PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • राष्ट्रिय पुरुष हक्की: सेमिफाइनलको समीकरण पुरा

    राष्ट्रिय पुरुष हक्की: सेमिफाइनलको समीकरण पुरा

    काठमाडौं: विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। बिहीबारको पहिलो खेलमा गण्डकी प्रदेशले वागमती प्रदेशलाई ८–० को गोलअन्तरमा पराजित गरेको छ। गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २–२ गोल तथा रोहन लामाले १ गोल गर्दै टोलीलाई विजयी बनाए। खेलको म्यान अफ द…

    विस्तृतमा पढ्नुस्

  • रेफ्री हातपात: श्री भगवती क्लबका प्रशिक्षकलाई तीन म्याचको प्रतिबन्ध, क्लबलाई ५० हजार जरिवाना

    रेफ्री हातपात: श्री भगवती क्लबका प्रशिक्षकलाई तीन म्याचको प्रतिबन्ध, क्लबलाई ५० हजार जरिवाना

    काठमाडौं: शहीद स्मारक बी डिभिजन लिगको क्लब श्री भगवतीका मुख्य प्रशिक्षक शैलेश कर्मचार्यलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबका आगामी तीन खेलको प्रतिबन्ध लगाएको छ। बाँसबारी क्लब र श्री भगवती क्लबबीचको खेलमा रेफ्रीमाथि हातपात गर्ने कार्य उनी पनि संलग्न देखिएको भन्दै उनीमाथि एन्फाले कारवाही गरेको हो। त्यस्तै क्लबमाथि पनि ५० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ। बाँसबारी क्लबसँगको बुधवारको…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ विदेशमन्त्री वाङ यी नयाँ दिल्लीमा, भारतले भन्यो 'अघोषित भ्रमण'

    चिनियाँ विदेशमन्त्री वाङ यी नयाँ दिल्लीमा, भारतले भन्यो 'अघोषित भ्रमण'

    चिनियाँ विदेश मन्त्री एवम् स्टेट काउन्सलर वाङ यी भारत पुगेका छन्। बिहीबार राति अफगानिस्तानबाट उनी भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन्। चीनले वाङको भारत भ्रमणबारे केही पनि सार्वजनिक गरेको थिएन। भारतीय पक्षले पनि आधिकारिक रुपमा वाङको भ्रमणबारे केही खुलाएको थिएन। यद्यपि, मिडियामा वाङ आज वा भोलि भारत आउने भनेर समाचार बाहिरिएका थिए। केहीले भने वाङको भारत भ्रमण रद्द गरिएको दाबी गरेका थिए। Chinese…

    विस्तृतमा पढ्नुस्

  • एकदिवसीय सिरिज शुक्रवारबाट सुरु हुँदै, दुई सिरिजको अनुमानित बजेट १ करोड ४२ लाख ६० हजार

    एकदिवसीय सिरिज शुक्रवारबाट सुरु हुँदै, दुई सिरिजको अनुमानित बजेट १ करोड ४२ लाख ६० हजार

    काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज शनिवार र आईतवार हुँदैछ। लगत्तै नेपाल, मलेशिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी २० सिरिज आयोजना हुँदैछ। प्रतियोगिताको पूर्वसन्ध्यामा नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ। क्यानका कोषाध्यक्ष रोशन सिंहका अनुसार प्रतियोगिताका लागि १ करोड ४२ लाख ६० हजार खर्च हुने अनुमान रहेको बताए। एकदिवसीयमा म्यानअफदी म्याचलाई…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा आयोजित प्रथम महिला गोल्डकपको उपाधि नरकटियागंजको पोल्टामा

    वीरगंजमा आयोजित प्रथम महिला गोल्डकपको उपाधि नरकटियागंजको पोल्टामा

    वीरगंजः वीरगंजमा अयोजित प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिहारको नरकटियागंज टिमले जितेको छ। बिहीबार नारायणी रंगशालामा भएको फाइनलमा वीरगंज महिला टिमलाई नरकटियागंजले ४-० गोलअन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । नरकटियागंजकी लक्की कुमारी र पूजा कुमारीले समान २-२ गोल गरेका थिए। वीरगंज यूथ एकेडेमी क्लब वीरगंजद्वारा चैत २ गतेदेखि आयोजित प्रतियोगितामा पर्सा, बारा, सर्लाही, मकवानपुरका ६ वटा महिला क्लब…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा नाबालिग किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई १४ वर्ष ६ महिना कैद सजाय

    कैलालीमा नाबालिग किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई १४ वर्ष ६ महिना कैद सजाय

