ने बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने बलायरले अन्य पार्टी बचाउन आफ्नो पार्टीमा पेट्रोल खन्याउन नसकिने बताएका हुन्। केन्द्रमा सभापति देउवा गठबन्धनको पक्षमा रहदा देउवा निकटबाटै गठबन्धनको विरोध भइरहेको छ। जारी केन्द्रीय समिति बैठकले समेत गठबन्धनबारे ठोस् निर्णय लिन सकेको छैन। सत्ता गठबन्धनमा…
हेटौँडाः मकवानपुर प्रहरीले २ क्विन्टल ६५ केजी गाँजासहित ५ जना पक्राउलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले सो परिणाममा गाँजा बरामद गरेको हो। सवारीसाधन चेकजाँच गर्ने क्रममा भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ५६४० नम्बरको पिकअप गाडीमा गाँजा १६५ किलो ८०० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले बोल्ने क्रम आज सकिएको छ। शुक्रवारबाट जारी बैठकमा आसन्न स्थानीय तह निर्वाचन, गठबन्धनबिच तालमेल लगायतका विषयमा केन्द्रित छ। पार्टी प्रवक्ता डा प्रकाशशरण महतले मंगलवार दिउँसो ३ बजे केन्द्रीय समिति बैठक बसेर निर्णय सार्वजनिक हुने बताए। बैठकमा घरघर जाऔं कांग्रेस जिताऔं अधियानमाथि प्रारम्भिक समीक्षा भएको महतले जानकारी दिए। उनले केन्द्रीय समितिको बैठकमा…
काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि २०७४ सालमा जस्तै मतपत्रको आकार ठुलो हुने भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा आयोगले दल र उम्मेदवार धेरे हुने भएकाले मतपत्रको आकार ठुलो हुने बताएको हो। आयोगको विवरण अनुसार निर्वाचनमा सहभागी हुन दलगत विवरणका आधारमा कम्तिमा ११ र बढीमा ४६ राजनीतिक दलले चुनावमा भाग लिँदै छन्। जिल्लागत रुपमा भाग लिने दलहरुमा…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसी मतदातालाई अरु दलको चुनाव चिह्नमा मतदान गर्न लगाउन नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले गठबन्धनबिच आसन्न निर्वाचनमा तालमेलको विपक्षमा मत दिएका हुन्। भने, ‘लाखौ मतदाता नयाँ छन्। यी मतदातालाई रुखबाहेक अरुमा भोट हाल्न लगाँउदा भोलि कांग्रेस बन्न आउँछन् त? ’ थापाले नेपालमा कम्युनिष्टबाट खतरा भएको भन्दै…
काठमाडौं: नेपाली क्रिकेट टोलीले नेपाल, मलेसिया र पपुवान्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा पपुवान्युगिनीलाई हराउँदै सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पीएनजीलाई १५ रनले हराउँदै प्रतियोगितमा सुखद सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजी १९.२ ओभरमा १६८ रनमा समेटियो। उत्कृष्ट सुरुवात गरेको नेपालका…