वीरगंजः भारतमा बिक्री गर्न लैजाँदै गरेको अवस्थामा दुई वटा हात्तीसहित ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १८ जितपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, राजु कुमाल छन्। यस्तै हात्ती बिक्री गर्ने पर्सा पकहामैनपुर गाउँपालिका ५ सबैठवा बस्ने सफरोज आलम पनि पक्राउ परेका छन्। हात्ती बेच्न लैजाँदै गरेको सूचनाको अधारमा शनिबार मध्याह्न १२ बजे ईलाका प्रहरी कार्यालय…
काठमाडौँः परराष्ट्र मन्त्री डा. नारायण खड्का विम्स्टेकको पाँचौँ सम्मेलनमा सहभागी हुन सोमबार श्रीलंका जाने भएका छन्। सम्मेलनका दौरान खड्का मन्त्रीस्तरीय बैठकमा समेत सहभागी हुनेछन्। सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत भर्चुअल रुपमा सम्बोधन गर्नेछन्। देउवाले मार्च ३० मा सम्बोधन गर्नेछन्। विम्स्टेकको चौथो सम्मेलन नेपालमा भएको थियो।
हेटौँडाः मकवानपुरको गढी गाउँपालिका नेपालको चौथो र मकवानपुर जिल्लाको तेस्रो बालमैत्री घोषणा भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शनिबार गढी गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने नेपालको चौथो बालमैत्री गाउँपालिका भएको घोषणा गरे। यसअघि मकवानपुरकै मनहरि गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका र मकवानपुरकै बकैया गाउँपालिका दास्रो बनेका थिए। बालमैत्री बनेकोमा बधाई दिँदै मुख्यमन्त्री पाण्डेले घोषणा अनुसारको…
काठमाडौँः नेपाल र चीनबीच विदेश मन्त्रीस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्तापछि दुई देशबीच विभिन्न ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। दुई देशबीचको वार्तापछि आर्थिक तथा प्राविधिक सहयोग, चिनियाँ स्वास्थ्यकर्मीको सेवा प्रवाह, अन्तरदेशीय विद्युत प्रसारण लाइनको सम्भाव्यता अध्ययनलगायतका समझदारीपत्रमा हस्ताक्षर भएको हो। त्यस्तै काठमाडौं-केरुङ रेलमार्गको अध्ययनसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको…
बुटवल : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेलाई पराजित गर्ने बताएका छन्। शनिवार नेकपा एकीकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकारी सोचका कारण सातै प्रदेशमा एमालेमाथि सूर्य ग्रहण लागेको टिप्पणी गरे। नेपालले कहिल्यै, कसैले पराजित गर्न नसक्ने घमन्ड बोकेको ओली र ओली प्रवृत्ति अदालत, संसद् र…
काठमाडौं: कीर्तिपुरमा सम्पन्न नेपाल र पपुवान्युगिनीबीचको सिरिजको दोस्रो र अन्तिम खेलमा पनि नेपाल पपुवान्युगिनीसँग पराजित भएको छ। लगातार दुई जित निकाल्दै सिरिजमा क्लिनस्वीप गरेको पीएनजीले पहिलो खेलमा ६ रनले र आज सम्पन्न दोस्रो खेलमा ३ विकेटले जित निकाल्यो। आजको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले पीएनजीलाई २ सय ७९ रनको लक्ष्य दिएको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई देश विकासका लागि समयसीमा तोक्न चुनौती दिएका छन्। 'अब कति पटक वा कति वर्ष देउवालाई थपदियो भने देश बनाउन सक्षम हुनुहन्छ? कोही कांग्रेसको नेता हुनुहुन्छ ५ वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ?,' देउवा र कांग्रेसका नेतालाई प्रश्न गर्दै लिङदेनले शनिवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने। नेपाली कांग्रेस,…
फूलमान तामाङ - इन्द्रावती : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको भूकम्प स्मारक पार्क र भृकुटी पार्कको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले उद्घाटन गरेका छन्। उद्घाटनपछि अध्यक्ष तामाङले इतिहासलाई जीवन्त राख्न भृकुटी र भूकम्प स्मारक पार्क निर्माण गरिएको बताए। तामाङले यसको संरक्षण गर्न सबै लागि पर्नुपर्ने धारणा राखे। अध्यक्ष तामाङ गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव समेत हुन्। २०७२…
काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यी मुलुकको राजनीतिक केन्द्र सिंहदरबार पुगेका छन्। हिजो नेपाल आएका उनी आज राजनीतिक भेटवार्तामा सक्रिय छन्। शुक्रवार काठमाडौं ओर्लिएका वाङ शनिवार बिहान शिवपुरी राष्ट्रिय निकुञ्ज हाइकिङका लागि पुगेका थिए। त्यसपछि अपरान्ह सिंहदरबार पुगेका हुन्। नेपालका समकक्षी परराष्ट्र मन्त्री नारायण खड्कासँग उनले भेटवार्ता गरेका हुन्। भेटवार्तापछि नेपाल-चीन विदेश मन्त्री स्तरीय द्विपक्षीय वार्ता सुरु भएको…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग चुनाव जित्नका लागि कुनै एजेण्डा नभएकाले एमाले नेतृत्वको सरकारको भण्डाफोर गर्ने अभियान चलाउन थालेको आरोप लगाएका छन्। कांग्रेसको चुनावी अभियानको ओलीले बिरोध गरेका हुन्। एमाले निकट मुस्लिम संगठन इतेहादको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, 'अघिल्लो सरकारको भण्डाफोर गरेर जाने रे! कांग्रेससँग अरु त केही छैन,' उनले भने। ओलीले राजनीतिक दलहरुले…