    कैलालीः जिल्ला अदालत कैलालीले दुई नाबालिग किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई १४ वर्ष ६ महिना कैद सजाय सुनाएको छ। जानकी गाउँपालिकामा विजया दशमीको मेला हेर्न गएका किशोरको समूहबाट दुई किशोरीलाई बन्धक बनाइ ७ जनाले सामूहिक बलात्कार गरेका थिए। जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले बिहीबार घटनामा संलग्न महेश चौधरी, नरेश चौधरी, रामबहादुर चौधरी र मनोज चौधरीलाई १४…

    विस्तृतमा पढ्नुस्

  • गगन थापा घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत

    गगन थापा घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत

    काठमाडौँः नेपाली कांग्रेसको स्थानीय  तह निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री गगन थापा मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले थापालाई संयोजक मनोनयन गरेका हुन्। केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको निर्णय अनुसार थापालाई संयोजक चयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोली थाइल्याण्डसँग पराजित

    नेपाली फुटबल टोली थाइल्याण्डसँग पराजित

    काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डसँग पराजित भएको छ। थाइल्याण्डस्थित चोनबुरी स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलु टोलीले नेपालमाथि २-० गोलअन्तरको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दुबै गोल थाइल्याण्डले दोस्रो हाफमा गरेको थियो। खेलको ७७ औं मिनेटमा फिलिप रोलेरको गोलमा अग्रता बनाएको थाइल्याण्डका लागि दोस्रो गोल ८९ औं मिनेटमा चाओवाट वीराचार्टले गरे। यो सँगै थाइल्याण्डले आफ्नो अपराजित…

    विस्तृतमा पढ्नुस्

  • यी पाँच आधार जसले पल शाहलाई पुर्‍यायो पूर्पक्षका लागि थुनामा

    यी पाँच आधार जसले पल शाहलाई पुर्‍यायो पूर्पक्षका लागि थुनामा

    काठमाडौँः जबर्जस्ती करणी सम्बन्धी मुद्दामा अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पूर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो।  शाहले उक्त आदेशउपर अब एक तह माथिल्लो वा सोझै सर्वोच्चमा निवेदन दिन सक्नेछन्।  अदालतले शाहलाई तत्काल प्राप्त पाँच प्रमाणका आधारमा थुनामा पठाएको छ। के छन् आधार? अदालती बयानमा शाहले…

    विस्तृतमा पढ्नुस्

  • पल शाहलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशमा के छ? पढ्नुस् पूर्णपाठ

    पल शाहलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशमा के छ? पढ्नुस् पूर्णपाठ

    काठमाडौँः एक नावालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेत पल शाह पुर्पक्षका लागि थुनामा गएका छन्। जिल्ला अदालत तनहुँको आदेशले शाह थुनामा पुगेका हुन्। यसअघि उनी अनुसन्धानका सिलसिलामा थुनामा थिए।  न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन जिल्ला अदालतले आदेश गरेको थियो।  जिल्लाको थुनछेक आदेश उपर शाहले अब एक तह माथिल्लो अदालतमा निवेदन दिन…

    विस्तृतमा पढ्नुस्

  • पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश, म्यानेजर जोशीसँग १ लाख धरौटी माग

    पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश, म्यानेजर जोशीसँग १ लाख धरौटी माग

    काठमाडौं : जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले बिहवार थुनछेक बहसपछि शाहलाई थुनामा पठाउन आदेश गरेको जिल्ला अदालतका सुचना अधिकारी हरिशचन्द्र गौतमले बताए। त्यस्तै शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको छ। जिल्ला अदालतमा दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर मुद्दा दायर…

    विस्तृतमा पढ्नुस्

  • 'पीर' बाट हटाइएको दृश्यबारे सुरक्षा पन्तले भनिन् : म भएको भए हटाउँदिन थिएँ

    'पीर' बाट हटाइएको दृश्यबारे सुरक्षा पन्तले भनिन् : म भएको भए हटाउँदिन थिएँ

    काठमाडौं : गायक प्रकाश सपुतले पछिल्लो गीत ‘पीर’बाट हटाएको दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको बताएका छन्। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक प्रकाश सपुतले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाब नहटाएको बताएका हुन्। ‘त्यहाँ छोडिएका प्रश्नहरु डिलिट गरेको भए, यदी त्यहाँ नेर लोकेन्द्र सरको भुमिकालाई हटाएको भए सायद म कसैको विचारबाट डराएँ, शक्तिबाट डराएँ, कुनै निश्चित…

    विस्तृतमा पढ्नुस्

  •  बुटवलमा सडक दुर्घटनामा परि एकजनाको मृत्यु

     बुटवलमा सडक दुर्घटनामा परि एकजनाको मृत्यु

    बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका-१ स्थित जितगढीमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। बिहीवार बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवलतर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए। ठक्कर खाएर सडकमा लडेका स्कुटरका चालकलाई बुटवलतर्फ आउँदै गरेको तिलोत्तमा क्याम्पसको ना १…

