काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच सवाल जवाफ भएको छ। स्थानीय तह निर्वाचन, उम्मेदवार लगायतका विषयमा शुक्रवारदेखि नै कांग्रेसले केन्द्रीय समितिमा छलफल गरिरहेको छ। कांग्रेसमा आसन्न चुनावमा तालमेल गर्ने विषयमा एकमत छैन। चुनावी तालमेलकै बारेमा आजको बैठकमा शेखर कोइरालाले देउवालाई लक्षित गर्दै प्रश्न गरेका थिए। उनले पार्टी सभापतिले प्रतिपक्षी…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा धाँधली हुनसक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन्। रोल्पामा आयोजित आमसभालाई सम्बोधन गर्द प्रचण्डले कसैले गुण्डागर्दी गर्न खोजे प्रतिकारका लागि तयारी गर्नुपर्ने उनको भनाइ थियो। ‘जाली फटाहाले गुण्डागर्दी गर्छ भने इँटको जवाफ पत्थरले दिनुपर्छ,’ उनले भने। माओवादी केन्द्रले जितेका स्थानीय तहमा विकास र सुशासन भएको भन्दै प्रचण्डले रोल्पामा माओवादीले जिते…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गठबन्धन कायमै राख्न आफूले भूमिका खेलिरहेको बताएका छन्। रोल्पमा जनयुद्ध स्मृति भ्यू टावरको उद्घाटन गर्दै प्रचण्डले गठबन्धन टुटाउन चलखेल भइरहेको र त्यसलाई माओवादीले सफल हुन नदिने बताएका हुन्। उनले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चुनावी तालमेल गर्न प्रयास गरिरहेको बताए। 'टुटाउन अझै पनि चलखेल भएका छन्। शान्ति सम्झौताका हस्ताक्षरकर्ता दृढताका…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएका छन्। सोमवार कन्या मन्दिर माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव (हिरक जयन्ती) समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा चलिरहेको राजनीतिको विषय उठान गरेका हुन्। उनले शिक्षा क्षेत्र नारा दिएर मात्रै सुधार नहुने भन्दै मौका पाउँदा काम गरेर देखाउने समय भइसकेको बताए। ‘शिक्षा क्षेत्रमा…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र १८ गते (१ अप्रिल) भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी डा आरजु राणा पनि रहने बताइएको छ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, अन्य मन्त्रीहरु, सरकारका सचिव तथा अधिकारीहरु रहने मन्त्रालयले जनाएको छ। भ्रमणले…
जनकपुरधाम : जनकपुरधाममा तीन दिवसीय ‘जनकपुर साहित्य–कला तथा नाट्य महोत्सव’ को आयोजना हुने भएको छ। मैथिली विकास कोषको आयोजनामा चैत २३ गते देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए। मिथिलाको साहित्यबाट राष्ट्रलाई परिचित गराउने, आधुनिक तथा मौलिक कलारुपको प्रर्दशन तथा विमर्श, साहित्यकला र कलाकारको प्रर्वद्धन एवं पर्यटन प्रर्वद्धन तथा देशी–विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावनाको…
काठमाडौं : नेपाली क्रिकेट टोलीले नेपाल, मलेसिया र पपुवान्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको जारी पहिलो खेलमा पपुवा न्युगिनीलाई १ सय ८४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको हो। उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनर आशिफ शेखले ४३ रन बनाउँदा कुशल भुर्तेलले २० रन बनाए। त्यस्तै रोहित कुमार पौडेलले ३४…
इलोन मस्कले नयाँ सामाजिक सञ्जाल बनाउनेबारे ‘गम्भीर विचार’ गरिरहेको बताएका छन्। ट्विटरले अभिव्यक्ति स्वतन्त्रतालाई अनुमति नदिएको दाबी गरेका मस्कले ट्विटरको आलोचना गर्दै शनिवार एक ट्विटमार्फत नयाँ सामाजिक सञ्जालको विषय उठाएका हुन्। — Elon Musk (@elonmusk) March 27, 2022 ‘ट्विटर वास्तविक रुपमा 'पब्लिक टाउन स्क्वायर'को रूपमा छ, तर अभिव्यक्ति स्वतन्त्रता सिद्धान्तहरूको पालना गर्न असफल हुँदा लोकतन्त्र कमजोर हुन्छ’, मस्कले ट्वीटमा भनेका छन्, ‘अब…
९४ औँ संस्करणको अस्कर अवार्डमा फिल्म 'कोडा' उत्कृष्ट फिल्म घोषित भएको छ। आइतवार राति भएको अवार्ड समारोहमा यस फिल्मले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो। विल स्मिथले फिल्म 'किंग रिचार्ड' बाट उत्कृष्ट अभिनेताको अवार्ड जिते। जेसिका चेस्टेइन भने फिल्म 'द आइज अफ ट्यामी फाये' बाट उत्कृष्ट अभिनेत्री घोषित भइन्। उत्कृष्ट निर्देशकको अवार्ड जेनी क्याम्पियनले जिते। उनले 'द पावर अफ द डग'…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २० सदस्यीय कार्य सम्पादन समिति गठन गरेका छन्। पार्टी विधान बमोजिम अध्यक्ष लिङ्देनको नेतृत्वमा समिति गठन भएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। केन्द्रीय कार्य सम्पादन समितिमा लिङ्देनसँगै उपाध्यक्षहरु बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुब बहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी समावेश छन्। त्यस्तै महामन्त्रीहरु डा.…
काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि नेपाल प्रहरीले १ लाख म्यादी प्रहरीको लागि भर्ना खुलायो। चैत ६ गतेदेखि ११ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको लागि आवेदन भर्न मानिसहरु पुगे। ६ महिनाको नानी बोकेका आमादेखि पूर्व म्यादी प्रहरी नै आवेदन फारम भर्ने लाइनमा देखिए। ४० दिनको लागि ४४ हजार रुपैयाँ पाउने जागिर खान युवाको आकर्षण…
काठमाडौं: नेपाली क्रिकेट टोलीले नेपाल, मलेसिया र पपुवान्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा आज पपुवान्युगिनीको सामना गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र पीएनजी दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन्। यसअघि कीर्तिपुरमै नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय सिरिज खेलेका थिए। जसमा दुबै खेल पीएनजीले आफ्नो पक्षमा पारेको थियो। टी २० मा भने नेपाल र पीएनजी पछिल्लो पटक सन् २०१५…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि ५ विकेटको रोमाञ्चक जित निकालेको छ। मुम्बईस्थित डीवाई पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा बेङ्ग्लोरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले एक ओभर बाँकी छँदै भेट्टाएको हो। टस हारेर ब्याटिङमा उत्रिएको रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई विशाल स्कोरतर्फ लैजान कप्तान फाफ डुप्लिसले अर्धशतकीय पारी खेलेका थिए। उनले…
मनाङः आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि माग गरेभन्दा न्यूनले आवेदन दिएका छन्। यही चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका हुन्। आवेदन दिनेमा भूपूप्रहरी र भूपूसैनिक बढी छन्। प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार २५८ म्यादी प्रहरी आवश्यक पर्ने भए पनि १४२ जनाको मात्रै आवेदन परेको छ।…
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डको चोनबुरी क्लबसँग पराजित भएको छ। थाइल्याण्डको क्लल चोनबुरीसँग उसैको घरेलु मैदानमा नेपाली टोली ३-१ गोलअन्तरले पराजित भएको हो। खेलको ३० औं मिनेटमा फानथामित प्राफान्थको गोलमा चोनबुरीले अग्रता बनाएको थियो। दोस्रो हाफमा रेनाटो केलिकले गोल थप्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। नेपालका लागि दर्शन गुरुङले खेलको ८३ औं मिनेटमा गोल फर्काए। त्यसपछि पनि चोनबुरीका नाट्टापोङले…
काठमाडौँः स्थानीय तह निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार सबैभन्दा बढी मतदाता वाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८६९ रहेका छन्। सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा छन्। कर्णालीमा दश लाख एक हजार २८२ मतदाता छन्। आयोगले वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदातामा सूचित गरेको…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा दिल्ली क्यापिटल्सलले मुम्बई इण्डियन्सलाई हराएको छ। ब्राबोर्न स्टेडियममा सम्पन्न खेलमा दिल्लीले मुम्बईमाथि ४ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङमा गरेको मुम्बईका लागि ओपनर इशान किशनले…
काठमाडौं : नेकपा एमालेले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएको छ। आइतवार बसेको एमालेको स्थायी कमिटीको बैठकले आयोगले दुई दिन मनोनयनका लागि दिएको समय र मतपत्रमा चुनाव चिन्हको रङ परिवर्तन गर्ने निर्णयप्रति आपत्ति जनाएको हो। एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सत्तारुढ दल अनुकूल हुनेगरी आयोगले निर्णय गरेकाले आफ्नो पार्टीले आपत्ति जनाएको बताए।भने,'राजनीतिक दलसँग कुनै परामर्श नगरी मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि…
काठमाडौं : नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा आवश्यकताको सिद्धान्त अनुसार तालमेल गर्ने जनाएको छ। आज केन्द्रीय समितिको बैठक चलिरहँदा सानेपामा प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता प्रकाशशरण महत कांग्रेसले आवश्यकताको सिद्धान्तको आधारमा तालमेल गर्ने बताएका हुन्। हाल बैठक चलिरहेको र केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन्। कांग्रेसले निर्वाचन लक्षित अभियानको नेतृत्व गर्दै खटाएका सदस्यहरुमध्ये ४८ जनाले रिपोर्टिङ गरिसकमेका छन्। अझै १०-१२…
काठमाडौं : स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन नेकपा (एमाले)को स्थायी कमिटीको बैठक सुरु भएको छ। महारजगञ्चस्थित रोयल दरबार एण्ड रेस्ट्रोमा बैठक सुरु भएको हो। पार्टीलाई स्थानीय तहको निर्वाचनमा परिचालन गर्न एमालेको बैठक सुरु भएको हो। यसअघि चैत ९ र १० गते बसेको केन्द्रीय कमिटीको बैठकले उम्मेद्वार छनोटको मापदण्ड, घोषणपत्र लगायतका विषयमा निर्णय गरेको थियो। वैशाख ३० गते हुने स्थानीय तहको…