काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबिच भेटवार्ता भएको छ। शुक्रबार बिहान बोहोराटारमा वरिष्ठ नेता रामचन्द्र पौडेलले डाकेको भेला चल्दै गर्दा दुई नेताबीच भेटवार्ता भएको हो। १४ औं महाधिवेशन पछि दुई नेताबिच दोस्रो भेट भएको हो। के भयो कुराकानी? पछिल्लोपटक सभापति देउवाले एकपक्षीय तवरले तरुण दल र नेविसंघको तदर्थ समितिको अध्यक्ष मनोनीत गरेको…
काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर एवम् विदेश मन्त्री वाङ यी नेपाल आइपुगेका छन्। दक्षिण एसियाली देशहरुको भ्रमणमा रहेका वाङ डियर जेटको विमानबाट आज काठमाडौं ओर्लिएका हुन्। वाङ तीन दिने भ्रमणका क्रममा नेपाल आएका हुन्। विदेश मन्त्री वाङले शनिवार बिहान देखि राजनीतिक भेटवार्तालाई अगाडि बढाउने छन्। शनिवार दुई देशबिच द्विपक्षीय वार्ता हुनेछ। बिहान परराष्ट्र मन्त्री नारायण खड्का र समकक्षी वाङबीच भेट हुने कार्याक्रम…
काठमाडौं : ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ चैत्र २५ गतेदेखि ३० गतेसम्म काठमाडौंको टुँडिखेलमा आयोजना हुने भएको छ। नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ आयोजना गर्न लागेको हो। महोत्सवमा विभिन्न जिल्लाको स्थानीय कला र संस्कृतिसहितको झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ। यस अघि २०७६ सालमा 'राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव'को आयोजना गरेिएको थियो।…
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताएका छन्। उनले नेपाली कांग्रेसमा चुनावी तालमेललाई लिएर फरक मत रहेकोले निर्वाचनमा गठबन्धनबिच तालमेल नहुन सक्ने समेत बताए। धनुषाले आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, ‘हामी गठबन्धनमा आवद्ध सबै दलबिच तालमेल गर्ने प्रयास गरिरहेका छौं। कांग्रेसभित्र दुई थरी विचार रहेकाले…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ। अहिले पार्टी कार्यालय सानेपामा बैठक बसिरहेको छ। बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा हुने कार्यसूची छ। स्थानीय तह निर्वाचन तयारीका लागि फागुन २९ गतेबाट शुरु भएको एक महिने अभियानको आजको बैठकमा प्रारम्भिक समीक्षा हुन लागेको हो। बैठकमा संसदीय समिति गठन, निर्वाचनमा चुनावी तालमेल…
काठमाडौं: पपुवा न्युगिनी र नेपालबीचको एकदिवसीय सिरिजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी छ। पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ। नेपालका लागि रोहितकुमार पौडेलले २७.२ ओभरमा ३ चौका र एक छक्काको सहायतामा अर्धशतक पुरा गरेका छन्। हालसम्म ४ विकेट गुमाएको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३२ रन, दीपेन्द्रसिंह ऐरीले १५ रन, अनिल साहले ६ रन र…
काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार गुरुयोजना छिटो अघि बढाइने बताएकी छिन्। देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै उनले सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताएकी हुन्। शुक्रवार मन्त्रालयमा आयोजित सिंहदरवार गुरुयोजनाबारे छलफल कार्यक्रमा झाँक्रीले सिंहदरबारभित्र ‘युटिलिटी कोरिडोर’ बनाएर एकीकृत विकास योजना अघि बढाउनु पर्ने बताइन् ‘देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तव्यस्त बनाएर गुरुयोजना…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रहरु बिच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताएका छन्। शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सातौं समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका देउवाले अन्तर्राष्ट्रिय परिवेशमा आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा आफ्नो पकड…
काठमाडौं : नेपाल प्रहरीमा तल्लो तहका प्रहरीको लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको पहलमा सिर्जना भएका तीन तहको पदमा बढुवा प्रक्रिया सुरु भएसँगै यो समस्या समाधान हुने विश्वास गरिएको हो। दुई महिनाअगाडि थपिएका वरिष्ठ नायव निरिक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सुरु गरिएको हो। नेपाल प्रहरी स्थापना भएदेखि नै तल्लो…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले भ्रम फैलाउन थालेको बताएका छन्। उनले आफ्ना पार्टीका मन्त्रीहरु प्रेमबहादुर आले र किसान श्रेष्ठ एमालेमा प्रवेश गर्न लागेको भनेर एमालेले हल्ला चलाएको दाबी गरेका छन्। तर, त्यो भ्रम अहिले चिरिसकेको नेपालको भनाइ छ। 'प्रेम आले र किसान श्रेष्ठ बालकोटमा गए भनेर हल्ला फिजाइएको थियो। कुप्रचार गर्न खप्पिस भएकाहरुले हल्ला फिजाउँछन्,'उनले भने।…
काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई २९३ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले कप्तान असद भाला र चार्लस अमिनीको अर्धशतकको सहायतामा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको हो। कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा उत्रिएको पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाउँदा कप्तान असद भालाले ६० रन…
हेटौंडा : हेटौंडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतले आफूले घोषणा पत्रमा उल्लेख भए अनुसार नै काम गरेको बताएका छन्। वडा नम्बर-४ हुप्राचौरमा बहुउदेश्यीय भवनको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै उनले आफुले चुनाव उठ्नु भन्दा अगाडी आम जनतामाझ घोषणापत्र घोषणा पत्र मार्फत उल्लेख गरे अनुसार नै भवन निर्माण गर्न लागिएको बताए। ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको…
काठमाडौं : मधेश प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए। यस्तै अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको सचिव…
काठमाडौं : मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमवार एक दिनका लागि बन्द गरिने भएको हो। मर्मतसम्भारपछि चैत १५ गते मंगलवारदेखि पुनः नियमित संचालनमा आउने नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका-४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहनेछ। गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना…
काठमाडौं : श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित चुनिखेलमा डेरा गरी बस्ने २१ वर्षीय भक्तबहादुर थापालाई नियन्त्रणमा लिएको हो। बिहीवार राति उदयपुरको कटारी घर भएकी २४ वर्षीय श्रीमती लक्ष्मी तामाङ (थापा) लाई धारिलो हतियार (मासु काट्न प्रयोग हुने दाउ) ले घाटीको अगाडि भागमा प्रहार गरी हत्या गरेर…
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उक्त प्रणालीको प्रभावले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही सथानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य भू-भागमा मौसम…
काठमाडौं : चिनियाँ विदेश मन्त्री एवम् स्टेट काउन्सलर वाङ यी आज नेपाल आउँदैछन्। बिहीबार राति अफगानिस्तानबाट भारतको राजधानी नयाँ दिल्ली पुगेका वाङ शुक्रवार काठमाडौं आउने कार्यक्रम छ। वाङ तीन दिने भ्रमणका क्रममा नेपाल आउन लागेका हुन्। विदेश मन्त्री आउँदा काठमाडौंको सवारी अवस्था कस्तो होला भन्ने धेरैलाई चासोको विषय बनेको छ। शुक्रवार ५ बजेपछि आउने भएकाले खासै सवारीलाई खासै असर नपर्ने…
काठमाडौं: पपुवा न्युगिनी र नेपालबीचको आजबाट सुरु भएको एकदिवसीय सिरिजमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे ९ बजे खेल सुरु हुँदैछ। यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेलखेलेर फर्किएको पर्सीपल्टै घरेलु मैदानमा उत्रन लागेको हो। नेपाली टोली सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सोमपाल कामी, रोहितकुमार पौडेल, पवन सर्राफ, मोहम्मद…
कतार विश्वकप २०२२ का लागि छनोट हुन युरो कप विजेतासमेत रहेको इटली असफल भएको छ। गएराति सम्पन्न खेलमा नर्थ म्यासेडोनियासँग पराजय ब्यहोरेसँगै इटली विश्वकपमा छनोट हुने होडबाट बाहिरिएको हो। इटलीको पाल्मेरास्थित रेन्जो बारबेरा स्टेडियममा गएराति सम्पन्न खेलमा नर्थ म्यासेडोनियाले इटलीलाई हराउँदै आफ्नो विश्वकप छनोटको सम्भावनालाई कायम राखेको छ। गएराति सम्पन्न खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन इन्ज्युरी समयमा अलेक्सेन्डर ट्राजकोभ्स्कीले निर्णायक गोल गरे।…
मोडर्नाले बुधवार ६ वर्ष मुनिका बालबालिकाका लागि तयार पारिएको कोभिड-१९ खोपको अन्तरिम नतिजा घोषणा गरेको छ। ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दिइएको दुई २५ माइक्रोग्राम डोजको कोभिड-१९ खोप र १८ देखि २५ वर्षका वयस्कलाई दिइएको दुई १०० माइक्रोग्राम डोजले समान प्रतिरक्षा प्रतिक्रिया प्रदान गरेको कम्पनीले बताएको छ। यो नतिजाले वयस्कलाई खोपले प्रदान गरेको फाइदा साना केटाकेटीलाई पनि प्रदान गरेको…