काठमाडौंः पृथ्वी राजमार्ग अन्तर्गत चितवनमा बस पल्टिँदा ३८ जना घाइते भएका छन्। चितवनको ईच्छा कामना गाउँपालिका ३ को पानीधारा भन्ने स्थानमा काकडभिट्टाबाट काठमाण्डौ तर्फ आइरहेको रहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिएको हो। बसमा सवारमध्ये हालसम्म सम्पर्कमा आएका ३८ जना घाइतेहरु मध्ये २५ जनाको स्थानिय फिस्लिङ स्थित पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी…
हेटौंडा : नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा एमालेले 'छक्का' हान्ने दावी गरेका छन्। शनिवार हेटौंडामा सञ्चारकर्मीसँग कुराकारी गर्दै उनले एमाले स्थानीय तहमा पहिलो हुने दावी गरे। ‘यो गठबन्धन आफनै खुट्टामा अल्झेर लड्ने गठबन्धन हो। यो गठबन्धनमा नेकपा एमालेलाई कुनै त्रास छैन,' योगेशले भने, 'यो गठबन्धनले एक एक रन बटुल्दा एमालेले छक्का हान्छ।’ सचिव भट्टराईले करिव ३३ हजार…
काठमाडौः नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले नेकपा एमालेले आगामी निर्वाचन दुई तिहाई नभएर दुई/तीन सिट मात्र ल्याउने दावी गरेका छन्। शनिवार समाजवादी प्रेस संगठन केन्द्रीय कमिटीको विस्तारिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। नेता खनालले एमाले अध्यक्ष केपी ओलीले आफ्ना साथीसंगी बिर्सेको आरोप समेत लगाए। पार्टीलाई भर्याङ बनाएर राजिनिति गरिरहेको समेत आरोप लगाएका थिए। अहिलेको एमाले पार्टी…
काठमाडौं: कीर्तिपुरमा जारी नेपाल र पपुवान्युगिनीबीचको सिरिजको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ सय ७९ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको हो। ओपनरद्वय कुशल भुर्तेल र अनिल साहलाई क्रमश शुन्य र १ रनमा गुमाएको नेपालको पारी दीपेन्द्रसिंह ऐरी र देव खनालले सम्हालेका थिए। ऐरीले शतकीय पारी खेल्दै १४०…
काठमाडौंः श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोजिएको अभियोगमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत बौद्को टोलीले सिरहा लाहान नगरपालिका घर भएका ४२ वर्षीय प्रविन चौधरीलाई नियन्त्रणमा लिएको छ। शुक्रवार राति बुढानिलकण्ठ नगरपालिका वडा नम्बर१० कपन आकाशेधारा नजिकै डेरामा बस्दै आएका चौधरीले आफ्नै श्रीमती ३० वर्षीय श्रीमती अस्मिता चौधरीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाएको प्रहरीले जानकारी…
काठमाडौं: कीर्तिपुरमा जारी नेपाल र पपुवान्युगिनीबीचको सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङमा उत्रँदै छ। कप्तान सन्दीप लामिछानेले टीममा एक परिवर्तन गर्दै टस जितेर ब्याटिङमा उत्रने निर्णय गरेका हुन्। पपुवा न्युगिनीसँगको दोस्रो र अन्तिम खेलमा नेपाली टोली जितको लक्ष्यका साथ मैदान उत्रने छ। पहिलो खेलमा टिममा रहेका कमलसिंह ऐरी प्लेइङ ११ मा छैनन्। उनको स्थान गुलसन झाले लिएका छन्। शुक्रवारको…
काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीचको शुक्रवारको खेल रोमाञ्चक रह्यो। भलै नेपालले खेल जित्न सकेन तर प्रदर्शन भने राम्रो प्रस्तुत गरेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले कप्तान असद भाला र चार्लस अमिनीको अर्धशतकको सहायतामा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल रोहित पौडेलको शतकीय पारीको बावजुत २८६ रनमा समेटियो। नेपाली टोलीका कप्तान…
धनगढीः कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि उचालेको हो। उपाधि विजेता गण्डकीले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता कर्णाली प्रदेशले एक लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार…
काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबिच तालमेल आवश्यक नरहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले तालमेल आवश्यक नरहेको बताएका हुन्। अहिले कांग्रेसभित्र आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनका अन्य दलसँग तालमेल गर्ने विषयमा सहमति जुटेको छैन। उनले देशभर अहिले नेपाली कांग्रेसको ‘पोजिसन’ राम्रो रहेको बताए। ‘पहिले पार्टीभित्र गठबन्धन होस्। त्यसपछिमात्रै मतभार…
काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग साँघुरो हार ब्यहोरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ६ रनको साँघुरो अन्तरले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले कप्तान असद भाला र चार्लस अमिनीको अर्धशतकको सहायतामा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल रोहित पौडेलको…