    विस्तृतमा पढ्नुस्

  • आसन ग्रहण गर्न नपाएर कसैले पार्टी छाडे फरक पर्दैन : केपी ओली

    आसन ग्रहण गर्न नपाएर कसैले पार्टी छाडे फरक पर्दैन : केपी ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यक्रमहरुलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन्। कार्की ब्याङ्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा उनले आसन ग्रहणका कार्यक्रम लामो हुने गरेको भन्दै व्यवस्थित रुपमा कार्यक्रम संचालन गर्न भनेका हुन्। उनले कुनै पनि कार्यक्रममा पाँचजनाभन्दा बढी वक्ता नराख्न र आसन ग्रहण पनि छोट्याउन आग्रह गरे। ‘कार्यक्रममा ५ जना भन्दा बढी वक्ता नराखौं नत्र त…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘सरी मम्’को छायाङ्कन सुरु

    फिल्म ‘सरी मम्’को छायाङ्कन सुरु

    काठमाडौं : फिल्म ‘सरी मम्’को छायाङ्कन सुरु भएको छ। बिहीवार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको छ। क्यामेरा पूजा गर्दै थालिएको छायाङ्कन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए। विनोद लामाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा सरीता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने…

    विस्तृतमा पढ्नुस्

  • प्रभु साहविरुद्ध रेखा कुमारी झाले दिइन् ओलीलाई उजुरी

    प्रभु साहविरुद्ध रेखा कुमारी झाले दिइन् ओलीलाई उजुरी

    काठमाडौं : नेकपा एमालेकी केन्द्रिय सदस्य रेखा कुमारी झाले प्रभु साहविरुद्ध उजुरी दिएकी छिन्। बबरमहलस्थित कार्की ब्याङ्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा झाले अध्यक्ष केपी शर्मा ओलीलाई उजुरी पत्र बुझाएकी हुन्। झाले बुधवार प्रस्तुत राजनीतिक प्रतिवेदनमा असहमति राखेकी हुन्। उनले राजनीतिक प्रतिवेखनमा ‘अधिवेशनका अन्य काम सम्पन्न भएर पनि पर्सा जिल्ला कमिटीको नेतृत्व घोषणा हुन बांकी’ उल्लेख भएकोमा असहमति जनाएकी हुन्। उनले प्रतिवेदनमा…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किन्दै प्राधिकरण, कुलमान घिसिङ्ले भने : आज रातिबाट कुनै पनि ठाउँमा लोडसेडिङ हुँदैन

    भारतबाट ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किन्दै प्राधिकरण, कुलमान घिसिङ्ले भने : आज रातिबाट कुनै पनि ठाउँमा लोडसेडिङ हुँदैन

    काठमाडौः नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रति युनिट ३८ रुपैयाँ विद्युत किन्ने भएको छ। बिहीवार प्राधिकरणले पत्रकार सम्मेलन गर्दै आज राति १२ बजेर १५ मिनेटपछि ३८ रुपैयाँ युनिटमा विद्युत किन्न लागिएको प्राधिकरणका प्रमुख कुलमान घिसिङले जानकारी दिए। केही दिनदेखि भारतबाट विद्युत किन्न बिडिङ गर्दा हालेको रुपैयाँमा नपाएकाले समस्या देखिएको उनले जानकारी दिए। अब कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने घिसिङले दावी गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए अहिले एमाले रहन्न थियो : प्रचण्ड

    निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए अहिले एमाले रहन्न थियो : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचन सामान्य चुनाव नभएको बताएका छन्। आज चितवनको माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा जित हार हुने भए पनि आफूहरुका लागि स्थानीय निर्वाचन महत्वपूर्ण हुने बताएका हुन्। प्रचण्डले आउने निर्वाचनमा माडी सबैका लागि उदाहरणीय हुनुपर्ने समेत बताए। ‘निर्वाचन आउँछ जान्छ। जित…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

    स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

    काठमाडौं : सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो। ‘बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘अब स्थानीय तह निर्वाचन र अन्य…

    विस्तृतमा पढ्नुस्

  • विवेकशील साझाका नेताहरु एमालेमा प्रवेश

    विवेकशील साझाका नेताहरु एमालेमा प्रवेश

    काठमाडौं : विवेकशील साझा पार्टीका नेता दिपेश वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका खादा लगाएर उनलाई स्वागत गरेका हुन्। उनी गएको प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ (क) प्रदेशसभाको उम्मेद्वार थिए। यस्तै,विवेकशील साझाका वाग्मती प्रदेश सम्पदा विभाग प्रमुख सुमित दास रञ्जितकार पनि एमालेमा प्रवेश गरेको केन्द्रीय सदस्य राजन भट्टराईले जानकारी दिए। भट्टराईले उनीहरु सहित सयौं कार्यकर्ता एमालेमा प्रवेश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell